December 26, 2008

केही यथार्थ, केही कल्पना

ऊ एक प्राध्यापक। उसको नामको अगाडी प्रा. डा . लेखिन्छ। २-३ बिषयमा स्नाकोत्तर, बिध्यावारिधी त्यसपछि पोस्टडक्टरेट सबै सिध्याएकाछन्। अमेरीकाको नाम् चलेको विश्वविध्यलयमा अध्यापन गर्छन्। छ अंकको संख्याको तलव। उनका शोधपत्रहरु, लेखहरु, नाम चलेका पत्र-पत्रिकाहरुमा निस्किरहन्छ।। केही पुस्तक पनि लेखिसकेका छन्। नेपाली डायस्पोरामा उनको नाम सर्बप्रथम् लिइन्छ। उसको श्रीमती मेडिकल डक्टर। नाम चलेका डक्टर्। भन्न पर्दैन उनीहरुको जीवनशैली, रहनसहन्, संगत् सबै उच्च् छ। आलिशान घर, सबै भन्दा महंगा गाडीहरु। देश बिदेशको भ्रमण। उनीहरुको जीवन एक् सफल जीवन् भन्न पर्छ। यति धेरै उच्च् स्थानमा पुगेका ब्यक्ति भएपनि यिनी फरक् छन्। मिलनसार छन्। भावुक पनि छन्। अलि अन्तर्मुखी पनि।

धेरै समय पछि प्राध्यापक् डाक्टर् साहेब् नेपाल् गए। केही घटनाहरु भए जसले उनको जीवनमा ठूलो रुपान्तर ल्यायो। उनको साथीको कुनै स्टाफ सवारी दूर्घटनामा परेको रहेछ। साथीसंगै उनीपनि बीर अस्पतालको आकस्मिक कक्षमा गए। बिहानको समय थियो। साथीका कर्माचारीको स्थिति ठिकै थियो तर त्यहाको स्थिति बिरक्त लाग्दो थियो। त्यँहा ड्यूटीमा कुनै डाक्टर् थिएनन्। थिइन् त एउटा नर्स-भ्याइ नभ्याइ काम् गरिरहेकी। उमेरले सायद् पच्चीस् भन्दा कम नै हुन पर्छ। त्यहा चिच्च्याई रहेका बिरामीहरु थिए। घाइतेका आफन्तहरु जो तिनै नर्समाथि आक्रोश् पोखिरहेका थिए। प्राध्यापक डाक्टर साहेबलाई ती नर्सको सेवा भावनाले अति प्रभावित तुल्यायो। एउटा कुनामा बसेर उनले नर्सको काम नियालिरहे। सोचे-यिनको घरजम् भा छ कि छैन होला, अझै पढेर स्टाफ् नर्स् हुने, मेट्रोन हुने चाहना छ कि छैन होला? विदेश् जाने रहर् छ कि छैन होला? उनले ती नर्सलाई आफ्नो डाक्टर् श्रीमतीसंग तुलना गरे। उनलाई लाग्यो, विदेशमा बसेर उच्च् तलब् खाएर काम् गर्ने उनकी डाक्टर् श्रीमतीको तुलनामा, आफ्नै देशमा बसेर नेपाली बिरामीको सेवा गर्ने ती साधारण नर्स् कयौँ गुणा महान छिन्। उनले सोचे उनकी श्रीमती जो नेपालमा जन्मिन्, यंहि हुर्किन्, एमबिबिएस् सम्मको अध्ययन् यंहि गरिन्, उनले नेपाललाई के दिइन् त? के हामीले हासिल गरेको शिक्षा खालि आफ्नो लागि मात्र हो त? यस्ता कुराहरु मनमा खेलेर उनलाई उद्वेलित् तुल्यायो।यत्तिकैमा एउटा घाइते बिरामीको प्रबेश् भयो-लत्रक्क झुण्डिएको एउटा हातलाई अर्को आफ्नै हातले समात्दै। रगत तरतरी बगिरहेको थियो। नर्सले सोधिन्-तपाईको मान्छे खोई? त्यहा अगाडी गएर १० रुपियाको टिकट काटेर ल्याउन पर्छ। घाईतेले जवाफ दियो-मेरो कोही मान्छे आएको छैन, मसंग पैसा पनि छैन।

हत्तपत्त प्राध्यापक साहेबले टिकट काटेर ल्याइदिए। ब्यान्डेज र औषधीहरु पनि किन्न पर्ने रहेछ, त्यो पनि किनेर ल्याइदिए। उनलाई याद आयो अमेरिकाको स्वास्थ्यसेवाको। जहाँ सबैकुरा अस्पतालले उपलब्ध गराउछ। बाहिरबाट केही किनेर लान पर्दैन। निसन्देह् पछि बिल् त आउछ नै पछि।प्राध्यापक् डाक्टरसाहेब त्यो आकस्मिक् सेवा कक्षको परिदृश्यमा हराइरहेका थिए। उनको नजर एक् जोडी अधबैंशेहरुमा पर्यो। उनीहरु हरेक सुकिला लुगा लगाएका मानिसहरु नजिक् जादै केही भन्दै थिए।उनीहरुको भेषभूषा हेर्दा उनीहरु हेलम्बूतिरको हुन पर्छ। मैलो कटकटिएको दौरा सुरुवाल्, त्यो माथि बक्खू जस्तो अनि हेलम्बुतिर वा कता कता कश्मीर हिमाचल् तिर लगाउने टोपी लगाएको। उनीहरु प्राध्यापक साहेब नजिक आएर सोधे, " सार्, टिकेस् काट्ने पूलिस् सार् कता छा?" प्रध्यापक् साहेबले केही बुझेनन्। उनका साथीले हस्तक्षेप् गरे, "किन चाहियो पूलिस् सार् तिमीहरुलाई?" उनीहरुको जवाफ् थियो, " आबो, हामी घार जानु पार्यो"। प्राध्यापकले उनीहरुको कुरा छेउटुप्पो बुझेनन्। साथीले भन्यो। "सायद् यिनीहरु डिस्चार्ज हुन खोजिरहेका छन्। यिनीहरुको बुझाइमा डिस्चार्ज क्लियरेन्स दिने मान्छे प्रहरी हो। " त्यसपछि साथीले उनीहरुलाई लिएर कतै गयो। प्राध्यापक साहेब फेरि सोचमा पर्नु भयो। हाम्रो देशमा यति सिधा साधा, अशिक्षित मानिसहरु पनि छन् र म यति धेरै डीग्री लिएर बिदेशमा छु। मेरो उच्च् शिक्षाको सार्थकता के रह्यो? त्यहाँ अरु पनि थुप्रै मानिसहरु थिए जो एक्सरे गर्ने कता हो, ब्लड कता पाइन्छ, रसिद् काट्ने कता हो आदि कुराहरु सोध्दै कुदाकुद गरिरहेका देखिन्थे।

काठमाण्डौको केही दिन बसाइ पछि प्राध्यापक् साहेबलाई आफ्नो पुरानो गाँऊ घुम्न मन लाग्यो। उनलाई आफू पढेको प्राथमिक् विध्यालय हेर्न जान मन् लाग्यो। उनले सोचेका थिएनन्, उनलाई पढाउने शिक्षक् अझै त्यहा भेटिन्छन् भनेर। ती शिक्षक् सेतै फुलिसकेका थिए। प्राध्यापकले भने, "सर, अझै सम्म पढाउदै हुनुहुन्छ?" "रिटाएर त उहिलेनै भएं बाबू, तर मलाई यो स्कूलको माया लाग्छ्, मलाई यी बालबालीकाहरु पनि माया गर्छन्, त्यसैले दिनहु आउछु, एक्-दुइ कक्षा लिन्छु, अरुलाई शिक्षा दिनु जस्तो ठूलो कुरो अरु केही छैन, बाबु। मेरा बिध्यार्थीहरु संसारभरि फिजिएका छन्, हेर, तिमी अमेरीका जस्तो देशमा पढाउने प्रोफेसर् भएका छौ, मेरो लागि यो ठूलो गर्बको कुरा हो"। प्राध्यापकले सहमतीमा टाउको हल्लाए तर उनीभित्रको भावुक मनले अरुनै केही सोच्दै थियो। उनले उनकै उमेरका अरु शिक्षकहरु देखे त्यहाँ, कोही त उनकै सहपाठीहरु पनि रहेछन्। प्राध्यापकले तुलनागरे आफूलाई उनीहरुसंग। उनले सोचे, म अमेरीकाको बिश्वबिध्यालयमा पढाउने प्रोफेसर् भन्दा गाँऊको यो कुनामा बसेर शिक्षाको ज्योति छर्ने यी साधारण शिक्षकहरु कयौं गुणा महान छन्। यिनले देशलाई केही दिईरहेका छन्, मैले देशलाई के दिइरहेको छु? मेरो उच्च् शिक्षा मैले कहानिर मेरो देशको लागि, मेरो देशबासीको लागि प्रयोग् गरें? यी प्रश्नहरुले प्राध्यापक् साहेबलाई अति नै घोचिरह्यो।

त्यस्पछि आफ्नो बिदा पुरा पनि नसकाई प्राध्यापक् साहेब अमेरीका फर्किए। काठ्माण्डौ देखि मिन्नियापोलिस् सम्मको त्यो २१ घन्टे प्लेन यात्रामा उनले एउटा निर्णय गरिसकेका थिए। नेपालनै फर्कने। आफुले हासिलगरेको शिक्षा, ज्ञानलाई नेपालमै प्रयोग् गर्ने। श्रीमती डाक्टर् साहेबलाई त्यो निर्णय सुनाउने बित्तिकै अशान्ती मच्चियो। ठूलो झगडा भयो। श्रीमती डाक्टर् साहेब कुनै पनि हालतमा नेपाल फर्किन चाहन्थिनन्। उनले निर्णय सुनाइदिईन्-जाने भए तिमीमात्र जाऊ। म जान्न।

प्राध्यापक साहेब एक्लै फर्किए। सुन्दा अपत्यारिलो कुरो, तर उनले अमेरीकाको जागीर, आराम्-दायी जीन्दगी र श्रीमती समेत छोडे, आफ्नो देश फर्किन। बिदेशीसंग को संबन्धले उनलाई काम् गर्ने पैसाको खाचो थिएन। स्वास्थ्य र शिक्षा क्षेत्रमा काम् गर्न उनले एउटा एन्जिओ खोले। कलेजका बिध्यार्थीहरुको समुहहरु बनाए र प्रत्येक् अस्पतालहरुका आकस्मिक् कक्षमा एउटा सपोर्ट डेस्क राखे, जसले बिरामीहरुलाई दर्ता गर्न, रगतको ब्यबस्था गरिदिन, एक्सरे गर्न लैजान, ल्याउन सहयोग् पुर्याउछ। उनको संस्थाले गाँउका स्कूलका शिक्षकहरुलाई तालिम् दिने, बिध्यार्थीहरुलाई शैक्षीक सामाग्रीहरु दिने, भतकिएका, मक्किएका पुराना भवनहरु जिर्णोद्वार् गर्ने, नया बनाइदिने पनि गर्छ।

प्राध्यापकलाइ थाहा छ, उनले गरेर मात्र देशको कायापलट हुदैन, तर उनले जे जति गर्न सकेका छन्, त्यस्मा खुशी छन्। उनको खुशीमा अर्को खुशी थपिएकोछ। श्रीमती डाक्टरले धेरै समय पछि फोन् गरेर भनिन्-अब उनी पनि फर्किन चाहन्छिन र उनको कार्यमा सहयोग गर्न चाहन्छिन्।



5 Comments:

BasantG said...

Interesting

Dilip Acharya said...

यो पोष्टमा कत्ती यथार्थ र कत्ती कल्पना छ थाहा भएन, तर पुरै कल्पना नै भए पनो मन छुने छ यो पोष्ट ।

luna said...

म रोइ हालेकी त छैन तर मेरो आँखा आशु ले भरिएको छ तपाईंको यो लेख पढेर ।
छाती ढक्क फूल्यो । जिउ भरी का डा उम्रेर आयो । सबै नेपाली को मनमा यस्तै भाबना आ इदियोस ।
यस्तै यस्तै राष्ट्र प्रती न्यौछार हुन प्रेणणा दिने लेख निरन्तर पढ्न पाइयोस ।

Panda said...

कुनै नेपालीको जीवनमा यो घटना वास्तविक रुपमा नै घट्यो या घटेन त मलाइ थाहा भएन तर एक जना भारतीय डाक्टरले चाहि यस्तै राम्रो काम गरेछन। अमेरिकामा लामो समयसम्म कार्य गरी अवकास प्राप्त कर्णाटकतिरका एक वृद्ध डाक्टरले आफ्नो सम्पुर्ण कमाइ (करिब ३-४ अरब ने रु) आफु जन्मेको गाउंमा अस्पताल, मेडिकल कलेज, अन्य स्कुल र समाज सेवा का लागि भनी दान दिएछन । अति नै गरीब परिवारमा जन्मेको र गाउलेहरुको सहयोगमा कापी कलम जुटाउंदै स्कुल जान पाएका र आफु अहिलेको स्थितिमा पुग्नमा गाउंको नै योगदान रहेकाले उनले गाउंलाई नै आंफ्नो सम्पुर्ण कमाइ सुम्पेका रहेछन ।

तर नेपालीले यसो गर्यो होला र भनेर पत्याउनै गार्हो लाग्ने परिस्थिति आएछ । १०-१५ वर्ष पहिले त विदेश गएर डिग्रि लिनेहरु देशमा फर्किने गर्थे, यस्ता कुरा पत्याउन गार्हो लाग्थेन ।

सायद रितिक रोशन देखि सोनी टीभीको कुखुरे प्रोग्राम हेर्दा नेपालीहरु धेरै "राष्ट्रवादी वा देश प्रेमी" आदि इत्यादि हुन्छन कि जस्तो भान पर्छ तर वास्तविकता के हो यथार्थले नै देखाउंछ ।

Anonymous said...

Postak ji,

Yo kura tapai le kahilley garnu bhayana agadi,

La ramro cha. Keep it up!!!

Raju K

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !