March 28, 2010

गिरिजाबाबु

गिरिजाबाबु !!!

गिरिजा बाबुले सांसारिक देह त्याग गरेको एक हफ्ता भयो। अझै पनि गिरिजा बाबु लाई गाली गर्नेहरुको स्वर सुकेको छैन, अझ गाली दिनेहरुलाई ताली बजाउनेहरुको घुइंचो माइसंसार देखी साझा डट कम सम्म यथेष्टै भेटिन्छन्। मृत्‍यु भन्दा धेरै अगाडि मृत्‍युको कामना गर्नेहरु पनि त्यतिकै भेटिए। शत्रु मर्दा पनि मलामी जाने हाम्रो संस्कारलाई रिमिक्स गरेर गिरिजा मर्दा पार्टी गर्ने नयाँ नेपालका नयाँ सन्ततिहरु पनि देखिए।

निश्चय नै गिरिजा बाबु प्रसंशाका पात्र मात्र थिएन। अनेक गल्ती र कमजोरिहरु उहाँमा थिए र गरे पनि । तर देश र प्रजातन्त्र प्रतीको अडान र लगावमा शंका धेरै थोरैले गरे । देशको संक्रमण काल मा १०८ तिर फर्केका नेताहरुलाई एक ठाउमा ल्याउन सक्ने अदभूत गुण उहाँमा थियो र उहाँको आबश्यकता सबैले महशूश गर्दै छन अहिले। सबै भन्दा बढी मृत्‍युको कामना गर्ने जंगलिहरुलाई अहिले सबै भन्दा बढी याद आएको छ। बाबुराम भट्टराई को शब्द सापटी लिने हो भने उहाँले पनि अभिबावक गुमाउनु भयो ।

जिन्दगी मा एक पल्ट गिरिजा बाबु लाई भेट्ने मौका मिलेको थियो । २००१ तिरको कुरा हो । केही इन्जिनियर साथीहरु संग गिरिजा बाबु कहाँ डेलिगेशन गएका थियौं , महाराजगंज स्थित डा शशांक कोइरालाको घर मा। गिरिजा बाबुले दिएको समयमा घरमा हुनुथेन, हामी बाहिर चक्रपथको चिया पसलमा चिया खाँदै उहाँ आउने प्रतिक्षा गरी रहेका थियौं। एक से एक नेता भनौदा इन्जिनियर साहेबहरुले म गिरिजा लाई यो भन्छु, उ भन्छु । यस्तो गर्नु हुँदैन , यहाँ यस्तो अन्याय भएको छ आदी इत्यादी फलाक्दै थिए। कारीब आधा घण्टा पछी गिरिजा बाबु को गाडी आएको देखे पछी सबै गिरिजा बाबु को निवास तिर लाग्यौं ।

केही समय पछी नै गिरिजा बाबु बैठक कोठा आउनु भयो र उहाँ बस्ने निर्धारित कुर्सीमा बस्दै पहिला ढिला भएको मा क्षमा माग्नु भयो र भन्नु भयो " भाईहरु को गुनासो भनाइ के के छ, एक एक गर्दै भन्नु होला "। यती के भन्नु भाथ्यो, सब को बोली बन्द। कसैको मुखबाट एक शब्द निस्केन । अघी मै हुँं भन्ने नेता महोदयको त झन अनुहार हेर्न लायक को थियो । साच्चै उहाँको मुहार मा गज्जबको कान्ती थियो। एउटा यस्तो ब्यक्तितित्व थियो, मै हुं भन्नेको पनि बोली अड्किन्थ्यो।

"केही छैन भने किन आउनु भएको तपाईंहरु ? म हिंडे । चिया खाएर जानु होला।" भन्दै गिरिजा बाबु कुर्सिबाट् उठ्नु भयो र यत्तिकैमा एकजना मित्र जो गिरिजा बाबुको मा आउने जाने गर्थ्यो ,ले बडा हिम्मतका साथ हाम्रो गुनासो एक सास भनी हाले।

गिरिजा बाबु ले यहाँ यो कुरा, म आजै फोन गरेर भन्दिन्छु, समाधान हुन्छ, ढुक्क भएर जानुस् भन्दै संगै उभिएका सहयोगी शायद गोकर्ण पौडेल हुनुहुन्थ्यो होला, लाई भरे मलाई सम्झाउनु भन्दै माथि कोठा तिर लाग्नु भयो ।

आज आएर मेरो मानसपलट मा गिरिजाको अगाडि प्रचन्ड पनि लुत्रुक्क भन्ने समाचार तैरिएको छ। अजब को ब्यक्तित्व नै सबै जना झुक्नु को कारण जस्तो लाग्छ। पार्टिको आनतरिक बादबिबाद पनि गिरिजाबाबु को अनुपास्थितिमा उहाँ माथि खनिनेहरु उहाँको अगाडि भिजेको मुसो बनेको धेरैले पढेको देखेको समाचार् हो ।

देशले एक योग्दा गुमाएको छ। उहाँ प्रती हार्दिक श्रद्धान्जली ।

5 Comments:

Anonymous said...

गिरिजा बाबुले सांसारिक देह त्याग गरेको एक हफ्ता भयो। अझै पनि गिरिजा बाबु लाई गाली गर्नेहरुको स्वर सुकेको छैन, अझ गाली दिनेहरुलाई ताली बजाउनेहरुको घुइंचो माइसंसार देखी साझा डट कम सम्म यथेष्टै भेटिन्छन्। मृत्‍यु भन्दा धेरै अगाडि मृत्‍युको कामना गर्नेहरु पनि त्यतिकै भेटिए। शत्रु मर्दा पनि मलामी जाने हाम्रो संस्कारलाई रिमिक्स गरेर गिरिजा मर्दा पार्टी गर्ने नयाँ नेपालका नयाँ सन्ततिहरु पनि देखिए।
manche marda party? sayed tiniharule kahile sochenna tiniharuka afanta marda arule party garda kasto feel huncha bhanera.

kamaladi said...

मन पराउनु वा मन नपराउनु सबैको आ-आफ्नै विचार हो, तर मरेकोमा खुशीयाली मनाउनु त अति नै भयो है ।

म क्रान्तिकारी गिरिजाको सम्मान् गर्छु, तर देश Govern गर्ने कुरोमा भने उनि बारे मेरो त्यस्तो सकारात्मक धारणा धेरै केही छैन ।

-Prajwol-

Nepalean said...

अस्ती एक जना पूराना साथीसंग कुरा भएको थियो। अन्य केही कुरा भए पछी गिरीजा मरेको कुरा आयो। साथीले भने-सारै नरामइलो लाग्यो, मैले त एक छाक खाना पनि छोडें। मैले केही भनिन। उनको गिरीजा प्रती श्रद्धा थियो छोडे। हामीले पनि ज-जस्प्रती श्रद्दा हुन्छन उनीहरु मर्दा छाक छोड्छौं। तर राहुल भाइले भने जस्तो गिरीजा मर्दा पार्टी गर्ने जमात देखेर भने म अवाक भएं। नेपालीहरु धर्ममा मात्र हिन्दु छन,प्राय थूप्रै बानी ब्यहोरा मुस्लिमको जस्तै हिंशालु हुन्छन।(यसमा कुनै धर्मलाइ आक्षेप लगाउन खोजेको होइन)

मैले गिरीजालाइ त कहिल्यै भेटिन,तर गिरीजाका फ्यानहरुलाइ भेटेको छु। उनले मान्छेहरुलाइ यस्तो प्रभाबित पार्थेकी कती मानिस त गिरीजाको भाषण खोजी खोजी सुन्न जान्थे। तसर्थ राहुल दाइले भनेको कुरा एक्दम सही लाग्यो। राहुल दाइ बेला बेलामा दौंतरीमा झुल्की रहनुहोला।

Zero Hour (शुन्य समय) said...

व्यक्तित्वका हिसाबले गिरिजा नेपालका राजनितिज्ञहरुमा "क" वर्गमा पर्छन । राजनीतिमा ०४६ साल पछि शक्तिको हिसाबले अब्बल प्रधानमन्त्री नै हुन । के वा कसको भुमिकाको कारणले हो थाहा भएन तर ०४८ पछि राजनीतिले राम्रो भन्दा पनि कुबाटो पकड्दै गयो , यसको जस वा अपजसका भागीदार उनी पनि हुन । तर अन्तिमतिर आएर उनी पुन राजनीतिको बागडोरको शिखरमा पुगेकै हुन। राजा, भारत देखि प्रचण्डसम्म टक्कर लिन सक्ने शायदै यि मात्र होलान नेपालको राजनितिक नेतृत्वमा । जे होस एउटा युगको अन्त्य भएको छ । भारतीयहरुले पनि यिनलाई दक्षिण एशियाकै नेता भनिदिंदा नेपालीहरुले नाक खुम्च्याउनु पर्ने कुनै कारण देख्दिन बरु गर्व गर्दा फरक पर्दैन (कांग्रेसको नेताको रुपमा हैन कि एउटा शिखर पुरुषको रुपमा)।

एकलव्य ( Eklavya) said...

राहुलभाइजीले औँल्याउनु भए जस्ता खालका व्यवहार र कुराहरू मैले पनि देखेँ पढेँ । मलाई पनि लागेको छ , विचार , प्रवृत्ति र पात्रहरूसंग सबै मान्छेहरू सँधै सहमत हुन्छन् भन्ने कुरा सोच्नु त अर्घेल्याइँ नै होला तर , मान्छे अमनावियताको नीच स्तरसम्म ओर्लेर आँफूलाई किन रित्याउँछन् कुन्नि, मैले बुझ्न सकिन । मैले पनि केही नेपाली ब्लग पेजहरु पढ्दा मान्छेका अभिव्यक्ति र सोचहरूको निकृष्टता किन यसरी आइरेहको छ बुझ्न नसकेर अवाक बनेँ ।

नेपालमा जसले जति चर्को र उग्रता पूर्वक कुरा गर्न सक्यो वा सिक्यो त्यही भाषणवाज र नेता बन्ने चलन हावी हुँदै जानु, पार्टी र नेताहरूले आफ्ना काम र उपलब्धिको बखान भन्दा अरूको उछित्तो काढेर वा अरूको नकारात्मकताबाट आफ्नो उचाइ बढाउन खोज्नु र समग्रमा हाम्रो संस्कार यही रूपमा अघि बढ्दै जानाले हाम्रो बुझाइ नै खोटो बन्दै गएको छ । हामी पार्टी , वाद र आग्रहका हाम्रा अनुकुलतामा जोखेर मात्र जीवन र जगतको सोलोडोलो मूल्यांकन गर्ने रोबोटिक मान्छे बन्दै गएका छौँ र यसमा असहमति र विवाद बीच पनि मानवियताका सर्वसामान्य आधारहरू निरन्तर भत्काइँदै लगिएका छन् । गिरिजाको मृत्यूमा मम पार्टी गर्ने साझाका कुनै युजरको चाहना वा माइसंसारका कमेण्टेटरहरूको यस्तै अभिव्यक्तिहरूलाई हामीले अति घृणाको आग्रहयुक्त संस्कारमा दिक्षित मूल्यबिहीन र नीच र मूढ पुस्ताको विक्षिप्तता ठान्नु पर्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !