November 19, 2010

सबभन्दा ठूलो मन

गुरु केदार वराल

आकाशको तुलना गर्न सकिन्न
त्यो भन्दा ठूलो छ मन
प्रकाशको पछि लागेर उछिन्ने केही छैन
छ भने मानिसको मन ।
सुपर सोनिक जहाज बने
त्यो भन्दा छिटो उड्छ मन
चन्द्रमामा मानिस पुग्नु अघि
मंगलमा पुगिसकेथ्यो मन ।
मनलाई मनले टक्कर दिन्छ
दुई मध्ये एक हार्छ मन
मनलाई नै अधिनमा राख्न नसक्नेको

कति अपवित्र होला मन ।
मनले बाँच्छ बाचा-कशम
मनले नै सदाको लागि तोड्दछ
प्रेम गर्न आतुर हुने मन नै हो
वितेका यथार्थ नहेरि भाग्दछ ।
मनले नै सद्गुणी वचन बोल्छ
आमाचकारी गाली गर्ने पनि त्यही हो ।
अणुको आकार नापयो
समुद्रको गहिराई पिन
तर आजसम्म नाप्न सकिएन
कति ठूलो छ मान्छेको मन ।

2 Comments:

Luna said...

हो , सबै भन्दा ठुलो मन नै हो अनि यै मन कहिले काही सबै भन्दा सानो पनि
भैदिन्छा त्यै भ र त ब्रम्हाण्ड अटाउने मनमा कहिले काही तिल पनि
अटौदैना :)
गज्जब को मन जस्तै गज्जब को कविता ! मन पर्यो ।

निरन्तरताको शुभ कामना है ।

Nepalean said...

गित,कबिता,प्रेमपत्रमा तन,मन र धनको निकै कुरा हुन्छ। गुरुजीले भने जस्तै मन नै सबभन्दा ठूलो रैछ क्यार।
तन भन्ने चिज त्यस्तै हो,धनको त के कुरा गराई भो र,मन रहे सबै रहन्छ। ल म पनि गुरुजीसंग सहमत भए।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !