August 2, 2008

आफ्नै कुरा - बसाइ सराईं

Akarmanas
हुन त मैले यो कुरा गर्दा कसैलाई अलि hypocritical लाग्न सक्ला, तर समस्या भने जायज नै हो ।
सानोमा मलाई आमाले भन्नु हुन्थ्यो "बाबु राम्रो सँग पढ है, प्लान मा पढ्नु पर्छ" । हुन पनि हो, नेपालमा टेक्निकल कलेजहरु धेरै नभएकाले बिदेशी सरकारको scholarship मा पढ्न जानु ठुलै कुरा हुन्थ्यो । यहाँ कुरा पढ्न जाने मात्रा को हो है, बसाइ सराई को हैन । आफ्नो सन्तान प्लान मा पढ्दै छन भनेर सुनाउनु पाउंदा बाबु-आमा गौरवान्वित हुन्थ्ये ।


ग्लोबलाईजेसन ले पो हो कि आहिले स्तिथी अलि फरक छ । आहिलेका आमाहरु शायद यस्तो भन्ने गर्छन् : "बाबु (वा नानी) राम्रो मार्क्स ल्याउनु पर्छ है नत्र काउन्सेलरले भिसा दिंदैन" । ब्यक्ती भएर सोच्दा सबै को आफ्नो मन परेको देशमा migrate हुन पाउनु अधिकार हो । तर देश भएर सोच्दा स्तिथि भाहभय छ । नेपालको primary र secondary लेवल पढाईको उदेश्य के भन्दा बिदेशमा पढ्न जान सक्ने दक्ष जन शक्ती तयार पार्ने मा सिमित भयो जस्तो छ । देश (ब्रिद्धाश्रम ?) केबल रेमिटेन्समा मात्र चली हाल्छ नि भनेर कसैले सोच्छ भने त्यो एकदमै ठुलो भुल हो ।


समस्या औंलाउन धेरै सजिलो हुन्छ, तर त्यसको समाधानको लागि केही नबोली समस्या मात्र औंलाउनु को पनि म केही औचित्य देख्दिन । म फेरी पनि दोहोराउनु चाहन्छु मैले migration को बिरुद्धमा बोल्न खोजेको हैन; संसार पहिला जस्तो रहेन, बसाइ सराइ सबै तिर ब्यापक रुपमा बढेको छ जुन आजको आर्थिक सामाजिक विश्व परिस्तिथिको लागि अपरिहार्य जस्तै भईसक्यो ।


कारण को रुपमा मेरो विचारमा बसाइ सराई दुई थरी हुन्छन: रहर र बाध्यता को । Temporal रुपमा हेर्ने हो भने बसाइ सराई फेरी दुई किसिमको हुन्छन: अस्थाहि र स्थाहि । मेरो सबै भन्दा ठुलो चिन्ता कुनै पनि बाध्य भई अस्थाहि रुपमा बिदेशिनु परेको नेपाली बाध्यताकै कारण स्थाहि रुपमा नै बिदेशमा थन्किनु नपरोस भन्ने हो । यो नेपाली बसाइ सराई को सबै भन्दा आधारभुत समस्या हो, यसको समाधान हुन साथ अरु पनि बिस्तारै सुल्झिंदै जान्छन जस्तो लाग्छ ।


अब म आँफैंलाई प्रश्न गर्न चाहन्छु, "म किन बिदेश आएको त"? मेरो विचारमा म रहरले पढ्न बिदेश आए पनि पढाई सकी देशको अस्थिरता लाई बाध्यताको टोपी बनाइ बसी रहेको छु । हुन पनि हो, एउटा जीवन शैली मा लागेपछी फेरी नेपालको भांडभैलो सहने क्षमता जुटाउन गार्है हुन्छ । तर I.Sc. / I.Com. सक्ने बित्तिकै सबै नेपाली बिदेशिन खोज्छ्न भने देशको स्तिथी र भविश्य सजिलै अनुमान लगाउन सकिन्छ । मेरो बिचरमा बिदेशिनु पनि पर्छ, बिदेश आएर म जस्तो मखण्डीलाई त कती धेरै सही-गलत को ज्ञान भयो भने अरु नेपालीले पनि धेरै कुरा सिक्छन । तर बिदेसियका २५% पनि नेपाल फर्केनन् भने त्यो आर्जित ज्ञान को नेपाललाई केही फाईदा हुने वाला छैन ।


परिवारको भविश्यको risk लिएर नेपाल (अहिलेको स्तिथीमा) फर्किन दर्है मुटुको मान्छे हुनु पर्छ । त्यस्ता कोही नहोला भन्न खोजेको हैन मैले, तर यि बिदेशी अनुभव र बिद्धा हासिल गरेका अधिकांस फर्किन भने अहिलेको स्तिथीमा ब्यापक सुधार हुनै पर्छ। मेरो पनि अब अर्को लेभलको पढाई सकेर नेपाल नै फर्किने मानसिकता छ (सबै कुरा मैले प्लान गरे जस्तै हुन गयो भने)। तर फर्किन को लागि नेपाल सरकार संग केही न्युनतम पुर्व सर्त भने अवश्य छ :

१. नेपालमा राजनैतीक स्थाहित्व हुनु पर्छ ।
२. नियम कानुन को प्रत्याभुति हुनु पर्छ ।
३. रिसर्च र अध्ययन का प्रोजेक्टहरु कमिसन को लोभ मा कन्सेल्तेन्सी लाई हैन विश्वाबिद्यालयहरु लाई प्रदान गरी प्राध्यापक र बिद्यार्थी दुबै लाई प्राविधिक सिप निखार्ने मौका दिनु पर्छ ।


यो नितान्त मेरो आफ्नै बिचार हो, सबैका आफ्नै सोचाइ र पुर्व सर्तहरु होलान ।



3 Comments:

बिपलब said...

तपाइको बिचार राम्रो लाग्यो, नेपालको ब्रेन ड्रेनको स्थिती भयाभह छ। तर देश फर्कनु सर्त चाहिन्छ र? मैल बुझेको, देशले के दियो होइन देशलाइ के दिएं।
तर यसलाइ ब्यक्तीगत आक्षेपको रुपमा नलिनुहोला।

Prajwol said...

लेख सटिक लाग्यो ।

"सर्त" भन्ने शब्द अली गरुङ्हो लाग्यो, तर आशय भने मन पर्‍यो । आफ्नो भविश्य थांती राखेर कोही नेपाल फर्कनु आहिले चुनौती पूर्ण नै छ । सबै जना लिडर हुंदैनन, पच्छाउन खोज्ने हरुलाई बाटो बनाइदिनै पर्छ, नत्र दु:ख गरेर अर्जेको बिद्धा को प्रयोग गर्ने ठांउ नै नभएर सिप तुहिन जाने भए राष्ट्रियता को नारा ले मात्रा केही हुंदैन ।

तपाईं को प्रथम दुई "सर्त", सर्त नभएर मेरो बीचरमा एक देश ले आफ्नो जनता लाई दिनु पर्ने आधरभुत कुरा हुन । यदी यि २ कुरा (बिशेष गरी "सर्त" २) पनि नहुने भए त्यो देश नाम मात्र को हुनेछ ।

तेस्रो "सर्त" भने एक दमै राम्रो सुझाव हो, यसमा कुनै पनि बुद्धीजिवी नेपाली ले शायद नै बिरोध गर्लान। तर पहिला हाम्रो University हरु कती पानी मा छन भनेर मुल्याङ्कन गर्न भने जरुरी छ ।

nepalean said...

नेपालको अहिलेको ठुलो समस्या भनेको पोलीटिकल पोलुसन हो। जब यो साम्यहुन्छ बिस्तारै देशले सभ्यताको बाटो समात्छ अनि बिस्तारै अर्थतन्त्रको बिकास संगै देशले ब्रेन ड्रेन मात्रै होइन कि ब्रेन रिट्रन पनि देख्न पाउंछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !