August 10, 2008

फेरि यमदुत नै बन्ने चाहना ?

बाल्यकालका दिनहरुको कुरा याद आउंछ । कहिले काहि म आमासंग झगडा गर्दा रीस पोख्न पस्केर थालमा दिएको भात फाल्ने धम्की दिने गर्दथें । बिचरा आमाले छोराले भात नखाला र भोकै होला भन्ने पीरले सबै कुरा वा बाल शर्तहरु मानेर खाना खान मनाउने गर्नुहुन्थ्यो । बाल्यकालमा हामी सबैको भोगाइको कुरा यस्तै हुन्थे । त्यति मात्र नभएर छिमेकीसंग होस या दाइ भाइ वा बाबुसंगको रीस यी सबैका कारण सिर्जित बाल धम्कीको शिकार सबैका आमाहरु नै हुने गर्छन ।

त्यस्तै बाल तमासा अहिले देशमा माओबादि मण्डलीले गर्दैछ । आफ्नै कुबुद्धि र गैर जिम्मेवारिपनको शिकार आंफै बनेको छ र २ र ३ जम्मा ५ मात्र हुन्छ भन्ने लघु सोंचाइले २ र ३ ले ६ पनि बनाउंछ भन्ने विर्सेको छ । केहि दिन बिचको देशको अचम्मको चालले मुलुक सहि दिशामा जान्छ कि भन्ने झिनो आशामा बसेकाहरुलाई फेरि पनि आफु गलत रहेछु भन्ने सोच्न कर लगाएको छ । एमालेसंग एउटा सम्झौता गरी केहि घण्टा भित्रै अडान बदलेर अर्को निर्णय गरी एमाले लाई बिल्याउन खोज्ने उसको रणनीति वा निर्णयले उसको बेइमानीपना सबै सामु छर्लङ पारिदिएको थियो नै उसको राजनीतिक कच्चापन उदाङो पारिदिएको छ । माओबादिको गद्दारिपना र माओबादिको संचालन रिमोट कन्ट्रोलद्वारा हुंदोरहेछ भन्ने कुरो उनीहरु भित्रकै पोलापोलले ईंगित गरिरहेको छ । यस्तै घटना माओबादि र देउबा सरकारको बिचको शान्ति संझौताको वैठकको पालामा पनि भएको थियो । सबै कुरामा मिलिसकेर हस्ताक्षर गर्ने प्रकृयामा पुग्न लागेका माओबादि एक फोन कलको कारण संझौता भंग गरेर भागेका थिए । त्यति मात्र हैन आंफु भित्र नै मारामारमा उत्रिन लागेका सज्जनहरुको हरकतले माओबादि नामको कम्निष्ट पार्टीको विभाजनको दिन धेरै टाढा छैन भनेर पनि सोच्नु पर्ने हो कि भन्ने लाग्न थालेको छ ।

अहिले एमाले र कांग्रेस धर्म संकटमा फसेका छन् । न त आफुहरु मिलेर सरकार बनाउन बहुमत पुग्छ न त माओबादी विश्र्वास गर्न लायक भइसकेको छ । यस्तोमा फेरि मधेशी फोरम हालीमुहालीमा पुग्यो भने र परमानन्द झाले देखाएको कास्टिङ पुर्णाकी नाटकको रुपमा मञ्चन हुने मौका पायो भने “नेपालीको भाग्य कोर्ने” आशा गरिएको “समावेशी” संविधान सभा र यसका अपवित्र उत्पादन र हरकतबाट राष्ट्र र राष्ट्रियता कति पटक बलात्कृत हुने हो सम्झन डर लाग्ने स्थिति आइसकेको छ ।

म जस्ता कुनै पार्टी प्रति लेनदेन नभएका व्यक्तिहरुको सबैको एउटै आशा कि त सबै पार्टीहरु मिलेर सरकार चलाएर राम्रो संविधान बनाउनुका साथै देशलाई पनि उन्नतिको मार्गमा डोरयाउन होइन भने कलंक नलागेका व्यक्ति लिएर जिम्मेवार केहि पार्टीहरु मात्रै भए पनि त्यो लक्ष पुरा गरुन भन्ने हो । तर हिजो सम्मको जंगल देखि सडक सम्मको नायक बनेको माओबादीले यसरि देश र प्रजातन्त्रको हित चाहनेहरुलाई लोप्पा ख्वाइसकेको छ र झन् धम्की र बार्गेनिङमा उत्रन थालेको छ ।

हिजो सम्म आदर्श र विकासको गफ छाट्ने माओबादि राष्ट्रलाई निकास दिने गठबन्धन बनाउने काममा आफैं बाधक बन्दैछ । झन यस्तो परिस्थितिमा बढी जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने माओबादी आंफै मधेशी फोरमलाई पनि मात गर्दै सौदा बाजीमा उत्रिएको छ । एकातिर मधेशको दुहाइ दिएर रातारात उदाएका पार्टी भन्दा पनि विश्र्वासको कसीमा गिरेको माओबादिलाई अब कसैले विश्र्वास गर्न भन्दा पहिले १० पटक सोच्नु पर्ने बाध्यताको स्थिति आफुलाई अग्रगामी र सर्वे सर्वा ठान्ने माओबादीले नै पैदा गराइदिएको छ । अर्कोतिर माओबादी नीतिगत वा निर्णयगत हिसाबमा सम्मत हुन नसक्ने रहेछ र नेतृत्वको बोली आफ्नो मात्र खुशी वा समझदारीले नचल्ने खसी बजारको दलालको जस्तो रहेछ भन्ने खुलस्त देखिएको छ ।

संविधान सभाको चुनावबाट नै अधिनायकबाद लाद्ने लघु सोच सफल नहुने हो कि भन्ने कुराले माओबादि वा त्यस भित्रका अनुदारहरुलाई पिरोलेको छ । त्यसैले हिजो माओबादीको नया बन्ने सत्ताको जर्नेल बन्ने सपना देख्नेहरु हुन वा प्रधानमन्त्री बन्ने सपना देख्नेहरु हुन सबै ले जे पायो त्यहि बोल्न थालेका छन् । अनि एकदिन प्रचण्डको, अर्को दिन हिसिलाको त कहिले कसको धम्की आउन थालेको छ “शान्ति प्रकृया खतरामा छ”, “हामीलाई फेरि जंगल नफर्काइयोस”, “देशमा सिभिल वार हुन्छ” आदि आदि ।

हिसिला यमीको “सिविल वार” को धम्कीलाई उद्धृत गर्दै आज नेपाल भ्रमणमा जाने हरुले भिजिट गर्ने युरोपको एउटा वेब साइटमा नेपाल भ्रमणमा जानेहरुको लागि अहिले खतरा हुन सक्छ भन्ने किसिमको खबर प्रकाशित गरिएको छ । अर्थात फेरि नेपाल सुरक्षित छैन भन्ने बुझ्न लागेका छन बाहिर बाट हेर्ने मान्छेहरु ।

१० वर्षमा देशको कायापलट गराउंछु भन्ने हरु नै किन अरु भन्दा नालायक बन्न तम्सिदै छन ? बोल्नु भन्दा अगाडि सोच्न जरुरत नठान्ने र धम्कीलाई नै आफ्नो अस्त्र बनाउने कि देश बनाउन मिलेर अगाडि बढ्ने ?

त्यसैले अति भयो ! अझै पनि प्रचण्ड एण्ड कम्पनिको घुर्कीलाई सहने वा उनका शिविरका छापामारलाई निशस्त्र गरेर खोरमा हाल्ने ? होइन भने संसदीय प्रजातन्त्र स्विकारिसकेपछि र गणतन्त्र आइसकेपछिको अवस्थामा बन्दुक बोकेर राष्ट्रलाई धम्क्याउन पाइन्छ ? के “१० वर्षमा स्विट्जरल्याण्ड बन्ने” हौवा पिटाइएको देशमा मान्छेको बाच्न पाउने अधिकारलाई समेत चुनौति दिंदै खुलेआम यमदूत बन्ने धम्की दिन पाइन्छ ?



5 Comments:

Anonymous said...

के गरुन त बिगार्न जति बनाउन सजिलो हुने भा त देश उहिले बनिसक्थ्यो । झन बुझ्यो झन कठिन के हो? यहि हो ।

Nepal! said...

माओबादिको "क्रान्तिकारी धोका" को बारेमा माधव नेपालसंगको अन्तर्वाता को केहि अंश:
प्रश्न: राष्ट्रपतिमा तपाईंको नाम कसरी अगाडि आयो?

मावादीले गिरिजाप्रसादलाई स्वीकार नगर्ने बताएपछि साथीहरूले तपाईंले किन आँट नगर्ने भन्न थाल्नुभयो। वामपन्थी नेतृत्वको तर्क गरियो। मैले जानु ठीक हुँदैन भने पनि उहाँहरूले गिरिजाप्रसादपछिको व्यक्तित्व तपार्इं नै हो भन्न थाल्नुभयो। यो मुलुकमा गिरिजाप्रसाद कोइरालाले प्रमुख हुन पाउने हो भने माधव नेपालले किन नपाउने भन्ने प्रश्न पनि छ। भूमिकाकै कुरा गर्दा कसैले भन्न सक्छ, शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउन वा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मेरो भूमिका छैन भनेर?

प्रश्न: तर तपाईं अस्वीकार्य हुनुभयोनि त!

कतिको खेती नै भएको छ, मेरो चरित्रहत्या गर्ने। फोहोर चलायो गन्ध भनेर, प्रतिवाद गरेको छैन। मैले नैतिकताको आधारमा राजिनामा दिएँ। नैतिकताकै आधारमा २६ जनामा मनोनीत हुन र संविधान मस्यौदा कमिटिको संयोजक बन्न अस्वीकार गरेँ। तर चरित्रहत्या गर्नेहरूको आँखा यसतर्फ नपुगेको देख्दा अचम्म लाग्छ। जसले राजद्रोहको आरोप लाग्ने जोखिम मोलेर तिनलाई सधैँ साथमा ल्याउन कोशिश गर्‍यो, त्यसको चरित्रहत्या गर्न मावादी कति तल र्लियो, दुनियाँले देखेको छ। सोझ्ो भएर, आक्रामक नभएर, सहमति र समझ्दारी खोज्ने भएर आजसम्म धोका पाएको हो कि! मलाई त जिउँदै मार्ने काम गरियो। त्यस्ताहरूसँग अब कस्तो व्यवहार गर्ने?

प्रश्न: बेलाबेलामा दाम चढाएको कुरा पनि उछालिने गरेको छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाबाबु र सभामुख रामचन्द्रजीले चढाउनुभयो। चलन त्यही थियो, स्वाभाविक रूपमा सबैले त्यही गरे। शुभकामना दिँदा फूल दियो कि दाम चढायो भन्ने ठूलो कुरा होइन, मुख्य कुरा नीति हो। राजाको राज्यारोहण मान्नुहुन्थ्यो, हुन्थेन भन्ने प्रमुख कुरा हो।

प्रश्न: माओवादीसँग कुन तहमा सहमति भएको थियो र कसरी बदलियो?

१ साउन बिहान वामदेव गौतमसँग पुष्पकमलले मेरो नाममा सहमति जनाउनुभयो। राति ११ बजे विष्णु पौडेलले मेरो बारेमा टुङ्गो लागेको र भोलि बिहान सहमतिमा हस्ताक्षर हुने बताउनुभयो। मेरो मनमा चिसो पस्यो, दिउँसो रामराजाप्रसादले मनोनयनको कागज लगेकाले कतै चुनावमा उठाएर लडाउने त होइनन् भन्ने लाग्यो। भोलिपल्ट जब झ्लनाथजीलाई बोलाइयो, म साथीहरूसँग भन्दैथिएँ, मैले सकिनँ माफ गर्नुहोला भन्ने जवाफ आउँछ। नभन्दै झ्लनाथजीले त्यही कुरा ल्याउनुभयो।

प्रश्न: माओवादीले त गृहमन्त्रालयका कारण कुरा नमिलेको बताएको छ।

त्यस्तो शर्त थिएन। त्यस्तो थियो भने मलाई थाहै नदिई घरमा भेट्न आउने पुष्पकमल दाहालले फोनबाट भन्न सक्नु हुन्थेन र!

प्रश्न: के भएको हो त?

धोका! राष्ट्रपतिको कुरा दुई पार्टीको सम्बन्ध सुधारको परीक्षा हो भनेर मैले पुष्पकमललाई भनेको थिएँ, त्यसमा उनीहरू असफल भए। उनीहरू उपयोगितावादी राजनीतिमा छन्। दलहरूलाई सिध्याउन राजा ज्ञानेन्द्रलाई उपयोग गर्न खोजे। १९ माघअघि ज्ञानेन्द्रसँग भेट्ने तय भएको पुष्पकमलले नै बताउनुभएको छ। राजावादीहरू सच्चा देशभक्त हुन् भनी उहाँले नै भन्नुभएको हो। सेनाको घेरामा पर्दा ठूला नेताहरू निशानामा नपरुन् भन्ने निर्देशन हुन्थ्यो भनेर सैनिक अधिकारीहरूले मलाई भनेका छन्। पूर्व मावादी नेता रवीन्द्र श्रेष्ठले पनि यसलाई पुष्टि गर्नुभएको छ।

प्रश्न: माओवादी यो हदको अविश्वासी हो त?

एउटा घटना सुनाउँछु, आफैँ ठम्याउनुस्। २०६४ असोजताका मावादी मङ्सिरमा चुनाव नगराउने पक्षमा थिएर गिरिजाबाबुलाई अविश्वासको प्रस्तावबाट हटाउन खोज्दै मलाई प्रमका लागि तयार रहन भनिरहेका थिए। चुनाव गराउँछु भनेका बेला बीचमै हटाउन मिल्दैन भनेको थिएँ। यो कुरा एकताकेन्द्र मसालका महामन्त्री प्रकाशकै सामुन्ने बालुवाटारमा भएको थियो। त्यसपछि गिरिजाबाबुले माथि बोलाउनुभयो। कोठामा छिर्नेवित्तिकै पुष्पकमलले गिरिजाबाबुलाई तपाईंको कुनै विकल्प छैन भन्दा तीनछक परियो। मेरो र प्रकाशबीच हेराहेर भयो। कति अविश्वासी मान्छे! उनीसँगका यस्ता घटना धेरै छन्, पछि समयक्रममा बाहिर आउलान्। पुष्पकमल दाहाललाई या त आफू के बोलिरहेको छु भन्ने थाहा हुँदैन, या उहाँ खेलाउन सिपालु हुनुहुन्छ, या त उहाँलाई छिटो बिर्सने बिमारी वा कुरैपिच्छे प्रस्ताव राख्ने बानी छ। २०४० सालदेखि सङ्गत भए पनि मैले उहाँलाई बुझन सकिनँ। प्रचण्डपथले उहाँलाई बिगारेको छ। उहाँले पुष्पकमल दाहाल भएर आउनुपर्छ। लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्वन गर्नुपर्छ। त्यसो नगरेसम्म उहाँमा सुधार आउँदैन। त्यसैले राष्ट्रपतिको प्रकरणमा पनि पटक पटक साथीहरूसँग भनेको थिएँ― के विश्वास? के विश्वास? के विश्वास?

प्रश्न: माओवादीले अवसर गुमाएकै हुन् त?

हो, गुमाएकै हुन्। हिजो पद दिने ठाउँमा रहेको मावादी आज पद लिने ठाउँमा आइपुगेको छ। राष्ट्रपतिमा हारेपछि नैतिक आधारमा सरकारमा जान्नौं भन्नु अस्वाभाविक होइन, जानुपर्छ भनेर धेरै आग्रह गर्न पनि आवश्यक छैन। सरकार बनाउन सक्छन् भने अवसर दिनुपर्छ। मावादीकै नेतृत्वमा सरकार बन्ने हो भने पनि प्रचण्ड र बाबुराम बाहेक अरू कोही अघि सरे पनि त भयो नि! रामबहादुर थापा बादल अघि बढ्न सक्नुहुन्छ। उहाँ दूतावास धाएको, जालझ्ेल गरेको, झ्ूटो बोलेको, विवादमा परेको थाहा छैन; मान्छे भद्र देखिनुहुन्छ।

तपाईं र गिरिजाप्रसाद कोइराला मूलधारको प्रश्न: राजनीतिबाट बाहिर बस्दा शान्ति प्रक्रिया के होला?

शान्ति प्रक्रियामा प्रतिकूल असर पार्नुहुन्न। त्यसका लागि सकारात्मक भूमिका निर्वाह गर्छु। नेपालको कम्युनिज्म उग्रवामपन्थवाद होइन, त्यसैले एकदलीयता र सर्वसत्तावादको दिशामा जानुहुँदैन। आर्थिक विकासको नियममा हस्तक्षेप गर्नुहुँदैन। मैले मावादीलाई पेरु, कम्बोडियालगायत विभिन्न देशमा समयमा बुद्धि नपुर्‍याउँदा वामपन्थीहरू समाप्त भएका इतिहास पढ्न भनेको छु।

Biplab said...

Nice One. I agree still our country is facing same scenario after down fall of king. When this gonna end?

ठरकी दादा said...

माओबादि नेतृत्वको सोच र बैचारिक आयाम 'बालबुद्दी' प्रमाणीत भैसकेको यथार्थलाई तपाईले रोचक ढंगले प्रस्तुत गर्नु भएको छ।

अब खुलेआम यमदूत बन्ने धम्किका बारेमा भने एकै वाक्यमा कुरा टुङयाउने हो भने "सबैले आफूले जानेको काम" गर्ने न हो!

देशलाई स्विट्जरल्याण्ड बनाउने 'जोक'धेरै दिन लोकप्रिय नभएपछि माओबादि फेरि आफ्नो असली रुपमा आउनु नै पर्थ्यो र आउदै छन।

nepalean said...

यम राज इन्द्र बन्न खोज्छ जब इन्द्र हुन सक्दैन त्यो पुन यमराज बन्न जान्छ। सत्ता हडप्न माओबादी यमराज बने, अब भोट बाट इन्द्र बन्न खोज्दैछन यदी नसके यम राज बन्नछन त्यसमा कुनै दुइमत छैन।
तपाइले टिपेको कुरा निकै सान्द्रभिक छ।
संबिधान सभाको चुनाबलाइ संबिधान बनाउन भन्दा सरकार बनाउन तिर सोजाएको हतियार माओबादी आफै शिकार होला जस्तो छ। शिकारी नै शिकार बन्ने हो कि , यो १-२ दिनमा थाहा होला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !