February 8, 2009

गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ३

आचार्य प्रभा
त्यो जुत्ताको आवाज आनन्दको नै रहेछ । वहाँ कोठाभित्र पस्नुभयो म पनि अलिक संयमित बने किनकी म पनि नौलो नै थिए। वहाँ अलिक अन्कनाउदै मेरो अगाडि बस्नु भयो। मैले नमस्कार गरेँ र मेरो परिचय दिए। वहाँ जुरुक्क उठेर मलाई नमस्कार भन्दै “दिदी मैले तपाईंलाई नमस्कार गर्नु पर्छ किनकी तपाईं म भन्दा सिनिअर लेखक हुनुहुन्छ। म सानो हुँदा नै तपाईंका रचनाहरु पढ्ने गर्दथें”।  भने, मानौ त्यो समय आनन्दको हाउभाउ यस्तो लाग्दथ्यो कि म वहाँभन्दा कुनै सिनिअर अफिसर हुँ । हुन त सेनाका मान्छेहरु जत्तिपनी मसंग नजिक थिए मैले सबै नै अनुशासित भेटें। मलाई आनन्दको म प्रतिको सद्भावले यस्तो लाग्यो आनन्दभित्र अहमता र अभिमान भन्ने रहेनछ । मलाई पनि वहाँसँग बसेर कुरा गर्न अप्ठ्यारो भ्एन। अब हाम्रा भावनाहरु आदन प्रदान हुन थाले । हाम्रा कुराहरु गीत, सङीत बारे नै भए।

लगभग दुई घण्टा सम्म हाम्रो कुराकानी हुँदा पनि त्यो भाइको अत्तोपत्तो भएन । म भने अब अलिक अत्तालिन थालिसकेकि थिए। हुन त त्यत्रो समय बित्दा पनि समय गएको पत्तो भएन। केही छिन पछी आनन्दले नै भन्नु भयो “ठिकै छ दिदी म बाहिर सम्म छाडि दिन्छु नि अब मेरो पनि ड्युटी अफ हुने बेला भयो”। मैले पनि हुन्छ नि त भनेर पाँच बजेको प्रतिक्षामा बस्न बिचार गरें। त्यही बिचमा आनन्दलाई फोन आयो त्यो फोन राम्रकृष्ण ढकालको रहेछ। आनदले यत्ती भनेको मैले सुने की “भाइ आचार्य प्रभा दिदी अहिले मसँग हुनुहुन्छ तिमी चाडै आउ” त्यहा बाट पनि हुन्छ भन्ने नै जवाफ आयो। त्यस्को केहीक्षणमा नै रामकृष्ण पनि त्यहा आइपुगे। अनी फेरी हाम्रा कुराकानी गीत संगीत पट्टी नै ढल्किए । रामकृष्णको ''आरोह'' अल्बमको बिमोचन दुइदिन पछाडि रहेछ त्यसको बिमोचनको निमन्त्रणामा उनले मलाई पनि बोलाए। हुन त उनले मेरो गीत पहिला नै फिल्ममा गाइसकेका थिए, तर म झापामा नै धेरै बस्ने हुनाले मेरो कसैसँग त्यती भेट हुँदैन थियो । मेरो उपस्थिले रामकृष्ण पनि खुशी भए। यसरी पहिलो भेट नै मेजर साहबसँग रमाइलो र खुलस्तसँग बित्यो। म सपनामा नै छु जस्तो पनी महसुश भैरहेको थियो। किन कि आनन्दको भद्रपन र सहज स्वभावले म ज्यादै प्रभावित भैरहेकि थिए। यस्तै कुराकानीको प्रसङमा नै दिनको पाँच बजिसकेछ । हामी सबै निस्कनलाई तयार भयौ । रामकृष्ण र आनन्द्ले सहिद गेट सम्म छाडिदिए । फेरी रामकृष्ण्को बिमोचनमा भेट्ने बाचा गर्दै हामी त्यस्दिन छुट्टीयौ ।



1 Comments:

Anonymous said...

धन्यवाद प्रभा जि आफ्नो स्मरण लाई हामी पाठक समछ्य बाड्नु भएकोमा ।
कुनै बेला राम कृष्ण ढकाल जि को स्बर सुनेर म त भुतु क्कै हुन्थे ! बहाको एल्बम सिरानी छेउ राखेर निदाउनु पर्ने मलाई ! ( त्यहाँ ढकाल जि को फोटो थियो क्या ! मैले तपाईंलाई मात्रै भन्या नि प्रभा जि सुटुक्क ! )

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !