April 22, 2011

स्व. खगेन्द्र बहादुर बस्नेत

हस्त गौतम मृदुल

डिल्लीबजार बीच भागमा एउटा पुरानो बंगला किसिमको सेतो घर छ। त्यहाँ घर छेउको खोपामा गनेशजीको मन्दिर छ। बाहिर पटिट पर्खाल लगाइएको छ। तल पटि चार वटा कोठा छन। एउटा कोठा भित्र लामो स्टेचरमा सिरानी अग्लो हालेर सुति रहेको एक जीवित ब्याक्तित्व देखिनु भएको छ। स्टेचर बेडमा सुति रहेको अग्लो शिरानी हालेको खाना खाँदा छातीमा रुमाल बिछाइ बिस्तारै हातले खाने कोल्टे फेर्न पनि नसक्ने उठेर बस्न पनि नसक्ने। कही जादा पनि खाटैसंग बोकेर बाहिर कसैले लग्नु पर्ने। शारिरिक अबस्था अत्यन्त जटिल देखिन्छ। शिथिल थियो शरीर तर मन थियो बिजुली जस्तो जतातौ उज्यालो पार्ने।

डोटेली पुर्खा राजा देव िसंह बस्नेतका त्यस पछि बिग्रेडियर पहलमान सिहं बस्नेत त्यस पछि कर्नेल इमान िसंह बस्नेत हजुरबुवा वीर बहादुर बस्नेत बाबा कर्नेण इनद्र बहादुर बस्नेत र आमा बेद राज कुमारीको पवित्र कोखबाट खगेन्द्र बहादुर बस्नेत ज्युको जन्म वि।सं।१९८५ साल माघ ५ गते डिल्लीबजारमा सन् १९२९ जनवरी १८जन्मनु भएको थियो। ११ बर्षको उमेरमा आमाको देहान्त भयो र पछि सानी आमा कोमल कुमारीको स्नेह र मातृत्वमा हुर्कनु भयो। जेठा दाइ प्रोफेसर नरेन्द्र बहादुर माइलो आफै साइलो भाइ डा।सुर्य बहादुर बस्नेत सानुभाइ डा।सिँह बहादुर बस्नेत र कान्छी मुमा पटिबाट कान्छोभाइ मोहन बहादुर बस्नेत हुन भने ठुली दिदी मोहन लक्ष्मी राणा प्रेमा देवी शाह साइली मायाँ कान्छी बैनी लुप्त कुमारी बस्नेत र चार दिदी बहिनी थिए। उहाँलाइ काजी भनेर बोलाउथे भने पछि अपांग भै बुढानिलक्ठ जस्तो अबस्था भए पछि विष्णु बाबुको नामले चिनिनु भयो। दरबार हाइ स्कुलमा पढनु भएको थियो। आइएसी सम्म त्रिचन्द्र कलेजमा। बियसी पढने भनेर भारतको इलाहाबाद जानु भयो। त्यो बेलामा हेटौडाको भिमफेदी देखी काठमान्डो सम्म पैदल हिनेर आउनु जानु पथ्यो। भिमफेदी काठमान्डौ सम्म हिनेर आउने बेला उहाँको खुटटामा अत्यन्त पिडा महसुस भयो। काठमान्डौमा औसधी गर्दा पनि नभए पछि फर्किएर वैशाखीको आडमा भिमफेदी हुँदै भारतको इलाहाबाद पुग्नु भयो। वि।स।२००४ साल देखी एउटा खुटटा चल्न नसक्ने भै सकेको बेला इलाहबादमा पुरा गर्न पाउनु भएन। घरको हालत पनि त्यति राम्रो थिएन। मोहन शमसेरले उपचार गर्ने खर्च दिने आशा देखाए पनि केही केही सहयोग मिलेन। त्यस पछि घरमै बसेर वैसाखीको आडमा हिन्दा हिन्दै बिस्तारै अर्को खुटटा पनि बिस्तारै बिगरीदै गयो। करिव २००८ साल देखी वैशाखीको भरमा हिन्न पनि नसक्ने अबस्था सृजना भयो।

सानै उमेरदेखि अति मिलनसार सरल मिजास र उदार स्वभावका विष्णु सबैका लागि प्रशंसाका पात्र बन्नू भो। सानै उमेरदेखि महाकवि लक्ष्मी प्रसाद देवकोटा हरि प्रसाद रिमाल गोपाल प्रसाद रिमाल देखी संगितज्ञ एवं चित्रकार पूष्प नेपाली चन्द्रधर उपे्रती अरविन्द रिमाल त्रैलोक्य नाथ उप्रेती डा।मिग्रेन्द्र राज पान्डे डां देवेन्द्र राज पान्डे डा।लक्ष्मी नारायण प्रशाद कुवेर बैध्य श्रीमती उमा प्रधान सिंह शम्सेर राणा एवं जर्नेल कृष्ण शम्शेर राणा स्याम दास वैस्नव महेस मणी दिक्षित मदनमाण दिक्षित बालमुकुन्द देव पान्ड प्रोफेसर सुर्य बहादुर सिंह राजनितिज्ञ किृतिनिधि विष्ट डाक्टर दिब्यस्वरी मल्ल बदि्र बिकि्रम थापा ढुन्डीराज सर्मा मोहन राज जोसी द्धयारिका भत्त माथेमा लगाएत कयौंको संगत र साथ पाएका विष्णु साहित्य दर्शन र खेलकुदमा उत्तिकै अभिरुची राख्नू हून्थ्यो। करिव एकाइस बर्षको खाइलाग्दो उमेरमा उहाँ अपांग हुनु भयो। अनेक कोसिस गर्दा पनि उपचार हुन सकेन। त्यसकारण उहाँमा अपांग हुनुको पिडा थियो। । भर्खरको जवान तन्नेरी भएको बेला खाउखाउ लाउलाउ भन्ने बेलामा एउटा निरही जिवन जिउन विवस हुँदा त्यो मन कति रोयो होला कति दुख लाग्यो होला ?

उपचारको उपाय नभय पछि आफनो उपचार गर्ने सपनालाइ संधैका लागी तिलान्जली दिएर हाम्रो जस्तो अर्ध चेतना भएको समाजमा एउटा अपांग मान्छे कसरी बाँच्ने भन्ने बिषमा लाग्नु भयो। बैशाखी टेकेर टोल वरपर हिन्दा पनि समाजले होच्याउने र हेला गर्ने गरेकोले देशमा अपांग हुनेहरुको िपंडा महसुस गर्नु भयो। घरमै बस्दा बस्दै शरिर दिन दिनै शिथिल हुदै गयो। बिस्तारै अर्को खुटा पनि नचल्ने भयो र हात पनि बिस्तारै कुँजिदै गयो। बिस्तारै खान पिन र दिशा पिसाव पनि ओध्यायनमै गर्नु पर्ने अबस्था आयो। तर आफनो शारिरिक पिडा कसैलाइ सुनाउनु भएन। कसैको आड भरमा बाँच्नु कति दर्दनाक हुदो रहेछ जीवन भनेर अनुभव गर्नु भयो। दुख पिडाको पोको कसैको सामु नखोली भविस्यको एउटा मार्ग कसरी खोल्ने होला भन्दै चिन्तित हुनु भयो। दुखले बगेको आशु पुछेर बाहिर हाँसो देखाउने आफनो पिडालाइ मन्को खोकिलामा मै लुकाएर राख्ने गर्नु भयो। अरुको दुख एक पल पनी देख्न नसक्ने नैतिकता थियो। त्यो त्यागी बानी ब्याबहारले गर्दा धेरै साथीभाइले माया गर्थे। साथीभाइ प्यारो भएकोले बारम्बार भेटघाट गर्न आउथे। डिल्लीबजारका धेरै केटाकेटीलाइ एस एल सिमा पास गराउदा धेरै रौनक छाएको थियो। अरुको सफल्तालाइ आफनो खुशी बनाएर जिउने कला थियो उहुमा। केटाकेटी र साथीभाइको निम्ती हरसम्भव भए सम्म सहयोग गर्ने मानविय गुण थियो उहाँमा।

सानो भुइकोठा छेउमा गनेशको पुजा गर्ने खोपी दुइ चारवटा बाँसका मुडा सफा र आत्मीय लाग्ने त्यो कोठमामा आफना कष्टका दिनहरु बिताउदै जानु भयो। २००७ साल देखी २०२३ साल सम्म घरमै टिउसन पढाएर बिताउनु भयो भने त्यस पछि जीवनमा केही न केही गर्ने सोच बनाउन थाल्नु भयो। घरका परिवारले पनि आफनो अशक्त बिष्णु बाबुको अत्यन्त माया गर्थे। अबेर सम्म बसेर कुराकानी गरी अपांगताको पिडालाइ बिसा्रउन खोज्थे। तर उहाँले आफनो पिडा भन्दा अरुको पिडा मेटाउने सोच लिएर चिन्तन गर्न थाल्नु भयो। यत्तिकैमा कोठमा उहाँकी माइली दिदी पस्नु भयो। बिस्नु बाबु त्यति खुशी नभएको देखेर भन्नु भयो

के हो काजी तिमीलाइ सन्चो छैन र तिमीलाइ हाम्रो सहयोग र मायाको अभाव भएको हो कि त भाइ दिदीको मन बुमुाउन भन्नु भयो॥ होइन दिदज्यु म त भाग्यमानी हुँ हजुरहरुको साथमा बसेर आफनो जीवन ब्याथित गरि रहेको छु। तर म अर्कै चिन्तनमा परेको छु। त्यो के भने म्ा त आफु पढे लेखेको भएर कम्सेकम टिउसन पढाएर पनि हातमुख जोडेको छु। तर म जस्तो हालतमा पुगेका अपांगहरुको हालत कस्तो होला शहरमा त यसरी कुँजिएर बस्नु पर्छ भने गाउ पहाड हिमाल र तराइमा कसरी बाँचेका होलान म त कसैको बोमु बनेको छैन र मलाइ माया गर्छन तर जो अरुको भरमा बाँच्नु परेको छ त्यस्को जीवन कसरी निर्बाह हुन्छ होला यस्तो समाजमा तिनीहरुको दर्दलाइ कस्ले बुमु्ने कमजोर भए पछि सरकारको पनि कुनै निति नियम र बिधि बिधान छैन। आफना घरभित्र कैदी भएका ति निर्दौस अशक्त अपांगहरुलाइ कसरी म त्यो कारागारबाट बाहिर ल्याएर शिक्षा दिक्षा दिने कसरी मैले त्यो नयाँ गोरेटोमा हिडाउने जहाँबाट हिने पछि कोही पनि अपांग आफुलाइ अभागी ठान्दैन। यदि मैले देशका अपांगहरुलाइ एउटा छानो मुनी राखेर शिक्षा दिक्षा र रोजगारका साथै उपचारको बाटो पनि खोली दिए कतिले आफनो िपंडालाइ खुशीमा बदल्न सक्थे होलान भनेर म सोच मग्न भएको छु दिदज्यु भन्नु भयो। परिवारले जति दुख बिसा्रउन कोसिस गर्दा पनि बिष्णुबाबुको मन फर्काउन कसैले सकेनन। यतिकैमा दिदी गए पछि भोलीपल्ट उहाँका दाइ नरेन्द्र बहादुर बस्नेत कोठामा आउनु भयो आएर सोध्नु भयो। के छ बिस्णु सन्चो छैन कि के हो तिमीलाइ हँ अलि खुशी देख्दीन नी म आजभोली अनी दाइलाइ भन्नु भयो। दाजु म ठिकै छु तर म एउटा योजना सोचि रहेको छु। म एउटा संस्था खोल्न चाहान्छु। यहाँ म जस्तै अपांगहरु थुप्रै छन। उनीहरुको समस्यहरु पनि थुप्रैछन। म तिनीहरुको आँशु पुछन चाहान्छु। म नवजिवन दिन चाहान्छु। अपांग भएर कसैले पनि कुन्ठित जीवन बिताउन नपरोस भनेर सोचेको छु। यस्को निम्ती म तपाइसंग सल्लाह माग्छु।
दाइ नरेन्द्र बस्नेतले भन्नु भयो बिष्णु तैले यो कस्तो अशम्भव कुरा गर्छस। आफैमा एक समस्य बनेको छस भने कसरी अरुको समस्य हेर्न सक्छस त आफै बुढानिलकष्ठ जस्तो सुत्यासुतै छस। त बाट यस्तोकाम कसरी हुन सक्छयो तिम्रो बसको कुरा होइन भाइ

दाजु मान्छेले गर्न नसक्ने काम के छर। तपाइले सल्लाह मात्र दिनोस। मलाइ सल्लाह मात्र चाहिएकोछ। अरु केही चाँही दैन। यति भने पछि दाइले भन्नु भयो बिष्णु त जिद्धि नगर। यो त म बाट हुने कामै होइन। तेरो निम्ती यत्रो घर छ। धन सम्पती छ। हामी छदै छौ। त बेकारको मुन्मुट किन गर्छस। तिमीले गरेर यहा केनै मात्र हुन्छर। दाइको भनाइ प्रति दुखी हुँदै भन्नु भयो होइन दाजु म यो काम गरेररै छोड्छु। म मात्रै बाँचेर पुग्दैन। म जस्तै अरु पनि छन। जो काल मात्र पर्खेर बुचि रहेका छन। तिनैको निम्ती मृत्युबाट नयाँ जीवनतिर निरासाबाट आशातिर अन्धकार देखी उज्यालोतिर अगतिबाट गतिशिलतिर डोरयाउन चाहान्छु। अचानोको चोट खुकुरीले थाहा पाउदैन दाइ। ख्ाानु लाउनुमात्र जीवनको अर्थ होइन। जसरी आगोले आगोनै बाल्छ त्यसैगरी चेतनशिल मानवले नयाँ जिवन दिनुपर्छ अनी मात्र जीवनकोअस्तित्व दिगो रहन्छ। बाँच्नु मात्र जीवन हो भने कुकुर पनी त बाची रहेका छन। कुकुर पनि त बाच्नको निम्ती अर्काको जुठो भात खाएर बाचेकै छ। आफनो भुडी भर्न त कुकुरले पनि त जानेकोछ। तर मान्छेको जीवनमा खानु र लाउनु मात्रै होइन। मान्छेले नगरी नहुने काम सेवा हो। म आफु जस्तैको सेवा गर्न चाहान्छु। त्यसैले दाजु मैले आटेको कामलाइ पुरा गरेरै छोडछु। इसमा हजुरको मलाइ आर्शिबाद मात्र चाहियो यति कुरा भन पछि एक क्षिण चुप लाग्नु भयो। अनी दाइले भन्नु भयो।
लौ त भै हाल्यो जे जे गर्छस गरमैले केही गर्नु छ भने भन । अनी दाइ पनि बाहिरीनु भयो। यत्तिकैमा कोठा भित्र सानी आमा कोमल कुमारी बस्नेतको प्रवेश हुन्छ।
आमा। ँविष्णु अमुै पनि उठेको छैनस के सोचेर बसि राखेको
खगेन्द्रकी आमा तिर हेर्नेकोसिस गर्दै केही होइन आमा मलाइ निन्द्राले छोडी सक्यो।
आमा हेर त आफै त्यस्तो कम्जोर छस धेरैकुरा सोच्नुहुदैन। ल्ा चिया पिउ म खुवाउछु शिरानी माथी गर त्यति बेला उहाँको मुहार हँसीलो देखियो। संधैभरी चिन्तामा जलिरहने अनुहार आज हाँसेको देख्दा आमालाइ अचम्म लाग्छ।

आमा…उस्कोअनुहारतिर हेर्दै। आज किन तेरो मुहार हसिलो देखिन्छ
खगेन्द्र॥ हो आमा म आज धेरै खशी छु।
आमा॥ किनर के भो
खगेन्द्र मेरो सपना साकार हुने भो
आमा ॥ कस्तो सपना
खगेन्द्र…
अपांगको सपना एउटा नवजिवन गृहको सपना अनी म जस्तैको सेवा गर्ने सपना आमा मलाइ आर्शिबाद दिनुस
आमा॥ टाउको माथी हात राख्दै लौ तेरो सवै मनोकांक्षा पुरा होस।
खगेन्द्र…
आमा हजुरको आर्शिबादले मैल सोचेको काम पुरा गरि छाडनेछु।
विष्णुकोगहभरी हर्षका आशु बहन थाल्छन
आमा॥ विष्णु तेरो आखामा आशु किन ? खगेन्द्र आमा "यि आश होइनन। यि त खुशीका मोतीहरु हुन। मेरा यिनै आँशुका बँुद नै हजारौ हजार अपांगको आर्तनादमा मलम बन्ने छ।
आमा॥ "हो विष्णु तेरो खुशी नै हाम्रो सन्तोष हो।
खगेन्द्र हो आमा यो संसारमा अशम्भवको कुरा नै के छर मान्छे नै युगका सम्भाहक हुन। उस्ले युगलाइ जता पनि डोरयाउन सक्छ। त्यसैले त मान्छे सवै प्राणीमा उत्तम हो भन्छन। नत्र खान र लाउन मात्र सोच भए त्यो पशु र मान्छेमा के नै फरक रहयोर। मान्छे त्यो बाँची रहन्छ जस्ले मान्छेहरुमा नया जीवन भर्दछ। सेवा गर्ने नै उत्कृष्ट धर्म हो। म यो मात्रिुभुमिलाइ आशुले सिचेर भए पनि मलिलो पार्न चाहान्छ। ता की जुन माटोबाट हजारौ सुन्दर नव जीवन लिएर फुलहरु लहलहाउन पाउन भबिस्यमा। मान्छेले शरिर जिर्न हुदैमा जीवनै बेकार हुन्छ भन्छन। त्योकुरा म गलत सावित गर्न चाहान्छु। प्ाहिले म मान्छे हुँ अनि मात्र अपांग। म्ा मानवीय हैसियतमा बाँच्न पाउने अबसहरु सृजना गर्न चाहान्छु।
म यही ओछयानमा सुतेर भए पनि अरुलाइ जगाउन चाहान्छु जो जागेर पनि सुतेका छन आमा
आमा॥ बाबु तिम्रो साहास र सपना देखेर म खुशी भए। सपना सवैले देख्छन तर रातमा देखेको सपनाले जीवनको ढोका खुल्दैन। तिमीले देखेको सपनाले धेरैको जीवनलाइ नव जिवन दिलाउने छ॥अपांग हुनु कुनै अभिशाप होइन। अपांग हुनु कुनै पुर्वजन्मको पाप पनि होइन र इस्वरको श्राप पनी होइन। अपांग हुनुका कारणहरु धेर छन। राजनैतिक परिवर्तनका नाममा हुने घटना दुर्गटना देखी सवारी दुर्घटना रोग असामयिक चोट पटक आदी आदी। यिनै समयको भुमरीमा परेर मान्छे अपांग बन्छ। गर्भमा हुदा आमाको कुनै अशरले अपांग भएर जन्मिन सक्छ। हेलचक्रयाइ पनि एक हो। तर उ अपांग हुदैमा उस्को सारा जीवन अपांग हुन्छ क्षेमताहिन हुन्छ। सृजना गर्न सक्दैन भनेर हसी उडाउनु बरु त्यो पाप हो। हो हाम्रो पिछडिएको समाजमा त्यस्तो प्रथा छ। कुनै अपांगलाइ देखेर खिस्सि उडाएर मजा लिन्छन। मान्छेको रुप प्रति कुदृष्टि लगाउनु नै महा अपराध हो। घृणा र दुरब्याबहार गर्नु अमानविय हो।
आमा… हो ठिक भनिस मलाइ त तिमी त्यस्तो भए पछि कती कतीले के के सम्म भन्यो यो समाजले। त्यही भएर जुन समाजले घृणा गछ त्यसैको आशु पुछनेकाम थालनी गर म त्यसैमा दंग छु बाबु।
खगेन्द्र हो आमा म अपांगकोअधिकार अरु सरह स्थापत गर्न चाहान्छु। यहाँ कसैले पनि न्याया पाउदैन त्यस्मा मुन अपांगको त कुरै नगरौ। यहाँ अपांगलाइ मानवीय हैसियतमा राख्न पनि कन्चुस्याइ गर्छन। राज्य नै अपांग प्रति गम्भिर छैन भने अरुले मुन के पो गर्न सक्छन र। न्यायपुर्ण समान्ता र सहभागिता नै हाम्रो अधिकार हो। यस्को निम्ती म उभिन चाहान्छु। हाम्रा अधिकारहरु कागजी घोडा बनाएर दोडाउदै आएका छन। म हाम्रो बर्गकोनिहित अधिकार र क्षमतालाइ कुन्ठित हुन दिन्न। बिभिन्न वैज्ञानिक एवं उपयोगी शिपहरु सिकाएर आत्मानिर्भताको बाटोमा सुनौलो भबिस्यको जग बसाउने अबसरहरु जुटाउने छु।
आमा कोमलले सोधिन ँके तिमीले आफनो योजना तयार गरयौ त
म यसरी कतिन्जेल फगतमा बाँच्न सक्छु र मुवा म सोची रहेको छु र लेख्दै छु यस विषयमा। आफनो घरको परिवार मध्या कोही कमजोर भयो भने पन्चदेवलमा लगेर फाल्छन। बाटोघाटोमा लगेर फाल्छन। जो आफनो परिवारबाट घरबाट र समाजबाट मान्छे हुन भन्ने सोच सम्म नगरी फालेका छन। त्यस्ताको लागी म केही काम गर्छु मलाइ सहयोग गर्नोस। यसरी आखाभरी आँशु झार्दै फेरी भन्नु भयो। म अशक्त अपांगहरुलाइ अर्काको भर नपरी समाजमा बाँच्न सिकाउछु आफनै खुटामा उभिन सिकाउछु। उनीहरु पनि मान्छे नै हुन भन्ने चेतना जगाउन चाहान्छु।

मनको मैलो मनैले धुन्छ आँशुले धुंदैन
मानीस महान कर्मले हुन्छ जन्मले हुँदैन।
कर्म नै पुज्य हुन्छ कर्मले नै जिवनलाइ सार्थक बनाउछ। म्ा नयाँ कर्म थाल्छु जस्को आधारमा धेरैले आफनो भाग्यलाइ अजमाउन सकुन। भ्ागवान कृष्णले पनी भगवत गीतामा कर्म योग कै बारेमा बताएका छन। प्ाुलको आश नगरी म कर्म गर्छु। यसरी बिष्णु बाबाुको कुराहरु सुनेर परिवार उत्साहीत भए।
फेरी कुरा थप्दै भन्नु भयो न सरकारले हेर्छ न परिवारबाट नै चाहिने सहयोग र सुविधा जुटाउन सक्छन। न त समाजले नै उद्धार गर्छ। त्यसैका लागी मैले आफनो सपनाको बिजारोपण गर्न चाहान्छु। कर्मले नै जिवनमा शिद्धि प्राप्त हुन्छ भन्दै हरक्षेण तिनै कुराहरु म्ानमा खेलाएर बस्नु भयो। यतिकैमा माइली दिदि आएर भनिन। यदि यो गरिस भने त अमर हुन्छस भाइ। कोसिस गर दिदीले ढाडस दिएकोमा सन्तोष मान्नु भयो। उहाँका मनमा जन्मिएका ति अटल भावनाहरु बिस्तारै कापीका पानाहरुमा पनि लेखिन थाले। दिदीले भनिन धेारै परिश्रम नगर भाइ तर उहाँको कलम रोकिएन। हजुरहरुका कुरा सुन्दै गर्छु र म आफनो कुरा लेख्दै जान्छु पिर नगर्नु दिदी उहाँले भन्नु भयो।
फेरी दिदीले भनिन तिमी दिनभरी टिउसन पढाउछौ अनी रातभरी लेख्छौ किन आफनो प्राणको माया गर्दैनौ भाइ भन्दा बिस्ष्णु बाबु हुन्छ केही दिन मात्र हो दिदी यो दुख मेरो आत्मालाइ अरुको आधार बनाउन चाहान्छु। जब सवैकुराबाट मुक्त हुन्छु तव सवै आफनो कुराहरु खेल्छन मनमा। आफनो दुखाइ बिसा्रउन पनि लेखेको हँ उहाँले भन्नु भयो। आफनी माइली दिदी निकै सहयोगी र सवल थिइन। उहाँको हर प्रयास र साहासलाइ टेवा दिनु नै आफनो दायित्व भएको महत्व दसा्रउदै भाइको सपना साकार पार्न आफुले सक्दो सहयोग गर्ने बचन पाइ रहनु भयो।
कोठामा उहाँलाइ सुताएर सवै बाहिर गए। केही दिन पछि रामेछापबाट रामु बस्नेत हेरचाहकोलागी आए। यसरी खगेन्द्रको बाटोमा थुप्रै बिकिृतिहरुले अवरोध खडा गरे। संका र आसंक्काहरु उतपती भए। तर पनि उहाँका पाइलाहरु रोकिएनन। जस्को फलस्वरुप उहाँको आफनो कोठामा २०२५ सालमा अफिस बनाएर २०२६ सालमा नवजिवन गृहको रुपमा बिस्तार गर्न थाल्नु भयो। सानैरुपमा जन्म भए पनी बिज अटल थियो। जसका जराहरु हजारौको जीवनसम्म गाडिएको थियो। त्यस्को बासना धर्तीभरी फिजिने खालको थियो। त्यस्को बोट देश भरी कलम गर्न सकिने थियो।
उहाँको एक सपना हजारौको भाग्य बिधाता बन्यो। उहाँको एक चाहाना हजारौको पृष्टभुमी बन्यो। हजारौको अबसर र चुनौतीको एक महान अभियान पनि बन्यो। खगेन्द्र नव जीवनको स्थापना गरेर एक महान बिभुति बन्न सफल हुनु भयो। ओझेलमा रहेका हरेक अपांगको आँशु पुछेर नेपाल आमाका एक सच्चा सपुत हुनु भयो।


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !