December 26, 2008

सपनासंसार डट कम यात्रा


सपना संसार

१. पृष्ठभूमी
समय काचुँली फेर्न माहिर छ । नेपाली भाषा को कम्पयुटरकरण लाई सर-सर्ती हेर्दा, एक समय नेपाली भाषा लेख्न प्रिती फन्ट ईन्स्टल गरेर लेख्नु पर्ने बाध्यता थियो(पछि थुप्रै फन्ट हरु पनि आए!) ! लेखेर मात्र कहा साध्य हुन्थ्यो र ? पढ्न लाई पनि गन्तब्य कम्प्युटरयन्त्र मा त्यै फन्ट ईन्स्टल गर्नु पर्थ्यो । अक्टोबर १९९१ देवानागिरी लिपि को युनिकोडियकरण(१) गरिएता पनि यसको व्यवसायिकरण तव मात्र सुरु भयो जव माईक्रोसफ्टले आफ्नो पुराना ओपरेटिंग सिस्टम विंडोज़ ९५/९८/मिलिनियम मा एम. एस. एल. यु. (माईक्रोसफ्ट लेएर फर युनिकोडको (२) बिकास गर्यो । त्यस पछि का ओपरेटिंग सिस्टम हरुमा युनिकोड बितरण पुर्ब नै राखिन थाल्यो र खाली विन्यास (कन्फ्युगर) गरे मात्र पुग्ने भयो । तर पनि नेपाली युनिकोड बिकासमा अर्को माईल स्टोनको रुपमा मदन पुरस्कार पुस्तकालयको(३) युनिकोड एण्ड लोकलाईजेसन परियोजना लाई लिन सकिन्छ । नेपाली युनिकोड किबोर्ड लेआउट र रुपान्तर जस्ता सफल कम्प्युटर सफ्टवेर ले नेपाली युनिकोडको क्षेत्रमा ठुलै भुमिका निभाएका छन भन्दा फरक नपर्ला ।

ब्लगिङ्ग् कन्सेप्ट सन १९९३ देखि सुरु भए पनि यसले सन २००२ मा उच्च गति लिन पुग्यो । ओपन डाएरि, ब्लगसम, ओर्ड प्रेस, ब्लगर डट कम जस्त साईट हरुले निशुल्क डोमेन तथा होस्टिंग गर्न थाले । २००२ मा धेरै जसो ब्लग हरुले ईराक युद्द को बारेमा रिपोर्रटिंग गरेका थिए । मदन पुरस्कार पुस्तकालयको(३) युनिकोड एण्ड लोकलाईजेसन परियोजना संग संगै नेपाली हरु पनि नेपाली भाषा को ब्लगिंङ क्षेत्रमा उत्साहि हुन थाले । नेपाली ब्लग को पहिलो आधिकारीक ब्लग थाह हुन नसके पनि नेपाली भाषा मा ब्लग २००४ को उत्तरार्द्ध अथवा २००५ को सुरुवात तिर सुरु हुन थाले । कसैले यसलाई निरन्तरता दिए त कसैले केहि महिना मै आफ्नो ब्लग, अबोध अबस्थामै बिट मारे ।

२. सपनासंसार डट कम ब्लगिङ यात्रा

एस्तै ब्लगिंङ होडबाजीमा मैले पनि ब्लगिंङ गर्ने बिचार गरेर सन २००५ को नोभेम्बर महिना मा सपनासंसार डट ब्लगसम डट कम को खाता खोले । तर त्यति खेर मैले यो ब्लग लाई अंग्रेजीमा चलाएको थिएँ । आफ्नै लागि लेख्थेँ , आफैँ पढ्थेँ । यसैमा मलाई आनन्द मिल्थ्यो । तर एका एक नेपाली भाषा को ब्लग हरु ईन्टर्नेट संझालमा देखिन थाले पछि र मलाई अंग्रेजी भन्दा नेपाली पढ्न आनन्द आउन थालेकोले, मैले डिसेम्बर २००६ बाट सपनासंसार डट कम लाई आदिकारीक रुपमै नेपाली ब्लग बनाएँ।
सपनासंसार डट कम पहिले बढी सामाजिक भन्दा पनि बढि पारिबारीक थियो ।, म लेख्थे, मेरा परिवार तथा साथी भाईहरु पढ्थे । यसैमा आनन्द लाग्न थाल्यो । पछि बिस्तारै बिस्तारै सपानसंसार को परिधी बढेर गयो, साथि भाईका साथीभाईहरुले पनि पढ्न थाले अनि साथी का साथी अथवा मेरा नवमित्र हरु ले पनि सपनासंसारको परिधी बढाउन सहयोग गर्नुभयो। अनि यसरी संसारका धेरै कुना मा यसले आफ्ना पाठक हरु पाउन थाल्यो र यो ब्लग पारिबारीक मात्र नभएर सामाजीक नै हुन पुग्यो भन्दा फरक नपर्ला ।

सपनासंसार को बारेमा भन्दा म सुचना, संचार , साहित्य र मनोरञ्जनको को संगम भन्न रुचाउछु । तपाई मित्र हरुको लेख तथा प्रतिकृया नै सपनासंसारको सम्पति हो । संसार आधुनिकता ले घेरिसकेको छ । यो आधुनिकतामा केहि राम्रा पक्ष पनि छन त केहि खराब पक्ष , ती खराब पक्षहरुको उजागर गर्दै पहिलो सामुदायीक संसार निर्माण गर्नमा होस्ठेमा हैंसे गर्न सपनासंसार सधै तत्पर छ । मेरा एक मित्रलाई हास्य कलाकार शब्द सुन्दा अनौंठो लाग्यो रे ! खितितित्त अंग्रेजी हासो हास्दै ,उल्टो कमिडियन नभनेर हास्य कलाकार भनेको भन्दै खिस्सी पो गर्नु भयो ।खै हजुर, मलाई त हास्यकलाकार नै प्यारो लाग्छ । आफ्ना छोराछोरी फरर्र अंग्रेजी बोलेको देखेर , एक नेपाली दाजुले अमेरिका आएको मा गर्व गर्नु साथै आफ्नो जीवन नै सफल भएको मान्नु हुन्छ । यस्तै परिवेषमा, म आज परदेश मा भएर पनि नेपाली भाषा (भलै गलत शब्द तथा ब्याकरण संयोजन होला)मा आफ्नो भावना सपनासंसार डट कम मार्फत पोख्न पाउदा आफुँलाई गर्व गर्छु । मैले लेख्न थाले पछि नेपाली भाषामा अहिले केहि ब्याकरण तथा सब्द संयोजन मा पनि सुधार गरेको छु र गर्दै लाने छु ।

३. ब्लग लेखन र यसको प्रभाव !

पहिलो सत्य म यहा पस्कन्छु । मैले नेपाली ब्लग लेख्न थाले पछि, मेरा धेरै मित्र हरुले नेपाली भाषा मा जागर देखाउनु भयो, कम्ति मा ५० जना मित्र हरुलाई नेपाली लेखन सिकाउन पाएको मा म आफुलाई गर्वान्धित थान्छु । म नेपाली बोल्छु, पहिलो दिन मलाई पाखैँ भन्ने मेरो साथी को साथी एक हप्तामा मेरो मिल्ने साथी हुन्छ , यो हो नेपाली ब्लग को प्रभाव। संचार माध्यम नपुगेको ठाउमा ब्लगर हुन्छ जस बाट हामी बिश्वका कुनाकुना मा पुग्न सक्छौं अनि एउटा सबै जना अटाउने सपनासंसार श्रृजना गर्न सक्छौं । एउटा कुना मा दु:खमा परेको आफ्नै नेपाली साथीलाई हामी सहयोग गर्न सक्छौ । बिषेश गरि ब्लगले परबासमा रहेका नेपाली हरु बिच झोलुङ्गे पुल को काम गरेको छ भन्दा फरक नपर्ला । आफ्नो लेख को तात्तातो प्रतिकृया पाउनु साथ साथै उचित सुझाब संकलनले नव प्रबेसी नेपाली साहित्य प्रेमीलाई अझ सहयोग पुर्‍याउँछ ।
४. नेपाली ब्लगर र ब्लग हरु को यात्रा
हाल नेपाली ब्लग हरुको बाढि नै आएको छ भन्दा फरक नपर्ला। सबै भन्दा ठुलो कुरा, निरन्तरता हो जुन कठिन हुन्छ । ब्लगहरुको कुनै नियम हुदैन, यो त केवल एउटा अनलाईन पर्सनल डायरी हो, जे मन लाग्छ त्यहि लेखिन्छ तर पनि ब्लगरहरुले के बुझ्न जरुरी छ भने, यो एउटा खुला डाएरी हो , पर्सनल भन्दैमा खुला डाएरीमा जे पनि लेख्न कहा पाहियो र ? नेपाली ब्लगरहरुले सकेसम्म नेपाली परिवेशमा नेपालीपन लाई अगाल्दै हामी नेपालीलाई नै फाईदा हुने लेख हरु पस्कन सक्यो भने, पक्कै पनि यसले हामी सबैलाई फाईदा गर्छ । मलाई थाह छ राजनिती लाई घृणा गर्ने नेपालीले आज ब्लग को माध्यम बाट राजनितिमा चासो दिन थालेको छ, जुन मलाई लाग्छ, राम्रो हो । केहि जन मानिस हरु, आज भोलि कतिपय ब्लग लाई सुचना को श्रोत पनि बनाएको पाइएको छ ।
५. दौतरी बारेमा

लेखक र पाठक समुहँगाठोँ को रुपमा प्रस्तुत भएको दौंतरी, नेपाली ब्लग फाट मा एउटा उदयमान ब्लग नक्षेत्र हो भन्दा फरक नपर्ला । यसमा प्रस्तुत भएका सामग्री हरु निकै सरल र जनमानसको कानले पचाउने अनि जिब्रोले चपाउने खालका छन , यो अर्थमा कि दौंतरी दुस्मनको पनि दौंतरी हुन पुगेको छ । प्रयास राम्रो छ। मलाई पनि दौंतरी चौंतारीको छाया मा राख्नु होला ।
६. जादा जादै आफ्नै बारेमा ,

सपना सबै सत्य हुने भए सपना, सपना नै हुने थिएन । तर पनि कति यस्ता सपना हरु हुन्छ जुन चाहे मा सत्य पनि पार्न सकिन्छ , हो सपनासंसार त्यो संसार हो जहा सपना सत्य पार्न को लागी हातेमालो हुने गर्दछ । तपाईलाई जादा जादै सपनासंसारमा स्वागत छ । दौंतरी लाई धन्यबाद, काचैं भए पनि यो प्रस्तुति लाई आफ्नो आगनी मा बिच्छ्याईदिनु भएको मा ।
पढिदिनु भएको मा धन्यबाद !
अहिलेलाई तारेमाम !

सपनासंसार का ब्लग/साईट हरु
http://www.sapanasansar.com/
http://www.bishow.co.cc/
http://www.bishow.com.np/
संदर्भ सामग्री
http://www.wikipedia.org/
http://www.microsoft.com/globaldev/handson/dev/mslu_announce.mspx
http://www.mpp.org.np/


7 Comments:

Anonymous said...

नेपाली खाँटी शब्द सुन्दा खिसिट्यूरी गर्नेहरुको कमी छैन। छोरा-छोरीले फरर अंग्रेजी बोल्दा गर्व गर्नु राम्रै हो, तर मेरो छोराले वा छोरीले नेपाली बोल्नै जान्दैन भनेर पनि गर्व गर्छन् र पो अचम्म लाग्छ। नेपाली भाषा प्रबर्धन् र संरक्षण गर्ने तपाइको सोच प्रशंसायोग्य छ।

Anonymous said...

कहिले काहि पहिला पनि सपनासंसारमा त छिर्ने गर्थै, तर पर्दा पछाडिका धेरै कुरा भने अहिले मात्रै थाहा भयो ।

दौंतरी र सपना संसार दुबैलाई सफलताको शुभकामना

Anonymous said...

Thet nepali padna pauda man yakdam ramayara aayo.but yautai sabda 3/4 thauma use huda teti lekhama aaja aauna parne ras nikhariyara aaya ko paina so testa thau ma yautai word use garnu bhanda paryabachi sabda use gare lekh soche bhanda ali utkrista hune thyo jasto lagyo.

Anonymous said...

बेला -बेलामा सपना संसार हेर्ने गरेकी छु । ज्ञानबर्दक खुराक पाईन्छ तपाईंको साहित्य संसार मा ।साहित्य संसार मा रमाउने हरुलाई निकै प्रोत्साहन दिनु हुदो रहेछ । त्यो इमान्दारी प्रयास ले जो कसैको पनि हिर्दय छुन्छ । एक पाठक को नाताले मेरो पनि हिर्दय छोएको छ । म हिर्दय देखी नै कामना गर्छु सपना संसारको सपना सक्दो सँग फलोस फूलोस ।

ठरकि दादा said...

नेपाली ब्लगहरु र ब्लगरहरुलाई एक-अर्कासंग अनुभव र भावनाहरु बाँडने र केहि सिक्न र सिकाउन र अझ नजिक ल्याउन यो पोष्टले पक्कै मद्दत गर्ला जस्तो लाग्छ ।

Anonymous said...

ठरकी दादा , लुना ज्यु , खुशीँ ज्यु , राजन ज्यु तथा बृलिएन्टम्यान७१ ज्यु तथा संपुर्ण पाठक मित्र हुरुलाई धन्यबाद, यो प्रस्तुतीमा आफ्नो महत्वपुर्ण समय दिनुभएको मा । राजन ज्यु तथा लुना ज्यु को कामना, खुशीँ ज्यु को सुझाब अनि बृलिएन्टम्यान७१ ज्यु को प्रसंसा खेर जान नदिन सपनासंसार को अटुट प्रयास रहने छ !
अन्त्यमा, धेरै धेरै धन्यबाद दौंतरीसमाज लाई !

जदौं !
सपनासंसार डट कम

Unknown said...

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: [email protected] वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !