March 27, 2008

पुड्का राष्ट्रपती

अग्लो,होचो,कालो,गोरो यो सबै आफ्नो बस भन्दा बाहिरको कुरो हो। तर हिल लगाएर अग्लो,पाउडर लगाएर गोरो त हुन सकिन्छ तर त्यो एकै छिन मात्र हो। तर अग्लो भएर होचो हुने, त्यो पनि राष्ट्रपती ए होइन होइन भावी राष्ट्रपती जस्तोको दशा देख्दा के लगाउने सल्लाह दिने हो उत्तर नै भेटिएन।
बाउ किसान,जिन्दगी आलिसान करै बेग्लै छ। सिल्लित्त कपाल, छाटेको जुवां हेर्दात फिल्मकै हिरो जस्ता छन। हातको घडी हेर्ने हो भने अरबपती, खरबपती जस्ता छन। बन्दुक बोकेर अघी पछी दौडने मान्छे हेर्दा परबेज मुसरफ जस्ता छन। इतिहांस हेर्ने हो भने शोलेको गब्बर सिंह भन्दा खतरा तर भाषण सुन्यो गोपाल राज मैनालीको झल्को आउंछ..." धाक भन्दा धक्कु ठुलो हिड्न लागे खुट्टो लुलो"।यस्तै हाल छ माओबादीका टाउके कमरेड प्रचण्डको।
बाइ सि एल ले नेपालका भए जतीका सबै भित्तामा भावी राष्ट्रपती कमेरड प्रचण्ड लेखेको देखेर वाक्क भए पछि एमाले ले भित्ते राष्ट्रपतीको संज्ञा दिए पछि आजीत भएका प्रचण्ड अहिले आफ्नो शान घट्दै गएको र कतै जमानत नै जफत हुने होकी भन्ने त्रासमा छन। केही पहिले सम्म हारे पनि शान्ती प्रक्रिया नबिथोल्ने कसम खाएका प्रचण्ड अहिले एकाएक हारे बन्दुक समात्ने जस्ता खालको भाषण ठोक्न पुगेका छन। सबैलाइ जागिर देखी सबै ठाउंमा रेलको भाषण, दन्त्य कथा जस्तो हुन पुगे पछि चर्को ध्वासका धनी खुट्टा कमाएर यसको बिश्वासघात र उसको षडयन्त्र भनेर औलो तेर्साउन पुगेका छन।
आफ्नै पटेन्ट भएको संभिधान सभा प्रजातन्त्रबादी देखी पन्चतन्त्रबादी सबैले आ-आफ्नै पोल्टोमा राखेको देख्दा अनि गोलमेच सम्मेलनको मेच गोलखाडी भएको देख्दा प्रचण्डलाइ पर्नु पिर परेको छ।बन्दुकले रजांइ गरे जस्तो भोटले रजाइ गर्ने छाटकांट नेदेख्दा कतै पुर्व पन्चले पो उछिन्ने हुन कि, अहिलेसाच्चै नै प्रचण्डपथ शनिशंकटमा परेको छ। बाबुराम भट्टराइ जंगलबाट निस्कदा त बानेश्वर नै जाम भएको थियो। प्रचण्ड निस्कदा त कुरै नगरौ, सिडियो देखी बिबिसी रेडियो, सबैको धनुष्टन्कार लाम। तर त्यो सबै सान नम्बरी सुनबाट पित्तल जस्तै फिका हुंदै गएपछी द्वन्दका हिरो बिकास नन्दबाट समेत जिरो हुन पुगेका छन। यसरी केही समया पहिला संविधान भन्दा माथी र सगरमाथा भन्दा अग्ला पुष्प कमल दाहाल आ.का कमरेड प्रचन्ड दिन दिनै पुड्का बन्दै गएका छन।


1 Comments:

Unknown said...

तपाईको यो ब्लगले नेपालको राजनीतिको आर्को यौटा पाटो पनि सम्झाईदियो ।

कुरो पहिलो जन-आन्दोलन अघी पछिको हो, त्यतिबेला गणेशमान सीहलाई पहिला "सर्बमान्य" को संज्ञा दिईएको थियो, पछि बिस्तारै ति सर्बमान्य ले श्रिमती लगाएतलाई चुनावमा उभ्याउने आदि कार्य गर्न थाले पछि तिनि "सर्बमान्य" बाट "कांग्रेसले मान्ने" भए। अनि पछिका दिनमा बिस्तारै "अलि अलि मान्य" हुदै कुनै बेला नेपाली कांग्रेसका तिन महारथि बीच 'गनेचा' समेत हुन पुगे।

अहिलेको 'भित्ते राष्ट्रपति' को ईमेज पनि त्यस्तै हिसाबले गिर्ने क्रममा छ । हावादरी गफ, मनगढन्ते हौवा र राजनैतीक दोहरीमा मात्र सिमित भए पछि आफ्नो छुट्टै अस्तित्व कायम गर्न निक्कै धौ धौ परेको छ तिनलाई ।

छोटो ब्लगमा तपाईले 'लामो' ईतिहास र केहि हदसम्म झल्काईदिनु भएको छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !