Showing posts with label गाउँखाने कथा - nepali katha/riddle. Show all posts
Showing posts with label गाउँखाने कथा - nepali katha/riddle. Show all posts

April 2, 2009

गाउँखाने कथा - ९ (Nepali Gau Khane Katha)

अपडेट: भिर, पहरा बस्ने सानी सुकुमाइ फर्सी पनि होइन,मौरी पनि होइन,जुका पनि होइन। यस्कको उत्तर चिचीचीन्डो पनि होइन, घ्याम्पो पनि होइन। किर्नु उत्तर चाही एक्दमै सहि हो। लुना जीलाइ धेरै धेरै बधाइ छ। ल लुना जी कुन गाउं लिनुहुन्छ?
-------
सानी-सानी सुकुमाइ घ्याम्पा जत्रो पेट
काहा. बसेर मोटाइन? भिर,पहरा,लेक। के होला सानी सुकुमाइ?


March 20, 2009

गाउँखाने कथा - ८ (Nepali Gau Khane Katha)

दुईतिर चुरीफुरी अगिल्तिर हुल,
इनारका मुखमा पदमका फुल, यसको उत्तर के होला?


March 15, 2009

गाउँखाने कथा - ७ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउँखाने प्रतियोगीतामा फेरी पनि लुना जीले मिलाएर पुरस्कारको हकदार बन्नुभएको छ। गाउँखाने कथामा थाली माथी भएको बटुकी चियाको कप हो। लुना जी आफ्नो मनलागेको गाउं माग्नुहोला। पहिला दिइसकेका गाउं चाही होइन है फेरी?

थालीमाथि बटुकी, बटुकीमा झोल,
तह लाउन त्यसको कान मोल।

के होला त्यस्तो,उत्तर मिलाउनेलाइ गाउं पुरस्कार।


March 9, 2009

गाउँखाने कथा - ६ (Nepali Gau Khane Katha)

अपडेट: जलथल र तुसारो बिच सिंगारिएको बन डुंगा हो। यसपटकको गाउँखाने कथा अली अप्ठयारो परे पनि लुना जिले मिलाउनु भएको छ। लुना जी लाइ बधाइ छ तथा उत्तर मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद। अब गाउं माग्ने पालो लुना जी को। सुन्दर गाउं तातोपानि त लिइहाल्नुभयो, अब कुन सुन्दर गाउं लिने बिचार छ?
एक भाग जलथल, एक भाग तुसारो
वनै काटी वनै ताछी वनै सिंगार्यो?
के होला यस्को उत्तर??




March 1, 2009

गाउँखाने कथा - ५ (Nepali Gau Khane Katha)

अपडेट: गोली भएको भुइंको डोली बदाम हो। यस पटक दिलिप आचार्यले शुरुमै मिलाउनु भएको छ। प्रयास गर्ने र मिलाउने सबैलाइ धन्यबाद। दिलिपजीलाइ भने एउटा नया गाउं पुरस्कार। ल दिलीप जी कुन गाउं रोज्नुहुन्छ?
भुइंको डोली थिचेर खोली,भित्र हेर्दा दुइ-तीन गोली, के हो?


February 22, 2009

गाउँखाने कथा - ४ (Nepali Gau Khane Katha)

अपडेट: हिजो आज गाउँखाने उत्तर सारै सजिलो भाको हो की पाठकहरु निकै धुरन्दर निस्कनुभयो? शुरुमै उत्तर ठ्याक्कै मिलाएर ठरकी दादाले एउटा नया गाउं हात लगाउनु भयो। गाउं माग्ने पालो अब ठरकी दादा को। माया को रांको भएको "सर्प" हो। प्रजवलजी ले ठिकै भन्नु भयो टोके पछि बिष लाग्ने भएर माया यस्को रांको भनेको होला।
चाल छ त्यसको छट्केमट्के, बसाइ त्यसको जांतो
दांत उसको अनारदाना, माया उसको रांको। उत्तर:सर्प




February 13, 2009

गाउँखाने कथा - ३ (Nepali Gau Khane Katha)

अपडेट: गाउं गाउँखाने को उत्तर हो कुकुर। यो कथा पहिलो पटक मिलाउने हुनुहुन्छ बसन्त जी। उत्तर मिलाउने तथा उत्तर दिने सबैलाइ धन्यबाद। अब गाउं माग्ने पालो बसन्त जी को। तातोपानि गाउं लुना जीले लगीसक्नु भयो। कुन माग्ने बिचार छ त?
अगाडी शंख, पछाडी पंख के हो?


February 8, 2009

गाउँखाने कथा - २ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने उत्तर दिने सबैलाइ धेरै धेरै धन्यबाद। हिन्दी अन्ताक्षरी र बिदेशी आइडलहरुले नेपाली मौलीक मनोरन्जनको ठाउं ओगटेको समयमा आफ्नो पन झल्काउने दौंतरीको यो सानो प्रयास मात्र हो। आशा छ तपाइहरु यसमा सामेल भएर या आफ्नोपन झल्कने अन्य रमाइला सामाग्री प्रस्तुत गर्नुहुनेछ।
अब भने गाउँखाने कथाको उत्तर तिर लागौं। पहिलो उत्तर मिलाउनेले पुरस्कारको रुपमा गाउं माग्न सक्नुहुनेछ। त्यो गाउं रहेको खण्डमा त्यो नै गाउं दिइने छ नत्र बिजेताले नयां गाउं पाउनुहुनेछ। को हो भयो होला त गाउं खाने कथाको पहिलो बिजेता? के होला त कथुरे गोरू? अनुमान गर्नुभयो? धेरै जनाको अनुमान मिल्यो। कथुरे गोरू हो मुसा र बिजेता हुनुभएको छ लुना। ल लुना जी कुन गाउं मनपर्छ मागी हाल्नुहोस।
-------------------------------------------------
यस पटकबाट गाउं नै खाने कथा शुरुहुदै छ अर्थात पहिलो उत्तर मिलाउनेले गाउं माग्न पाउनेछन। यदी त्यो गाउं अरुले पाइसकेको खण्डमा अरुनै गाउं दिइने छ। गाउं खाने कथाको श्रिखंला हरेक शुक्रबार आउने छ तथा नेपालका गाउं नसकुन्जेल सम्म चल्ने छ। गाउं खाने कथा २ को प्रश्न यस प्रकार छ:
होक्कां गोरु,भित्तो फोरु,धर्तीमुनिको कथुरे गोरु, के हो?


February 3, 2009

गाउँखाने कथा - १ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउँखाने कथा अन्य भाषीकामा राखिएको थियो। यो भाषिक सम्मान भएकोले यसमा गाउं दिइएको छैन। अर्को पटकबाट पहिलो उत्तर मिलाउनेले पक्कै गाउं पाउछेन र यो प्रक्रिया जारी राखिने छ।
ल लागौ यस पटकका गाउंखाने कथाको उत्तर।
दौंतरीको नया स्तम्भमा गाउँखाने कथा राख्ने बाचा अनुरुप आजबाट गाउं खाने कथा सुरु गर्दैछु। यो स्तम्भ राख्नको लागी पाठकलाइ पत्ता लगाउन दिएको काम पनि निकै रमाइलो भएको थियो। गाउँखाने कथाले पाठकसंग अनतरक्रिया गर्न मद्दत त गरांछ नै यस्ले हाम्रा आफ्नै नेपालीपनका कथालाइ जोगाइ राख्न पनि सघाउंछ। आखिर प्यारो त नेपाली पन नै हो नि, होइन र?
यसपटक भने नेपाली बिभिध क्षेत्र समेट्न भाषिकाक्षेत्रका गाउं कथा टिपेको छु।
कर्णाली:
आफू मडो डांको बडो?
उत्तर: बन्दुक।
भेरी:
रतु गा लिन गयां, पुंडी गाइले हानी?
उत्तर: बयंर।
आछामी:
लामै लराया फल स्वादौ?
उत्तर: माछा ।
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु।
उत्तर मिलाउने सबैलाइ बधाइ।


January 9, 2009

आउदो आकर्षण - गाउँखाने कथा ! (Nepali Gau Khane Katha)

दौंतरीमा आउदो आकर्षण के होला? उत्तर दिनेलाइ सुनको माला सबै दौंतरी सहभागिताको लागी धेरै धेरै धन्यबाद। मिलाउनेलाइ फुलको माला। सुनको माला प्राय सबैले नै पाउनु भयो, फुलको माला भने दिलिप आचार्य ले पाउनु भयो। बधाइ छ दिलिप जि। दौंतरीमा नियामित आउने खाने कुरा गाउँखाने कथा हो। तलको तनहु जिल्लाको बन्दिपुर गाउँ उत्तर मिलाउन सहयोग होस भनेर राखिएको थियो।
संचार ब्यबसायिकता र लोकप्रियतामुखी भइरहेको बेलामा मौलिक साहित्य पाखा लाग्दै गएका छन। सबैले भन्दै सुन्दै आएको गाउँ खाने कथा नेपाली पत्र-पत्रिका ब्लगमा कतै देखेको छैन। त्यसैले भुल्न लागिएको यो बिधा दौंतरीमा नियमित ल्याउनेछु। आशा छ यसले पाठक बृन्दहरुलाइ पनि सक्रियरुपमा सहभागि गराउने छ। कतिपय गाउँखाने कथाहरुले लाक्षणीक रुपमा अश्लिलता पनि दर्शाउने हुंदा त्यसप्रती भने सजकता अपनाउने छु।