February 22, 2009

गाउँखाने कथा - ४ (Nepali Gau Khane Katha)

अपडेट: हिजो आज गाउँखाने उत्तर सारै सजिलो भाको हो की पाठकहरु निकै धुरन्दर निस्कनुभयो? शुरुमै उत्तर ठ्याक्कै मिलाएर ठरकी दादाले एउटा नया गाउं हात लगाउनु भयो। गाउं माग्ने पालो अब ठरकी दादा को। माया को रांको भएको "सर्प" हो। प्रजवलजी ले ठिकै भन्नु भयो टोके पछि बिष लाग्ने भएर माया यस्को रांको भनेको होला।
चाल छ त्यसको छट्केमट्के, बसाइ त्यसको जांतो
दांत उसको अनारदाना, माया उसको रांको। उत्तर:सर्प




8 Comments:

ठरकि दादा said...

सर्प !

एकलव्य ( Eklavya) said...

म ठरकीजीको समर्थन गर्छु है यो जवाफमा -सर्प । कस्तो ठ्याक्कै परेको जस्तो लाग्यो हौ मलाई त । अरू कुरा त सोच्नै सकिएन ।

एकलव्य

Anonymous said...

ठ र कि दा !
अब मन पर्ने गाउ रोज्नुस् है :)

Anonymous said...

"माया उसको रांको" भनेको टोके पछी बिषले पोल्छ भनेको हो ?

Anonymous said...

गाँउखाने कथामा अलि कमजोर परियछ !

ठरकि दादा said...

ल, यसपाला भने गाउँ खाने कथाको पुरै नियम पाल न गरौं है त?, बरु गाउँका नाम पो केहि याद आएन त ।

हुनत हिजो आज, केहि समय अघिसम्म कसैले नचिन्ने मान्छे समेत छिमेकको आशिर्वाद लिएर 'एक मधेश एक प्रदेश' चाहियो भनेर माग्दैछन । त्यस्तो बेलामा जाबो एउटा गाँउ माग्न के धकाउने?, अँ, त चापागाउँ दिनुहोस मलाई ।

nepalean said...

ठरकी सर के बाठो मान्छे। काठमाण्डौ कै छेउको अनी शान्त बातबरण भएको गाउ माग्नुभयो। सारै राम्रो पो छ त चापागाउं। ल तपाइलाइले चापा गाउं पाउनुभयो।
गाउं खाने कथा २ मा बसन्त जी ले गाउ थाती राख्नुभएको थियो, उहांलाइ चापागाउ छेउकै लेले गाउ पाउनु भयो।

प्रबिण थापा said...

लौ गाँउ खाने कथामा त आफु कमजोर छु, भनेको अर्थ नि अरु धेरै कुरामा पनि कमजोर नै छु क्या। ल ल ठकरी जि चाँपागाउ को एक्लो दाबेदारी मैले त निर्बिरोध नै दिए है तपाईंलाई।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !