April 7, 2008

वाईसीएल न बुद्ध नै बन्छ न गान्धी नै

नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएल का सदस्यहरुलाई संविधानसभा निर्वाचनको अवधिभर ुगान्धीु बन्न अर्थात् अिहंसावादी बन्न दिएको निर्देशन व्यवहारमा लागू भएको छैन । अब भने आतंकपूर्ण व्यवहार गर्दै आएको माओवादीको भ्रातृ संगठन वाईसीएलले चार दिन आफ्नो गतिविधि रक्षात्मक हुने बताएको छ । भनाइमा एउटा र गराईमा ठीक विपरित गतिविधि गर्दै आएका वाईसीएलले
निर्वाचन सफलताका लागि सातबुँदे निर्णय गरेको जनाएको छ ।
राजधानीको फोहोर उठाउने रक्तचन्दन तस्करी रोक्ने लागूऔषध दुव्र्यसनीलाई कुलतबाट छुटाउनेलगायतका सामाजिक विकृतिलाई कम गर्न प्रभावकारी भूमिका खेलेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै गरेको भए पनि बेलाबखतमा देखाउने उदण्डकारी गतिविधिले पानीको फोका जस्तै एक निमेषमा खेर जाने गरेको छ । अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन नहुनुको अर्थ हो वाईसीएल गान्धी बन्न सकेन वा िहंसाको बाटो रोज्न चाहेन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि गठन भएको योङ कम्युनिस्ट लिग वाईसीएल एक प्रकारको अर्धसैनिक बलका रुपमा देखापरेको छ । सामाजिक गतिविधिमा सहयोगी हातहरु बढाएर सर्वसाधारणको वाहवाही पाएको वाईसीएलले आफ्नो प्रख्यातिलाई जोगाइराख्न सकेन ।विगतमा वाईसीएलले राम्रा र सह्रारानीय कार्य गरेको भए पनि यतिबेला उसले सर्वसाधारणको मन जित्न सकेको छैन । शान्ति र भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धाका साथ संविधानसभाको निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व हो । तर अध्यक्ष प्रचण्डले कमसेकम एक साता शान्तसँग बस अरुका नेता तथा कार्यकर्ता नकुट चुनावी सभा नबिथोल पार्टीमाथि गम्भीर आक्षेप आइसकेको संकेत गर्दा पनि नसुधि्रनु भनेको गधालाई दूधले पखालेर गाई हुँदैन भन्ने उखानलाई चरितार्थ गर्नु हो । तर हिजो आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका अध्यक्ष गणेशमान पुन रश्मीले जनतालाई मतदानको सही उपयोग गर्न पहल गर्ने निर्वाचन शान्तिपूर्ण गराउने मतदान केन्द्र र गाउँवस्तीमा मतदाता सेवा गर्ने अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुर् याउने र सुरक्षाकर्मीलाई सहयोग गर्ने जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले केही दिन वाईसीएललाई बुद्ध बन्न दिनुभएको निर्देशन अनुरुप सो निर्णय गरेको जनाएको छ । यद्यपि वाईसीएलले जे जे निर्णय गरे पनि जनता भने आतंकित हुन छाडेका छैनन् ।
यो के हो प्रचण्ड जी तपाई कै आफ्नै अर्धसैनिक वाईसिएल त १२ वर्ष कुकुरको पुच्छरलाई ढुङ्गा्रमा राखे पनि बाङ्गाबाङ्गौ भन्ने नेपाली उखानलाई बास्तविक रुप दिनको लागि लागि पो परेका छन् ।




1 Comments:

ठरकि दादा said...

बाह्र बर्ष बन्दुक बोकेर दुई दिनमा बुद्ध बन्न सकिन्छ र यिनिहरु बुद्ध बन्थे ।

करिव १२ हजारको हत्या गर्नेले महामानव र शान्तिदूत गौतम बुद्धको नाम यसरि हल्का रुपमा लिएर बास्तबमा बुद्धकै बेईजत्ती गरेका छन ।

कहाँ अरुले बाँड हानेको घाईते परेबालाई पनि बचाउने बुद्ध र कहाँ आचार संहितलाई समेत अचार बनाउदै मान्छे कुट्दै हिडने वाई सि एल? कसरि यो रुपान्तर हुन सक्छ र?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !