October 11, 2007

मैले बुझेको माओबादी।

मैले बुझेको माओबादी।
जुन देखि तत्कालिन जनमोर्चा जङल पस्ने निर्णय गरे, त्यतिबेला देखि नै मैले साथीहरु माझ भन्ने गर्थें-माओबादी भनेका दरबारबाट पोषित कम्युनिष्ट हुन्।नेपालमा २ थरि कम्युनिष्ट छन्। एक साच्चै नै साम्यबादको शिद्धान्तले समाजिक, आर्थिक र राजनैतिक क्रान्ति गर्न सक्छु भन्ने दर्शनको दिब्यज्ञानबाट अभिप्रेरित भएर कम्युनिष्ट भएका- आत्मीय कम्युनिषट। अर्को १७ साल पछि कांग्रेसको प्रभावलाई तेजोबोध गर्न दरबारबाट जन्माइ हुर्काइ र हुइंक्याएका -नक्कली कम्युनिष्ट।धेरैले गाली गरे, मओबादिलाई दरबार परस्त भन्यो भनेर, धेरैले प्रमाण खोजे। तर यस्को प्रमाण ब्लाक एण्ड ह्वाइटमा म संग थिएन। तर अब बिस्तारै त्यो नाटक माथिको पर्दा हट्दै छ। त्यतिबेला म भन्ने गर्थें- राजा र माओबादीको एउटै लक्ष भनेको लोकतन्त्र मास्नु हो।लोकतन्त्रमा राजाको स्थान नहुने अनि लोक तन्त्रमा एकदलिय तानशाही हुन नसक्ने।सुरु सुरुमा, काँग्रेसी छानी मारे- अर्को बामपन्थी पार्टीका मित्रहरु, चुपचाप बसे। कम्युनिष्टले कम्युनिष्ट लाई मार्दैन भनेर सोचे। कांग्रेसले पनि माओबादी बढे कम्युनिष्टकै भोट काट्ने भएकोले चुपचाप सहे। जो मारे नि नेपाली मर्छ भन्ने हेक्का, समाजको ठेक्का लिनेहरुले बिर्से।मओबादी बढ्दै गए। अस्थिर र तरल राजनैतिक माहौलमा दरबारले मनग्य फाइदा लिए। आफ्नै छेउको प्रहरी चौकीका सबै प्रहरी मारिदा पनि सेना टुलु टुलु किन हेरर बसे? मेरो पहिलो सवाल थियो।माओबादीलाई आतंकारी घोषणा गरि सके पछि र राज्य बिरुद्ध युग्दको घोषणा गरि सके पछि, हलेरीमा मओबादीका सम्पूर्ण केन्द्रिय नेता तथा सैन्य कमाण्डरहरु को भेलामा तत्कालिन प्र म गिरिजा प्रसादले हलेरी हान्ने आदेश दिंदा किन मानेन?युग्द्को शंखनाद भै सके पछि मान्छे मर्छ भन्ने तर्क युक्ति संगत कसरी मान्ने। त्यो हलेरी घट्ना पछि कति सर्बसाधरण जनता मरे? दरबारसंग त्यस्को लेखा छ कि छैन।ए माले का शिर्ष नेताहरुलाई थाह भएको कुरा हो, यदु गौतमलाई माओबादीले किन मारे? प्रमाण छैन, मरेर जाने गए, तर हल्ला बिना आधारको होइन।सशस्त्र प्रहरीला आइ जी , क्रिष्ण मोहन किन मारिए, त्यो पनि निकै नै चाख लाग्दो हल्ला भन्दा बढी को कुरो छ।
बाकी अर्को भागमा।

4 Comments:

nepalean said...

मलाइ नि के हो के हो जस्तो लाग्छ । ल भनुम त राहुल दाइ, यि माओबादी कुन खाले कम्निष्ट परे ?
अनि यसो साझाको दौतारी धागोलाइ तान तुन पारम न है ?

chanaa said...

ramailo lagyo, arko bhag pani kurdaichhu

gorkhali_thitto said...

oh yeah, where is the next part?
I am anxiously waiting for that. Rahul's thought is very practical.
It is a very good one!

brilliantman71 said...

राहुलभाइको ब्लगमा कमेन्ट लेख्न बस्दा अलि तयारी गरेर नै बस्नु पर्छ, हल्का फुल्का कलेजी भाषण किसिमको कमेन्ट लेखेमा गतिलो झापड पाईन्छ। नमस्कार राहुलभाई, साझामा कहिलेकांही झुल्किने once in a while पक्कै सम्झिनु हुन्छ। धेरै असहमतीहरु माझ पनि सहमती खोज्ने तपाईंको तरिका मलाई मन पर्छ। तपाईं त एमाले हुन पर्ने। ठट्टा गरेको है।

माओबादी सिधै दरबारबाट उत्पति भएका, पालितपोषित भने होइनन्। जस्तो कुहिएको काठ, झ्यासझुसमा च्याउ आफै उम्रिन्छ, यिनीहरुको उत्पति पनि हाम्रो समाजमा ब्याप्त गरिबी, शोषण, असमानता, थिचोमिचो बाटनै भएको हो।

अन्तरास्ट्रिय प्रभाव पनि परिहाल्छ। फेरि कम्युनिज्म भलै असफल् सिद्ध भैसक्यो तर यसको कुरा हरु त अति आकर्षक छ नि होइन? नेपालको सामाजिक-आर्थिक अवस्थामा गरीब शोषित पिडीतहरुलाई भुल्याउन काफी छ। फेरि अन्य पार्टीहरुको नेत्रित्व पंक्तीमा उही ठूलाठालूकै वर्चस्व भएपछि, माओबादीहरु त गरीब् पिडीत बर्गको मसिहा नै भएर निस्कने मौका पायो आरम्भमा। तर यसले हिंसालाई प्रमुखताका साथ अगाडी बढाएपछि भने यिनीहरु नराम्रोसंग चुके र जनता बिच यिनीहरु खस्किए।
सरकारको बागडोर समातेर नेका बसेकोले प्रहारको पहिलो निसाना नै नेका कार्यकर्ता बने। प्रहरीपनि सरकारको प्रत्यक्ष मातहतमा हुने भएकोले प्रहरी पनि निसाना बने। सेना चाहि राजाप्रति वफादार भएको बुझिएकोले माओबादीले शुरुमै सेनालाई चलाएर आफू सिद्धिने काम किन गर्थे? राजालाई प्रजातंत्र अनि प्रजातांन्त्रिक दलहरु मन् नपर्ने कुरा बुझेकाले र शुरुमा पार्टी अनि प्रहरीलाई मात्र प्रहार हुंदा सेना अनि दरबार चुपचाप अन्देखा गरि बस्ने कुरा माओबादीले बुझेका थिए। माओबादी र दरबार दुबैलाई आफ्नो युद्धको घेरा सांगुरो पार्दै लानु थियो

त्यसैले एक् अर्काको भरपुर प्रयोग् भयो। माओबादीका लडाकाहरु र सेना जम्काभेट हुंदा हात मिलाएर हिंडेका थुप्रै कथाहरु सुनिए। दरबार हत्याकाण्डपछि दरबार र हाम्रो अघोषित कार्यगत एकता थियो भन्ने कुरो त सार्बजनिक रुपमै भने नि बाबुरामले।शत्रूका पनि शत्रू मित्र हुन्छन। त्यो हिसाबले यिनीहरु मित्र बन्न पुगेका हुन।

राजनीति र ब्यापारमा कोही पनि स्थायी मित्र र शत्रू हुंदैनन। लोकतंत्रको बहाली पछि माओबादीले नेकालाई मित्र ठान्न थाल्यो र एमालेलाई ताछ्ने काम गर्न थाल्यो। एमाले ठूलो अपमानका साथपनि दलहरुको एकता नटुटाई बस्यो।

गिरिजा बाबूको कांधमा बन्दुक राखेर घोडा दबाउने अभिलाषामा गिरिजाबाबूले पानी हालि दिएपछि अहिले फेरि बाम एकताको कुरा एमालेसंग अनन्यरोदन गरिरहेको छ, जब उसका कार्यकर्ताहरु एमालेकै कार्यकर्ताहरुलाई दु:ख दिईरहेका छन्। हिजो high peak समयमा बरु बुर्जुवा प्रजातंत्रबादी ( अर्थात कांग्रेस्) संग कार्यगत एकता हुनसक्छ, एमाले संग हुंदैन भनेर खोक्ने प्रचण्डलाई अहिले फेरि बन्धुत्वको याद आईरहेछ।
पछिल्लो समयमा माओबादीहरुलाई भारतका निस्चित शक्तिकेन्द्रबाट जग हालिएको छ र यिनीहरु उचालिईरहेका छन।
श्याम शरणले जेसुकै भनून् वा गरून्, उनीहरुक् यहांको धमिलो पानीमा माछा मार्न आउंछन, आउंछन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !