August 14, 2009

मन्दिरको ढेडु र कुर्सीको बाँदर !

मन्दिरको एउटा ढेडु
नित्य निरन्तर
बिहान उठेर आफ्ना बथानसंगै
बथानकै हितको लागि जुट्छ।

आर्को ईलाकाको घुसपैठलाई धपाउँछ
आफ्नो बथानको लागि रसद जुटाउँछ
बाहिरीया संग जे-जस्तो भए पनि
आफ्नो एकतामा समय लुटाउँछ

कुर्सीको अर्को बादँर सधैं सधैं
आफ्नै समुहबाट बच्न खोज्छ
कुर्सी सुरक्षीत हुन्छ भने
सिमा मिचाई पनि भुलाउँछ

आर्को समुह देखि मात्रै हैन
आफ्नै खैरे, पाँङ्रे र ध्वाँसेसंग सशंकित हुन्छ,
ध्वाँसेलाई काले र खैरेलाई पाँङ्रेसंग जुधाउँछ
कुर्सि बचाउन हिमाल र बुद्ध पनि बुझाउँछ

मन्दिरको ढेडु,
आफ्ना जत्थाको पिरमा साझेदार हुन्छ
कुर्सिको बाँदर,
समस्याको बेलामा विदेश सबार हुन्छ

मन्दिरको ढेडु उमेर ढल्के पछि
जवान ढेडुलाई जिम्मा सुम्पन्छ
कुर्सीको ढेडु, आर्यघाट बाटै पनि
हैकम चलाउन तम्सन्छ

मन्दिरको ढेडु
मन्दिरको अखण्डता पुरा गर्छ
कुर्सीको बाँदर
अंशबण्डाको कुरा गर्छ

अचम्म छ, कुर्सीको बाँदरको
उल्टै क्या सम्मान छ !
मन्दिरको ढेडु बिचरा,
व्यर्थैमा बदनाम छ



6 Comments:

Biplab said...

मन्दिरको एउटा ढेडु
नित्य निरन्तर
बिहान उठेर आफ्ना बथानसंगै
बथानकै हितको लागि जुट्छ।
He is a good dhedu. Thats what a dhedu is supposed to be doing.
Right friends/

एकलव्य ( Eklavya) said...

कविता मन पर्‍यो, सरल र भावनायुक्त ।

Zero Hour (शुन्य समय) said...

मन्दिरको ढेंडु त हाम्रो देशमा छैन कि के हो ।

पुष्प said...

Hats Off ठरकिजी...

आर्को ईलाकाको घुसपैठलाई धपाउँछ
आफ्नो बथानको लागि रसद जुटाउँछ
बाहिरीया संग जे-जस्तो भए पनि
आफ्नो एकतामा समय लुटाउँछ

कुर्सीको अर्को बादँर सधैं सधैं
आफ्नै समुहबाट बच्न खोज्छ
कुर्सी सुरक्षीत हुन्छ भने
सिमा मिचाई पनि भुलाउँछ

प्रबिण थापा said...

nice! Thanks Thakari ji

नेपालियन said...

ढेडूलाइ लिएर यती राम्रो कबिता बन्दो रहेछ। सारै राम्रो ठरकी जि।

मैले यसमा कबिता लेखेको भए अलिक भिन्न तरिकाले कुर्ची ढेडु प्रस्तुत गर्थेहोला। समुहको ढेडु भने करिब उस्तै रहन्थ्यो। मेरो कबिता धेरै यथार्थता तिर जान्थ्यो होला। सानोमा छंदा यस्ता ढेडुले सार्है सताउथे। घाम,पानी,सांझ,बिहान सधै मौका छोपीरहेन्थे। म भन्थे होला:

बथाने ढेडू समुहमा घुसपैठ रोक्दै
बथानको रक्षामा समय कटाउंछ
खानाको चाजो पाजो मिलाउन
एक्ले डेढु त्यही बथान फुटाउंछ

यो चाही यथार्तपरक है। जब हिउंद लाग्छ जंगलमा खाना कम हुन्छ अनि खाना पाउन मूस्किल हुनाले केही साना डेढुहरु आफ्नो छुट्टै खाने ब्यबस्था मिलाउन बगालबाट छुट्टिने गर्छन। उता ठुलो बगाल खानाको अभावमा दुब्लाउदै जान्छन भने यता एक्ले ढेडु टन्न खान पाएर झन मोटाउदै जान्छन।
अब फेरी बांदरकै प्रशंग। गाउंमा बादरले सारै दु:ख दिने हुनाले बादर धपाउने पालो हुन्थ्यो। एक पटक मेरो साथिको पालो पर्यो। हामीले यता उता हेर्यों बांदर कतै थिएनन। अनि अलि उता खाल्टो पट्टी गुच्चा खेल्न थाल्यौं। एकैछिनमा बांदर कताबाट आएछन तिनीहरुले त मकै निमास पार्न थालिहाले। बांदर प्राय भक्के दाइको बारीमा केन्द्रित रहेछन। संयोग पनि कस्ते भक्के दाइ त्यती बेला त्यही बाटो हिंड्दै रहेछन। उनि त्यती बेला मशाल छैठौंमा थिए। बादर धपाउनु कांहा छ कांहा उनले त त्यहिं दिइहाले भाषण। "हरेक बांदरको हातमा एक एक मकैको पुड्का छ। बांदर धपाने पालोमा बांदर नधपाइ मस्तसंग घर बस्नेलाइ कडा कारबाही गरिन्छ।"त्यती बेला तिन्को भाषण सुनेर हामी केटाकेटीको धन्नै कट्टु चिसो भएको थियो। तर पछि भने रमाइलो गर्ने कहिले काहिं हामी तिनकै बादर भाषण दोह्राएर रमाइलो गर्थ्यौं।हरेक बादरको हातमा...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !