February 3, 2008

बन्द- हुत्तीहारा बर्गको अन्तिम हतियार

दिन दिनै कुनै न कुनै बहानामा कुनै न कुनै दल वा गुटले आयोजन गरेका तराई बन्दले उब्जाएको प्रसंग हो यो ।

प्रजातन्त्रको प्राप्तीसंगसंगै नेपाल प्रवेश गरेको, साधारण नेपाली जनतालाई पटक्कै मन नपर्ने बिकृति र आफ्नो उदण्डता देखाउन नेतालाई नभई नहुने यौटैमात्र हतीयार हो 'बन्द' । बिगतका करीब पन्ध्र बर्षा अनगिन्ती दिनकालागी आयोजना गरीएका यस्ता बन्द हाम्रा प्राय जसो सबै पार्टी आफू प्रतिपक्षमा हुदां आहृवान गर्थे भने आफू सत्तामा हुदा त्यसको बिरोध । यहि यौटै प्रकरणबाट 'बन्द' कति जायज छ र हाम्रा नेताहरुमा कति नैतिकता छ भन्ने दुबै प्रश्नको जबाफ पाईन्छ ।

आफू सत्तामा रहुन्जेल बन्दले देश र जनतालाई आर्थीक र सामाजिक नोक्सानी गर्ने बाहेक अन्य कुनै सकारात्मक असर नगर्ने कुरा हरेक दलले बताउदैं आएका छन भने आफू सत्ता बाट बाहिर जानासाथ फेरी बन्दले 'फू-मन्तर' गरी जटील भन्दा पनि जटील समस्या पनि सुल्झाउने तर्क दिदै तिनै दल र पार्टी जनघाती बन्द को आयोजन गर्दै आएका छन ।

अर्को रमाईलो पक्ष के छ भने हरेक बन्द पछि आयोजक गुट वा दलले सो बन्द पूर्ण सफल भएको बिज्ञप्ती प्रकाशित गर्छन ।

बन्दको लगत्तै कतै गाँउमा सुत्केरी आईमाईलाई बन्दका कारण अस्पताल पुर्‍याउन नसक्दा पेटको बच्चा समेतको मृत्यु भएको हृदय बिदारक खबर आउँछ, कुनै शहरमा श्रम गरेर खानेको श्रम खोसीएर भोकै परेको समाचार बन्छ । कुनै ठाउँमा आगो लाग्दा दमकल पनि जान नसकी लाखौंको क्षति हुन्छ त कतै एम्बुलेन्समा समेत आगजनी हुन्छ.... समष्टिमा लाखौको संख्यामा निर्दोष जनताले कष्ट र पीडा झेल्नु पर्छ । तर यी सबका बाबजूद दोस्रो दिन आयोजकको तर्फबाट पूनः बन्द पूर्णा सफल भएको बिज्ञप्ती निस्कन्छ ।

या त कुनै सूदर गाउकी ति गर्भबति महिलाको मृत्यु नै आयोजकको लक्ष हुनु पर्‍यो या त अगलागी बाट भएको धन माल को नोक्सानी नै ति दलको सफलता, नत्र लाखौका निर्दोष जनताले दुख मात्रै पाउने र आफ्नै राष्ट्रले करोडौं को आर्थीक नोक्सानी व्यहोर्नु परको घटना कुनै पनि मानवताका पक्षधर र राष्ट्र प्रेमीलाई कसरी उचीत लाग्न सक्छ - ।

केबल जन-समुदाएले सबारी साधन नचलाएको र पसल बन्द गरेको देखी बुझ पचाएर त्यस्तो कुरा व्यक्त गरीन्छ । यो कुरा कुनै पनि गुट दल वा पार्टी बाट छिपेको पनि छैन । वा सिधै भन्दा जन आन्दोलन बाहेकका हालसम्मका प्राय: कुनै पनि बन्द केवल त्रासका कारण मात्र सम्भव भएका छन ।

आदिम युगमा ढुङ्गा-मुडा र बलको प्रयोगबाट पनि सत्ता र शक्ति प्राप्त हुन्थ्यो, तर आधुनिक सभ्य समाज र मानव चेतनाको बिकास भएको हजारौं बर्षपछि पनि बुध्दि, बिवेक र चेतनालाई तिलान्जली दिएर हुल-दङ्गा, भाडभैला र त्रासको हतियारले सम्पूर्ण जनजिबन नै ठप्प गर्न खोज्नु र अझ त्यसलाई 'लोकतन्त्र' को नाम दिनु हास्यापद मात्रै नभई लज्जास्पद पनि हो ।

अहिलेको अधुनिक युगमा पुगीसक्दा समेत जन समुदाय आफूसंग समर्थीत होईन, त्रसीत छन भन्ने थाहा पाँउदा कुनै पनि दल वा त्यसका नेता भन्नु पर्ने व्यक्तिलाई गर्व होईन लज्जा महशुस हुनुपर्ने हो ।

ढुङ्गा मुडाको त्रास र अगजनीको भरमा जनजिवन अस्त व्यस्त पारेर निर्दोष जनताको आफ्नो जिवीकोपार्जन र स्वतन्त्र हिडडुल गर्न पाउने सबैधानीक अधिकार समेत खोसी उल्टै आफूलाई प्रजातन्त्र बादि भन्दै निर्लज्जताको सीमा नाघी बलजफत गराएको बन्द जस्तो देशघाती घटनालाई आफ्नो बिचारको जन-अनुमोदन भन्नु लज्जास्पद कुरा हो ।

अन्याय वा अत्याचारको बिरोध गर्नु सचेत नागरीक र जिम्मेबार दलको कर्तव्य नै हो भने पुरा बुद्धि विबेकलाई तिलान्जली दिएर 'बन्द' बाहेक बिरोधको अर्को साधन नदेख्‍नु पनि बिरोधि वर्गको कमजोरी र पंगुपनको प्रमाण हो । बन्द यदी स्वत-स्फूर्त रुपमा नभई दबाबको भरमा हुन्छ भने त्यो आफैमा यौटा जन बिरोधि कार्य हो ।

त्यसैले बन्द त्यतिबेला मात्रै गरौं जब स्वत-स्फूर्त रुपमै त्यो घटछ । के यसरी हिसांले हैन बिचारले जनमत बनाउने क्षमता कुनै दल वा गुट स‌ग छ?, यदी यी बन्द आयोजक मध्य कुनै पनि गुटलाई आफू प्रति कति जन र्समर्थन छ भन्ने साँच्चै जान्न इच्छा भए उनीहरुले फेरी यौटा बन्दको आयोजन गरेर जनतालाई स्व-इच्छाले बन्द गर्न र बन्द नगर्नेलाई कुनै पनि बल प्रयोग वा जबरजस्ती नगरिने वत्तव्य दिएर हेरे हुन्छ । के हालका तराई बन्द गर्नेहरुमा र त्यसका हुत्तीहारा नेताहरुमा त्यो गरेर हेर्ने आँट छ ?। के हिसांले हैन बिचारले जनमत बनाउने क्षमता ति गुटहरुस‌ग ? के भय, हिसां, संहार बाहेक विबेक, बिनय र श्रृजनाको शक्ति पनि उनिहरु संग छ?

आज सम्मको इतिहास हेर्दा के प्रमाणीत हुन्छ भने 'दबाब पुर्ण बन्द' केबल बिचार र बिबेकको अभावका कारण जनर्समर्थन जुटाउन नसकेपछि आफैलाई भुलाउन प्रयोग गरीने यौटा हुत्तीहारा बर्गको हतियार हो । जुन हतियारको बारम्बार प्रयोग भयो भने यस्ले उल्टो असर गर्छ र बर्तमानमा क्षणीक आनन्द दिए पनि कालान्तरमा यो हतीयारले प्रयोग कर्तामानै र्फकन्छ र यस्ले आयोजक प्रति उल्टै घृणा र बितृष्णा फैलाउछ र आयोजक प्रतिको जन र्समर्थन झन झन कम हुदैं जानेछ । आशा गरौं बन्द र हिसां बाट हैन बिचार र वार्ताबाट तराई समस्याको समाधान निस्कने छ ।



2 Comments:

Panda said...

माओवादीले गोली हान्न सिकाए अहिले डन र खुंखार अपराधी मात्र होइन चौराहामा बस्ने पाकेटमारसँग पनि गोली चलाऊने साधन हुन थाले ।
कम्निस्टको कुनै बेलाको अचुक अस्त्र बन्द पछी आएर तिनै कम्निस्टको सत्ता विरुद्ध प्रयोग हुन थाले । एक पटक ठुला पार्टीहरुले अर्थतन्त्र र जनजीवन मा नकारात्मक असर पर्ने बन्द आयोजना नगरने हुकार गरेका थिए । उनिहरुले आइ न्दा के गर्लान देखिएला तर उनिहरुको मार्ग दर्शन जनमत नभएका धुपौरेहरुको अस्तित्व प्रदर्शन गर्ने साधन बनेको छ । अगाडि नजाउ तिम्रो खैरियत छैन भन्दा भन्दै कसैले आफ्नो दुर्भाग्य निम्त्याउन आफ्नो साधन लिएर जाने हिम्मत गर्दैन, आगो लगाइदिने भय र त्रास को बिचमा कसैले आफ्नो मेहनत र लगानी लगाएको पसल खोल्ने हिम्मत गर्न सक्दैन । जनमानसमा भय र आतंक सिर्जना गरी "बन्द" सफल गराउने "महान" कार्य गर्ने लाई राजनीतिक वा अधिकारबादी पर्टी भन्ने कि आतंकबादी? मेरो विचारमा त त्यस्ता जुनसुकै लाई आतंकबादी भन्नु पर्ने ।

नत्र जायज कुराको लागि जनता आँफै सकृय भएर सफल गराउछन ।

nepalean said...

When bahudal was just new, it was some kind of nuisance like bandha and chakka jam. In the thamel, one of the tourist was so sick of this even, he just shouted, its not demcracy its DEMOCRAZY.
Now we have changed to Loktantra from democracy. I think all these activities are just JHOKTANTRA.
Tharki Dada has a good point and Panda has also a good explanation .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !