November 23, 2010

माटोको सिन्दुर र कुशको औठी

- लुना

आज बिहानै देखी इन्द्रा को घरमा चाहलपहल छ । हिजो अस्तिको भन्दा आज बेग्लै किसिमको रौनक छाएको छ । इन्द्रालाई बर पक्षकाहरु हेर्न आउदै छन् । दिनको १२:३० तोकिएको छ भेटघाट कार्यक्रम । १२ बजिसक्यो ! अब आधा घण्टा मात्रै बाकि छ । घरका सदस्यहरु पाहुना पक्ष लाइ स्वागत गर्न तम्तयार छन् । सबैको आखामा खुशीका साथ् एक किसिमको त्रास पनि छाएको छ । निर्मलाको निरस बर्तमान झैँ इन्द्राको जिबन पनि त्यस्तै भैदियो भने ?--- बर पक्षले हेरेर न स्विकारी दिदा इन्द्राकी फुपू निर्मला बुढी कन्या भएर बस्नुपर्यो माइतीमा । २-३ ठाउ बाट हेर्न आउनेहरुले देखाउने गरेको खोट निर्मलाको 'उचाई' थियो । बर भन्दा अग्ली भएकीले नसुहाउने भन्दै अस्विकार गरेका थिए । आफ्नो जिबन भन्दा बढी परिवारको इज्जतलाई मूल्यवान सम्झने आदर्श स्बभाबकि निर्मला त्यसपछि माइतीमा नै जिबन बिताउदै बसिन् ।
छोरीको जन्म हारेको कर्म सोच्ने पुरुष प्रधान समाजका पात्रहरु मध्यका थिए इन्द्राको परिबार पनि । निर्मलाको जिबनलाइ हारेको
  कर्म सम्झी चित्त बुझाइ बसेका इन्द्राको परिवारलाई कतै इन्द्राको जिबन निर्मलाको झैँ अपूर्ण निराश हुने त होइन भन्ने एक किसिमको त्रास हुनु स्बभाबिकै थियो । 'यहि पहिलो भेटमा नै बर पक्षकाले स्विकार गरिदिउन् इन्द्रालाई !' , इन्द्राकी आमाले भगवानलाई भाकल गरिरहेकी थिइन् मनमनै ।

~~~~
न होची न अग्ली बर्ण श्यामल २३-२४ बर्षकी इन्द्राको रुपको बखान गर्ने हो भने यत्ति चै सजिलै भन्न सकिन्छ उस्मा पर्ने हर सौन्दर्य पारखी नजर एकैछिन उसैमा बिश्राम लिन्थ्यियो । लाम्चो अनुहार , चिटिक्क मिलेको नाक , हास्दा अर्ध चन्द्र मा झैँ देखिने हिस्सी परेको ओठ , थोरै घुम्रिएको लामो केश ।
अनी आँखा ?
बस ! , थोरै खोट लगाउने ठाउँ थियो भने त्यै आँखा मै थियो त्यो पनि खोट लगाउन कै लागि जन्मेकाहरुको लागि भन्दा फरक नपर्ला । उस्को आँखा नदेखिने ( गौण सँग हेर्दा मात्रै छुट्त्याउन सकिने ) डेणो भए पनि तारिफ गर्नेहरुले भन्ने गरेका वाक्यहरु यही हुन्थे ' बदामी आँखा थोरै डेणो हुँदा झन कत्ती माया लाग्दी देखिने ! भगवानले मोहनि नयन दिएछन यस्लाई ! '
अनि घरपरिबारकाले गाली गर्दा या जिस्क्याउदा भन्ने नाम थियो ' डेणि ' । कसैले डेणि भनिदिए पछी उस्को रिस नाकको टुप्पो मा आएर बस्थ्यो ! उस्का नाकका पोहरा फुल्थे ! रिसले ओठ थर्थरिन्थियो अनी उ रिसलाई नियन्त्रण गर्न ओठ्को दाहिने कुना खुम्च्याउथि र एकोहोरो हेर्थी डेणि भन्नेलाई , त्यो बेला उ साच्चैको डेणी झै देखिन्थी । एकोहोरो रिसालु हेराइले उस्का आँखा केही डेणा बन्थे ! झड्याङ्ग रिसाउने स्बभाबकि इन्द्राको गुनको बखान गर्ने हो भने मनमा लागेको कुरा निर्धक्क भन्ने फरासिली , अन्याय नसहने निडर स्बाभिमानी , सके सम्म अरुलाई आफ्नो बोली व्यबहारले नपिराउने सचेत स्बभाबकी थिई । सबैकी प्यारि थिई इन्द्रा । निर्मला फूपू को त झनै प्यारि भदैनी थिई । आफ्नै हातले हुर्काएकी थिई निर्मलाले भदैनी इन्द्रालाई । आज बरपक्षकाहरु हेर्न आउने दिन , बुइगलमा इन्द्रा फूपू को साथ मा छे साज - सज्जाको लागि ।
तल बाट इन्द्राकी आमाले बोलाइन ' निर्मला नानी ! ( नन्द लाई नानी भन्ने चलन पनि हुन्छ )
' हजुर भाउजु ! ' बुइगल बाट तल आइन निर्मला ।
' नानी ! अब इन्द्रालाई ल्याउनु परो ! उता बाट आइपुग्ने बेला भो नानी ! चिया - किस्ती इन्द्राले बोकी ल्याउनु पर्छ । '
' हबस भाउजु '
निर्मला इन्द्रालाई लिएर किचन मा गइन ।
करिब एक बज्नै लाग्दा बर पक्षकाहरु आइपुगे ।
नमस्ते आदान प्रदान संगै भलाकुसारी भइरहेको छ बैठकमा । इन्द्राकी आमा ईन्द्रलाई बोलाउन किचनतर्फ लाग्दै थिइन् उता बाट फूपू र इन्द्रा संगै आईपुगे चिया किस्ती बोकेर । इन्द्राको सौन्दर्य बिहानिपखको फूल झैँ खुलेको थियो सेतो कुर्ता सुरुबाल र मेहेन्दी हरियो सल मा । दाँया - बाँया गालामा बेपर्बाह झरिरहेका केही केश राशी र आखी भौ बिचको सानो गुलाबी टिकाले थप् मिठो आभा छरिरहेकोथियो । इन्द्रालाई बर पक्ष का ले मन पराए । इन्द्राको परिवार छोरीलाई हेर्न बर पक्षले सहर्ष स्विकार गरेकोमा अत्यन्तै खुशी भए । छोरीलाई र आफूहरु लाई भाग्यमानी सम्झिए । इन्द्रा पनि खुशी थिईन् । इन्द्राका भाबी श्रीमान कर्ण पनि खुशी थिए । दुबै पढेलेखेका शिछित थिए । दुबै परिवार को आपसी सल्लाह मा विवाह को मिती पनि तोकियो । २०६७ मंसिर २० गते । तीन हप्ता बाँकी थियो विवाह को तयारी पूरा गर्न । समाजमा भई चली आएको चलन अनुसार चल्न ऋण -धन गरेर इन्द्राका परिवार ले सबै तयार गरे ।
~~~~
आज २०६७ मंसिर २० गते विवाहको दिन ।
इन्द्राको घर ध्बाजा - फूलपाती - तोरणले सजाइएको छ । बर् पक्ष , पाहुना , इस्टमित्र सबैलाई स्बागत सत्कार भईरहेको छ । एक आपसमा नमस्ते आदान - प्रदान चलिरहेको छ । भोज-भतेरका लागि जिम्मा पाएका व्यक्तिहरु यता उता दौड्धूप गरिरहेका छन । पन्डित जि आगनको जग्गे मा दत्तचित्त तयारी गर्दै छन । अब बर बधु लाई जग्गे मा बोलाइने बेला हुँदै छ । यसैबेला माथि बुइगलमा खल्याँग्बल्यंग स्बर सुनियो । माथिबाट इन्द्राकी माइजू अध्यारो मुख बनाउदै इन्द्राको बुवालाई बोलाउन आईन । उनी हत्तारिदै माथि पुगे । तल आगनका पाहुनाहरुमा एक किसिमको स्तब्धता छायो । अघि सम्मको रौनक बातावरण एकैछिनमा चिस्सिन पुगेको थियो । सबै एक अर्काको मुखमा हेर्दै थिए । उता माथि बुइगलमा भने खल्बल को स्बर झन बढ्दै थियो । ' यसरी झुक्याउन पाईदैन ! ' जस्ता शब्द चै तल आगन सम्मै सुनिएको थियो पुरा वाक्य नबुझिने गरी । आगनमा सबैले दुलाहा र उन्का परिवारहरुको मुखमा हेर्न थाले । बातावरण असजिलो हुँदै गैरहेको थियो ।
माथि बाट सबै तल ओर्लिए । दुलहिका बाबुआमा , मामा माइजू , काकाकाकी - दाजुभाउजु सबैको अनुहार मा असन्तुस्टी पोखिएको छर्लङै देखिन्थ्यो ।
' केही समस्या त परेन ? ' पाहुना पक्ष मध्यकाले एकले सोधे । घुम्टोमा ढाकिएकी दुलही जग्गेमा चुपचाप बसीन् । दुलाहा पक्ष का पाहुना मध्यका एकले प्बाक्क मुख फोर्दिहाले , ' के भयो ! अघी माथि यसरी झुक्याउन पाइदैन भन्ने आबाज सुनियो नि ! ' भन्दै दुलही तिर शन्कात्मक नजरले हेर्न थाले । फेरी बिस्तारै खैलाबैला जस्तो भयो बातावरण । कतै रोजिएको बधु को ठाउँ मा अन्य त परेको छैन भन्ने अर्थ मा ति पाहुनाले नजर फ्याकेका थिए दुलही माथि । उता बुइगलमा इन्द्राले सबै कुरालाई साम्य पारेकी थिइन जस्मा इन्द्राकी फूपूले पनि चर्को साथ दिएकी थिइन इन्द्रालाई , र उनिहरु तल आगनमा आएका थिए तर बर् पक्ष मध्यका एकले आगोमा मट्तितेल खनाइ दिए !
इन्द्राको काका बम्किए ' झुक्याउन त हजुरहरु ले झुक्याउनु भो नि ! नसक्ने भए बरु पहील्यै भन्नु पर्थ्यो ! किन भारिका भारी बजारिया गहना ( सुन को जलप लगाइएको नक्कली गहना ) दिनु पर्थ्यो छोरीलाई ! हाम्ले त दाईजोको कुनै पनि बस्तु नक्कली बनाएका छैनौ । '
अघी बुइगल मा खल्याङ्बल्याङ भएको कारण अब बल्ल छताछुल्ल्ल भयो । दुलहा पक्षका नातेदार लाजले मरे तुल्य भए ।
' हाम्रो यत्रो अपमान !!! खुट्टा भए जुत्ता जती नि पाईन्छन ! ' दुलाहा पक्ष का एक जना बुढो मान्छेले रोष ओकले ।
' ऐल्यै यस्तरी झुक्याउने ले भोली के गर्लान भन्ने हाम्रो पनि चिन्ता हो ! ' दुलहिकी काकी पनि उसै गरी चिच्याइन ।
यही कुरालाई बुइगलमा इन्द्राले साम्य पारिसकेकी थिइन तर पुन : बिस्फोट भयो जग्गेमा आइपुग्दा । दुई पक्ष बिच चर्काचर्की शुरु भयो । विवाहको रमाइलो बातावरण नराम्ररी भत्कियो । जग्गे मा बसिरहेकी इन्द्रा जुरुक्क उठिन् जग्गे बाट । उनी चिच्याइन ' चुप लाग्नोस हजुरहरु !!! ' एकाएक सबको बिस्मित नजर इन्द्रा माथि पछारिन पुगे । इन्द्रा जग्गे देखी बाहिर को घेरामा उभिएर शरीर मा लगाइेको शिरबिन्दू , नेक्लेस , सिक्री - लकेट , बालाचुरी ,औठी आदी एक-एक गर्दै फुकाल्दै टपरी मा थुपार्न थालिन् । सब ट्वाल्ल परेर उन्लाई हेर्न थाले । अग्नी होम गर्ने चम्चाले जग्गेको माटो र कुश को त्यान्त्द्रा लाई दाहिने हातमा राखीन् , त्यस पछी भाबी श्रीमान कर्ण तिर हेर्दै बोलिन , ' मलाई गहना पनि चहिदैन । यि दाईजो पनि चाहिदैन । हजुर ले यै माटोले सिउदो भर्दिनुस् ! यै कुश को औठी लगाइ मलाई मात्रै स्बिकार्नुस् ! '
कर्ण अकमक्क पर्‍यो । उ बुवा- काका - दाजु हरु को अनुहार मा हेर्न थालयो । उनिहरु को आँखामा स्बिकारोक्ती को लेश थिएन । अब स्थिती असहमती मोड तिर फर्किएको थियो । यस्तो विषम परिस्थिती मा आफूलाई साथ दिन नसकेको देख्दा आफ्नो जिबन साथी हुन गइरहेको भाबी श्रीमानको आत्मिक तौल हत्केला भरिको माटो र दुई त्यान्द्रा कुश बराबर महशुस हुन पुग्यो इन्द्रालाई । आफू जान्ने बुझ्ने भए देखीन् फूपूको जिबन जिबन्त पढ्दै आरहेकी इन्द्राले अकस्तमान गम्भिर निर्णय लिदै परिस्थिती सँग भिड्न मन दर्हो गरी तयार भईन र बर पक्षकाहरुलाई हेर्दै चूनौतिपूर्ण आबाजमा बोलिन , ' मलाई ! मात्रै मलाई ! मेरो आत्मालाई स्बिकार्ने कोही हुनुहुन्छ ? ( उस्ले माटो र कुश लिएको हात अघी बढाउदै बोली )
सियो खसे पनि सुन्न सकिने जस्तो भयो बातावरण । मुर्दा शान्ती ले भरिएको बातावरण बाट निराश हुन पुगेकी इन्द्रा माटो र कुश हातबाट जसै तल झार्न खोज्दै थिइन विवाह को हुल बाट एकको स्बर सुनियो ' यदी ----'
वाक्य पुरा हुन पाएको थिएन सबै पछाडि फर्केर हेर्न थाले आबाज आए तिर ।
' यदी तपाईंले स्बिकार गर्नु हुन्छ भने म तयार छु तपाईं जस्तो आत्माबिस्बासी नारीलाई जिबन साथी बनाउन ' ।
उ केही अघी बढ्यो र इन्द्राको अगाडि आईपुग्यो ।
' शायद मैले खोजिरहेको आत्मस्बभिमानी जिबन साथी तपाईं जस्तै हुनुपर्छ ! तपाईंको साहसिक सोचलाई सलाम छ मेरो ! ,
सोच जिबन रथ को इन्जिन हो । साहसी सोच बिचार भएको ब्यक्ती सँग जिबन रथ अगाडि बढाउन सहज हुन्छ । '
उ एक छिन् रोकियो र पुन बोल्यो , ' पेशाले म पत्रकार हुँ । पत्रकार को जिबन संघर्षशील हुन्छ नै । मेरो संघर्षशील जिबन लाई तपाईं स्बिकार्नु हुन्छ भने तपाईं जस्तो नारीलाई जिबन साथी बनाउन पाउनु मा म आफूलाई भाग्यमानी सम्झने छु इन्द्रा जी ! '
इन्द्राले हात अगाडि बढाइन , उस्ले माटो लाई साछी राखी इन्द्राको सिउदो भरिदियो र कुश घुम्राएर औठी स्बरुप लगाइ दियो ।
उस्को नाम ॐ , बर्ष ३३-३४ को हुदो हो । शारिरिक उचाइ कर्ण को तुलनामा केही होचो नै थियो तर उस्को निर्णयक छेमता बलियो र सोच बिचार धरहरा झै अग्लो थियो ।
' माटोको सिन्दुर र कुशको औठी ' इन्द्राको प्रस्तावलाई सहर्ष स्विकारी २१ औ शताब्दीको शिछित सोचको व्यक्तिमा खरो उतारेको थियो आफूलाई .
~~~~
( कान्तिपुर समाचार २०६७ मंसिर ४ , शनिबार ' सुन ४० हजार नजिक ' पढेकी थिए केही दिन अघी । ओहो ! विवाह को मौसम आउँदै छ , सुन तोलाको ४० हजार ! कत्ति समस्या हुदो हो गरिब - न्यून बर्ग देखि लिएर मध्यम बर्ग नै किन नहोस् आर्थिक समस्या हुने हरु लाइ यत्तिका महँगो सुनको भाउ ले ! फेरी हाम्रो बिबाह आदि कुरामा चाहिने भन्दा बढी देखाउने चलन हुदै आएको छ गर - गहना हरु . अनि यस्सो सोचे एउटा कथा लेख्ने कोशिस गर्नु पर्यो , बिबाह को सिजन छ , समसामयिक पनि हुन्छ भन्ने सोची कथा लेख्ने कोशिस गरे )

15 Comments:

PD said...

euta mitho upanyas padeko jasto lagyo. samasaamahik tatha rochak chha.

Arjun said...

Luna Jee, Its looking like real story. Its happening in our society also sometime. You have so strong thinking Luna jee

Arjun said...

Keep it up luna jee

Shiva Prakash said...

उठान र लेखन शैली राम्रो लाग्यो, अलिकति व्याकरण र शुद्घाशुद्घीमा ध्यान पुर्याउन सके यहाँका अझ गहकिला हुन सक्छन् । शुभकामना ।

निमेस said...

कथाको विषय बस्तु राम्रो छ/ सत्य डग्दैन झुटो टिक्दैन/ कथामा नारी पात्रले उठाएको साहसिक कदम जस्तै सबै नेपाली नारीहरुले पनि उठाउन सकेको खण्डमा हाम्रो समाजमा बिध्यमान बिकृति र बिसंगतिहरु अवस्य पनि हट्दै जानेथिए/ कथा नारी सचेतनामूलक छ/ लुना जीलाइ शुभकामना/ लेख्दै जानुस/

Nepalean said...

कथा एउटा फिलीमी पाराको लाग्यो। तर यस्तो घटना नहोला भन्न सकिन्न। नेपालमा तडक भडकको चक्करमा बिहेको गुह्य कुरै भुल्नथालीसके। शिक्षाको साथै यस्ता कुरा निरुत्साहित गर्नुपर्नेमा यो झन झन बढ्दो छ। त्यसैले कथा निकै मार्मिक लाग्यो।

लेख छाप्दा शु्द्दा शुद्दी हेर्ने काम त मेरै हो तर समयाको चटारोले हल्ला रुपमा मात्रे हरें। ब्याकरणीय पक्षलाई औंलाइदिनुभएकोमा शिब प्रकाश दाईलाई धेरै धेरै धन्यबाद। यसमा हाम्रा एडमिनहरुले पनि समय मिलाएर ध्यान दिए राम्रै होला।

Anonymous said...

you afnai kathaa ta hooina ..hey hey hey.

Luna said...

धन्यवाद है सबै साथीहरुलाई ।

शिब प्रकाश जी , व्याकरण शुद्दा शुद्दी लाइ मैले ' टाइप मिस्टेक ' भन्दै आफ्नो कमजोरी ढाक्ने प्रयास गरेकी थिए ( भन्छन नि ' नाच्न जान्दैन आगन टेढो :) )
यस पटक भने टाइप सम्बन्धि ( यो कम्प्युटर मा यता उता बनाउन मिल्ने रैछा
त्यो मलाइ पहिला भन्दा ऐले बढी था हुदै छ , यति था हुन सक्नु पनि मेरो लागि
त लाख नै भ को छ ) अब चै अल्ली बढी नै ध्यान दिने छु टाइप गर्दा र व्याकरण
पनि सक्दो मिलाउने कोशिस गर्ने छु , एउटा कथा को खाका कोरिसकेको छ मनले ,
अब त्यसलाई शब्द मार्फत रफ पेपर मा उतार्न मात्रै बाकि छ अनि त्यसपछि टाइप
गर्दा म एकदम ध्यान दिने छु सक्दो ।
पुन: हार्दिक धन्यबाद सबैलाई अनि दौतरी ब्लग लाइ पनि ।
दौतरी ब्लगको छहारीमा शितल माया पाइरहु .

वेदनाथ पुलामी said...

लुना जी ! यथार्थता लाइ आत्मसात गर्न नसक्ने मान्छेहरुको भिडलाइ निकै व्यंग्य गरेको छ ... यो कथाले !
मान्छे पढ्या लेख्या त भए तर ... रबाफ र यो समाजको खोक्रो इज्जत बोक्ने खालका भए !

Anonymous said...

राम्रो र सरल लेखाई पस्किनु भएको छ लुनाजीले । "दिमाग खराब" देखि अहिलेसम्म आइपुग्दा पक्कै पनि निखारिनुभाको छ । लेख लामो भए पनि समसामयिक र राम्रो रहेछ। यो दौंतरीको एडमिनिष्ट्रेशन टिम अलि बेफुर्सदी नै छ त्यति हुंदा हुंदै पनि ठरकीजी र नेपालियनजीले धेरै काम गर्नु भाछ ।

पीजी (जिरो आवर)

PD said...

ma pani testai bhanchhu. lekh ramro huna thula thula sabda chaidaina. saral bhaye ppugcha. bass mitho huna paro. mitho kura kasailao po maan pardaina ra?

Anonymous said...

ekdum ramro lagyo,,,,,,,,,,,

deepak said...

wonderful story. such even can happen in our societ. may be those events have been already happened. a nice narration. thank you luna ji.

madan said...

Very Nice story.I liked it.
please keep on writing.

sasang said...

लुनाजी ! तपाईंका दुवै कथाहरु सशक्त, सन्देशमुलक र समसामयिक छन। नेपाली सेरोफेरोलाई जीवन्त बर्णन गर्दै समाजलाई नौलो पारीपाटीतर्फ डोर्याउने जमर्को नै यी कथाहरुको मुलमन्त्र हो| मानवीय संवेदनाको उच्च मुल्याङ्कन नै यी कथाहरुको आकर्षण बिन्दु हो। नेपालीपन, नेपालप्रति माया र नेपालीत्वले सजिएको यी कथाहरु पढिसकेपछी जो कोहिलाई पनि सोच्न वाध्य बनाउँछ....

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !