April 7, 2008

आफैं परिचालित हुने रे सेना निर्वाचन समयमा

विगतको निर्वाचनमा परिचालित भएको सेना यसपल्ट चुपचाप बस्ने भनिए पनि आवश्यक सहयोगका लागि नेपाली सेना तम्तयार रहेको जनाएको छ । सरकारले यसपल्ट सेना परिचालन नगर्ने निर्णय गरेर विभिन्न व्यक्तिहरुले सेना परिचालनका विषयमा विभिन्न टिकाटिप्पणी गरिरहेका बेला संविधान सभा निर्वाचनमा सेना सकि्रय रहने भन्दै उसले आफैं मुख खोलेको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने हवाई साधनहरु उपलब्ध गराइने र आवश्यक सबैखाले
सहयोग गर्ने जनाएको छ । देशभर माओवादीबाट कुटपिट बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले सेना परिचालन गर्नुपर्नेमा जोड दिन थालेका छन् । माओवादीका अराजक गतिविधिका कारण सेना परिचालन आवश्यक रहेको दाबी गर्न थालेका छन् ।नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले शान्तिसुरक्षाको स्थिति गम्भीर बन्दै गएकाले सेना परिचालन अनिवार्य बनेको दाबी गर्नुभएको छ । उता माओवादी अध्यक्ष प्रचण्डले भने सेना परिचालनको कुनै आवश्यकता नभएको दाबी गरेका छन् । शान्तिसम्झौता विपरित सेना परिचालन गर्न नमिल्ने भन्दै आफ्ना कार्यकर्तामाथि दोसारोपण मात्रै गरेको दाबी गरे । माओवादी दिनानुदिन आक्रमण बढेपछि दलका नेताहरुले त्यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन हुन नसक्ने भन्दै सेना परिचालन गर्नुपर्ने बताएका हुन् । विगतका निर्वाचनमा सेना परिचालन गरेको भन्दै यसपटक झन् सुरक्षास्थिति फितलो भएकाले अनिवार्य भएको दाबी गरेका छन् ।
सेनाले चैत्र २४ गते एक विज्ञप्ति प्रकाशित गरी भन्सार रिपिटर स्टेसन विद्युत्गृहलगायत महत्वपूर्ण स्थानको सुरक्षा गरिरहेको जनाउँदै सेनाको हवाई साधनबाट मतपत्र मतपेटिका कर्मचारी सुरक्षाकर्मी तथा निर्वाचन सामग्रीहरु ढुवानी गरिरहेको स्पष्ट पारेको छ ।
निर्वाचनका क्रममा भएका घाइतेको उद्धार गर्न सेनाले थप हवाई साधनहरु तयारी हालतमा राखेको सुरक्षा सुदृढ गर्न र आकस्मिक गर्न सकिने जनाएको छ । विगतमाझैं परिचालन हुन नपाएपछि सेनाले आफैंले आफ्नो भूमिका भएको जनाएको हो । मुलुक र जनताको सुरक्षार्थ जुनसुकै हालतमा सरकारको निर्देशन मान्न तयार रहेको जनाउँदै सेनाले आवश्यक पर्दा तयार रहेको बताएको छ । सुरक्षाका विषयमा समस्या देखिन थालेपछि दलका नेताहरुले सेना परिचालन गर्नुपर्ने बताउँदै आएका छन् ।


1 Comments:

ठरकि दादा said...

मलाई लाग्छ जसले जे भने पनि नया नेपालका क्रानतिकारी 'बुद्ध' र 'गान्धि'को अनावश्यक दबाब र बिसंगतिले गर्दा सेना परिचालन करिव करिव अवश्यंभावि छ

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !