February 7, 2009

माओबादीलाइ जनताले कहिल्यै भुल्ने छैनन

  • संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो।
  • कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?।
  • यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त?।

देशमा धेरै क्रान्ती भए, धेरै शहिद भए तर देश भने ज्युकात्युं। अझ भनौं न, झन झन अधोगती छ। शासक त हामीले मल्ल, राणा, शाह सबै पायौं। तर नेपालमा भन्न लायक लहडे बिकास सिबाय अरु केही छैन। डेढ दशक पहिला सम्म नेपाली गरिब मात्रै थिए तर जब माओबादीले कथित जनयुद्द रच्यो मान्छे अशुरक्षित पनि हुन थाले। त्यो भन्दा पहिला पनि मर्ने मारिने घटना नभएका होइनन तर संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो। उनिहरुलाइ प्रश्न सोध्नुहोस किन मान्छे मरे भनेर"मकै पिन्दा घुनहरु त पिसिन्छ" निकै हलुका उत्तर पाउनुहुन्छ। के नेपाली ज्यान घुन भन्दा पनि सस्तो हो? मानविय जिवनलाइ किरा फट्यांग्रासंग तुलान गर्ने कस्ता राजनितिज्ञ हुन यिनीहरु? अब त माओबादी सरकारमा गइसक्यो। सरकार गिराउन खोज्नेले बन्दुकको गोली पाउने त प्रचण्डले टुडिखेलबाट उदघोष नै गरिसके। अब कांग्रेस र एमालेका नेता पहिला कुम्लाएको सम्पती बोकेर बिदेश पसे हुन्छ। सरकार माओबादीको पन्जाबटा फुत्कनेवाला छैन। पहिला गाउं गाउंमा त्रास फैलाएर माओबादीले देश हल्लाएका थिए अब सरकारमै बसेर देश हल्लाउदै छन। उनिहरुलाइ ‘वाइ.सि.याल’ या अरु कुनै स्यालले मार काट गरेको के मतलब?, बस उनिहरुलाइ जसरी हुन्छ देश आफ्नो मुठ्ठी राखे पुग्छ।

मान्छेलाइ बन्दुकले लुटेर खान सिकाउने यिनै माओबादी हुन। तराइका मान्छेलाइ बिगतमा भारतिय डाकुले लुटेर हैरान पार्थे। फराकीलो जमिन अक्षम नेपाली सुरक्षा, बिचरा तराइबासी टोलको सुरक्षा आंफै गर्थे। अहिले त उनिहरु टाइगर, आगो, ज्वाला आदीका नाममा आफ्नै टोल छिमेकका मान्छेबाट लुटिदै छन। लुटिए त ठिकै थियो, भोलीबाट मिठो पिठो भने पनि खान्थे अब त कमाएर पिठो ख्याउनेलाइ पनि मारिदै छ। कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?

रुकुम,रोल्पा,गोर्खा आदीको त कुरै नगरौं। यती बिकट छ कि मान्छे पखला लागे पनि उपचार नपाएर मर्छन। झन त्यो ठाउं त माओबादीको गुंडनै बन्यो। माओबादी सत्ता हात पारेर काठमान्डौ छिरीसके, अब ति बिकट ठाउंमा पुराना घाउ बाहेक केही छैनन। बिकासको नाममा भएका १-२ वटा हुलाक र हेल्थपोस्ट पनि बन्दुक र बमले उडिसके। देश लोड सेडिंगले आक्रान्त भएको छ, सायद ति गाउंका मान्छेलाइ लोडसेडिगं भनेको के हो नै थाहा छैन होला। हवाइ जहाज उडेको सुन्दा इत्ला कान्लामा दौडि दौडी हेर्दछन, तिनले बिजुलीको मुख कहिले देख्ने?

काठमान्डौको जिबन त झनै कष्टकर छ। देशकको राजधानी, नेपालकै सबै मान्छे यही खनिएर कुरुप बनेको छ। सरकार बनाउने, गिराउने,तस्कर, लुटेरा देखी सिताराम यचुरी सबैको प्रिय स्थल बनेको छ यो कान्तीपुरी नगरी। धान्न त काठमान्डौले धान्ला तर यसको आकर्षण उमेर ढल्केर ३ पत्रो लाली पोतीएकी नागरीक बधुको जस्तै भएको छ। त्याहांका बासिन्दा आफुलाइ सबै भन्दा भाग्यमानी ठान्दा ठान्दै बाइसियल देखी लुटेराको मारमा च्यापिएर निस्सासिन पुगेकाछन। कुनै दिन कुनै ठाउं काठमान्डौमा यस्तो छैन जांहा जाम, टायर बाल्ने आदी अस्त ब्यस्त हुने क्रियाकलाप नभएको होस।

तपाइले सोच्नुभयो होला यो बिना बिषयको ब्लगको तात्पर्य के होला?,  समाचारहरु त तपाइहरुले पत्रपत्रिका देखी ब्लगमा पढिसक्नु भयो होला। हाम्रा पत्रपत्रिकाले घटना भएको मिनेट भरमै ब्रेकिगं न्युज छापिहाल्छन। प्युठानको स्याउलीवांगमा प्रहरी चौकी ससस्त्र समुहले आक्रमण गरेको पनि पक्कै पढ्नु भयो होला। यसरी पहाड तिर आक्रमण गर्ने त माओबादी नै थिए कताबाट आयो यो नया समुह?, माओबादीको नाममा नआए पनि आउन त पक्कै जंगलको कुनैबाट आए होलान। तर यस्को गुरु माओबादी नै हो। चाहे तराइका स-सना समुह हुन या पहाडका मुक्ती मोर्चा, बन्दुकको गोली र कुन्दाले जनतालाइ तर्साउन सिकाउने यिनै माओबादी हुन। यो नेपाल मात्र होइन संसारले नै देखेको कुरा हो।

हामीलाइ ॠषी धमलाका खबरहरुले भन्दा पनि यस्ता खबरले स्तब्ध गराउने गर्छ। ॠषी धमला जस्ता नेपालमा कैयौं छन जुन अकुत सम्पती कुम्लाएर राता रात धनी भएका छन। कोही प्रहरी पोषाकमा लुट्दै छन त कोही मन्त्रिको पोशाकमा। ॠषी पत्रकार भएर लुट्न खोजे। मोबाइल टेक्नोलोजीको बिकासले गर्दा उनका कर्तुत जनता सामु आए। अदालतले दोषी नठराए सम्म त उनी पनि पुलिसको पाहुना मात्रै हुन।

बन्दुकले जनता तर्साउने खेल कहिले सम्म चल्ला?, यो छिटै बन्द हुने वाला छैन। नेपालको भौगोलीक स्थीती देखी निती नियमको काम गराइको तरिकाले यस्ता आतंककारी क्रियाकलापलाइ प्रशय सिवाय केही दिदैन। बन्दुकको र बमको तालिम पाएका स्वांठहरु लुट्न छोडेर पसिना चुहाउदै काम गर्लान त? पक्कै गर्दैनन। यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त? माओबादीको उपहारको यो असर कहिले सम्म रहने हो सम्झदै काहाली लाग्ने अबस्था छ। नेपाललाइ इमान्दारी आंखाले हेर्ने हो भने न त देश समेल्ने कोही छ न त देशको नियममा समालिन चाहाने कोही छ, कसरी चल्छ त यो देश? भगवानसंग प्राथना गरौं नेपाल एसिएको सोमालिया कहिल्यै नबनोस!



5 Comments:

बिप्लब said...

माउबादीको बारेमा ज्ञानको कुरा लेख्नु भनेको शब्द खर्च गर्नु मात्र हो। गधा धोएर गाइ कांहा बनेको छ? म यि जनावरमा एक शब्द पनि खर्छ गर्ने वाला छइन।

ठरकी दादा said...

पहिला त म झस्केँ, हैन २-४ दिन बाहिर हुँदा, नेपालमा माओबादिले के के गरीसकेछन र नेपली जनताले भुल्नै नसक्ने गुन लगाएछन भनेर।

पछि पढ्दै जाँदा थाहा भो, यो त उनका अतित देखि वर्तमानसम्म जारी र भविष्यमा पनि निरन्तरता पाउने बैगुनको कारणले भुल्न नसकिने रहेछ ।

तपाईको लेखाईमा प्रश्न उठाउने ठाउँनै छैन, त्यसमा माथी बिल्पबजीले पनि नेपाली उखानको यथोचीत प्रयोग गरिसक्नु भएको छ।

गधा धोएर गाई बन्दैन, तर हामी अझै पनि केमिकल हालेर धुँदा हुन्छकी, ड्राई क्लिन गरेर हुन्छ की, गंगाजल छिडकेर हुन्छकी भन्ने निरर्थक प्रयोगमा समय बर्बाद गर्दैछौं ।

Anonymous said...

२०१७ मा गाली गर्दा तेरो घर मा कालो कङ्रेश पशोश भन्थे । आज भोली माओ बादी पसोस् भन्चन । आतंक को बिउ रुप्ने हरु लाई जनता ले यसरी नै माया गर्छन ।
डर त्रस् को नयाँ आयाम थपी ईतिहास लेख्ने मओ बदी लेन्दुप् को सन्तान नभ इ दे देश रहनी थो ।
सुद्खोर नेपाली

Anonymous said...

अपराधलाई राजनीतिको आवरणमा लपेटेर सत्ता सुम्पेपछि लूटको राज हुने नै भयो।।
अपराध र लूटले पुरस्कार पाई राज गर्ने देश र जनता रूनुको विकल्प के नै रह्यो ?

-परमात्मा

Anonymous said...

के त मओ बदी लाई अन्तरस्तिरीय अदालत मा उभ्याउने कुनै उपाय छैन । के नेपाली सपना को शदै कुथरा घा त मात्र हुन्छ त । कहाँ छ शपना को लोकतन्त्र? कहाँ छ नयाँ नेपाल को खका यही हो त
दहि चिउरे

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !