Showing posts with label अनुरोध/ सूचना / जानकारी. Show all posts
Showing posts with label अनुरोध/ सूचना / जानकारी. Show all posts

March 13, 2009

आज १३ ता. शुक्रवार

१३ लाई त्यसै पनि अशुभ मान्ने गरिन्छ त्यसमा पनि शुक्रवार १३ (Friday the 13th.) विश्वास गर्ने हरुको लागि यो अत्यन्तै खरावको संकेत मान्ने गरिन्छ । । शुभ र अशुभ को यो दोसाँधमा क्यालेन्डरमा १३ ता शुक्रवार हुँदा कुनै घटना घटेमा त्यसको दोष हामी यो तारेख र बारको संयोगलाई दिने गर्दछौ । यद्यपी यसलाई नमान्नेहरु यसलाई केवल भ्रामक रहेको जनाउदछन ।

तपाइको दिन कस्तो वित्यो । मेरो त खासै नराम्रो भएन । जेहोस यो शुक्रवार १३ ता सवैको राम्रो वितोस । अकंको वारेमा जान्न यो तलको लिकमा हेरौ Friday the 13th



February 28, 2009

हप्ता हंगामा - १ लाखमा गाडी


हो त, अब एक लाखमा गाडी किन्न पाइने भएको छ। भारू १ लाख याने अमेरीकी डलर २५०० मात्र । यो नेपालको बजारमा पनि देखिन सक्छ। सुरक्षाको कारणले अन्य देशमा भने यस्ले ठाउं पाउने छैन। २ सिलिन्डर इन्जिन भएको Tata Nano गाडी यही मार्चबाट बजारमा बिक्री बितरण हुने भएको छ। आउन त पहिलै नै आउनु पर्ने हो तर गाडी बनाउने कारखानाले किसानलाइ गतिलो मुआब्जा नदिएको कारण बिरोध मात्रै भएन टाटाले कारखाना नै सार्नु परेको थियो।
यो गाडीको सुरक्षा प्रबिधी एकदमै कमजोर मात्रै होइन कि छँदै छैन भने पनि हुन्छ। एन्टी लक ब्रेक त छैन छैन, एयर ब्याग पनि यसमा छैन। पछाडीको सिट मुनी इन्जिन भएको यो गाडीमा अगाडीको पांग्रा फित्ताले गुडाउंछ। हेर्दा यो चार पांग्रे गाडी भए पनि यस्लाइ छत भएको मोटर साइकल भने फरक नपर्ला। साना साना २ जना अगाडी बस्न मिल्ने यो गाडीमा अगाडीको सिटमा भने सिट बेल्ट छ। तर यस्मा पावर स्टेरिगं,पावर झ्याल जस्ता प्रबिधीको नामो निसानो छैन।

यो फुच्चै गाडी टाटाले महिनामै १५०० गाडी बनाउन सक्छ रे। दिनमै १५०० नया गाडी थपिने भारतमा यस्ले कतीको जाम थप्ने हो? भनिन्छ काठमान्डोमा गाडी लाइन लगाए बाटो भन्दा गाडीको लाइन लामो हुन्छ रे। भने पछि यो गाडी नेपाल भित्रीए गाडीको लाइन पक्कै थानकोट कट्छ। मारुती गाडीले टेम्पोको संकट निम्ताए अब भने खैनीको बट्टा भन्दा अली ठुला यि गाडीले ढोका थर्केने मारूतीलाइ साढे सात निम्ताउने निकै भय छ।


February 25, 2009

अन्तराष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले प्रवासी कविता भाग २ प्रकाशन गर्ने ।

अनेसास यूएई च्याप्टरले आदीकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर प्रवासी कविता सँग्रह भाग २ प्रकाशन गर्न लागेको हुँदा उक्त कविता सँग्रहको लागि कविता, गजल, गीत उपलब्ध गर्राईदिनुहुन हार्दिक अनुरोध गरेको छ ।

कविता पठाउँदा निम्न कुराहरुलाई ध्यान दिन पनि अनुरोध गरेको छ ।

१) कविता सकेसम्म नेपाली प्रिती फन्टमा र्टाईप गरी वा सफा बुझ्ने अक्षरले लेखी सम्वन्धीत तोकिएको स्थान वा इमेलबाट पठाउन सक्नुहुने छ ।
२) कविता विश्वको कुनै पनि क्षेत्रमा बसोवास गर्नु हुने नेपाली साहित्यकारहरुले पठाउन सक्नुहुने छ ।
३) कविता पठाउँदा प्रष्टरुपमा लेखकको नाम र फोटो सहित उपलब्ध गराउनु पर्ने छ ।
४) प्राप्त भएको कविता प्रकाशन गर्ने वा नगर्ने अधिकार सम्पादकिय मण्डलमा रहने छ ।
५) प्राप्त भएका कविताहरु प्रकाशित नभएमा फिर्ता हुने छैन ।
६) कुनै पत्र पत्रिका वा वेभ र्साईटहरुमा प्रकाशित नभएका कविताहरुमा प्रकाशित गरिने छ ।
७) २००९ अप्रिल महिनाको अन्तिम साता सम्म कविताहरु उपलब्ध गर्राईसक्नु पर्ने छ ।

संयोजक
कृष्ण देवकोटा
कविता प्रकाशन समिति
अनेसास यूएई च्याप्टर, यूएई

इमेल ठेगाना,

[email protected], [email protected], [email protected]



February 24, 2009

Blog Follower गडबडीको समाधान

अपडेट: ब्लगसप्टको समस्या सेटीगलाइ private बाट public मा लागे समाधान हुंदोरहेछ। मैले आफू खुल्लामन्चमा Blog Follower भएको उदाहरण राखेको छु। तपाइहरु www.khullamanch.blogspot.com मा गएर हेर्नु भयो भने नेपालीयन देख्नुहुनेछ।ब्लगस्पटमा Blog Follower मा केही गडबडी देखिएको छ। ब्लग स्पटले त्यसलाइ follower relationship private हुनेहरुको मात्र गडबडी भएको र relationship public राखेमा हराएका Blog Follower पुन देखीने जनाएको छ। थप जानकारीको लागी यो लिंकमा जानुहोला।

January 16, 2009

हप्ता हंगामा - घोंडाको मुल्य कती होला ?

नेपालियन
आजकाल त्यती हावादारी कुरा नभेटीएको ले हप्ता हंगामा हराएको थियो। आज त्यस्तै हंगामा गराउने शिर्षक भेट्टाएको छु। त्यसैले पुन हप्ता हंगामा लिएर झुल्किएको छु। शिर्षकमै पढ्नुभयो होला एउटा घोडाको मुल्य कती? कती होला अनुमान लगाउनु भयो त? पक्कै पनि एउटा गोरुको भन्दा ३,४ गुना बढि त अनुमान लगाउनुभयो होला? अब घोडाको मुल्य थाहा पाउन भित्र आउनुहोला।
सबैभन्दा महंगो घोडाको नाम हो "हरियो बाँदर" (The Green Monkey)। त्यो घोडाको जन्म सन २००४ मा भएको थियो। २००४ साल चाइनिजको बांदर बर्षमा पर्छ त्यसैले त्यो घोडाको नाम हरियो बाँदर राखियो। उक्त घोडा २ बर्षको छंदा, फेब्रुररी २००६ मा फ्लोरिडाको लिलामी बजारमा करिब नेपाली रुपयां १ अर्ब २६ करोड($16 million US dollars) मा बिक्री भएको थियो। लिलाम बढाबढमा आइरिस समुहले हरियो बाँदर फुत्काउन शेख मोहमदको समुहसंग निकै दाउपेच खेल्नु परेको थियो। उक्त घोडाले आफ्नो जिबनमा जम्मा २ बर्ष प्रियोगितमा भागलिएको थियो भने उसको जिबनको जम्मा कमाइ करिब नेपाली रुपयां ८ लाख(10,000 US dollars)रहन गयो। त्यस पछी त्यो घोडाले अबकास पाएको थियो।

अर्को रमाइलो प्रसंग , उत्तर अमेरीकामा जन्मने सबै घोडाको उमेर गन्न सजिलो होस भनेर सबैको जन्म मिती जनबरी १ मा पारिन्छ।


January 10, 2009

परदेशबाट लय प्रभा

दौंतरीमा लगातार आफ्नो प्रष्टफुटन प्रस्तुत गर्दै आउनु भएकी प्रभा आचार्यले हालै मात्र परेदेशबाट भन्ने कबिता संग्रह प्रकाशित गर्नुभएको छ। बिदेशमा रहेको आफ्नो ब्यस्त समय चोरेर आफ्नो साहित्यको घैंटो भोर्ने काम गर्नुभएको छ। अब कस्ले भन्छ बिदेशमा रहेर देशको सेवा गर्न सकिदैन?। प्राय: लेखक पाठक पनि अरव देखी अमेरीका सम्म रहेर आफ्नो देशको बारेमा सोच्ने बोल्ने स्थान भएको छ दौंतरी। त्यसमा दौंतरीले प्रभाजीले रच्नुभएका रचनाहरु पाठक समक्ष पस्कने काम मात्र गरेको छ।

उक्त कृतीमा के के छन, भिविष्यमा उहांले आफै भन्नुहुने नै छ। आज उंहाको एउटा गित तपाइहरु समक्ष राख्दैछु।

प्रभाजीलाइ पनि दौंतरीको तर्फबाट सानो सम्मान- दौंतरीमा अब देखी हरेक हप्ता गित, कबिताको संगालो आउने छ जुन स्तम्भको नाम उंहाकै नामबाट हुने छ- "लय प्रभा"। जनताको ब्लग जनता प्रती नै समर्पित गर्न पाउदा निकै आन्नद मिलेको छ- (नेपालियन)।

भेटिएर छुट्नुभन्दा नभेट्नु नै राम्रो
कर्कलाको शीत हुन्छ,लाको माया हाम्रो ।
माया भन्नु खेल होइन, दाउमा राखी खेल्ने
साँचो माया अमिट हुन्छ,सुख,दुख झेल्ने ।
तड्पिएर जिउनु भन्दा,नसम्झिनु नै राम्रो
रातमा फुल्ने फूल बन्छ लाको माया हाम्रो ।
प्रीत साट्नु ठट्टा होइन, क्षणभरमा भुल्ने
भावनामा बहेर मात्र ब्यर्थ किन जिउने ।
(आचार्य प्रभा, अमेरीका)


January 1, 2009

Pics from the past..


More Pictures

>>PS: All the pictures over here are collected from various sources. This slide show is just for the educational purpose and is not being used for any monetary gain.


December 13, 2008

झड्किला बेवसाइट

नेपालमा अझै पनि ब्रोड ब्याण्ड भनेको सपना हो। अहिले छन ब्रोड ब्याण्ड तर नाम मात्रका। राम्रो कुरो यो हो कि डायल अप मा ट्या !..ऽ.. ट्या!..ऽ.. गर्दै लाइन कुर्नु पर्ने स्थीती कमै छ। एक दिन यसो नेपाली बेबसाइटको के हाल चाल रहेछ भनेर नेपाली वेब पेजको र्‍यान्किंग हेरेको थिए। नेपाल या नेपालीलाइ भनेर बनेका साइट पनि टप एक लाखमा पर्ने साइट प्रश्स्तै रहेछन। तिनलाइ टप १० मा राखेर कुन कतै चर्चित भनेर राख्दैछु। सबभन्दा बढि चर्चितको १०० किलो तौल राखेको छु। जती हल्का भयो उती कम हेरीने साइट हुन। ल हेर्नुहोस कुन साइट कती झड्कीला छन।


1) www.nepalnews.com - 100
2) www.kantipuronline.com - 83.50
3) www.cybersansar.com - 71.5
4) www.ntc.net.np - 50.34
5) www.mysansar.com - 40.30
6) www.nepaljapan.com - 27.60
7) www.mazzako.com - 21.56
8) www.sajha.com - 20.30
9) www.newsofnepal.com - 19.47
10) www.dcnepal.com - 18.75
दौंतरी (www:dautari.org/)त नेपाल न्युजसंग दाज्दा ३४ ग्राम पो हुने रहेछ।
दौंतरीका केही पुराना अंक यसरी हेर्नसक्नुहुनेछ।

December 2007
January 2008
February 2008



November 7, 2008

चाणक्य बाट

पुरुशोत्तम सुबेदी

सामर्थ्यवान साहसि ब्यक्तिको लागि जुन कुनै कार्य पनि कठिन हुँदैन । त्यस प्ररकार का मानिसहरुले चाहेअनुसार का राम्रा काम हरु गर्न सक्छन । ब्यवसाय गर्ने मानिसको लागि कुनै ठाउँ पनि टाढा हुँदैन । बिद्वान मानिस लाई बिदेस पनि टाढा लाग्दैन । आफ्नो बिदुताको कारणले सबै ठाउमा मित्र र अनुयायी बन्दछन । जो ब्यक्ती नम्र भएर बोल्छ व्यवहार पनि त्यस्तै छ - उसलाई कोही पनि पराइ लाग्दैन । जसले शत्रु लाई पनि आफ्नो बसमा ल्याउन सफल हुन्छ ।

जसले पुल, ईनार - कुवा -बाटा घाटा मन्दिर -मठ -स्कुल -अथवा सार्वजनीक कुरामा ध्यान दिन्छ, काम गर्छ -त्यही समाज सेवी हो। आफ्नो लागि मात्र दौड धुप गर्ने त्यो अवसर बादी र स्वार्थी हो । देस र समाज लाइ निकास तर्फ डोर्‍याउन समाज सेविले मात्र दिन सक्छन । अवसर बादिले होइन, सामाजिक कार्यमा जसले अभिरुची राख्छ त्यही ब्यक्ती नै राजनीतिज्ञ ठहर्छ । राजनितिको नाम बाट आफ्नो स्वार्थ पुरा गर्ने जुन मतलवी मान्छे हुन्छ त्यो चान्डाल सरह हो । त्यो समाज सेवी हुनै सक्दैन । स्मरण रहोस नास्तिक हरु नै सामाजिक कार्य बिरुद्ध लाग्ने गर्छन् र अपराधी हरु नै सस्कृती बिरोधि हुन ।



September 16, 2008

एन डि यफ बेल्जियमको अधिवेसन भब्यरुपमा सम्पन्न

तुलसिनाथ सुबेदिको अध्यक्षतामा नयाँ समिती गठन
पुरुशोत्तम सुबेदी, बेल्जियम
यही गत सेप्टेम्बर १४ मा एन डि यफ बेल्जियमको दोस्रो सम्मेलन तुलसिनाथको अध्यक्षतामा १७ सदस्सिय कार्य समितिको निर्माण भै सम्पन्न भएको छ ।
१) अध्यक्ष ---तुल्सिनाथ सुबेदी
२) उपाध्यक्ष --ईन्द्रप्रशाद ओली
३) महासचिब -शिवकुमार बरुवाल
४) सचिब ---प्रकास कार्की
५) कोसाध्यक्ष-किस्ण न्यौपाने

सदस्यहरुमा ----पुरुशोत्तम सुबेदी - रमेश पौडेल -राजु छेत्री -टंक गुरुङ -पुष्प राज अधिकारी -गोपाल सिंखडा -अर्जुन गुरुङ -केशब चापागाइ -आक बहादुर लामा - बुद्धी बराल - शारदा अर्याल -डेभिड थापा कुल बहादुर खत्री सहित् १७ सदस्सिय कार्य समिती सर्व सम्मतिमा चयन् भएको छ । बेल्जियम को आन्टवेर्पेन शहर मा भयको उक्तअधिवेसन ने क पा ए मा ले केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज क भिम रावल को प्रमुख आतिथ्यमा उद्‌घाटन गर्नु भएको उक्त अधिवेसनमा नेपाली राज दुतावास बेल्जियम का महामहिम श्री प्रवेस हमाल ज्यु को समेत उपस्थिती रहेको थियो ।


एन डि यफ बेल्जियम का निवर्तमान अध्यक्ष अर्जुन दाहाल को अध्यक्षतामा सम्पन्न प्रथम चरणको उध्घाटन समारोहमा एन आर एन बेल्जियम - जन संपर्क समिती - मोना बेल्जिय - प्रगतीसिल मन्च बेल्जियम - नेपाली सांस्कृतिक समाज बेल्जियम लगायत थुप्रै संघ संस्था का प्रतिनिधिहरु को उपस्थिती थियो । उक्त प्रथम चरणको कार्यक्रम को सन्चालन एन डि एफ बेल्जियमका निवर्तमान महासचिब श्री ईन्द्र प्रशाद ओली ज्यु ले गर्नु भएको थियो ।


यस प्रथम चरणको कार्यक्रम मा प्रमुख अथितिको आसन बाट बोल्दै क भिम रावल ले संघिय गणतन्त्र नेपाल लाई संथागत गर्न र नेपाली जनता को हितको पक्षमा उभिएर संबिधान निर्माण गर्न ने क पा ए मा ले पूर्ण जिम्मेबारी का साथ लागि परेको स्पस्ट पार्नु भयो । साथै उहाले राष्ट्र पतिको चुनावमा भयको ए मा ले माओ बादी संझौता मा माओवादीले यमाले लाई खिल्ली उडायको समेत् प्रस्ट पर्नु भयो । साथै नेपाली राजा दुतावास बेल्जियमका महामहिम श्री प्रवेस हमाल ज्यु ले नेपाल मा बेल्जियम राज दुतावास खोलिनु पर्छ भन्ने बिचार ब्यक्त गर्नु भयो । उक्त्त समारोहमा यन आर यन बेल्जियम का वर्तमान अध्यक्ष युब राज गुरुङ्ले एन डि एफ बेल्जियम ले आगामी दिनमा यस संथाले अरु थुप्रै सामाजिक कार्यमा अझै प्रगती गर्ने छ भन्ने मन्तब्य ब्यक्त गर्नु भयो ।


प्रथम चरणको समापन लगत्तै खान पिन को कार्यक्रम पछी बन्द सत्र शुरु भएको थियो । उक्त्त बन्दसत्र को अध्यक्षता क भिम रावल ज्यु ले गर्नु भएको थियो भने निवर्तमान महासचिब ईन्द्र प्रशाद ओली ज्यु ले प्रस्तुत गर्नु भयको प्रगती प्रतिवेदन हल वाटै पारीत भयको थियो भने निवर्तमान कोसाअध्यक्ष श्री प्रकाश कुमार कार्की ले प्रस्तुत गर्नु भयको आर्थिक प्रतिवेदन भने संपूर्ण हिसाब किताब सहित् १ महिना भित्र प्रस्तुत गर्ने सर्तमा अनुमोदन भयको थियो । अन्त्यमा नव गठित कार्य समिती लाई क भिम रावल ज्यु ले बधाई दिदै कार्यक्रम समापन भएको थियो ।



September 13, 2008

आफ्नो पुर्खा सम्झन कहिले सम्म भारतीय स्तम्भ प्रयोग गर्नु पर्ने ?

केही समय पहिला यो फोटो मैले खिचेको थिय । यहाँ बेल्जियम को इपेर मा प्रथम विश्व युध्दमा बिरगती प्राप्त गर्नेको सम्झनामा मनिस हरु आउँछन । यसै क्रममा भारतीय हरुले बनाएको स्तम्भमा नेपाली पुर्खाको सम्झनामा यो राखेको देख्दा नराम्रो लाग्यो । आफ्नो पुर्खा सम्झन कहिले सम्म भारतीय स्तम्भ प्रयोग गर्नु पर्ने ? तपाईं हरुलाई कस्तो लाग्यो कुनी ?

August 21, 2008

शुभकामना दिपकलाइ


देशको प्रतीनिधित्ब गर्ने सबै खेलाडी उत्तीकै महत्वपुर्ण हुन्छन। ओल्मपिकमा जानै सबै नेपाली खेलाडीलाइ नेपालीको तर्फबाट सधै हौसला रहेन छ। नेपालको प्रतीनीधी गर्ने मध्य ८० केजी अन्तर्गतको पुरुष तर्फको तेकब्दोमा दिपको बिष्टको धेरै आशा राखिएको छ। आशा गरु दिपक बिष्टले पक्कै पदक भीत्राउने छन। शुक्रबार चिनिया समय (१२:४५) मा दिपक राउन्ड १६ अन्तर्गत इरानका साइ हैदीसंग भिड्दैछन। देश बिदेशमा बसेका नेपालकीको मायाले उनले यो खेल जित्ने प्रेरणा मिलोस।

दिपक बिष्टको अफिसियल खेल रिजल्ट हेर्न यो लिंकमा जानू होला।

दिपक बिष्टको बेबसाइट: http://www.deepakbista.com/index.htm



August 8, 2008

कथा अमेरिकाको

शेखर ढुङ्गेल
अमेरिका विश्वकै धनी र अधिक होमलेसहरुको देश हो । यहाँ पनि मध्यम वर्गीय समाजको जीवन अति नै कष्टकर छ । विगत केही बर्षदेखि अनपेक्षित रुपमा ह्रास हुँदै गएको आर्थिक स्थितिले गर्दा यस्तै अवस्था रहे आगामी एक वर्षभित्रमा मात्रै २२ लाख मानिसले आफ्नो घर ऋणमा लिएको गुमाउँने छन् । एक्लो क्यालिफोर्निया राज्यमा मात्र यो आर्थिक बर्षको प्रथम तीन महिनामा ५७ हजार मानिसले ऋणमा किनेको घर गुमाएको तथ्याङ्क हालै प्रकाशित भएको छ । २००८ को जुन महिनामा मात्र ७७ हजारले नोकरी गुमाउनु पर् यो । दैनिक बढ्दै गएको तेलको मूल्यका कारण विगत ६ महिनायता खाद्यान्न लगायतका वस्तुमा १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि भएका कारण जीवन कष्टकर बन्दै गएको छ । सयौं निर्माण कम्पनी आर्थिक कारोवार गर्ने कम्पनीलगायत बैंकसमेत धराशयी भएका छन् । पाँच बर्षअघिको दाजोमा घरहरुको मूल्यमा ३० प्रतिशतसम्म ह्रास भएको छ भने कोठाको भाडामा भने १० प्रतिशतसम्म वृद्धि भएको छ ।


यस्तो बाताबरणमा ठूला-ठूला सपना देख्ने र यहाँको मुद्दालाई आफ्नो देशको मुद्दासित दाँजी उन्नति प्रगतिको कथा सुनाउँने आप्रवासीहरुको जीवन कति कष्टकर होला तर स्वदेशमा आफन्तलाई घर किनंे यस्तो गाडी किनें उस्तो टिभी किनें भनी सन्देश पठाई आफू स्वर्गमा भएको जनाउनेहरुको यथार्थता तलका तीन जन्मजात अमेरिकीको कथा सुन्दा स्पष्ट हुन सक्दछ । यहाँ प्रस्तुत तीनवटै कथा तीन पात्रसितको प्रत्यक्ष बार्तामा आधारित हुन्-


एक हुन् श्रीमती रोक्सेना जोम्सन । बर्ष ४५ । बसोबास सन्फ्रान्सिस्को । हुर्केका छोराछोरी अलग्गै बस्दछन् । शिक्षा मास्टर डिग्री मेनजमेन्ट । एकबर्ष अगाडिसम्म वार्षिक कमाई १ लाख अर्थात् ट्याक्स कटाउँदा मासिक ७ हजारभन्दा बढी र तत्कालीन खर्च ४ हजार ५ सय घरको ऋण ४ सय कारको ऋण १ सय ३५ इन्स्योरेन्स १ सय ५० फोनको बिल । ५० डलर केबललाइन । १ सय ५० ग्यास-पानी-बिजुली । ३ सय पेट्रोल एवं कार सर्भिसिङ । १ हजार ग्रोसरी खाद्यान्न ५-७ सय डे्रसिङ्ग मेकअपको मासिक खर्च ।
गत साल ५० बर्ष पुरानो प्रतिष्ठित निर्माण कम्पनी जहाँ उनी कार्यरत थिइन् धराशयी भयो । रोक्सेनाले अवकास पाइन् । अर्को ठाउँमा नोकरी पाइनन् । बैंकको ऋण तिर्न असमर्थ भइन् । ९ महिनासम्म घर बेच्न खोजिन् तर विकेन र अन्त्यमा बैंकले नै लियो । केही महिनापछि कोठाभाडा तिर्नसमेत पैसा नभएपछि केही दिन आँसु बोकी सडकको कुनामा समेत बसिन् । बल्ल एकदिन एउटा कम्पनीमा ड्राइभरका लागि आवेदन दिइन् र मुस्किलले त्यो नोकरी हात पारिन् । स्मरण रहोस् अमेरिकामा अधिक शैक्षिक योग्यता भएको मानिसलाई सानो जागिरमा राख्न पाइँदैन । किनकि कुनै बेला नोकरी छोडेर जाने सम्भावना हुन्छ । १० बर्ष मेनेजरमा काम गरेकी रोक्सेना हाल सार्वजनिक बस चलाउँदै छिन् ।


५५ बर्षीय जोन जोन्सन पूर्व प्रहरी हुन् । २५ बर्ष नोकरी गरी अवकास पाएपछि १५ लाख डलर लगाएर एउटा रक्सी पसल खोले । घरबन्दकी राखी ऋण लिएर लिक्वर स्टोरु खोलेका उनी दुई बर्षभित्रै सङ्कटमा परे । तीन पटकसम्म कम उमेर अर्थात् २१ बर्ष मुनिको ग्राहकलाई अल्कोहलजन्य पदार्थ बेचेका कारण उनी स्टोर बन्द गर्न वाध्य भए । स्टोर विक्री गर्न बर्ष दिन कुरे तर बिक्री भएन । स्मरण रहोस् अमेरिकाको कानुनअनुसार १८ बर्ष मुनिकालाई चुरोट वा सूर्तिजन्य पदार्थ र २१ बर्ष मुनिकालाई मादक पदार्थ बेच्न पाइँदैन र तीन पटकसम्म त्यस्तो घटना घटेमा लाइसेन्स रद्द गरी सम्बन्धित कार्यालयमा ताल्चासमेत लगाइन्छ । बैंकले घर लियो र बेचिदियो । उनी कोठामा बस्न थाले । नोकरी खोजे पाएनन् । हुर्केको बच्चा अनि श्रीमती अर्कै राज्यमा बस्छन् रे । छोरो अमेरिकी सेनामा कार्यरत छ । कसैको खास सहयोग मिलेन । बेलाबेलामा सय-दुई सयको चेक पठाइदिन्छ रे छोराले त्यत्ति हो । हाल उनी स्कुले बच्चालाई सुरक्षित सडक पार गर्ने काममा लागेका छन् । कोठा भाडा तिर्न असमर्थ भएपछि उनी सरकारले उपलब्ध गराएको हाउजिङ्गमा बस्न थालेका छन् । अमेरिकाको प्रत्येक शहरमा आयस्रोत कम भएका हुँदै नभएकालाई पनि सेल्टर होम बनाइएको छ । त्यहाँको अनुशासन तथा नियम पालना गर्नु अनिवार्य छ । त्यति मात्र होइन कुकुर-बिरालाहरुका लागि पनि व्यवस्थित सेल्टरहोम बनाइएका छन् । जहाँ सडकमा हराएका अथवा अलपत्र परेकालाई पनि राखिन्छ । पत्रपत्रिकामा फोटो छापी कसैको भए लिन आउनू वा कोही लैजान चाहन्छ भने सम्पर्क राख्नू भनी सूचना गरिन्छ ।


श्रीमती इभा ली । बर्ष ३५ । ११ र ९ बर्ष तथा पाँच महिनाका गरी तीन बच्चाकी आमा । विवाह गर्नुअघि नै बच्चा पाउन थालेकी इभाको विवाह गरेको ६ महिनापछि श्रीमान्सित सम्बन्ध विच्छेद । हाल उनी सौतेली बाबुको सहयोगमा एउटा सानो कोठामा बसेकी छन् । बाबु एउटा प्रतिष्ठित प्याकेजिङ कम्पनीको व्यवस्थापक छन् । त्यहीं उनले जागिरका लागि आवेदन दिइन् । आवश्यक कागजपत्रमध्ये १० बर्षे सबारी चालकको अनुभवपत्र पछि बुझाउने भनी तालिम सुरु भयो । १० दिनपछि तालिम कक्षमा प्रशासक मेनेजर बोलाउन आए र भने तिम्रो ड्राइभिङ्ग रिपोर्टअनुसार थप तालिम अर्थात् नोकरीमा राख्न असमर्थ छौं । यो सत्य बोलेको उपहार थियो । उनलाई तत्काल फिर्ता पठाइयो । उनका बाबुले जो आफू पनि मेनेजर नै छन्- प्रशासकीय व्यवस्थापकसित गलत सिफारिस गरेकोमा माफ मागे । उनले सात बर्षअघि दुर्घटना गराएकी र तोकिएको कानुनी सजाय भुक्तान नगरेकी रहिछन् र आर्थिक रेकर्ड क्रेडिट हिस्ट्री नकारात्मक बनेछ ।


उल्लिखित तीन अमेरिकीको कथाले तीन फरक प्रकारको अवस्था र कानुनी प्रावधानको प्रतिफल दर्शाउँछ । बास्तवमा आर्थिक रुपमा अमेरिकाको यथार्थता यस्तै छ । यहाँ काम गर्नेको र कानुनको मर्यादाभित्र बस्नेको मात्रै इज्जत छ ।


यहाँ अनलाइनबाट नोकरी आवेदन दिने सुविधा छ । फस्ट कम फस्ट सर्भिसु को मान्यता योग्यता विगतका सम्पूर्ण नोकरी विवरण खाएको तलब छोडेको कारण सहितको विवरण आजसम्म बस्दै आएको सबै ठेगाना छनोट भएको खण्डमा शारीरिक मोडल परीक्षण मादक पदार्थ लागू औषध परीक्षण औंला छाप अदालतबाट आपराधिक गतिविधि संलग्न भए-नभएको विश्वसनीय इतिहास हेरेपछि मात्र नोकरी पक्का हुन्छ ।


जति स्वतन्त्रता छ । यहाँ त्यति नै कडा कानुनी एवं आर्थिक नीतिका कारण मानिस सजिलै सडकमा पुग्दछ । यहाँका वित्तीय संस्था यति स्वतन्त्र छन् कि आफूखुसी व्याजदर तोक्न सक्दछन् शून्य प्रतिशतदेखि २९ प्रतिशतसम्म व्याजदर कायम छ यहाँ ।


अमेरिकामा मध्यम वर्गीय जीवन नेपालमा जस्तै अति नै कष्टकर छ । अझ घर-गाडीको सपनालाई पूर्णता दिन प्रयासरत आप्रवासीको लागि त झनै गाह्रो छ । इमान्दार र कानुनको मर्यार्दामा बस्नेले भने अवसरहरुबाट वन्चित हुनु पर्दैन । अमेरिकाको विशेषता भनेको स्थापित व्यवस्था र कानुन हो जसको घेरा तोड्ने राष्ट्रपति होस् कि साधारण नागरिक समान सजायको भागिदार हुन्छ । अर्थात् कानुनभन्दा माथि कोही छैन र माफी वा छुट यहाँको कानुनी किताबमा छैन ।
[email protected].



July 15, 2008

Eat Non-veg -- Be Healthy!

If you are thinking that I am trying to impose my personal idea and trying to justify my own likes and dislikes by this post, you are wrong!

I think all of us may have heard more than enough claims and statements which goes against Non-veg diet. And may have read so many of research and test results; providing proves and evidence about the harmfulness of meat and other Non- veg foods.

But! a recent survey conducted by Delhi (Indian) doctors has proved that eating fish and meat regularly substantially reduces the risk of cardiovascular diseases like heart attack and strokes.

According to the studies, those who only eat vegetarian food, face deficiency of Vitamin B12 (which is available in plenty in Non-veg food) and this is one of the reason behind cardiovascular diseases.

Not only this!, according to the lead researcher of the study, Dr. Garg, Vitamin B12 deficiency increases the levels of homocysteine, an amino acid. And if the body poses a higher level of homocysteine, it increases the chance of blood clotting, which squeezes the blood vessels. And as the result, it decrease the flow of blood supply to the brain which may cause stroke.

Well believe it! it was disclosed after a close study of observation and records of about 5000 patients over the last five years. And furthermore the report says “even those who consume Non-vegetarian food occasionally are not protected. The risk in vegetarian is four times higher than in Non-vegetarians”

Confused? ! well if you are confused and are in dilemma to take a decision about to be vegetarian or Non-vegetarian, do not panic….just keep on eating what you have been consuming over past years…Because another research and studies carried over some other part of the world may prove it wrong again!.



June 28, 2008

हप्ता हंगामा - रित्तिएको बरफ

टेन्सन पनि अनेक अनेक हुन्छन, पानि परे पनि टेन्सन नपरे पनि टेन्सन,हिउ परे पनि टेन्सन,नपेरे पनि टेन्सन। यस्तै भएको छ उत्तरी धुर्वमा(north pole) अहिले। बार्है महिना हिउले ढाकिने उत्तरी धुर्व यस पटकको गर्मीमा पुरै हिउ पग्लिने संभावना औलाइएको छ। उत्तरी धुर्व र आसपासका शहरमा जाडो न गर्मि जती बेला पनि हिउ पर्न सक्छ। हुन त मुस्तागं माथी ५,५०० मिटर को उचाइमा जेठ महिनामा हिउमा खेलेको मैले नि अनुभव संगालेको छु। त्यसैले होला नेपालका हिमाललाइ तेस्रो धुर्व पनि भनिने गरिन्छ। ति हिमालमा कहिले हिउ पर्यो कहिले परेन, कुन बरफ कति बर्ष पुरानो यस्ता याबत कुराहरु कन्चन आकास मुनी हुदै गर्छन, कसैको केही आपत्ती हुदैन। तर बर्षौं लगाएर उत्तरी धुर्वको अध्यन गरेका बैज्ञानीक भने यस पटकको आत्तिएका छन। सधै जसो बर्षो पुरानो बरफ जम्ने उत्तरी धुर्वमा यस पटक एक बर्ष पुरानो बरफ मात्र छ जुन गर्मि समयको अन्तिम सम्म पुरै पग्लने संभावना ५०% प्रतीशत छ। ७ बर्ष पहिले अहिलेको समयमा २ मिटर बरफ थियो भने यस बर्ष १ मिटर मात्र बरफ जमेको छ। पानिले जमिन भन्दा बढी ताप लिने र त्यो तापको असर सिधै हिउमा पर्ने हुनाले प्रिथ्वीको तापक्रम परिब्रतन उत्तरी तथा दक्षिणी धुर्बले सजिलै बताउन सक्छन।
यसरी हिउ नै सक्किनुको मुल कारण बढ्दै गएको प्रिथ्वीको तापक्रम तथा मौसम परिबर्तन हो।तर यसरी हिउ नै सकाउने अर्को कारण Arctic Oscillation पनि हो जसले उत्तरी धुर्वको हिउ पुरै सोरेर गर्मि समुन्द्र तिर लग्दछ। यसरी बरफ पग्लिनुले त्याहा भएका polar beer तथा seal बाच्न समस्या पर्छ भने पानीको उचाइ बढ्नुले खेती योग्य जमिन नष्टहुनुको साथै समुन्द्र छेउका शहर डुब्ने खतरा हुन्छ। तर यसको फाइदा भनेको पानि जहाजलाइ पनामा क्यानल नभइ सिधै उत्तरी धुर्वबाट जान सजिलो हुन्छ। यसका साथै प्रचुर मात्रमा तेल भएको उक्त भुभागमा तेलको उत्खनन गर्न पनि सघाउ पुग्ने छ।


November 15, 2007

फेरि संसार घुम्दा

~ Prajwol Bhattarai
नमस्कार, मेरो नाम पेद्रो मार्टिनेज हो, तर मलाइ सबै जनाले साधरणतय Swallow-tailed Kite भनेर चिन्दछन । मिसिसीपी नदीको वर पर उडेर नै मेरो दिन चर्या बित्ने गर्द्छ । अमेरिकिहरुले पहिल्यै बुद्धि पुराएकाले मेरो बास स्थानको भने राम्रो संरक्षण भएको छ, होण्दुरस बाट आएको रमिरेज को परिवार पनि यहि बास स्थानको कारणले आजकाल यतै छन् । खोला छेउ घना Bottomland Hardwood जंगलको कारण आहारा र मनोरन्जनको केहि कमी छैन । खुला आकासमा स्वच्छन्द रुपले उड्न पाउनुको पनि मजै बेग्लै छ, तर बेला बखत PFV (Private Flying Vehicles) को भने खुब हेक्का राख्नु पर्द्छ है । अस्ति मात्र इभा मेन्देज PFV संग ठोकिएर दुइ महिना थाला परि, भाग्यमानी रहिछे मोरी कसो ज्यान भने गएन, पोहर लुइस इनरिके को जस्तो । हुन पनि कति बढेका PFV, फोकटमा घाम बाट चल्छ भन्दैमा परिवारको सबै ले बेग्लै उडाउने हैन नि, खुरुक्क MFT (Mass Flying Transit) चढे भइ हल्थ्यो नि ।
मेरो जीन्दगी यसै गरि रमाइलो संग बितिरहेको थियो, तर भाविको खेला मेरो जीवनमा पनि एउटा अभुतपुर्व तुफान नै आयो । झन MFT को बखान गर्दै हिंदेंको, त्यहि संग अकस्मात ठोकिन पो पुगेछु । बरु PFV संग ठोकिएको भए नि हुन्थ्यो जस्तो लाग्यो, मार त कम पर्थयो । इन्तु न चिन्तु भएर म त सिधै तल झरेछु, म झर्दै गर्दा MFT बाट एउटा केटो DSLR ले मेरो तस्बिर खिच्दै गरेको मात्र थाह छ, त्यस पछिको पुरै scene नै गायब भयो मेरो मस्तिस्क बाट । रमिरेजले भनेको पुरै २ हप्ता पछि मात्र आंखा खोलें रे मैले, धन्न बांचिएछ बाबा । शाररिक चोटपटकले गर्दा आजकाल पुरै Nest Rest मा छु । दुखाइ त स्वभाविक नै हो, तर सुत्दा भने मलाइ अनौठो Flashback जस्तो आइरहन्छ: कहिले म भ्यागुता भएको, कहिले गोहि, कहिले माकुरा त कहिले उडुस । हे प्रभु, NightQuil ले पनि छुन छोडेछ पटक्कै निंद्रा लाग्दैन । रात मा निंद्रा नपरेर पनि होला, निको हुन झन गर्हो भै रहेको छ । हिजो राति त अति नै भयो, मैले Flashback मा आफु मान्छे भएको पनि देखें । समस्या बाट भागेर केहि हुने वाला जस्तो लागेन मलाइ, बरु Flashback मा गएको समयमा अझ ध्यान बढाए केहि प्रगति हुन्छ कि जस्तो लाग्यो, १ महिना सम्मको निरन्तर प्रयास पछि बल्ल कुरा छर्लंग भयो ।
अब मेरो जिन्दगी कुनै हिन्दी सिनेमाको भन्दा कम रहेन, MFT संगको ठक्करले मलाइ मेरा पुर्व जन्मका स्मिर्ति हरु दिलाएको रहेछ । आज भन्दा झण्दै हजार बर्ष अघि म पनि मान्छे नै रहेछु, अब अर्को ८४ लाख जुनि पछि मात्र फेरि मेरो मानिस भएर जन्मने पालो आउने रहेछ, भ्यागुता, गोहि, माकुरा, उडुस इत्यादि मेरै फरक फरक जुनि रहेछन । मानिस संसारकै सर्वश्रेष्ठ जीव भएर पो हो कि मलाइ आफ्नो मानव जुनि कै Flashback मा रमाउन मन लाग्छ, क्या मोज पो गर्दा रहेछन् इ मानिसहरु,अहिले पो बल्ल थाह भयो । कुनै बेला म पनि संयुत्त राज्य अमेरिका को दक्षिण मा बसेको रहेछु, त्यति खेर त यो थाउं मा गोरा हरु धेरै थिए, आहिले त हिसप्यानिक को बहुल्यता रहेछ । त्यस पछि भारतिय, चिनिया र अफ्रिकन रहेछन्, नेपाली पनि कति बढेका, म हुंदा त यहां नगन्य नेपाली मात्रा थिय । पुरै अमेरिका घुमेर हिंडे, सबै तिर त्यस्तै पुरै socio-economic परिवर्तन । बल्ल बुझें मेरो नाम किन पेद्रो मार्टिनेज रह्यो भनेर । भएन बा, एक चोटि नेपाल जान मन लाग्यो, जे भए पनि म मानिस हुंदा जन्मेको देश ।
हुन त मेरो लामो दुरी सम्म सजिलै उड्ने सक्ने क्षमता छ, तर पुरै Atlantic महासागर नाग्ने आंट भने आएन । यसो खोजी गर्दा न्यु योर्क देखि फ्रान्स को Bordeux सम्म Atlantic महासागर भित्र बाट चल्ने URN (Under-water Rail Network)बारेमा थाह भयो । ध्वनिको गतिमा चल्ने यो रेल को कार्गो मा सबै को आंखा छल्दै लुकें, हुन त रेलले एकै छिनमा नै पुराएछ, तर Claustrophobic भएर पो हो कि मलाइ चाहिं सात जुनि झैं लाग्यो । रेल बाट निस्के पछि एसो युरोप भ्रमणमा निस्कें, युरोपमा पनि गोराहरु नगन्य मात्रा मा भेटिए, अफ्रिकनहरु को बहुल्यता रहेछ, अनि भारतिय र चिनिया । यता पनि अमेरिकामा जस्तै ब्यापक समाजिक परिवर्तन भएको रहेछ, नेपालीहरु पनि छ्याप्-छ्यप्ति रहेछन । पहिला फ्रांसको Marseille देखि जापान सम्म जाने URN थियो रे, Marseille बाट खाडी राष्ट्र हुंदै जापान जाने । खाडि राष्ट्रहरुले समुद्रमा पनि मानविय जमिन बनाएकाले त्यो क्षेत्रमा भने रेल जमिन माथि बाटै कुदने रहेछ, ४०० बर्ष अघि तेलको मुहान सुके पछि त्यताको शेखहरु पुष्त पैसा कमाइ अरु नै देश सरेछन्, अनि आरु गरिब जनता पनि पेट पाल्न अरु नै तिर पलायन भएछन । आहिले त्यो क्षेत्र पुरै खालि छ, रेलको लिगमा जमेको बालुवा सफा गर्न समस्या परेको ले URN अहिले त्यता बाट चल्दैन । अहिले युरोप बाट जापान जान लाइ सबै भन्दा सजिलो उपाय स्पेन बाट URN लिएर पहिला दक्षिण अफ्रिका जाने अनि त्यता बाट फेरि अर्को URN समातेर जपान पुग्ने रहेछ ।
URN बाट दक्षिण अफ्रिका पुगे पछि अफ्रिकन महादेश घुम्न उडें, उत्तर तिर त पुरै विरान रहेछ, सायद हिरा र तेल पाउन छोडे पछि सबै कामको लागि युरोप तिर लागे । दक्षिण अफ्रिकामा भने भारतियहरुको बोल बाला रहेछ, कपडा र गहनाको विश्व भरि ब्यापार गर्दा रहेछन । अफ्रिका घुमे पछि म फेरि URN को कार्गोमा लुकेर जापान तिर लागें । जापानमा पनि जन्मदर युरोपको जस्तै कम थियो, अझ त्यस माथी जापानले बिदेशीलाइ नागरिकता पनि दिंदैनथ्यो, त्यसैले जापानको समाजिक अवस्था कस्तो होला भनेर हेर्न म उत्सुक थिए । जापान पुगेर घुम्दा त जापान मा तन्न जापानीहरु नै रहेछन, पछि बुझ्दा त तिनिहरु जापानी हैन चिनिया पो रहेछन्, ५०० बर्ष अघि देशमा जनता नै नभए पछि बाध्य भएर चिनियाहरुलाइ नागरिकता दिइ झिकाउन परेको रहेछ । जापानमा पनि मनग्यै नेपालीहरु देखिए । मलाइ अब नेपाल कस्तो होला भनेर सार्है खुल्दुली बढ्यो, जापान बाट दायां वायां केहि नहेरि चिन हुंदै नेपाल तिर उडें, पुरै २ हप्ता लाग्यो मलाइ बिशाल चिन नागेर नेपाल पुग्न लाइ ।
नेपाल सरर उडेर हेर्दा त आधा बिहार आधा चाइना टाउन जस्तो रहेछ । पहिला पशुपतिनाथ को दर्शन गर्छु भनेर बागमतिको तिरै तिर उडेर पशुपति गए, मुख्य मन्दिरलाइ छोडेर अरु भागमा मन्दिर घेर्ने गरी दक्षिण यसियाकै सबै भन्दा ठुलो Pashupati Mall बनाएका रहेछन । चिनियाले नगरे पनि कम से कम बिहारीहरुले त यो काम को बिरोध गर्नु पर्थयो । सबै जना नेपालीहरु मैले जस्तै समस्याको सामना नगरी बिस्तारै बिस्तारै बिदेश पलायन भएका रहेछन । पहिलाको नेपाल बारे संम्झेर बसि रहंदा ३-४ वटा चराहरु आए अनि मलाइ टुरिष्ट भन्ठानेर भने " अरे भाइ, रहने के लिए Nest होटेल चाहिए?" मैले बिशुद्ध नेपालीमा "मलाइ चांहिदैन, म यै देशको हो" भने । मेरो नेपाली सुने पछि सबै ले एकै स्वरमा भने " अरे, ए त्यो museum breeding center से भागके आया लग्ता हे.....................
(यो लेख http://kamaladi.blogspot.com/ मा पहिलै प्रकासित भैसकेकोछ ।)