June 21, 2009

नेपालको जातिगत तथ्य र तथ्यांक

नेपालमा पछिल्लो जनगणना वि सं २०५८ मा सम्पन्न भएको थियो । सो जनगनना अनुसार , नेपालमा कूल जनसंख्याको १% भन्दा बढी संख्या भएका मुख्य १८ वटा जातजाति छन् । यी मुख्य १८ वटा जातिहरुको नेपाली जनसंख्यामा ८०% वर्चस्व छ जबकि बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा बाँकि ८६ जातजातिले ओगटेका छन् । नेपालमा १०३ वटा विविध जात र १ वटा जात नखुलेको समूहको बसोवास रहेको छ भन्ने समेत राष्ट्रिय जनगणनाको लेखोटले बताएको छ । यसलाई सजिलोको लागि यसरी हेर्न सक्छौं ।

जात,जनसंख्या, प्रतिशतमा र साक्षारता:

जात

जनसंख्या

कूल जनसंख्यामा %

साक्षरता %

क्षत्री

३५९३४९६

१५.८०

६० .११

बाहुन

२८९६४७७

१२.७४

७४.९०

मगर

१६२२४२१

७.१४

५५.९०

थारु

१५३३८७९

६.७५

४७.१२

तामाङ

१२८२३०४

५.६४

४५.०४

नेवार

१२४५२३२

५.४८

७१.२२

मुसलमान

९७१०५६

४.२७

३४.७२

कामी

८९५९५४

३.९४

४१.२७

यादव

८९५४२३

३.९४

४०.८३

राई

६३५१५१

२.७९

५८.१९

गुरूङ्

५४३५७१

२.३९

५९.७९

दमाई

३९०३०५

१.७२

४३.५३

लिम्बू

३५९३७९

१.५८

५८.१२

ठकूरी

३३४१२०

१.४७

६३.३२

सार्की

३१८९८९

१.४०

३८.३३

तेली

३०४५३६

१.३४

५१.४२

चमार,हरिजन

२६९६६१

१.१९

१९.२४

कोइरी

२५१२७४

१.११

४३.८८

कूल

८०.६९%

राष्ट्रिय औषत

५३.७३%


अब अर्को तथ्यसंग परिचित होऔँ है त :

२ जिल्लाको कूल जनसंख्याको ४०% भन्दा बढी हिस्सा एउटा मात्र जातिको सघन बसोवास भएका नेपाली जिल्लाहरू जम्मा २८ वटा मात्र छन् र ती मध्ये पश्चिम पहाडका १३ जिल्लामा खस क्षत्रीहरूको वर्चस्व छ भने अरु १५ जिल्लाहरु मात्र नेपालका यस्ता जिल्लाहरू हुन जहाँ ४०% भन्दा बढी एउटा निस्चित जातको बसोवास पाइन्छ । त्यहाँ बसोवास गर्ने तत् तत् जातिहरु र तिनीहरुको विवरण यस प्रकार छ :

१) क्षत्री: (दार्चुला ५९.२),डढेलधुरा ( ५१.३), बैतडी (४८.१) , अछाम(५३.२), डोटी (५२.७) ,बझाङ (६३.९) ,बाजुरा (५५.५), मुगु (४४.३ ), हुम्ला ( ४३.८), डोल्पा (४३.९ ) ,जुम्ला ( ६३.१) ,रुकुम (५८.४) ,सल्यान (५०.२) ‍

२) तामाङ: रसुवा ( ६३.७) , मकवानपुर (४७.३) , सिन्धुपाल्चोक ( ३९.५), नुवाकोट ( ३८.५)

३) मगर: रोल्पा (४३.८ ) , पाल्पा ( ५०.९) , म्याग्दि ( ५०.८)

४) थारू: बर्दिया ( ५२.६), कैलाली ( ४३.७)

५) लिम्बु: ताप्लेजुङ ( ४१.८ ) , पाँचथर ( ४०.३)

६) गुरुङ: मुस्ताङ ( ४५.२) , मनाङ ( ७५.२) ---( जनसंख्याका हिसाबले नेपालका सबैभन्दा साना दुई जिल्लाहरु)।

७) नेवार: भक्तपुर ( ५५.९), ललितपुर (४०.५)

(३) त्यसैगरी निम्न जिल्लाहरूमा निम्न जाति समूहहरू त्यो जिल्लाको सबैभन्दा ठूलो जाति समूहको रुपमा संख्यामा बसोवास गर्छन् :

१) बाहुनहरू निम्न १० जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>> झापा,मोरङ, चितवन,श्याङजा ,कास्की, पर्वत,गुल्मि,रुपन्देही,अर्घाखाँची र कालिकोट

२) क्षत्रीहरु निम्न २१ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>ओखलढुङ्गा,उदयपुर,रामेछाप,दोलखा,रुकुम,सल्यान,सुर्खेत,दैलेख,जाजरकोट,जुम्ला,मुगु,हुम्ला,डोल्पा,बाजुरा,बझाङ,अछाम,
डोटी, कञ्चनपुर,डडेलधुरा,बैतडी, र दार्चुला

३) नेवारहरु निम्न ३ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>काठमाण्डु,ललितपुर र भक्तपुर

४) लिम्बूहरू निम्न ३ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>ताप्लेजुङ,पाँचथर र तेह्रथुम

५) राईहरू निम्न ६ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>इलाम,धनकुटा,संखुवासभा,भोजपुर,सोलोखुम्बु र खोटाङ

६) गुरुङहरू निम्न ४ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>गोर्खा,मनाङ,लमजुङ र मुस्ताङ

७) मगरहरू निम्न ७ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>तनहु,बाग्लुङ,म्याग्दि,पाल्पा नवलपरासी,प्युठान र रोल्पा

८) तामाङहरू निम्न ७ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सिन्धुली,नुवाकोट,रसुवा,धादिङ,मकवानपुर,सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक

९) थारुहरू निम्न ४ जिल्लामा जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सुनसरी, दाङ, बर्दिया,कैलाली

१०) यादवहरू निम्न ५ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सप्तरी,सिराहा,धनुषा,महोत्तरी र सर्लाही

११) मुसलमानहरू निम्न ५ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>रौतहट,बारा,पर्सा,कपिलबस्तु र बाँके



6 Comments:

ठरकि दादा said...

निक्कै मेहनत गरेर तथ्याङ्कहरु राख्‍नु भएको रहेछ । एकदमै जानकारि मुलक लाग्यो मलाई । कुनै बेला यो जानकारी चाहिएमा अरु साथीहरुलाई पनि दौंतरी बाटै यो उपलब्ध हुने भयो ।

आफ्नै देशको बारेमा धेरै कुरा थाहा रहेनछ :) धन्यावाद ।

प्रबिण थापा said...

एकलब्य जि धन्यबाद! सार्है मिहेनेत गरेर दौतरिमा प्रस्तुत गर्नु भएको यस तथ्यांक ले नेपाली समाज र जातजाती सम्बन्धी अधिकतम जानकारी हामिलाइ पस्केको छ ।

एकलव्य ( Eklavya) said...

ठरकीजी र प्रविणजी,

लगभग २ वर्षजति अघि नेपालमा जातीय राज्य सम्बन्धी बहस निकै उत्कर्षमा रहेका बेला, मलाई आफ्नै मुलुकको जातीय संरचना र बनोटबारे बुझ्न निकै मन लाग्यो र त्यसैले पाए सम्म तथ्यांक बटुली ( केन्द्रीय तथ्यांक विभागको वेबसाइट, सि आइ ए फ्याक्टबुक र विकिपिडियाको स्रोतबाट ) हरेक कोणबाट यसलाई नियाल्न मिल्ने गरी लगभग २० पृष्ठको लेखोट तयार पारेँ । मैले प्रकाशनार्थ पनि एक दुई अनलाईन तथा छापाका प्रकाशनहरूलाई पनि त्यो प्रेषण गरेको थिएँ तर पनि त्यो पुर्ण लेख एकैचोटि प्रकाशित गर्न सम्भव भने थिएन । तर अपशोस के भने , मैले जसरी तथ्य बटुलेर राखेको थिएँ , हुबहु त्यही तथ्यांक सहितका लेखहरू पनि नेपालका स्तरीय भनेका छापाका पत्रिकामा समेत आएको देख्दा मलाई साह्रै अचम्म लाग्यो । त्यतिबेला लेखकको नाम बाहेक अरू प्रयासहरू मेरो देख्दा नै म अचम्म परेको थिएँ । तर दोष मेरै थियो, किनभने त्यो कुनै अनलाइन पत्रिकामा छापिएको थियो र तथ्यांक कपी गरेर राख्न नसकिने कुरै भएन । तर साथसाथै मैले गूगल डकूमेण्टमा सुरक्षित राखेको पनि हुनाले यो तथ्यांकलाई फेरि आफ्नै ब्लग दौँतरीमा प्रकाशित गर्न पाएकोमा धेरै खुशी पनि छु। आशा छ जातीय राज्यहरूको संघीय राज्यमा नेपाललाई रूपान्तरण गर्नु पर्छ भन्ने कुराको बहसमा यो तथ्य र तथ्यांकसंग परिचित भएर मात्र सरिक बन्दा हामी बढी वस्तुपरक हुन सक्छौँ ।

ठरकीजी, मैले तथ्यको टेबललाई राखेर प्रकशित गर्न सकेको थिइन र त्यो काम गरिदिनु भएकोमा मुरी मुरी धन्यवाद ।

नेपालियन said...

रोचक र ज्ञानबर्दक लाग्यो तपाइको लेखोट। यसबारे अली अली थाहा भए पनो जात जाती हरु कसरी छरिएका छन र कुन क्रमाकंमा पर्दछन थाहा थएन।
अरुको तथ्य लिने या सामाग्री लिने र आफुले लेखे जस्तै बनाउने त हामीमाझ अझै कायमै छ, म त्यसमा अच्मम मान्दिन।
मैल अहिले बहश भइरहेको कुरा के भने, भन्दा जात भात रोक्नु पर्छ भन्ने अनी राज्य चांही जात जातको चाहिन्छ भन्ने। हामी अगाडी बढ्दै छौं कि पछाडी जादैंछौं। यस बेलामा आएर जयस्थिती मल्लको युग तिर फर्किन त सुहाउदैन नी?

पुष्प said...

यस्तो तथ्यांक भएको देशमा एक मधेश एक प्रदेशको नारा कसरी लगाउन मिल्छ ? यी मधेशीका मसीहा भनाउँदाहरूलाई यो तथ्यांक देखाउनुपर्ने हो ।

Anonymous said...

जातिगत तथ्यांक उपयेागि छ । धन्यवाद, यसलाइ देश वनाउने ठेकेदारहरूले बुझेर मात्र प्रदेश र राज्यकेा कुरा गर्नु राम्रेा हुनेछ । नत्र त अव पछिकेा पुस्ताले उहि माइला दाजुकेा हालत वनाउदैन भन्ने के ग्यारेन्टि, कि कसेा ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !