November 23, 2010

गजल

तिमीले जस्तो कालोलाई सेतो भन्न जानिन मैले
आत्मा बन्धकी राख भन्नेका कुरा मानिन मैले

स्वाभिमानको मोल के था इमान बेच्नेहरुलाई
चोर बजारका नक्कली मान शान छानिन मैले

बिना बिधी बिधान, कस्तो पूजाको उपसना गर्नु
शाधक फटाह थे आफुलाई योग्य ठानिन मैले

जलपमा चम्किदैमा सबै पहेलो सुन हुँदैन
जानाजानी पित्तललाई सुन भनी तानिन मैले

जन्दिन भन्थ्यौ लप्पन छप्पन खेल खेल्नलाई
तिमीले जस्तै फेरि मौकामा चौका हानिन मैले

6 Comments:

sanu jange said...

wow kya mitho gajal, dhanyabad yati sundar rachana ka lagi

जन्दिन भन्थ्यौ लप्पन छप्पन खेल खेल्नलाई
तिमीले जस्तै फेरि मौकामा चौका हानिन मैले
sarai man paryo... nirantar padhna payiyos .

Shiva Prakash said...

राम्रो छ तर अलिकति लयमा ध्यान दिने दिँदा सुनमा सुगन्ध हुने थियो ।

Anonymous said...

yo lekh ma satyata cha ke yo gazal ma sangeet bharera ma gauna sakhchu www.dikagrg@gmail.com

Anonymous said...

Gajal bhab bhanda nichod pacha badi jod sanga uthan gariyak chha.

Nepalean said...

मौकामा चौका हान्ने त प्रशस्तै छन वाका जी। तर तपाईले हान्नुभएनछ त्यसमा धन्यबाद। राम्रो लाग्यो गजल। दिकाले त गाउने सुर नै कस्नुभएछ। वाका जी यसमा के भन्नुहुन्छ कुन्नी?

चौथो प्याराग्राफ भनू कि हरफ,सुन भनी तानिन मैले हो की मानिना मैले हो। तानिनको अर्थ बुझ्न खोजेको दिमागमा घुसेन।

Luna said...

'जलपमा चम्किदैमा सबै पहेलो सुन हुँदैन
जानाजानी पित्तललाई सुन भनी तानिन मैले'
शुन्दर गजल जस्तै शुन्दर शन्देश ---

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !