January 22, 2016

हराएका गायक कुल प्रसाद पोखरेल #coolpokhrel #cometsinger

दशक पहिले सबैसंग बिदा भइ क्षितिज पारीको यात्रा गरेका गायक कुल प्रसाद पोखरेल  नेपाली संगीतको आकाशमा केतू जस्तै हराएर गए। केतू जसरी उज्जवल प्रकाश छरेर आफ्नो प्रभाव पारेर छोटो समयमा बिलीन हुन्छ, कुल प्रसाद पोखरेल त्यसरी नै गायन क्षत्रमा आफ्नो छोटो तथा गहीरो प्रभाव पारेर हामीबाट बिदा भएका छन। बिदा भएका छन भन्नू पर्दा पनि बिदा भएका थिए भन्दा उनीलाइ न्याय होला।

उनका गितले नया पिंडीमा खासै प्रभाब नपार्लान तर नेपालमा पप गायन उदायमान हुंदा उनी हरेक संगित प्रेमीको ह्रिदयमा ठाउं जमाउन सफल भएका थिए। पप गितलाई आफ्नै पारामा नेपालीमा गाउने कुल प्रसाद 1981 मा नवलपरासीमा जन्मेका थिए। उनीले पोखराको ज्ञानू बाबाबाट स्कुल सकाएका थिए भने पहिलो एल्बम 1999 मा निकाले थिए। 2000 मा आमा, 2002 मा हुन्न  र एलबम निकालेका उन्ले  2004 मा नयां एल्बम निकाल्ने क्रममा दुर्वसेनको भूमरीमा आफ्नो जिवन पाटन अस्पतालमा त्यागे।

पूरस्कार र चर्चा खासै नबटुलेका कूल प्रसाद पोखरेल श्रोतामाझ मात्र नभइ उनकै परिवारको मायाबाट पनि उग्लिएका छन। तर नेपाली गीतको माया गर्ने र नेपालीपानमा रमाउने श्रोताहरुले भने कुल प्रसाद पोखरेललाइ पक्कै पनि भूलेका छैनन्।