April 6, 2008

डोल्मा सञ्चै छिन्ः रियाद दुतावास

नमस्कार साथीहरु सबैलाई
सबै प्रथम त तपाईहरुसँग माफी माग्दैछु किनकी नेपालमा संविधान सभाको निर्वाचन हुन गईरहेको बेला देश र देशबासी सबैै जना त्यतातिर लाग्दा कतै हाम्रो चेली फाँसीमा त चड्ने होईन भनेर मैले यसलाई समावेश गरेको छु यो मैले विभिन्न साईटहरु हेर्ने क्रममा नेपाली पोष्टबाट साभार गरेको हुँ यसबाट ब्वकरहरुलाई के समस्य भए क्षमा माग्दछु । डोल्मा सञ्चै छिन्ः रियाद दुतावास कुवेतमा मृत्युदण्ड सजाय पाएकी नेपाली चेली डोल्मा शेर्पाको जीवनरक्षामा कानूनी उपचार खोज्नका लागि साउदी अरेबिया नेपाली दुतावासले एक वकिलको व्यवस्था गरेको छ ।
खाडीको कुवेत मामला समेत हेर्ने रियाद नियोगका प्रथम सचिव लोकबहादुर थापाले यसै साता कुवेत पुगेर वकिल नियुक्ती तथा डोल्मास“ग भेटघाट गरेका छन् । 'डोल्माको जीवनरक्षामा अब औपचारिक प्रकृया सुरु भएको छ,' थापाले शनिवार फोनमा भने । कुवेतको पुनरावेदन अदालतमा डोल्माको अभियोगमा अन्तिम सुनुवाइ सुरु भैसकेका कारण उनको मुद्धामा अपिल तथा बहस पैरवी गर्नका लागि कुवेती मुलका वकिल नियुक्त गरिएको थापाले बताए । 'मृत्युदण्डको सट्टा प्रकृयामा निश्चित बर्षको जेलसजाय तोक्नेतर्फ पैरवी हुनुपर्‍यो भनेर धारणा राखेका छौं,'थापाले भने । जेलमा रहेकी डोल्माको स्वास्थ्यस्थिती राम्रो रहेको र उनले आफ्ना पक्षमा संचारजगत, नेपाल सरकार, नेपाली समुदायले गरिरहेको पहलबारेमा जानकारी पाइरहेको बताएकी थिइन् । 'डोल्मा सञ्चै छिन्, उनको स्वास्थ्य ठीक थियो,'थापाले भने ।
एक फिलिपिनो सहकर्मीको हत्या अभियोगमा थुनामा रहेकी डोल्मालाई मृत्युदण्ड सजाय दिइनेबारे त्यहा“को तल्लो अदालतले पा“च महिना अघि निर्णय सुनाएको थियो । 'पुरावेदनको प्रकृया पुरा भएर यो मुद्धा सर्वोच्च अदालतमा जानेछ, त्यसकारण यसको अन्तिम निर्णयमा केही महिना लाग्नेछ,'थापाले भने । यही क्रममा प्रथम सचिव थापाले कुवेतस्थित फिलिपिनो दुतावासका अधिकारीस“ग भेटघाट गर्दै हत्या गरिएका परिवारलाई ब्लड-मनी क्षतीपुर्ती उपलब्ध गराउन र सम्बद्ध आफन्तबाट माफीको कागजात झिकाउनका लागि आग्रह गरेका छन् । 'डोल्मा बचाउ अभियानमा ५० लाख रुपैंया जति आवश्यक पर्ने भनिएकोमा अहिलेसम्म गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालय र कतार दुतावासबाट गरेर झण्डै २० लाख रुपैंया मात्रै संकलन भएको छ, 'उनले भने-'रकम संकलनमा हामीले तदारुकता चाहेका छौं ।'


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !