April 25, 2011

नयाँ बर्ष मम्जार पार्कमा


नेपाली पात्रोअनुसार बैषाख २ गते २०६८ लागीसकेको थियो पहिलो दिनमा प्रवासमा डिउटीकोकारण दोश्रोदिन शुक्रवार केही नेपालीहरुको आग्रहमा पिकनिक जाने योजना भयो ।
योजना मुतावीक कविर बिहानको ९ बजे साथीहरुसंगको भेटपछि हामी अबुधावीदेखी दुबई तर्फ हुईकियौं । मरुभूमिको तापकक्रम कमै थियो निलो आकाश कालो वादलले ढाकिएको थियो बाहीरी मौशम चिसो थियो । लाग्थ्यो नेपाली नयाँ बर्ष बदलिएकोले यहाँको मौशम पनि बदलिन लागेको हो कि भन्ने ।

करिव ४५ जना नेपालीहरुको बीचमा ४ जना महिलाहरु पनी थिए आखा लोभी हो की मन मन पापी हो थाहा भएन तर नजर खाली त्यतै दौडन्थे प्रष्ट थाहा हुन्थ्यो प्रवासीको पिडा ति आँखा जुधाईबाट । अबुधावीको मुख्य शहरमा नेपाली लोकसंगीतलाई झल्काउने मादल घन्केको थियो बस भित्र भने मिठो नेपाली लोकगीत बजेको थियो माईकमा । बाहीरी वातावरण पनि हरियाली अनी आकाशपनी मडारीरहेको हुँदा नेपालकै कुनै ठाउँको यात्रामा
 निस्किएको आभास हुन्थ्यो ।

परिचित साथीहरु थोरैमात्रमा भएको हुनाले बसभित्र एक किसिमको उकुसमुकुस भएको थियो एकैक्षणमा एउटा पाजेबाजाको तालमा गीत घन्कीयो जाउँ है माया परदेशमा मिनीबसैमा आउदा रेलैमा मेरो मन चसक्क बिज्यो मुटुभित्र निलकाडाले कोपेजस्तै छिया छिया भएको आभास भयो ति गीतका शब्द तथा भाकाले आज प्रवासमा ८औं बर्षको दौडानमा पानी बिनाको माछाझै तड्पीएर बस्नु परेको त्यो पल अनि विछोडमा विरल्लिएको प्रेमीका जस्तै मरुभूमिमा भौतारिएको प्रेमी जस्तै लाग्यो । गाडी मरुभूमिको बिचमा हुईकिदै थियो वाहीरी वातरण भरुभूमिनै भएपनि सुन्दर देखिन्थ्यो कृतिम सजावटले ।

अबुधावी र दुवईको वोर्डर नजिकै एउटा पेट्रोल पम्पमा रोकियो एकैक्षणको बिश्रामपछि बस अगाडी बढ्यो । मादल घन्कीएको थियो एक आपसमा दोहोरीका टुक्काहरु निस्किएका थिए तर पुरुषहरुको कमजोरीलेगर्दा दोहोरी जम्न भने सकेन महिलाहरुले भने धित मरेर गाए ।
करिव दिउसको १ बजेको मध्यान्हको समयमा मम्जार पार्कमा पुग्यौं ४ बर्षको बसाईमा मेरो पहिलो पटक थियो त्यो पार्कमा दुवईमानै भएर पनि समय जुरेको रहेनछ पार्कमा जाने । गाडी बाहिरै पार्कगरी पार्कको मुख्य गेट तर्फ लाग्यौ । लामो लाईन थियो प्राय पश्चिमी मुलुकका ब्यक्तिहरुको भिड देखिन्थ्यो भने भारत र नेपालीहरुको पनि उत्तीकै थियो भित्र पस्ने लाईन । करिव ५० जनाको हाराहारीमा हामी थियौ टिकट लिईवरी भित्र पस्यौ एक जना मित्रले भनीहाले पनि अब युग ढुङ्गेयुग तिर मोडिदै छ निवस्त्र हिड्ने मैले ख्याल गरेको थिईन र थाहा पनि थिएन अर्थ केहो भनेर कारण पत्ता लाग्न बेरै लागेन अगाडी हिडीरेकी अर्धबैशेलाई देखेर पो रहेछ । उनको पहिरन पनि त्यस्तै थियो केवल दुई ठाउँ मात्र ढाकीएको थियो ।

कृतिम सजावटले पार्क अति सुन्दर शान्त र हरीयाली थियो दुवई लाग्दैनथ्यो भित्रको वातावरणले ढुकुरको ढुकुर कुर ढुकुर कुर आवाजले नेपालको वन जंगलको झझल्को दिन्थ्यो । हरीयो दुवो र वरीपरी सजाईएर उमारीएका विरुवाले पार्कको वातावरणलाई नै शुन्दर बनाएको थियो । वरीपरी समुन्द्री छालले चिसो सिरेटो चलेको आभास हुन्थ्यो भने हुलका हुल मानीसको आगमनले भित्र केही रहस्यमय नै जस्तो लाग्थ्यो । झुम्म झुम्म परीवार अनि साथीभाइहरुको बसाई खुवाईले अझै रोमााचक देखिन्थ्यो ।
अलीपर करिव ५० जना नेपालीहरु झुम्म भएको देखियो टाढैबाट हाम्रो हुल पनि त्यही गएर मिसियो अब त हामी सयौको हाराहारीमा भयौ प्रवासमा यस्ताखाले पिकनिकको आयोजना गर्न कठीन पर्दछ साथीहरुको डिउटी र समय अभावले गर्दा । फिट्ट फिट्ट आकाशे पानीका छिटाहरु निधारमा परीराखेको थियो अझै वातावरणलाई शुन्दर बनाएको थियो । बिहानीको यात्रा भएको हुनाले पहिला नास्ता तिर लागे सबै जना । करिव १ घण्टाको विश्रामपछि खुल्ला हाजीरजवाफ प्रतियोगिता हुने भयो । अबुधावीबाट म पनि सामेल भए । लामोसमय पछिको अन्तरालमा मष्तिष्कलाई जागरुक बनाउने उद्देश्यले अबुधावीको टिममा सामेल भए । जनप्रगतीशिल माचका साथीहरुले अति मनोराजानात्मक तरिकाले प्रतियोगिता साचालन गरे तर दुखको कुरो सबैको भरोसा र विश्वास अबुधावी टिमको थियो भईदियो उल्टो सबैभन्दा कम नम्वर आयो । दिमाग खियाउने प्रश्नले कार्यक्रमलाई रोचक बनाएको थियो ।
कार्यक्रम सुरुहुँदा मैले जिज्ञासा पनि राखे पुरस्कार छ भनी । कार्यक्रम संचालक हेमले भने छ नी महत्वपूर्ण पुरस्कार । अचम्म लाग्यो के रहेछ महत्वपूर्ण पुरस्कार भनी । जव पहिलो टिमलाई उनले नेपालको अन्तरीम संविधानको बुक झिकेर पुरस्कारस्वरुप दिए अनी कार्यक्रमको रोचक अझै बढ्यो । दोश्रो तेश्रो चौथोलाई पनि क्रमश पचण्डको जिवनी रक्तिम कुसल जनयुद्ध आदी पुस्तकहरु पुरस्कारस्वरुप पाए । समयले नेटो काट्दै थियो घाम समुन्द्रमुनी डुबुल्कीमार्न जाँदै थिए तर हामीहरुको रमाईलो भने सुरु भएकै थिएन । दोश्रो चरणको कार्यक्रम खानाको थियो । खानाखाईवरी जनप्रगतीशिल माचका साथीहरुले औपचारीक कार्यक्रम सुरु गरे । शुभकामना आदान प्रदान गर्दै कार्यक्रमको विट मारियो । एकैक्षणमा समुन्द्रको किनारमा मानिसहरुको हुल देखियो । हाम्रा साथीहरु पनि त्यतैतिर लम्के । ठुलो आवाज दिदै नजिकैबाट हेलीप्याट आयो अचम्म लाग्यो के हुँदै छ भनेर ।
जनप्रगतिशील माचका सल्लाहकार चन्द्र रोकाहका छोरा उक्त हेलीप्याटको तस्विर लिन तल्लीन थिए । तस्बिर लिईसकेपछि बाबालाई देखाउथे । लाग्थ्यो उनले फोटेा खिच्ने प्रशिक्षण लिईरहेका छन् । एकछिन पछि हल्ला चल्यो समुन्द्र तटहमा पौडी खेल्दै गर्दा एक जना डुबेको उसैलाई उद्धारा गर्न हेलीप्याट आएको खवर पत्ता लाग्यो । अचम्म लाग्यो यहाँको सुरक्षा देख्दा ।

लोकदोहोरीको चाँदोपाजो मिलाउदै थिए साथीहरु तर म भने बाध्यताले कार्यक्रमबाट बाहीरीए । आकाश अझै खुलेको थिएन । फर्कने बेलामा झमक्क साँझ पर्नै लागेको थियो । मानीसको भने आगमन अझै बाक्लीएको थियो । खुल्ला पार्क भएको हुनाले भित्र भलिवल कि्रकेट आदी खेलेर रमाउदै देखिन्थे भने युवा युवतीहरु विभिन्न पोजमा फोटो लिन ब्यस्त थिए ।
दुबईमा अर्को कार्यक्रम भएको हुनाले म लगायत पत्रकार अर्जुन दाहाल र चन्द्र रोकाहाय कार्यक्रमबाट बाहिरीयौ तर दुबई पुग्दा कार्यक्रमको बिट मारिईसकिएको रहेछ । पिकनिकको रमाईलो लोक दोहोरीमा झुम्ने आशा यसपालीको यात्रामा त्यतिकै रह्यो । साँझ करिव ८ बजे एक्लै अबुधावी तिर लागे दुःखमन गर्दै ।


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !