August 2, 2008

दौतरी विनाका १२ दिन

जुलाई २१ सम्म ठिक ठाक चलेको दौतरीको पानो मेरो कम्प्युटरमा ठ्याक्कै त्यसको भोलि पल्ट अर्थात २२ जुलाई देखि खुल्न छोड्यो । कति कोशिस गरें, क्षणिक रोकावट होला भन्दै फेरि पनि पटक पटक गरेर दौंतरी पेज खोल्ने कोशिस गरें, अहं खुलेन । मैले सोचे कतै रजिष्टर गरेको कम्पनीले दौतरीले डोमेनको भाडा समयमा तिरेन भनेर त वेब साइटमा ताला लगाइदिएन ! दौतरीका एडमिनिस्ट्रेटरलाई पनि सधैं यो बोझ सम्हालिरहंदा दिक्क पो लाग्यो वा फुर्सद नभएर पो कतै हराएको र डोमेन गायब भएको पनि पत्तो नलागेको हो कि ! यस्तै कुराहरु खेलिराखे मेरो मनमा केहि दिन । लामो समय सम्म पनि केहि उपाय नलागे पछि खत्र्याक खुत्रुक यता उता गर्दै गुगलको ब्लग एकाउण्टबाट पसेर हेर्दा एकलव्यको डायरिको “काम कुरो एकातिर “ र ब्रिलियन्टमेनको “ के अरु दलहरु मात्र “ भन्ने लेखमा आंखा पुग्यो अनि बल्ल शंका लाग्यो दौंतरीको गाडी गुडिरहेको रहेछ बरु प्यासेन्जरको रुपमा म नै छुटेको रहेछु ! अनि मैले एक जना साथिलाई अनलाइन भेंटे र उनलाई एक पटक उनको कम्प्युटरमा दौतरी खुल्छ कि खुल्दैन भनेर सोधे, उनकोमा खुल्छ भन्ने जवाफ पाएं, त्यस्तै नेपालियनजीलाई इ-मेलमा सोध्दा पनि कुनै परिवर्तन गरेको छैन भनी केहि बैकल्पिक लिंकहरु समेत दिनु भयो । अहं त्यसबाट पनि खुल्दैन । कुकीहरु डिसएबल्ड भएर डेस्कटपबाट नखुलेको हो कि भनी ल्याप टप बाट पनि कोशिस गरें अहं खुल्दैन । अन्य सबै साइटहरु, ब्लगहरु सबै खुल्छन दौतरीमात्र नखुल्ने ! अफिसमा प्रोक्सी सर्भर प्रयोग हुने र कडा इन्टरनेट सुरक्षा अपनाइएकोले यस्तो भयो होला भन्ने मनमा लाग्यो , र नेट डिपार्टमेन्टबाट नै कुनै दिन यो समस्या हल गरुंला भनेर कुरेर बसें ।

यस बिचमा मैले दौंतरीको लागि लेखेका केहि लेखहरु “शहिद” भए , किनकि पोष्ट गर्न सकिन र दुई हप्ता पछि तिनिहरुको सान्दर्भिकता पनि हरायो ।

अनि आज अर्कै स्थानबाट दौंतरीको बस भेट्टाउन आइपुगे , साथिहरु देख्दा दंग पर्दै ! तर यो बिचमा मलाई लाग्यो एउटा साइट चलाउन धेरै मेहनत लाग्दो रहेछ । प्राविधिक र साज सज्जाका अनि यस्ता नियमित समस्याहरु कसरि समाधान गर्ने भन्ने खुबी नभएको म जस्तो प्राणीलाई बल्ल हाम्रा दौंतरीका एडमिनिस्ट्रेटर “नेपालीयन” जीले गरेको श्रमदानको हेक्का भयो ।

छाडा व्यापारिक ब्लग वा साइटहरु भन्दा भिन्दै रुपले देशको माया गर्नेहरुको बिचारलाई प्रस्तुत गर्ने जमर्को सहित अगाडि बढ्दै गरेको हाम्रो प्रयास जारी राख्न चाने चुने छैन । दैनिक २०० को हाराहारीमा क्लिक हुने साइटलाई कुनै आर्थिक र प्राविधिक सहयोग बिना अथक संचालन गर्ने नेपालियनजीको परिश्रमलाई चानेचुने मान्न सकिंदैन ।

“म” भन्ने व्यक्तिबादी जुगमा, अझ हामी नेपालीहरुको हकमा यो “म”-पनत्व अझ बढी लागु हुन्छ , तर दौंतरी “हामी” बनेर अगाडि बढिरहेको छ । त्यसैले यसले “इगो” र भावनात्मक कनफ्लिक्टलाई एकातिर पन्छाउन सफल छ र यसरी नै अगाडी बढ्न सफल हुनेछ । छिट्टै यो इन्टरनेट समस्या समाधान गरेर म पनि पुन नियमित दौंतरीहरुसंग यात्रामा सहभागी हुनेनै छु ।


3 Comments:

ठरकी दादा said...

यो बिचमा तपाईको 'पोष्ट' नपढेको पनि धेरै भएको थियो र तपाईको लेख पढ्दा पूर्वबत रमाईलो लाग्यो ।

नेपालीयन जीको लगन र मेहनतको लागि म पनि व्यक्तिगत रुपमा उहालाई साँच्चै ह्रदय देखीनै धन्यवाद दिन चाहन्छु ।

तपाईको लेख निरन्तर पढन पाउने आशा सहित

एकलव्यको डायरी ( Eklavya's diary) said...

निश्चय पनि घर मुनिको जगको महत्व र सतह भित्र नदेखिने कति प्रयास लुकेको हुन्छ सबैले जान्न सक्दैनन् । दौँतरीलाई जन्माउन कै लागि सोच्ने, निरन्तर काम गर्ने नेपालीयनजी अनि नहुँदाकको महत्व कस्तो हुन्छ भन्ने कुरा उजागर गरिदिनु हुने पाण्डाजीलाई धेरै धन्यवाद छ ।

nepalean said...

दौंतरीको १०० दिन पछिको लामो समयमा यस पटक दौंतरीमा दौंतरीकै खबर आयो। प्राबीधीक समस्या बाहेक अरु समस्या पनि बोकेको मैले अनुभव गरे पान्डाजी को लेखमा। वाहांले भने जस्तै ब्यबसाहीक छाडा ब्लगले बिचारको नाममा ब्यक्तीगत सदाचार लागु गरे जस्मा आफ्नो कुर मिले सबै सुन नत्र बिभिन्न मार्का नुनको ब्यबहार गरे। त्यसको प्रतीबाद गर्दै साथिहरु माझ यो ब्लग जन्मन गयो र नाम पनि दौंतरी रहन गयो। समुहमा जन्मने क्रिती छाल सरह कहिले आकाश र कहिले पातालमा पुग्ने गर्छन, यो मैले पहिले नै आकलन गरेको कुरा हो। बेला बेलामा बेजोड सहयोग पाएको दौंतरीले पाठक तथा सहयोगी पातलिदा मलाइ त्यही आकलन न्यानो प्रदान गर्दथ्यो र सुनको भर्यांगमा मैले रसान लगाउने काम गरें। रसानले जोड्ने काम गरे पनि साज सज्जा,लेख र प्रबाधीक कुरामा सहयोग गर्ने हाम्रो प्रिय दौंतरीलाइ कहिल्यै भुल्न हुदैन। म को सट्टा हामी भएर उदाएको यो ब्लगलाइ यसै गरी हामी सबै मिलेर अन्नत सम्म पुर्याउनु पर्छ। दौंतरीको भावनालाइ पुन एक पटक उजागर गरिदिनु भएकोमा पान्डाजी लाइ फेरी एक पटक धन्यबाद।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !