January 4, 2008

नेपाली कामदारको ज्यान - ५ हजारले सम्मान

मानबताको मुल्य कम हुने देशमा नेपाल अग्रपंतीमा पर्छ। कम के, मुल्य नै छैन भने पनि हुन्छ । त्यही देशमा लोकतन्त्रको खोल छ फेरी। अझै संघीय लोकतन्त्र रे, ७ दलको साझा संघ होला। गाडीले मान्छे किच्यो,ब्याक गर्यो मार्यो। माओबादीले मान्छे मार्यो फेरी यस्तो हुदैन भन्छन,भन्दाकै भोली पल्ट मान्छे मार्छन।
रोग,ब्यथा लागेर औषधीको अभाबमा त कति मर्छन मर्छन। अनि एन.जि.यो, आइ.एन.जि.यो को नाटक मन्चन हुन्छ, डलर पचायो,सक्कियो। जनतालाइ न लोकतन्त्र न एन.जि.यो। नेपाली सधै बिदेशी रोजगारमा भर पर्नु परेको छ। जनता मात्र किन देशनै अहिले बिदेशी रेमिट्यान्सबाट मात्र चलेको छ। खाडी मुलुकमा मान्छे मरे भनेर श्रम मन्त्रालयको अनुमती बिना प्लेनमा चढ्न पनि पाइन्न। कसरी पुग्छन त इराक र अफगानिस्तानमा नेपाली? प्लेन नचढी पंखा हालेर त पक्कै पुग्दैनन त्याहां ?एक दिनमा २ जना नेपाली मर्छन बिदेशमा। के हेरेर अनुमती दिन्छ श्रम मन्त्रालय ले? सब घुसको चक्कर! श्रमको अनुमती भनेको त काम गर्ने र तिनका आसेपासेको कमाइ खाने थलो भएको छ। जनताका छोरा
ज्यानको बाजी राखेर अरब जान्छन, लोकतन्त्रका हिमायती नेपालमै घुसले अरब पल्टाउछन। बिदेश जानको अनुमतीको लागी तलब सहितको जागिरको पत्र,बिमा,स्वास्थ्य परिक्षण आदी चाहिन्छ। अनि उनिहरु आफै डाक्टर तोक्छन, आफै बिमा तोक्छन, आफै अनुमती दिन्छन। नक्कली डाक्टर,नक्कली बिमा,छाप चाही सक्कली। कसरी संभब छ त त्यो। श्रमको अनुमती लिने ठाउंमा प्रशस्त दलालहरु हुन्छन। तिनीहरुले सबै च्यानल मिलाएका हुन्छन। तिनै दलालले पैसा उठाएर सबैको भागमा पुर्याउछन,अनि नक्कली प्रमाणबाट सक्कली अनुमती आउंछ। जस्तो सुकै होस काम गर्ने ठाउं,अनुमती पाइहाल्छन त्यस पछि त कस्ले छेक्ने प्लेन चढ्न ?
तर यसरी सजिलै अनुमती पाउन ५ वटा गैडा दलाले हसुर्छन,यो हालसालको रेट हो। यसरी बुझाइएको पैसा डाक्टर देखी हाकीम सम्म पुग्छ। यो काम टिकाउन र खुसी पार्न हाकीम,बढा हाकिम, मन्त्री कोही अछुतो हुदैनन। फेरी बिदेशमा नेपाली मर्नेको संख्या बढ्छ अनि अर्को नाटक सुरु हुन्छ,नया नियम हुन्छ,घुस खाने अर्को उपाय निस्कन्छ। जनता मरेर त के भयो,खल्ती भरिहालियो क्यार ! दंग पर्छन ठेक्दार। के तपाइ बिदेशमा काम गरेर नेपाल जादै हुनुहुन्छ । त्यसो भए फर्कने बेलामा ५ हजार ठिक्क पार्नुहोस, नत्र जस्तै सक्कली कागज भए पनि प्लेन चढ्न पाउनुहुन्न।


3 Comments:

ठरकि दादा said...

जता हेर्‍यो उतै बेहाल, जता पस्यो उतै लथालिंग,, के भा हो हाम्रो देशमा?

कहिले ट्रयाकमा आउने हो यी सबै कुराहरु?

अब संविधान सभा पछि केहि हुन्छ कि? (संविधान सभाको चुनाव भयो भने)

पीजी said...

यी श्रम विभागका जन्तुहरुसँग मेरो अस्ती भर्खर नेपालबाट फर्किदा एअरपोर्टमा तात्तातो भलाकुसारी भएको थियो।

immigration भन्दा पहिले श्रम विभाग लेखिएको डेस्क रहेछ, म त श्रम (उनिहरुको definition अनुसारको)
गर्न जान लगेको होइन किन तिनिहरुको सक्कल हेर्न जानुपर्‍यो भनी short cut मा immigration तिर जान मात्र के लगेको थिए यता आउनुस् भनेर कराइहाले एक हुल सरकारी प्राणीहरुले।

अनी होइन प्रभु म त श्रमिक होइन भनेको एउटा हिरो हाकिम पड्किहाले, नेपाली पासपोर्ट हो? मैले भने, हो।

अनी आफ्नै देशमा ठाडै नेपाली पासपोर्ट बोकेबापत यो सजाय भनेर म पनि कुर्लिहालें अनी उन्ले पनि आफ्नो तर्क दीहाले उनिहरुले नेपालीको भलाइको लागि गरेको भनेर ।

त्यहा नेपालीहरुलाई खसी बनाउने चलन रहेछ, अब त्यस्तो ब्रह्म गेट पार गरेर कसरी गैर कानुनी रुपमा नेपालीहरु खाडी तिर पुग्छन्होला र? होइन बरु खाडी तिरै जन्मेर उतै हुर्केका हुन कि ?????!!!!!

Anonymous said...

manche haru kati mare bideshma bhanera chaso rakchan, kina kohi pani kassari pare bhanera chaso rakhdainan? tetra tetra media chhan, swoghosit maha blogger chhan, yesari pilseko janata ko katha nalekhi kina bus paltiyeko, kholale manche bagayeko, bus le manche kicheko yestai yestai news lekhera baschan. Dhikkar chha yi mancheharulai.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !