April 6, 2008

चैत्र २३ गते शनिबार कहाँ-कहाँ भयो निर्वाचन आचारसंहिताको उलंघन

राष्ट्रिय निर्वाचन अनुगमन साजाल नेमाका सचिवालय संयोजक प्रदिप घिमिरेले संविधानसभा सदस्य निर्वाचन २०६४ को पूर्वअवस्थाको अनुगमन गरि प्रकाशित गरिरहेको दैनिक विशेष बुलेटिन अन्तर्गत शनिबार देशका विभिन्न भागमा भएका चुनावी घटनाक्रम यस्तो छ ।
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं। ३ मा नेमकिपाका तर्फबाट उम्मेदवार बनेका अशोक यादवलाई तराई जनजागरण मुक्तिमोर्चाका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन धम्क्याएका छन् । ती कार्यकर्ताहरुले उम्मेदवार यादवको घरमा पुगि गोली समेत चलाएका थिए ।
गुल्मी जिल्लाको क्षेत्र नं। ३ मा पर्ने हाडहाडे भन्ने स्थानबाट एमाले समर्थित प्ररायुसंघका सदस्य बिष्णु वि।s।लाई चैत्र २३ गते माओवादीले अपहरण गरेको छ ।
बैतडी जिल्लामा आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताहरुमाथि आचारसंहिता उलंघन गरेको उजुरी दिन जादै गरेका एमाले कार्यकर्ताहरु र माओवादी कार्यकर्ताहरुबीच चैत्र २३ गते झडप भएको छ । हाट गाविस स्थित प्रहरी चौकीमा उजुरीको लागि जादै गरेको एमाले टोलीसंग भएको झडपमा परी ७ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । झडपलाई साम्य पार्न प्रहरी पुगेको थियो । त्यसक्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।
हुम्ला जिल्लाका माइला मदन कालिका श्रीनगरलगायतका गाविसमा नेकपा माओवादीका कार्यकर्ताहरुले डर त्रास तथा धम्कीका भरमा भोट माग्न थालेको पाईएको छ ।
नवलपरासी जिल्लाको कावासोती बजारमा चैत्र २३ गते कांग्रेस र वाईसीएलका कार्यकर्ताहरु बीच झडप भएको छ । त्यसक्रममा कांग्रेसका उम्मेदवार ओमकला गौतमको गाडीमा क्षती पुगेको छ । त्यसक्रममा दुवै पक्षका गरी करिब २० जना घाइते भएका छन् भने २ वटा मोटरसाइकिल क्षेतिग्रस्त भएका छन् ।
मुगु जिल्लाको रोवा गाविसमा चैत्र २३ गते चुनावीसभा सकेर फर्कदै गरेका क्षेत्र नं। १ का एमाले उम्मेदवार चन्द्रबहादुर शाहीलाई माओवादी कार्यकर्ताहरुले केहीबेर आफ्नो नियन्त्रणमा राखेका छन् ।
सुर्खेत जिल्लाको कल्याण गाविस चैत्र २३ गते प्रचार प्रसारमा हिडेको राष्ट्रिय जनशक्ति पार्टीको टोलीबाट वाईसएिलका कार्यकर्ताहरुले प्रचार सामग्री लुटी लगेका छन् ।
सल्यान जिल्लाको मुङखोला गाविसको राउचेमा चैत्र २३ गते कांग्रेस कार्यकर्ताहरुले एमाले समर्थित अनेरास्ववियुका कार्यकर्ता जगजित बुढालाई कुटपिट गरेका छन् । घरदैलो कार्यक्रममा रहेका निज बुढालाई कांग्रेस कार्यकर्ता घनश्याम वुढाको नेतृत्वमा रहेको समूहले कुटपिट गरेको वुझिएको छ । त्यसक्रममा उहाँको टाउको र हातमा चोट लागेको छ । त्यस्तै सल्यानको पिपलबोटमा आयोजित एमालेको चुनावीसभालाई माओवादीले विथोल्ने प्रयास गरेका छन् । उनिहरुले एमालेका सभा चलिरहँदा सभास्थल वरपर नारावाजी गरेका थिए ।
दाङ जिल्लाको रामपुर गाविसमा आज चैत्र २३ गते हुनथालेको चुनावी सभामा सहभागीहुन जान थालेका काग्रेस कार्यकर्ताहरुलाई माओवादी कार्यकर्ताहरुले लक्ष्मीपुरको भैसीकुर्मामा अभद्र ब्यवहार गरेकाछन् । त्यसक्रममा माओवादी कार्यकर्ताले काग्रेसका एक दर्जन बढी झण्डा जलाइ दिएको तथा काग्रेस कार्यकर्तामाथि कुटपिटको प्रयास गरेको जनाइएको छ ।


1 Comments:

ठरकि दादा said...

मतदान हुन ४ दिन बाँकि रहदासम्म हाम्रा यो ताल छ । न त १२ बुँदे न ७ बुदेँ के के हो कूनी कुनै पनि नियम कानून नमान्ने र सामान्य मानवता र शिष्टता समेत देखाउन नसक्नेहरु किन चुनावको मैदानमा उत्रेका हुन?

मान्छे नै बन्न सकेका छैनन कसरि नेता बन्ने हुन !!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !