August 2, 2008

आफ्नै कुरा - बसाइ सराईं

Akarmanas
हुन त मैले यो कुरा गर्दा कसैलाई अलि hypocritical लाग्न सक्ला, तर समस्या भने जायज नै हो ।
सानोमा मलाई आमाले भन्नु हुन्थ्यो "बाबु राम्रो सँग पढ है, प्लान मा पढ्नु पर्छ" । हुन पनि हो, नेपालमा टेक्निकल कलेजहरु धेरै नभएकाले बिदेशी सरकारको scholarship मा पढ्न जानु ठुलै कुरा हुन्थ्यो । यहाँ कुरा पढ्न जाने मात्रा को हो है, बसाइ सराई को हैन । आफ्नो सन्तान प्लान मा पढ्दै छन भनेर सुनाउनु पाउंदा बाबु-आमा गौरवान्वित हुन्थ्ये ।


ग्लोबलाईजेसन ले पो हो कि आहिले स्तिथी अलि फरक छ । आहिलेका आमाहरु शायद यस्तो भन्ने गर्छन् : "बाबु (वा नानी) राम्रो मार्क्स ल्याउनु पर्छ है नत्र काउन्सेलरले भिसा दिंदैन" । ब्यक्ती भएर सोच्दा सबै को आफ्नो मन परेको देशमा migrate हुन पाउनु अधिकार हो । तर देश भएर सोच्दा स्तिथि भाहभय छ । नेपालको primary र secondary लेवल पढाईको उदेश्य के भन्दा बिदेशमा पढ्न जान सक्ने दक्ष जन शक्ती तयार पार्ने मा सिमित भयो जस्तो छ । देश (ब्रिद्धाश्रम ?) केबल रेमिटेन्समा मात्र चली हाल्छ नि भनेर कसैले सोच्छ भने त्यो एकदमै ठुलो भुल हो ।


समस्या औंलाउन धेरै सजिलो हुन्छ, तर त्यसको समाधानको लागि केही नबोली समस्या मात्र औंलाउनु को पनि म केही औचित्य देख्दिन । म फेरी पनि दोहोराउनु चाहन्छु मैले migration को बिरुद्धमा बोल्न खोजेको हैन; संसार पहिला जस्तो रहेन, बसाइ सराइ सबै तिर ब्यापक रुपमा बढेको छ जुन आजको आर्थिक सामाजिक विश्व परिस्तिथिको लागि अपरिहार्य जस्तै भईसक्यो ।


कारण को रुपमा मेरो विचारमा बसाइ सराई दुई थरी हुन्छन: रहर र बाध्यता को । Temporal रुपमा हेर्ने हो भने बसाइ सराई फेरी दुई किसिमको हुन्छन: अस्थाहि र स्थाहि । मेरो सबै भन्दा ठुलो चिन्ता कुनै पनि बाध्य भई अस्थाहि रुपमा बिदेशिनु परेको नेपाली बाध्यताकै कारण स्थाहि रुपमा नै बिदेशमा थन्किनु नपरोस भन्ने हो । यो नेपाली बसाइ सराई को सबै भन्दा आधारभुत समस्या हो, यसको समाधान हुन साथ अरु पनि बिस्तारै सुल्झिंदै जान्छन जस्तो लाग्छ ।


अब म आँफैंलाई प्रश्न गर्न चाहन्छु, "म किन बिदेश आएको त"? मेरो विचारमा म रहरले पढ्न बिदेश आए पनि पढाई सकी देशको अस्थिरता लाई बाध्यताको टोपी बनाइ बसी रहेको छु । हुन पनि हो, एउटा जीवन शैली मा लागेपछी फेरी नेपालको भांडभैलो सहने क्षमता जुटाउन गार्है हुन्छ । तर I.Sc. / I.Com. सक्ने बित्तिकै सबै नेपाली बिदेशिन खोज्छ्न भने देशको स्तिथी र भविश्य सजिलै अनुमान लगाउन सकिन्छ । मेरो बिचरमा बिदेशिनु पनि पर्छ, बिदेश आएर म जस्तो मखण्डीलाई त कती धेरै सही-गलत को ज्ञान भयो भने अरु नेपालीले पनि धेरै कुरा सिक्छन । तर बिदेसियका २५% पनि नेपाल फर्केनन् भने त्यो आर्जित ज्ञान को नेपाललाई केही फाईदा हुने वाला छैन ।


परिवारको भविश्यको risk लिएर नेपाल (अहिलेको स्तिथीमा) फर्किन दर्है मुटुको मान्छे हुनु पर्छ । त्यस्ता कोही नहोला भन्न खोजेको हैन मैले, तर यि बिदेशी अनुभव र बिद्धा हासिल गरेका अधिकांस फर्किन भने अहिलेको स्तिथीमा ब्यापक सुधार हुनै पर्छ। मेरो पनि अब अर्को लेभलको पढाई सकेर नेपाल नै फर्किने मानसिकता छ (सबै कुरा मैले प्लान गरे जस्तै हुन गयो भने)। तर फर्किन को लागि नेपाल सरकार संग केही न्युनतम पुर्व सर्त भने अवश्य छ :

१. नेपालमा राजनैतीक स्थाहित्व हुनु पर्छ ।
२. नियम कानुन को प्रत्याभुति हुनु पर्छ ।
३. रिसर्च र अध्ययन का प्रोजेक्टहरु कमिसन को लोभ मा कन्सेल्तेन्सी लाई हैन विश्वाबिद्यालयहरु लाई प्रदान गरी प्राध्यापक र बिद्यार्थी दुबै लाई प्राविधिक सिप निखार्ने मौका दिनु पर्छ ।


यो नितान्त मेरो आफ्नै बिचार हो, सबैका आफ्नै सोचाइ र पुर्व सर्तहरु होलान ।



माओवादीलाई सरकार: नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाउको अनुहार

कुनै बेला गिरिजा कोईरालाले ठाउँ नछाडिदिएकाले , सरकार गठन गर्न नपाएको रोदन रूने माओवादीले गिरिजा कोईरालाले राजिनामा पत्र कता बुझाएर मुक्त हुन पर्ने हो सम्झिन उचित ठानेन । क्रान्तिकारी पार्टी भएकाले उग्र कुरा गर्नु र सनसनी पैदा गर्दै चर्चित बन्नु उसका स्वाभाविक स्टण्ट भइ नै रहे । यही बीचमा , संविधानसभा निर्वाचन जित्ने शैलिका कारण अरू भन्दा आँफू बढी नै बाठो भएको ठान्ने माओवादीले , सभाको सबैभन्दा ठूलो दल भएको नाताले अरू दलहरूको नाडी छाम्ने र उपयोग गर्ने अनि रछानमा मिल्काउने दूर्नियत प्रयोग गर्न खोज्दा , ऊ आँफै ' बाठोले खाएको तीन बल्ड्याङ' को गतिमा अछूत जस्तो बन्न पुगेको पत्तो पाएन । कम्युनिष्ट रूपी सगोत्री एमालेलाई अन्तिम अवस्थामा जसरी माओवादीले आँफै धोका दियो अनि सो समीकरण बिगार्नुको दोष उल्टो एमालेको टाउकोमा फाल्न खोज्यो, यो कुराले कतै माओवादीको वास्तविक उद्देश्य उजागर भएको त हैन भन्ने आशंका जन्माएको छ ।

पछिल्ला दिनहरूमा संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलहरूको भेला ठाउँठाउँमा आयोजना गर्दै सरकार गठनको पहल गर्दै गरेको देखाउन खोजे पनि , यो अति राम्रो जस्तो देखिने अव्यवहारिक बाटोको अख्तियारी गर्दै माओवादीले वास्तविक काममा आलटाल मात्र प्रदर्शन गरिरहेको छ भन्न गाह्रो छैन । यथार्थमा यो सर्वदलीय भेलाको कलाबाजीमा नरुम्मलिएर माओवादीले अरू दलहरूले उससंग सहकार्य गर्न देखाएको अप्ठ्यारो के हो भन्ने कुरालाई आत्म मूल्यांकनसहित सच्चाउन पहल गर्नु पर्ने हो । माओवादीको सैन्य दम्भ र अहंकार अनि उसको क्रान्तिकारी नशामा बिगतका सम्झौताहरूलाई लोकतान्त्रिक मान्यताका कसीमा पालना गर्न नखोज्नु अनि यही बलमिचाहा शैलिकै भरमा अरूलाई पेल्दै आफ्नो एजेण्डा लागू गर्न सकिन्छ भन्ने माओवादी सोच र उसको यो सोचलाई अंकूश नलगाई हुन्न भन्ने अरू दलहरूको धारणाको बीचमा , अहिलेको अनिर्णयको स्थिति झुण्डिरहेको देखिन्छ । अनि राष्ट्रिय अन्तर्राष्ट्रिय चासोहरूले यो स्थितिको बीचमा खेल्न खोज्नु पनि बुझ्न सकिने कुरा हो ।

हिंसाको बलमा आँफू सफल शक्तिको रुपमा स्थापित भएको ठान्ने दल अनि धेरैजसो लोकतान्त्रिक विश्व शक्तिहरूले मन नपराएको उग्र कम्युनिष्ट पार्टी माओवादीहरू सत्तासीन बन्न आउँने कुरा नेपालका धेरै मित्र मुलकहरूलाई त्यति सुखद लागेको देखिएको छैन ।सम्भव भएसम्म त्यस्तो नहोस् भन्ने कामना कतै न कतै बन्यो भने पनि आश्चर्य हुँदैन । फेरि अल्पमतको सीमित सामर्थ्यको घोडामा चढेर अरूलाई चाबुक चलाएर आफ्नालागि एकलौटी भविष्यको राजनीति कायम गर्ने एजेण्डा लिएर क्रान्तिकारी विरासतसहित राजनीतिमा प्रविष्ट माओवादीले, अहिलेको सीमितताहरू पक्कै बुझेको हुनुपर्छ । यस्तोमा आफ्नो नेतृत्वको सरकार बनेर पनि धेरै कुरा गर्न नसकिने अहिलेको, परिस्थितिको दशा र दिशा बुझेको माओवादीले जानाजानी सरकार गठन गर्न नचाहेको देखिन्छ भने ऊ आँफू जिम्मेवारी बोक्ने कामबाट पञ्छिएको दोष पनि आँफूमाथि नलागोस् भन्ने कुरामा चनाखो देखिन चाहन्छ । राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेद्वारको पराजय पछि, कुनै बेला अरूलाई हरूवाको आरोप लगाउने माओवादीले आफ्नै भाषा बिर्सिएर माओवादीको नेतृत्वमा सरकार बनाउने भए अरूले आफ्ना तीन शर्त अरू दलहरूले पूरा गरिदिनु पर्ने अत्तो अगाडि सार्नु यस्तै उदेक लाग्दो परिघटना थियो ।

अहिले पेट्रोलियम र अन्य उपभोग्य वस्तुहरूको मूल्यवृद्दि कसैले चाहेर नियन्त्रण हुने स्थिति छैन । माओवादीले आँफैले उक्साएका, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक समस्याहरूलाई समाधान दिन पर्ने ठाउँमा ऊ आँफै बस्दा उसको जिम्मेवारी कस्तो हुने सबैले पर्खेर हेरेका छन् । वाइसिएल र छापामारका मुद्दा आफ्नै सरकार बन्दा निरूपण हुने कुरामा ढुक्क बनेका आफ्नाहरूको आकांक्षा पूरा गर्नु गाह्रो कुरा छँदैछ । परम्परागत सेना भित्र खेल्न खोज्ने माओवादीको चाहना र योजना अनि त्यसले सामना गर्नु पर्ने अवरोध र अन्य दलहरूसंग रहेको बहुमतको साँचोले पार्ने अप्ठ्यारो लाई राम्ररी चिनेको माओवादी यो सबैभन्दा संवेदनशिल मुद्दा कै कारण माओवादीलाई सरकारमा गएर असफल र किंकर्त्व्य बन्नु भन्दा बाहिरै बसेर तमाशा गर्नु रोचक लागेको पनि हुन सक्छ । जुन कुरामा ऊ पोख्त छँदैछ ।

अत: ऊ चाहन्छ आफ्नो लागि काम गर्न अनुकूल नहुने सरकार सम्हालेर अपजशको भागिदार बन्नु भन्दा, कांग्रेस, एमाले फोरम आदिको दुष्चक्र अनि अपवित्र गठबन्धनलाई गाली गर्दै वाइसिएल र छापामार गतिविधिले अप्रत्यक्ष सरकार चलाइरहन पाउनु उसका लागि बढी आकर्षक लागेको पनि हुन सक्छ।

यति भन्दा भन्दै पनि बुझ्न सकिने कुरा हो, सत्ता वा सरकारमा प्रमुख भएर जान पाउनुको टेम्पटेसन अलग्गै छ । तर पनि केहि समय सत्ताको शिरानीमा पुगेर नालायकमा रूपान्तर बन्दै क्रान्तिकारिताको धार भुत्त्याउँदै भविष्यको गर्भमा बिलीन हुनु ठिक कि, कल्पनाकै सही, भोलिका लागि अहंकार र उग्रताको रक्षा गर्ने भन्ने द्विविधामा माओवादी नराम्ररी फँसेको प्रतीत हुन्छ पछिल्लो निर्वाचनको सफलताले दिलाएको सबैभन्दा ठूलो दलको स्थान कतै माओवादीका लागि " नखाऊँ भने दिनभरिको शिकार , खाऊँ भने कान्छा बाबुको अनुहार " भएको त हैन ?



दौतरी विनाका १२ दिन

जुलाई २१ सम्म ठिक ठाक चलेको दौतरीको पानो मेरो कम्प्युटरमा ठ्याक्कै त्यसको भोलि पल्ट अर्थात २२ जुलाई देखि खुल्न छोड्यो । कति कोशिस गरें, क्षणिक रोकावट होला भन्दै फेरि पनि पटक पटक गरेर दौंतरी पेज खोल्ने कोशिस गरें, अहं खुलेन । मैले सोचे कतै रजिष्टर गरेको कम्पनीले दौतरीले डोमेनको भाडा समयमा तिरेन भनेर त वेब साइटमा ताला लगाइदिएन ! दौतरीका एडमिनिस्ट्रेटरलाई पनि सधैं यो बोझ सम्हालिरहंदा दिक्क पो लाग्यो वा फुर्सद नभएर पो कतै हराएको र डोमेन गायब भएको पनि पत्तो नलागेको हो कि ! यस्तै कुराहरु खेलिराखे मेरो मनमा केहि दिन । लामो समय सम्म पनि केहि उपाय नलागे पछि खत्र्याक खुत्रुक यता उता गर्दै गुगलको ब्लग एकाउण्टबाट पसेर हेर्दा एकलव्यको डायरिको “काम कुरो एकातिर “ र ब्रिलियन्टमेनको “ के अरु दलहरु मात्र “ भन्ने लेखमा आंखा पुग्यो अनि बल्ल शंका लाग्यो दौंतरीको गाडी गुडिरहेको रहेछ बरु प्यासेन्जरको रुपमा म नै छुटेको रहेछु ! अनि मैले एक जना साथिलाई अनलाइन भेंटे र उनलाई एक पटक उनको कम्प्युटरमा दौतरी खुल्छ कि खुल्दैन भनेर सोधे, उनकोमा खुल्छ भन्ने जवाफ पाएं, त्यस्तै नेपालियनजीलाई इ-मेलमा सोध्दा पनि कुनै परिवर्तन गरेको छैन भनी केहि बैकल्पिक लिंकहरु समेत दिनु भयो । अहं त्यसबाट पनि खुल्दैन । कुकीहरु डिसएबल्ड भएर डेस्कटपबाट नखुलेको हो कि भनी ल्याप टप बाट पनि कोशिस गरें अहं खुल्दैन । अन्य सबै साइटहरु, ब्लगहरु सबै खुल्छन दौतरीमात्र नखुल्ने ! अफिसमा प्रोक्सी सर्भर प्रयोग हुने र कडा इन्टरनेट सुरक्षा अपनाइएकोले यस्तो भयो होला भन्ने मनमा लाग्यो , र नेट डिपार्टमेन्टबाट नै कुनै दिन यो समस्या हल गरुंला भनेर कुरेर बसें ।

यस बिचमा मैले दौंतरीको लागि लेखेका केहि लेखहरु “शहिद” भए , किनकि पोष्ट गर्न सकिन र दुई हप्ता पछि तिनिहरुको सान्दर्भिकता पनि हरायो ।

अनि आज अर्कै स्थानबाट दौंतरीको बस भेट्टाउन आइपुगे , साथिहरु देख्दा दंग पर्दै ! तर यो बिचमा मलाई लाग्यो एउटा साइट चलाउन धेरै मेहनत लाग्दो रहेछ । प्राविधिक र साज सज्जाका अनि यस्ता नियमित समस्याहरु कसरि समाधान गर्ने भन्ने खुबी नभएको म जस्तो प्राणीलाई बल्ल हाम्रा दौंतरीका एडमिनिस्ट्रेटर “नेपालीयन” जीले गरेको श्रमदानको हेक्का भयो ।

छाडा व्यापारिक ब्लग वा साइटहरु भन्दा भिन्दै रुपले देशको माया गर्नेहरुको बिचारलाई प्रस्तुत गर्ने जमर्को सहित अगाडि बढ्दै गरेको हाम्रो प्रयास जारी राख्न चाने चुने छैन । दैनिक २०० को हाराहारीमा क्लिक हुने साइटलाई कुनै आर्थिक र प्राविधिक सहयोग बिना अथक संचालन गर्ने नेपालियनजीको परिश्रमलाई चानेचुने मान्न सकिंदैन ।

“म” भन्ने व्यक्तिबादी जुगमा, अझ हामी नेपालीहरुको हकमा यो “म”-पनत्व अझ बढी लागु हुन्छ , तर दौंतरी “हामी” बनेर अगाडि बढिरहेको छ । त्यसैले यसले “इगो” र भावनात्मक कनफ्लिक्टलाई एकातिर पन्छाउन सफल छ र यसरी नै अगाडी बढ्न सफल हुनेछ । छिट्टै यो इन्टरनेट समस्या समाधान गरेर म पनि पुन नियमित दौंतरीहरुसंग यात्रामा सहभागी हुनेनै छु ।


July 31, 2008

एक्स्ट्राट भएछु

- अशोक ''खलानको मान्छे ''
ड्रामस्टाड जर्मनी


हिजो एक युवाले आफु तेश्रो तेस्रो लिंगी भएको घोषणा गर्‍यो
छापाहरुले उस्का दर्द र व्यदनाका कथाहरु दारुणताका साथ सुनाए
हिजो एक युवतीले नामी हत्यारा चाल्स शोभराज कि प्रेमिका भनि
सबै छापाका माध्यम उन्को पछि दौडिए
साच्चैनै शंकर दाइ संसार एक्स्ट्राट् नै रहेछ
हिजो दिन दहाडै एक राष्ट्रवादी मारियो
छापामा खबर भएन
किनकी बिगत बर्षहरु मा दैनिक १० मारिन्थे
हिजो एक कविले मदन पुरस्कार पाए
छापाहरु मा त्यो खबर आएन
किनकी च्याउ उम्रिए सरि पुरस्कार छ रे नेपालमा
शंकर दाइ ,
हिजो एक पुलिशले एक किडनि तस्कर समात्यो
उस्को साहसि र कर्तब्य परायणको कथा लेखिएन
चाल्सलाइ समात्ने प्रहरि ले स्याबासी पनि पाएन
तर एकाएक छापामा गर्मि छाएको छ
एक नव योवनाको प्रेम चर्चाले
तपाइको युगको मुनरोजहरु
आजकल नेपाली सडक भरि देखिन्छन
एक्स्ट्राट हुने रहरमा
झुम्कि बुलाकि र सिरबन्दि होइन
किल्ला जस्तो चुचो परेको फलाम लगाइन्छ
चौबन्दि फरिया र खास्टो होइन
अर्ध नग्न हुने विदेशि पोशाक लगाइन्छ
आजकल शंकर दाइ नेपाली सडकले यस्तै देख्ने गरेको छ
नेपाली छापा यास्तै को चर्चामा व्यस्त छ
शंकर दाइ
हाम्रो संस्क्रीति रितिरिवाज
डिस्को र टेबुल डान्स सँग साटिएछ
पाहडको निस्चल चिसो पानीको साटो
दुषित पानीलाइ मिनरल वाटर भनि बेचिएछ
शंकर दाइ
राष्ट्रले धर्म छाडेदेखि
सबै एक्स्ट्राट भइ रहेछ
एक्स्ट्राटको भिडमा म
हाँसको हुलमा बकुल्लो भएर
खेदिइ रहेछु,खेदिइ रहेछु
- शंकर लामिछानेको सम्झनामा


July 29, 2008

एउटा बुढो जो बच्चैमा मर् यो

-शेखर ढुङ्गेल

समयले कहिले काहीं अनौठो भ्रान्ति दिन्छ । जसले अस्वाभाविक हुनै नसक्ने अकल्पनीय अशोभनीय अमर्यादित असंवैधानिक अपरिपक्वजस्ता सैयौं अस्वीकृत छालको सम्भावना देख्दादेख्दै पनि अस्वीकृतिलाई बेवास्ता गर्दै अगाडि बढ्ने इच्छा जागृत हुने मनमा प्रोत्साहन छाउने आफैमा गर्व हुने दम्भित हुने र निधार टल्कने घाम पनि चन्द्रको शीतल छायाँको भानमा पर्ने हुँदोरैछ । अनि म को हुँ मेरो दायित्व के हो भनी सोच्ने सार्थकभन्दा टाढा पुगी आत्मरतिमा रमाउने दुस्प्रयास गर्न उत्साहित हुँदो रहेछ ।


देशको बदलिदो दैनिकी ुसौताको रिसले पोइको ओछ्यानमा मुत्ने नियतिबाट गुर्जिराखेको देखिन्छ र यसलाई जायजता दिने संस्कारको श्रीबृद्धि भैराखेको छ । विष रोपेर अमृत फलाउने दुस्प्रयास देखिन्छ । नयाँ नेपालको नाममा गणतन्त्रको नाममा लोकतन्त्रको नाममा राष्ट्रको सौदा गिरंदैछ । व्यक्ति वा दल विशेषको सफलताको नाममा राष्ट्रको शिर झुकाइँदै लिगंदै छ । विषाक्त हावा फैलाइँदै छ आत्मसम्मानमा चोट पुर् याइदैछ । राष्ट्र विखण्डन गिरंदैछ नयाँ नेपालको नाममा ।


वर्तमानमा जन्मेका र जन्मिने अपाङ्ग अन्धा दुई टाउके दुई जिब्रे चार खुट्टे शिशुको विरोधमा शंखनाद गर्ने मुख्र्याइँ पनि देखिदैछ जसलाई स्वाभाविक मान्ने पक्षमा पंक्तिकार छैन किनकि मेरो सामान्य दिमागमा जन्मने शिशुको के दोष जब कि जन्माउने बर्णगत नस्लमै खराबी छ भने खोजी र विरोध अनि उपचार पहिले त्यसको हुनुपर् यो जसले वर्तमान र उसका लठैत अंशियार जन्माएको छ । अस्वीकृत उपराष्ट्रपति झाकै सन्दर्भमा कुरा गर्दा संविधानको पालना एवं संरक्षणको कसम खाएका राष्ट्रपति प्रधानमन्त्री र प्रधानन्यायाधीशको सामुन्ने भएको त्यो दुस्साहसको प्रोत्साहक स्वयं राष्ट्रपति र प्रधानन्यायाधीश अनि पछाडिबाट आप बोलिए भन्ने प्रधानमन्त्री गिरिजाप्रसाद के दोषका भागिदार छैनन् जसरी एउटा प्रहरीको अगाडि अपराध घट्दा प्रहरीप्रति औंला ठड्याइन्छ । झा त एउटा संक्रमण रोगबाट पीडित आमाको कोखबाट जन्मेका संक्रमित शिशु मात्र हुन् ।


नयाँको इच्छा राख्नु खराब होइन तर कस्तो नयाँ स्पष्ट नभै पुरानो फ्याक्नु अपरिपक्वता हो । बजारमा देखिने सबै पहेलो धातु सुन हुदैन । सबै मानिस खराब हुदैनन् सुनको शुद्धता र मानिसको इमान्दारी नबुझी छनोट गर्नु छनोट गर्नेकै कमजोरी हो । विकृत वर्ण र नस्ल पाल्ने अनि उत्पादन सही भएन भनेर के गर्नु कांग्रेस र एमालेका भातृ संगठन सडकमा गएर दुनियाँ हसाइ पनि राखेका छन् । तर नेतृत्वसँग किन सोद्धैनन् किन म त हाल्यौ भने । एउटा भ्रष्टाचारमा पदमुक्त भएका व्यक्तिलाई राष्ट्रको सर्वोच्च पदमा आसीन गराउन उनलाई जिताउने पक्षले गरेको जनताको संविधानको अपेक्षाको मूल्यांकन र विरोध किन हुदैन कि यो पनि गिरिजाको सत्तामा टिकिरहने अर्को प्रपाच हो ।


वर्तमानले संकेत गर्दैछ नयाँ नेपालको कथा उखान छ नि खाए पनि पछुताउने नखाएपनि पछुताउनेु को अवस्थामा पुगेको छ । सपना कति देखिन्छ कहिले राजा भएको कहिले संसार ढलेको त कहिले मृतक पनि बाँचेको महान व्यक्तिसँग भेटेको कहिले उडेको कहिले भीरबाट खसेको कहिले हात्तीले त कहिले सर्पले लखेटेको आदि । भनाइको अर्थ के भने देखेको र देखाइएको सबै सपना राम्रा र फलदायी हुदैनन् । दुष्परिणाम ल्याउन पनि सक्तछ- देश त्यै बाटोमा लम्किएको छ । देश एउटा चङ्खे विरालोको खेलमा फसेको छ । एकदिन एउटा बिरालोले अरु बिरालालाई भनेछ- हेर साथी हो घरका मानिसलाई निकाल्न वा भगाउन सकियो भने तातो चुल्होमाथि सुत्न पाइन्छ त्यसैल यसो गरौं उसो गरौं । सल्लाह बमोजिम बिरालाहरु घरघरमा दूधका भाँडा फोर्ने लत्ताकपडा च्यात्ने गर्न थालेछन् । यस्तो अस्वाभाविक विरालोको गतिविधिले अशुभ सङ्केत देखी घरका मानिसहरु तीर्थगर्न निस्केछन् । भोलिपल्टसम्म त तातो चुल्हो पाइयो भनेर बिरालाहरु उप्रुेछन् रमाएछन् । सल्लाह दिने बिरालोलाई बोकेर घुमाएछन् । भए भरका मुसा मारेर खुवाएछन् । तेस्रो चौथो दिनपछि न त चुल्हो तातो पाए न त पेटमा हाल्ने चारो । हुँदाहुँदा एक छाक खान छिमेकीको झ्याल ढोका चहार्नु पर्ने भएछ । त्यसैगरी आज एउटाले सबैलाई रैतीबाट राजा बनाइ दिन्छु भनी हुइयाँ गर् यो सबैको सहमति भयो । हो हो राजा फ्याल्नुपर्छ धेरै मोज गरे । हामीले पनि पाउनु पर्दछ यसले हाम्रो पुर्खाको राज्य खोस्यो फिर्ता पाउनुपर्छ । हो हो फिर्ता पाउनुपर्छ । सबै नयाँ राजा बन्ने दौडमा निस्के । कोही पूर्वका कोही पश्चिमका कोही उत्तरका त कोही दक्षिणका राजा बन्न केही आफ्नै बलमा त कोही ख्वामितको बलमा एकले अर्काको खुट्टामा बाचरो तेस्र्याई राखेका छन् ।


देशमा आगो लागि रहेको छ । अपुरणीय क्षति भैराखेको छ नेताहरुको गैरजिम्मेवारी पनको रबैया देख्दा लाग्छ मीठो फलको खेती भैराखेको छ । राम्रो फसलको लागि समयकै बर्वाद भएको छ । नेताहरुको लागि अपराध वृति वरदान हुने नालायकीपन पुरस्कृत हुने भ्रष्ट अराष्ट्रिय कार्य गर्ने सम्मानित हुने प्रशासक सुरक्षा निकाय अपहेलित हुने गरिवी र बेरोजगारी बढ्दै जाने काम नयाँ नेपालको विहानीजस्तो भएको छ । यसो हो भने नयाँ नेपालको सपना देखाएर पुरानो नेपाललाई खुम्च्याउँदै गरेको भान हुन्छ । आफ्नै भाषा नबुझने र आफ्नो भेष नसुहाउँने भन्नुपर्ने वातावरणमा देशलाई डोर् याइँदैछ धकेलिंदैछ ।


राष्ट्र भनेको चारतिर रेखांकित सीमा भित्रको भूभाग होइन । उसको मौलिक भाषा भेष सँस्कृति सामाजिक विशिष्टता एवं धार्मिक विशेषताको पहिचान हो । आफ्नो मौलिक अस्तित्व र पहिचान एवं आत्मसम्मानकै लागि विश्वमा धेरै रगत बगिसकेको छ र फेरि पनि बग्नेछ । यस्ता संवेदनशील विषयमा समझदारी एवं एकताको वातावरण तयार गर्न नेताहरु चुकिसकेका छन् ।


सतहमा यो विषाक्त फल यसलाई पनि चाहिएको छैन उसलाई पनि चाहिएको छैन । बन्द कोठाको खेलमा त्यो फल उसलाई पनि नखाइ भाुछैन त्यसलाई पनि नखाइ भा छैन- अदृश्य हातमा फलु अड्केको छ । हामी उसको इशारामा दौडिराखेका छौं । जनता रमिते भै यो दुर्दशा हेरिराखेका छौं । लोकतन्त्रको नाममा राष्ट्र राष्ट्रिय अस्मिता आत्मसम्मानको बलि चडाउँदै छौं- परिणाम एकपछि अर्को दिन पछुतो बन्दै गएको छ । ६० बर्षे लोकतान्त्रिक संघर्षको पूर्णविराम लाग्नुको साटो राष्ट्रिय अस्मितासमेत नजोगिने गरी खतरनाक वातावरण तयार हुँदैछ । त्यसैले संविधानसभा निर्वाचन पछिको नेपाल र नेपालको लोकतन्त्रको बारेमा वर्तमान परिस्थिति देख्दा भन्नु पर्दछ- एउटा बुडो थियो ६० बर्षे संघर्षको लोकतन्त्र जो बच्चैमा मर् यो ।


Shekhar1962@gmail.com



July 28, 2008

नेपाली भाषा जिन्दावाद ! चरेषानन्द मुर्दावाद ।

नेपालका उपराष्ट्रपतिले भारतको भाषामा सपथ लिए । त्यसको बारेमा पत्र-पत्रिका, अनलाईन मडिया र अहिलेको विश्‍वमा विचार संप्रेशणको सशक्त माध्यम बनेको ब्लगहरु पनि भरिई सकेकाछन र त्यसको पृष्टभूमि, घटना र घटना पछिका आरोह-अबरोहले अहिले पनि नेपाल तात्तीएको छ ।

त्यसो त य अघिको एकलव्यको डायरीको पोष्ट काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भीत्र यस बारेम केहि उल्लेख भै सकेको छ र उहाकै शब्दमा “हलेदो भनेर चिनिसके पछि के कोट्याएर सुँघ्नु ?” भनेर म पनि चुप बसको थिएँ। तर नेपाल र स्वाभिमानि नेपालीको मान-मर्दन गर्ने यो कार्य र त्यसको व्यापक बिरोधका भईसक्दा पनि चरेषानन्द र तिनका दलहरु अझै यस बारेमा माफी माग्ने वा सच्याउने तर्फ नलागी यस कुरालाई जायज ठहर्‍याउने तर्फ कसरत गर्न थालेपछि भने केहि नलेखी बस्न सकिन र नेपालि हुनुको कर्तव्यबोधले दिएन पनि

हिन्दिमा सपथको समर्थमा व्यक्त गरीएका झा र उनका विदेश भक्त देश फोर्ने दल (जसको नाम नै “फोरम!” छ) को बढो उदेक लाग्ने तर्कहरु छन ।

१) नेपालमा हिन्दि सबैले बोल्छन रे :

अनि महोदय! नेपाली चाहि कसैले बोल्दैनन? कि, तपाईलाई नेपाली भाषा बोल्दा चाहि नसुन्ने बहिरो रोग लाग्या छ?

२) सबैले बुझुन भनेर हिन्दिमा बोलेको रे :

चरेषानन्द ज्यू ! सपथ जनतालाई सुनाउन लिने पनि होईन। सपथ भनेको खुवाउने, खाने र २-४ जना औपचारिकता र मर्यादाक्रमका कारण बस्नै पर्ने मानिसको अगाडी गरिने कुरा हो, तपाईलाई “मालिक” ले त्यस्तै आदेश दिए होलान तर यि बचकाना तर्क बेक्कारका छन । हिन्दि भाषा नेपालमा त के कुरा भारतमै पनि आधि भन्दा बढी भारतीयहरुले पनि बुझ्दैनन् (दिल्लीलाई मात्रै भारत ठान्ने चरेषानन्दलाई चेतना भया!)

३) हिन्दि चलचित्र चाहि हेर्न हुने, हिन्दिमा सपथ चाहि किन लिन नहुने रे:

चलचित्र त हामि संसारभरी कै हेर्छौं नि, अनि के त हिन्दि चलचित्र हेर्दैमा हिन्दिमा सपथ लिने? हिन्दि चलचित्र हेरेपछि हिन्दिमा सपथ गर्ने भए हिन्दि चलचित्रनै हेरौं भारतकै राष्ट्रपति र उपराष्ट्रपतिलाई लाई नै हाम्रो राष्ट्रपति अनि उपराष्ट्रपति मानौं सक्कीहाल्यो नि ! (तपाईको अन्तिम लक्ष त त्यहि नै होला नि हैन)

समष्टीमा यि चरेषानन्द झा र यिनका गुट नेपालको राष्ट्र र राष्ट्रीयता र अखण्डतामा ठाडै प्रहार गरेर नेपाली जनताको नाडी छाम्ने र मालिकलाई खुशि पार्ने कार्यमा लागेकाछन्, तर खुशिको कुरा के भने यि किस्ताबस्तिमा देश बेच्नेहरुको यो प्रयोगको लगत्तै नेपालमा राष्ट्रियताको भाव उर्लीएर देखा परेको छ ।

आज सम्म पनि देशका कुना कुनाबाट यि नेपाली माना खाएर भारतको दलाली गर्ने गद्दारको बिरोध भै रहेको छ ।

म मेरो देशको मर्ममा प्रहार गर्ने यी भारतिय दलालको निन्दा गर्दै यिनलाई जनता सामुन्ने माफि मगाएर पदच्यूत नगराएसम्म आन्दोलन नरोकियोस र आन्दोलनको लागी नेपाली जनतालाई उर्जा मिलोस भन्ने कामना गर्छु ।

संसारभरि हामि जहा बसे पनि हामि सबै नेपालि हौं र नेपाली भाषा प्रति हामिलाई गर्व छ । कसैलाई हिन्दि भाषा प्रति अगाध मोह छ भने तिनले आ-आफनो घरमा बसेर सो भाषाको प्रयोग गरुन मलाई आपत्ती छैन, तर मेरो देश नेपालको उच्चतम पदमा आशीन हुने गद्दारले आफ्नो मातृ भाषा समेत नभएको यो विदेशि भाषामा सपथ खाएर उनका मालिकलाई खुशी पारे पनि अढाई करोड नेपालीको स्वाभिमानमा आँच पुर्‍याएका छन म त्यसको घोर बिरोध गर्छु ।

चरेशानन्द मुर्दावाद!

जय नेपाल!!!