June 10, 2010

अमिताभ बच्चन को नसा मा नेपाली खुन

इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म बर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकि रहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोर्ट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।
बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपुर्व छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्येपुर्वका थुपै देशहरुमा दुइ शताब्दी अगाडीदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ । बसोबासमात्रै हैन, उनिहरु जहां जहां बसेकाछन् त्यहां त्यहां हल्लनै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् ।
यसपटक भारतमा रहेका ग्रेटर नेपालीहरुको बारेमा मात्र चर्चा गरिदैछ । बलिउड नायक अमिताभ बच्चनका बराजु पनि नेपाली नै हुन् भन्दा खित्का छाड्नु हुन्छ होला ! भारतवर्षको इतिहास पढ्नोस्- बच्चन परिवारको रग रगमा कालिगण्डकी नदीको पानी सिञ्चित भएको छ । भूपी शेरचनको अप्रकासित रचना ‘थाकखोलाको इतिहास’मा उल्लेख भए अनुसार तल्लो मुस्ताङ्का थकालीहरु सदियौंदेखी तिब्बत-गोरखपुर-इलाहाबादको ब्यापार गर्दथे । ब्यापारिक घरानाका ती पांच भाई थकाली मध्ये एकभाईले ब्यापारका क्रममा भारतको अहमदाबादमै घरजम गरे । उनै जौ बिरसिंह बच्चनका छोरा हरिवंश राय बच्चन र हरिवंश राय बच्चनका छोरा अमिताभ बच्चन अहिलेपनि गर्वले भन्ने गर्दछन्- ‘कानुनके नजरमें तो हम हिन्दुस्तानी लगते हैं, लेकिन मेरी शरीरमें शेरचन, गौचन, भट्टचन, और तुलाचनका खुन दौड रहा है-क्यों कि मै हुं अमिताभ बच्चन !!’
जानकारी रहोस्-अमिताभ बच्चनपनि बेलाबेलामा मुस्ताङ्को यात्रामा निस्कने गर्दछन् । सिने म्यागेजिन ‘स्टार-डस्ट’ले २००५ को जनवरी अंकमा लेखेको थियो-’अमिताभ बच्चनले आफु अभिनित चलचित्र ‘खुदा गवाह’को छायांकन आफ्नो पुख्र्यौली थलोमा गर्नुपर्ने शर्त राखेपछि उक्त चलचित्रको अधिकांस छायांकन जोमसोम वरपर गरिएको थियो ।
अछाम जिल्लाको सांफे बगर वरपर रावलहरुको ठूलो बस्ती छ । त्यतै आफ्नो जन्मथलो भएका हाम्रा गृहमन्त्री भीम रावलका बराजु कर्ण सिंह रावल डेढसय बर्षअघि थातथलो छोडेर एक्कासी बेपत्ता भए । मर्यो – बांच्यो, शताब्दीऔंसम्म केही पत्तो लागेन । पांचबर्षआगाडी बाह्रबुंदे सहमतीको क्रममा भीम रावलको दिल्लीमा बलिउडका एकजना चर्चित कलाकारसंग भेट भयो । कुराकानीको क्रममा ती कलाकारको लवज डोट्याली लवजसंग मिल्दो जुल्दो लागेपछि मन्त्री रावलले सोधखोज गरेछन् । कलाकारले ‘धेरै कुरो आफुलाई थाहा नभएपनि आफ्ना बराजु नेपालकै कुनै गाउंबाट भारत छिरेको’ बताए । खोजबिनको क्रममा पत्ता लाग्यो- उनै कर्ण सिंह रावलका पनाती पो रहेछन् ति कलाकार, अर्थात् परेस रावल ! अहिले भीम रावल र परेस रावलबिच काका भतिजको संबन्ध छ , चाडबाडमा आउजाउ पनि हुने गर्दछ । भीम रावल भन्छन्- ‘म पारिवारिक भेटघाटमा दिल्ली जाने गर्दछु, तर मिडिया चाकडी बजाउन गयो भनेर आरोप लगाउंछन् । ’
भारतीय नेताहरु नेपालप्रति सधैं गंभीर हुने एउटा कारण मित्रता हो भने अर्को कारण बन्धुत्व हो । यसकार्यमा भाजपा सबैभन्दा अगाडी छ, किनभने त्यस पार्टीका बरिष्ठ नेताहरु नेपाली मूलका रहेकाछन् । यो कुनै शताब्दी पुरानो इतिहास पनि हैन । भोजपुरको गोगनेमा गएर त्यहांका बजगाईंहरुलाई सोध्नोस्- उनिहरुले तपाईंलाई प्रष्ट पार्नेछन् । उहिले गोगनेका मुखिया अक्कल बहादुर बजगाईं जोगमनीको ब्यापार गर्दथे । आउंदा जांदा उनि भारततिरै बसोबास गर्न थाले । रहंदै बस्दैजादा भारतीय राजनीतिमा पनि उनले आफ्नो पहुंच बढाए । भारत छोडो आन्दोलनमा श्री बजगाईंको त्यागको कदर गर्दै सरकारले भारत रत्नले संमान पनि गरेको थियो । भाजपाको बरिष्ठ नेता ‘अटल बिहारी बाजपेयी’ उनै अक्कल बहादुर बजगाईंका जेठा छोरा हुन् ।
श्री पाजपेयीले आफ्नो आत्म बृतान्त ‘मैं और मेरी तन्हाई’को पेज नं.११८ मा लेखेकाछन्-’हमारे पिता ने मेरा नाम अटल बहादुर बजगाई रखे थे, लालकृष्ण अडवाणीका वास्तविक नाम रामकृष्ण अधिकारी है और उमा भारती ने तो अपना नाम हि नही बदली, क्यों कि बागलुंगसे बंगलोर आए हुए उनका दादा रमानाथ भारतीले उमाको यह नाम दिया था ।’
२०४५ सालको भारतीय नाकाबन्दी कसैले बिर्सिएको छैन । तर, त्यो नाकाबन्दी हटाउन पहल गर्ने गोप्य शूत्रको बारेमा भने कमैलाई थाहा होला । तत्कालिन भारतीय सत्तालाई झुकाउन बाध्य पार्ने दबाबको नेतृत्व नेपाली मूलका एक भारतीय नागरिक तथा संस्कृतिकर्मी ‘अगम निगम’ले गरेका थिए । स्मरण रहोस्- अगम निगम चर्चित गायक सोनु निगमका पिता हुन् ।
विकिपेडियाका अनुसार एक शताब्दी अघि पुर्वी पांचथरका नेम्बाङ्हरु नै भारत बसोबास गर्न थालेपछि ‘निगम’ लेख्न थालेकाछन् ।

साभार :
1) http://www.wikipedia.org
2) http://merolimbuwan.wordpress.com
3) विभिन्न खोज मुलक पत्रपत्रिकाहरु।
4)डामाडोल डेस्क (पछी थपिएको)
-दिनेश चन्द्र पन्थी
काठमाण्डौ।

31 Comments:

sanu jange said...

dhanyabad Dinesh jyu, anyantai ramro ani khojpurna lekh lekhera hami pathak lai thulo gun lagaunu bhayo, feri feri pani yastai lekh haru lekhnu hola sathai mathi bhane jhai aru aru thau ka nepali haruko barema pani khoj bin garnekosis garnu hola hai...
feri DHANYABAD bhandai.....

arko lekh ma bhetaula la

Anonymous said...

saro hawa guf pani garnu bhayana ni

Anonymous said...

nigam,bachhan,rawal,bajpayi ti sabai nepali hun ta?
ho ki hoina bhanne.

Aakar said...

Writer has given, references as well....
But I think, this is solely written by our very own comedian actor 'Manoj Gajurel'.

Please consider this, and mention Manoj Gajurel in this blog post. Thanks !

SL Nepal said...

This is True.

Anonymous said...

नाम सहित साभार गरे उत्तम, कपी पेस्ट गरे खत्तम !

mysansar.com
http://damadol.com/ReadArticle.asp?ArticleId=575

sabaima pahile nai Manoj Gajurelko name ma chhapiyeko chha.

Anonymous said...

मनोज गजुरेलको रचना हो । कम्तिमा साभार त लेख्नु पर्छ ।

Anonymous said...

ओर्जिनल लेख(www.mysansar.com) र ओर्जिनल लेखक (Manoj Gajurel)पढ्न र जान्न तलको लिँक क्लिक गर्नुहोस् ।

http://www.nepalupclose.com/130691-FullNews-Nepal.aspx

K. Shrestha said...

Mysansar ko lekh choreko laaj pachayera.

Dinesh Chandra Panthy said...

मैले साभार गरेको http://merolimbuwan.wordpress.com बाट हो। साथीहरुले पुरै पढ्नु भएन कि के हो । स्पस्टसंग लेखेको छु अन्तिम मा । थप उत्सुकताको लागी wikipedia र online पत्रिका हरु पनि हेरेको हो।
-दिनेश चन्द्र पन्थी

Dinesh Chandra Panthy said...

मैले पहिलो पल्ट यो article(edit सहित) http://merolimbuwan.wordpress.com मा पढें त्यसमा मनोज गजुरेलको नाम थिएन,
त्यसैले मनोज गजुरेल ले नै संकलन गरेको भनेर थाहा पनि भएन।
तर मलाई लेख रमाईलो लाग्यो, साथीहरु लाई पनि रमाईलो लाग्ला भनेर यो blog मा राखेको।
साभार मा राम्रो संग खुलाएको छु।

Nepalean said...

यो पहिला पनि पढेको थिए। फेरी पढ्दा रमाइलो लाग्यो। लेख हेर्दा सही हो कि होइन जस्तो लाग्छ। सही भए गर्भनै गर्नुपर्छ, नेपाली सन्तती देश बाहिर पनि राम्रो गर्दैछन।
ओरिजनल कस्ले लेखेको त्यो त पत्तालाउन गार्है होला जस्तो छ। दिनेशजीको सोर्समा मनोज गजुरेलको नाम नदेखेपछी कि मनोज गजुरेलले पनि त्यही सोर्स युज गरेको हुनुपर्छ कि त त्यो सोर्सले मनोज गजुरेललाइ क्रेडिट नदिएको हुनुपर्छ। तर दिनेश जी ले प्रष्टसंग आफ्नो सोर्स खुलाएकोले लेख तथा लेखक प्रती अन्याय भएको जस्तो लाग्दैन। अब प्रस्टसंग सोर्स भनेपछी चोरीका गालीहरु आफैं फिर्तालिनुहोला मित्रहरु।

Aakar said...

Nepalean ji, its a direct crime.... He hasn't given the exact link, if he has seen in wikipedia. No one can find, this piece in http://www.wikipedia.org . Or someone can say, You can find in Google.. If you go to google.com and search this, you may find the source...

And we (commentators) have already said that, this was written by Manoj Gajurel, and has provided the link of mysansar and damadol as well... But instead of giving source, blogger is saying, I've found this here and there... It doesn't sounds good.

And this was also published in National youth Monthly Magazine 'Nawa Yuba'. So, Dinesh ji, it would be better if you add the original writer name in your source list...

Nepalean said...

ओरिजनल सोर्स त एउटै हुन्छ हैन र? तर लेख कसरी उतारिएको हो भन्नेमा भरपर्छ। मिस मास गरेको भए थुप्रै पनि हुन सक्छन तर ठ्याक्कै हो भने त एउटै मात्र हुन्छ। बेबको सोर्सको खुलाउंदा लम्बेतान लिंक प्राय ठाउंमा प्रोफेसनल मानिदैन।
आज भकुन्डो हेरपछी आकारले दिएको सोर्समा सोध खोज गरुंला। ब्लगका लेख बिना साभार राखिनुको पक्षमा त म पनि छैन है?

ठरकि दादा said...

कपि पेस्ट पोस्टको बारेमा दौँतरीको यही आँगनमा पनि धेरै कुरा भैसके र म व्यक्तिगत रुपमा सधैँ त्यसको विपक्षमा उभिएको छु ।

मूल लेखकले 'क्रेडिट पाउने' गरी कुनै राम्रो कुरा सबैमा बाँडनु ठीकै भएपनि कुनै पनि लेख रचना दुरुस्तै सारेर राख्ने काम ठीक हैन र यसो भन्नलाई हच्कीनु पर्ने आवश्यक्ता पनि देख्दिन म ।

अर्को कुरा यो नितान्त व्यङ्ग्य रचनालाई "जानाकारी, शोध/ अध्ययन" लेवलमा राखेर पाठकलाई भ्रमीत गर्नु पनि गलत हो है ।

यो लेख निकै तालमेल मिलाएर र रोचक ढंगबाट लेखिएको भए पनि हुन त हावा गफ नै हो ( यसो भने र मैले मूल लेखकको लेखकिय गुणवत्ताको अवमूल्यन गर्न खोजेको भने हैन )। मेरो मतलव यत्ति हो कि यो एउटा अत्यन्त रोचक ठट्टा हो र वास्तविकतासंग यसको कुनै सम्बन्ध छैन, यस्तो लेखलाई "जानकारी" वा शोध/ अध्ययन" मा राख्दा पाठकहरुमा अन्यौल वा भ्रम सृजना हुन सक्छ र त्यसतर्फ हामीले ध्यान दिनै पर्छ ।

मूल लेखको वारेमा लिन्क सहित जानकारी दिनुहुने सबैमा हार्दिक धन्यवाद ।

Nepalean said...

यता उती इन्टरनेटको जालोमा हल्लिंदा मैले यस्तो भेट्टाए है।

डामाडोल: पोष्ट मिती नखुलाइएको(पहिलो कमेन्ट: 1/22/10 ),अथर डामाडोल डेस्क
लिम्बुवान :पोष्ट मिती:1/29/2010, साभार: डामाडोल
माईसंसार: पोष्ट मिती: 2/3/2010,अथर: मनोज गजुरेल

यस्को मुख्य सोर्स डामाडोलनै हो कि जस्तो लाग्यो। यो लेख सत्य भए जानकारी,शोध अध्यन होला,नभाए ब्यंग नै हुनुपर्छ।
यो कुरा मनोजो गजुरेललाई नै थाहा होला।

Dinesh Chandra Panthy said...

धेरै जनाको धेरै comments आयो। यो लेखको पुरा link राख्न खोज्दा यस्तो आयो :
http://merolimbuwan.wordpress.com/2010/01/29/%E0%A4%85%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%AD-%E0%A4%AC%E0%A4%9A%E0%A5%8D%E0%A4%9A%E0%A4%A8-%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%B8%E0%A4%BE-%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA/

अनि मैले अलि professional नलागेर साभारमा http://merolimbuwan.wordpress.com मात्र राखें।
तर wikipedia चाहिं original article मा उल्लेख गरेकोले र आफैंलाई बढी उत्सुक लागेर search गरेको थिए तर fruitful सामग्री नभेटेपनि original auther ले कतै पत्ता पो लगाएको थियो कि भनेर original auther लाई सम्मान गर्दै राखेको हो।
अरु personal blog हरु हेरेको थिए तर मनोज गजुरेल को नाम देखिन,सायद उनिहरुले original auther प्रति अन्याय नै गरे कि।

साथीहरुको विचारमा म सहमत छु। म पनि धेरै थोरै लेख रचना तथा साहित्य सम्बन्धि केहि लेख्ने मान्छे भएकोले original auther लाई सम्मान गर्नै पर्छ भन्ने कुरामा विश्वास गर्छु। तर नेपालियन जि ले भने जस्तै site बिच्छे auther को नाम फरक परेपछि मैले refer गरेको site ले नै गल्ति गरेको हो कि भन्ने पनि लाग्यो। यदि साभार नै नलेखेको भए मेरो गल्ति हुने थियो तर स्पस्ट संग साभार लेखेको हुनाले मेरो गल्ति नहुनु पर्ने हो।

ठरकि जि ले भनेको कुरामा मेरो comments छ, आफुलाई नयां
लागेको कुरालाई तपाइ के भन्नुहुन्छ? म चाहिं त जानाकारी,शोध अध्ययन नै भन्छु।
धन्यवाद।

दिनेश

ठरकि दादा said...

विवाद गर्न खोजेको हैन। तर दिनेशजी, एउटा कुरा भने फेरि प्रष्ट गरौं है !

"नयाँ कुरा" सबै शोध अध्ययन हुँदैनन् । मैले कुनै नयाँ जोक वा कुनै लेखकको नयाँ हास्यव्यङ्ग्य पढें भने त्यो 'नयाँ जोक' वा 'नयाँ व्यङ्ग्य' होला तर शोध अध्ययन हुँदैन।

म फेरि एक पटक दोहर्‍याउँछु, यो लेख केवल हास्य व्यङ्ग्य लेख हो र यो लेखको वास्तविकतासंग दुई आना सम्बन्ध पनि छैन । अब यो लेखलाई शोध अध्ययन भन्ने हो भने त मैले नपढेका हरेक नयाँ कथा, चुटकीला, निबन्ध, प्रबन्ध र कविता अनि उपन्यास सबै शोध हुने भए ।

रह्यो कुरा जानकारीको यो कुनै ऐतिहासीक घटना नभै लेखकको व्यङ्ग्यात्मक कल्पना मात्र भएकोले यो 'जानकारी' पनि होईन । यसलाई जानकारी भन्दा पाठकले यसलाई 'साँचो घटना' मान्न सक्ने सम्भावना रहने कुरालाई नकार्न मिल्दैन ।

तर मैले यो लेख पहिले नपढेको हुनाले पढ्दा खुव रमाइलो लाग्यो र हाँस उठ्यो । यति रमाईलो रचना पढ्ने मौका दिनु भएकोमा धन्यवाद ।

Aakar said...

ठरकि दादा को कुरा मा म पनि 'सही' थप्छु । अनि नेपालियन जी, सायद मैले 'नव युवा' को अंक खोज्नुपर्ने भो होला, 'मनोज गजुरेल' को फोटो खिचेर देखाउन का लागि ! अनि दिनेश जी ले भनेको जस्तो, यो व्यंङ्ग्य लाई 'शोध' मान्न म तयार छैन !

Anonymous said...

मनोज गजुरेल फ्यान पेज मा पनि रहेछ है यो, 'मनोज गजुरेल' को नाउँ मा
http://www.facebook.com/notes/manoj-gajurel-fan-club/gretara-nepala-gretesta-nepali/125412850826987

Nepalean said...

हो त मनोज गजुरेलको फ्यानबुकमा पनि रहेछ। यो लेखले गर्दा एउटा कुरा सम्झना आयो। यस बर्षको फिफा गित सार्है मन परेकोले मैले डाउनलोड गरें। पछि गितका स्पेनिस शब्द जान्न नेटमा २ घण्टा लगाएर खोजे। यसो सोचें यस्लाइ सबटाइटल बनाएर युटुबमा राखे अरुले २ घण्टा खर्चनु नै पर्दैन। पछी सोचें सायद सबटाइटल भएको अर्को भिडियो पनि हुन सक्ला। तर त्यती बेला सम्म मैले सबटाइटल राखेर अपलोड गरिसकेको थिएं http://www.youtube.com/watch?v=VK77zdzg5Ag । पछि पो थाहा भयो यो गित र धेरै पहिला नै राखिएको रहेछ कोकाकोलाले वर्लडकपलाई हुने गरि यो गितलाइ पून-निर्माण गरेको रहेछ। सायद दिनेश जीलाइ पनि त्यस्तै भएको हुन सक्छ। केही कुरा सार्है मन पराएर राख्यो,कहिले कांही त एउटा सोच्यो पछी अर्कै हुनजान्छ। ब्लगको मज्जा नै यही हो। आफ्नो सोच र प्रस्तुती अरुसंग कती मेल,बिमेल खान्छ भनेर तुरुन्तै थाहा पाउन सकिन्छ।

आकारलाई भने यो लेखको चारै कूना थाहा रहेछ। आकार नेपाली ब्लग जगतका एउटा भेट्राननै नै परे। कागजी लेख देखी बिधुत्तिय लेख सम्म स्रोत दिएकोमा धन्यबाद। तर यो लेख साच्चै हो कि कमिडीहो यस्मा मैले अझै मेसो पाउन सकेको छैन। डामाडोललाई नेपाली ह्युमर म्याकेजीन भनेकोले यस्लाइ ह्युमरकै रुपमा लिन्छु। तर डामाडोल तथा अन्य ब्लगमा प्रकाशित ठाउंका कमेन्ट पढ्दा धेरैले यस्लाइ सत्य ठानेको पाए। अझ फेसबुकमा त अमिताभ बच्चन नेपाली भनेर एउटा समुहनै खोलिएको रहेछ। लेखको अन्तिममा पेट्रोलियम कंपनी'लाई 'नेपाल आयल निगम' राखेको भन्ने पढेपछी यो लेख बकबासै हो जस्तो लाग्यो। त्यसो भए त नेपालको बायु सेवा निगम,चिया निगम सबै अगम निगमलाई नै समपर्ण गरेको हुनुपर्यो। अब चांही सबैलाइ चेतना भयो कि यो लेखमा सत्यता छैन भन्ने?

एकलव्य ( Eklavya) said...

यो रमाईलो र उट्पटाङ लेख धेरै पहिला पढिसकेको हुनाले दौँतरीमा यसरी 'साँचो हो' भन्दै पुनर्प्रकाशित देख्दा ताज्जूब लागेको थियो । तर साथीहरूले खोज अनुसन्धान गरिसकेका रहेछन् ।

नेपालियनजी, यो पूर्णत: काल्पनिक लेखोट हो । बच्चनलाई शेरचन , गौचन र भट्टचनसंग भिडाउन खोजेर मात्र भयो र तिनका नाक, नक्शा मंगोल थकालीसंग पनि मिल्नु परेन र ? बजगाईँ वाजपेयी हुन भने पाकिस्तानका भुट्टोलाई बाबुराम भट्टराई वा लेखराज भट्टका मामा भन्दिए भैहाल्यो नि !

नेपाल र भारतका थरहरू र मान्छेहरूको साइनो र नाता अत्यन्त प्रगाढ हुनसक्छ । कतिपय थरहरू उस्तै मिल्छन् । बंगालीका धेरै थरहरू नेवारका थरसंग, अनि राजस्थानी, गुजराती, उडिया र बंगालीका कतिपय थरहरू पनि नेपाली बाहुन र नेवारसंग मिल्न सक्छन् ।

पुराना वेष्भिट इण्डियन र अहिले इङ्लायण्डमा बस्ने नोबेल पुरस्कार बिजेता भि एस नयपालले भने बनारस वरिपरि बसोवास भएका आफ्ना पूर्वजहरू कुनै समय नेपलाबाट वाराणसी आएका 'नेपाल' थरिहरू हुन् भनेर स्वीकार गरेका छन् ।

गौतम बुद्धलाई भारतीय बनाउन खोज्ने भारतिय मिडियाको प्रत्यूत्तरमा लेखिएको यो मनोरञ्जक आलेख नितान्त काल्पनिक भए पनि , रमाईलो भने छ , है ।

Anonymous said...

मनोज गजुरेल ब्यङ्य लेखक, पत्रकार तथा कलाकार हुन । बिचार अन्तर्क्रियामुखी मासिक नवयुवा देखि कान्तिपुरको नेपाल साप्ताहिक हुँदै थुप्रै पत्रपत्रिकामा उनका बिचारोतेजक, पठनिय तथा हास्यब्यङ्यत्मक रचनाहरु हस्यब्यङ्यका पाठकले पढ्दै आएको हो ।

-यो उनको रचना हो भन्ने कुरामा कुनै दुइमत नै रहेन, छल्फल नै बेकार छ । दोस्रो, यो सत्य हो की काल्पनिक भन्ने कुरामा पनि समय खर्चनु बेकार लाग्छ । किनभने मनोज गजुरेलका रचनाहरु मान्छेको दिमागलाई चक्क्रायेर हो नै जस्तो परेर अन्तिममा चोटिलो, घोचिलो र मर्म्स्पर्सी सन्देश दिन्छन ।

-उनका २०७५ सालको नेपाल, इन्टरनेटभन्दा पहीले इन्द्रनेट, हल्लिउड्मा भुटानीजस्ता लेख, प्रस्तुती हेरौ ।
अन्तिम, सुरेशजी को कामलाई चोरिनै भन्न त चाहन्न, तर पाटकलाई अन्योलमा राख्ने प्रयास चाँही गरेकै हो । येस्ता कुरामा बहस रोकौ, नयाँ काममा लागौ । जय नेपाल ।

Dinesh Chandra Panthy said...

जति वादविवाद भएपनि यो साभार लेख ले एउटा राम्रो discussion forum तयार पार्‍यो यसमा creative तथा suggestive comments गर्नुहुने सबै साथीहरुलाई मुरी मुरी घन्यवाद।

एकलब्य जी ले भने जस्तै नोबेल पुरस्कार बिजेता भि एस नयपालको बारेमा उहाँलाई नै भेटेर आउने एकजना मेरा आदरणिय गुरु(राजेन्द्रलाल राजभण्डारी, Associate Professor, IOE, Pulchowk campus)संग पनि मैले केहि कुरा गर्ने मौका थिएं, यो मलाई पनि विश्वास लाग्यो।

४-५ महिना पहिले official कामले भारतको विभिन्न सहरहरु घुम्ने मौका मिलेको थियो, स्थायी रुपमा त्यहाँ बस्ने नेपाली समुदायको ठुलो संख्या देखेर रमाईलो लाग्यो, ति मध्ये विभिन्न क्षेत्रमा स्थापित नेपालीहरु पनि ठुप्रै भेटियो। कतिलाई नेपाली बोल्न पनि सार्‍है अप्ठेरो परिरहेको अनुमान हुन्थ्यो। प्राय सबै नै भारत भर फिंजिएका चांही बनारस बाट नै रहेछ। सायद त्यसैले होला कमरेड प्रचण्डले पनि भारत सँग रोटी र बेटी को सम्बन्ध छ भनेका। मैले भन्न खोजेको लेख ब्यङ्ग नै भएपनि भारतमा उच्च दर्जामा रहेका नेपालीहरु उल्लेखनिय नै छन्।

इतिहास को कालखण्डमा को कहाँ पुगेका छन्, थाहा पाउनै गार्‍हो। तर जो जहाँ पुगेपनि केहि न केहि नयाँ काम गरेर नेपाली हुनुको गर्व राख्दै मातृभुमि प्रति अगाढ प्रेम चांहि राखौं है साथिहरु हो। अलि भावुक भइयो कि के हो..........

दिनेश

Nepalean said...

सत्य,ठट्टा,मुख्य स्रोत आदी बिच बहश भएको माथीको टांसो सायद निचोडमा पूग्यो होला। त्यसै अनुरुप यस्लाई हांसो ठट्टा तथा स्रोतमा डामाडोललाइ समेटेको छु। यसबिचमा दिनेजजीसंग त गफ हुन पाएन तर दिनेशजीको निचोड पनि सायद यही होला। लेख भन्दा पनि मलाई त कमेन्टहरु रमाइलो लाग्यो। यो लेख यांहा नराखिएको भए मैले त पहिला पढेकोलाई साच्चै हो की जस्तो लागिरहने रहेछ। मनथन गरेर सहिकुराको निचोड निकाल्नु नै ब्लगीगंको मज्जा हो,हैन त?

Dinesh Chandra Panthy said...

तपाईंको कुरामा म सहमत छु नेपालियन जी।

Dhruba Panthi said...

स्पष्टसँग स्रोत नखोजिकन/नखुलाइकन दौँतरीमा रचना साभार गरिएको देख्दा दु:ख लागेको थियो। अहिले हेर्दा यस विषयमा थुप्रै बहस भैसकेछ र दिनेशजीले आफ्नो कुरा पनि प्रष्ट पार्नुभएको रहेछ। तर साभार भनेर अझै पनि http://www.wikipedia.org र 'विभिन्न खोज मुलक पत्रपत्रिकाहरु' समेत उल्लेख गरिएको भने पटक्कै चित्तबुझ्दो भएन। यसलाई पनि सच्चाइयोस् भन्ने मेरो अनुरोध छ।

Dinesh Chandra Panthy said...

wikipedia र अन्य स्रोतहरुको को बारेमा पनि मैले स्पस्ट पारिसकेको छु ध्रुव जी माथी नै। मेरो प्रतिक्रियाहरु सबै हेर्नुहोला।

Nepalean said...

ध्रुब पन्थी जी, २-३ अघी नै स्रोतमा डामाडोल डेस्क भनेर थपिसकिएको छ। यसो उसो गर्दा मुख्य स्रोत त्यही देखियो। त्यो स्रोतको अन्तिम पंक्तीमा छ। कहिले कांही एउटा स्रोत सोचिरहंदा स्रोत अन्तिमतिरै जान पूग्छ। उही तरुल खने जस्तो !

Anonymous said...

I think Dinesh Ji, himself was confused about it. He thought it as 'historic research paper' and republished it here. But as most of the commenter has pointed, it is a mere humor.

So giving references of Wikipedia and 'विभिन्न खोज मुलक पत्रपत्रिकाहरु' really makes it ridiculous. I request Dautari Admins to remove those funny lines as references.

Rajiv

gsuraj said...

choor sale

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !