February 7, 2009

पानीको देशमा पानीको हाहाकार

NEW YORK: The United Nations warned that two-thirds of the world's population will face a lack of water in less than 20 years if current trends

in climate change, population growth, rural to urban migration and consumption continue.

Speaking at a high-level symposium on water security here yesterday, UN Dy Secretary-General Asha-Rose Migiro stressed that "if present trends continue, 1.8 billion people will be living in countries or regions with water scarcity by 2025, and two-thirds of the world population could be subject to water stress."


यो माथिको समाचारलाई मैले टाइम्स अफ इण्डियाको आजको वेब संस्करणबाट हुबहु उतारेको हुँ । भर्खरैको नेपाल बसाइबाट फर्कँदा मैले अनुभव गरेको कुरा यही हो कि नेपालमा निकट भविष्यमा भयानक जलसंकट पर्न सक्छ । हुनत म कुनै जलस्रोतविद हैन र मेरो भनाइ केवल भावनात्मक मात्र ठानिन पनि सक्छ । म पनि चाहन्छु, मेरो भावनात्मक डर नेपालको सन्दर्भमा झूटो नै साबित होवस् , तर पनि यसो भन्दैमा मेरो यो विषयको डर पनि मर्ने भने हैन ।

नेपालमा वातावरणिय चेतनाको स्तर हेर्‍यो भने उदेक लाग्दो स्तरको छ र यो केवल केही डलराग्रही एन जी ओको मोहताज बनेर निरिह जीवित छ भन्दा हुन्छ । निर्वाध बिना योजना बढ्दो शहरीकरणको नेपाली विस्तारलाई नियाल्यो भने , सर्वत्र कहालीलाग्दो दृश्य उजागर हुन्छ । काठमाण्डु र देश बाहिरको समेत खाने पानी योजना केवल मन्त्राणी यमी र उनी पछिका उत्तराधिकारीलाई सगोत्री सात पुस्तालाई जागिरोद्दार गर्न बनाइएका अड्डा प्रतित हुन्छन् । मेलम्चीको कथा माओवादीले सरकारी जासूसको आरोप लगाएर भौतिक कारवाहीमा पारी निर्वाध थिलथिलाइएर अर्धमृत बाँच्न वाध्य पारिएको कुनै हिजोको गाउँले कांग्रेसी कार्यकर्ताको दयनीय नियतिमा घर्षणीय बनेको देखिन्छ । काठमाण्डू नामको कंक्रिटको जंगल भित्र बस्ने देशका सेलेक्टेड केहीका लागि अहिले पानी भनेको भूगर्भभित्रबाट अन्धाधुन्द बोरिङ गरी घरेलु मेशिनले तानिएको फिल्टर्ड झोल हो । तीन चौथाइ काठमाण्डुमा खानेपानि संस्थानका पाइप नै पुगेका छैनन् , त्यहाँ या त प्राइभेट ट्यांकरहरूको सेवा वा त जमिन मुनीको पानी थुत्न सिकाउने र उपकरण जडान गर्नेहरूको व्यवसायले मन्त्रालय कायम गरेको जस्तो देखिन्छ । अहिले नै यो जमिन मुनिको पानीको उपलव्धता अलि उच्च स्थानका ठाउँबाट हराइसकेको छ र यो हराउने क्रममा छ । तर यो चिन्ता कसैलाई भएको देखिन्न । यसो कुराकानीको प्रसंगमा एक जाना साथिले भनेथे " देशमा पानी छ क्यारे , अहिलेका सराकारमा बस्नेले गरेनन् भने पनि पछि आउनेले गर्लान नि !" । यस्तो उदासीनता बीचमा पनि बचेको हाम्रो योजना बिहीन शहरीकरणको व्यवसाय, विश्वव्यापी मन्दीको श्वर नै नसुनिकन अग्र गतिमा छलाङ मार्दो छ । "घडेरीको भाउ ३ महिनामा दोब्बर भयो नि !" भन्ने दलालका बोलीले सिर्जना गरेको चासोमा पानीको कथा कतै छैन ।

कथित र र कता कता पढेको कुरा दिमागमा नाचेको नाचै छ । जलस्रोतमा संसारको दोस्रो धनी मानिएको मुलुक आज दैनिक १६ देखि २० घन्टे लोडसेडिङको चचहुइइइ पीङ खेल्दैछ । तर हिजो भौतिक संरचना ध्वंस पारे पछि नया सिर्जना सजिलो हुन्छ भन्नेहरू रगतका कटकटे दाँत ङिच्च देखाएर निर्लज्ज हाँस्दै १० वर्षमा १० हजार मेगावाटको कथा नाङ्लोमा लिएर दक्षीणको दलाल रिझाउन जनतासामु सपना बेच्दै आफ्ना छापामारमाथि देशको बजेट पोषण गर्दैछन् । हिजोका ध्वस्त पारिएका विद्युत योजना मरम्मतको आर्थिक भार जुटाउन नसक्ने , नया योजका लागि वातावारण बनाउन नसक्ने अनि १० हजार मेगावाटको सुनौलो सपना बेचेर अरु दलहरुकै कारणले व्यवधान आयो भन्न तम्तयारयार बनेको राजनीतिको तमाशा भित्र , भूमण्डलीय उष्मीकरणले नेपालमा सिर्जना हुने भयावह ( ग्लोवल वार्मिङको ) भावी चुनौतिको कतै चर्चा नै छैन् । हिजोका ठूला जलासययुक्त कुलेखानी जस्ता भरपर्दा योजनाको सतह पहिरो र भूक्षयले पूरिँदै जानु अनि ती पुराना योजनाको बूढ्यौली नआउँदै नयाले भरथेग गर्न पर्ने उत्तराधिकारको खोजी गर्नै नपर्ने, तर राजनीतिको चर्को भ्यागूते विकासको गफ हाँकेर चमत्कारको रडाको अलाप्नेहरूको माथिंगलमा कतै नेपालमा पनि यो अंग्रेजी ग्लोबल वार्मिङ भन्ने कुरा हुन्छ र भन्ने विष्मय नाचेको त छैन ?

नत्र भने, खै त विश्वभरका पर्यावरणविद हरूले सकेसम्म चर्को श्वरमा चिच्याएर सन् २०२५ सम्ममा हिमालयको हिउँ पूर्णत पग्लिएर , हिमालय पर्वतहरू डरलाग्दा काला चट्टानका पहाडहरूमा रुपान्तरण हुनेछन भनेर भनिरहँदा हाम्रो कानमा त्यसको असर परेको ? के बिना हिमालको आदिम नेपालमा संसारको कुनै पर्यटक डलर खर्च गर्ने पर्यटक बनेर भित्रिएला ? के सदावहार हिमाली नदीको स्रोत मानिएको हिमाल नै नरहेपछि , हाम्रा शाश्वत नद-नदीहरूको कलरवले हिजो जस्तै कतै कसैको ध्यान र मन तान्ला ? अनि के होला पिउने पानी र बिजुली बाल्ने चाहनाको हाम्रो कथा ? २१ औँ शताव्दिको भौतिक चकाचौँधको संसारमा २० घण्टा टुकी बालेर बस्न वाध्य पारिएका हामी नेपालीहरूको खोटो भाग्यमा अब अरू सुख भोग्न प्राकृतिक र मानविय रूपमा लेखेकै छैन त ? खै हाम्रो जलस्रोतको निधिलाई हाम्रा पुस्ता दरपुस्तासम्म जोगाएर प्रयोग गर्ने र गराउने हाम्रो वातावरणीय चेतना ? खै हाम्रो परिचयको हिमाल र हिमाली नदीहरूको अस्तित्व जोगाउनका लागि हाम्रो स्वतस्फूर्त जागृति ?



2 Comments:

ठरकी दादा said...

स्थिति गहिरिएर सोच्ने हो भने साँच्चै कहाली लाग्दो छ। तर कहिलेकाहि मलाई लाग्छ हामि साधारण जनताले जत्ती पनि हाम्रा कुनै नेताले देशको बारेमा कहिल्यै सोच्दैनन, वा हुनसक्छ कुर्शी जोगाउने र हत्याउने खेलमा लाग्दा लाग्दै यतापट्टी ध्यान नै पुग्दैन ।

kamaladi.com said...

सर्वप्रथम त "जलस्रोतमा संसारको दोस्रो धनी मानिएको मुलुक" भन्ने भनाइ बाट हामी मुक्त हुनु पर्छ । यो कुराको अधिकारिक रुपमा मैले कतै पुषटी गरेको पएको छैन । मलाई अझै अच्चम्म लाग्छ कसरी हामी सबै यो कुरामा विश्वाश गर्न सुरु गरेछौं भनेर ।

खाना खान पनि धौ धौ पर्ने मनिसलाई बातावरण को पाठ पढाउन सर्है गर्हो हुन्छ, सबै तिर बाट पुगेको अमेरिकी जनाताको को भुपु राष्ट्रपती बुशले त बुझेनन (वा बुझ्न खोजेनन) । इकोनोमिक्स र बातावरण लाई नजोडी बातावरणको एक्लै टार्गेट प्राप्त गर्न असम्भव नै हुन्छ । बातावरण मा हानी भए इकोनोमिक्स मा पनि नराम्रो असर पर्छ भन्ने नबुझे सम्म बातावरण भनेको बिकसित देशको लागि leftist agenda र अबिकसित देशको लागि डलर खाने भंडो मा मात्रा सिमित हुन्छ ।

जहाँ सम्म नेपालको कुरा छ, स्तिथी सर्है भायभय छ (बिशेष गरी काठमाडौं का लागि)। जमिन बाट अध्यधिक पानी निकालियकाले पहिला को तालको सतह मा बनेको काठमाडौं को जमिन सन्तुलनमानै असार पर्ने देख्छु म । जमिनहरु बिस्तारै भांसिन थाले अचम्म पर्नु पर्दैन ।

बिकेन्द्रिकरण को कुनै बिकल्पै छैन, यसरी जनसंख्य बढ्ढै जाने हो भने किप अप गर्न गर्हो हुन्छ । नयाँ प्रोजेक्टहरु आवश्यक छन, तर अर्को ठुलो आवश्यकता भनेको अहिले भै रहेकाको efficiency बढाउनु पनि हो । अधिकारिक तथ्यांक त थाहा भएन तर ठुलो संख्या मा पानी चुहावतमै खेर जान्छ ।

पानी वा बिजुली भनेको कुनै पनि देशको जनाताको आधारभुत आवश्यक्ता र अधिकार हो, मेरो विचारमा यो भनेको प्रतिगमन वा आग्रगामी छलाङ को बिवाद भन्दा पनि ठुलो कुरा हो । पहिला ति आधारबुत आवश्यकता पुरा गर्न effort लगाएर मात्रा अरु political bickering मा फंसेको भए हुन्थ्यो :(

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !