March 27, 2008

पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प

- Ajaya Dhakal

नेपाल को पहिलो समाचार च्यानल भन्छ - " पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प"
आज www.Nepalnews.com हेर्दै गर्दा त्यहाँ सागरमाथा टिभि को लिंक देखेपछि मलाई पनी नेपाली समाचार च्यानल हेर्न मन लाग्यो। लिंक क्लिक गरे, पेज खुल्यो, हिक्का छाडदै जेनतेन भिडियो पनी चल्यो. पहिलो पटक प्रतक्ष्य सागरमाथा टीवी हेर्दा मन गदगद हुने नै भयो। समाचार भन्ने सैली र प्राय समाचार त्यती मन पर्दों नभए पनी 'यो मन त मेरो नेपाली' हो भन्ने सोच्दै हेरियो। तर News Flash मा लेखिएको " पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प " भन्ने देखिएपछि अचम्मै लाग्यो । पहिला त कतै धेरै बंद भएर पूर्व पश्चिम राजमार्ग धादिंग तिरै पो पुरयाएकि जस्तो लाग्यो :) तर गूगल को नक्सा (गूगल म्याप ) हेरे पछि यो त "नेपाल को पहिलो समाचार च्यानल" को नेपाली पारा हो जस्तो लाग्यो। किन भने धादिंग जिल्ला को ५०-६० किलोमीटर सम्म पनी पूर्व पश्चिम राजमार्ग (महेंद्र राजमार्ग )ले छुदैन भन्ने कुरा तिनिहरुलाई थाह नहोला त ? हेर्नुहोस : स्क्रीनशट (साभार : Nepalnews.com )


3 Comments:

Anonymous said...

tara yo quesition sagarmatha TV lagi nai gardha po ramro hunchha ho . ma sagarmatha TV lagi sodhara sabai lagi bhanchhu la friends.

Anonymous said...

Probably they have numerous errors, no way you will get the answer. But give a shot.

nepalean said...

नेपाली खबर हेर्यो के कतै न कतै गल्ती भेटीहालिन्छ। कान्तिपुर त नं १ नै भयो क्यारे।
तर आजकाल यि आज तक स्टाइलका समाचार च्यानल त कुरै नगरौ कुन दिन सगरमाथा चिनमा छ भन्न बेर लगाउदैनन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !