December 20, 2011

नेपाली सामुदायिक वेवसाइट झुम्काको सुरुवात



नेपाल जस्तो विकासोन्मुख मुलुकमा ईन्टरनेटका प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्दै गएका छन् । तिनै ईन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नया समाचार वेवसाइट झुम्का डट्कम् सुरु भएको छ । अरु सामाजिक सन्जालमा भन्दा थप नया सुबिधाहरु पाईने झुम्का डट्कम्मा संसारको जुनसुकै कुनामा बसेर पनि समाचार, ब्लग, तस्विर, अडियो, भिडियो यसमा अपलोड गर्न मिल्ने सुबिधा छ ।

झुम्का डट्कम् को साइटमा छिरेर आफ्नो एकाउन्ट खोलेपछि जो सुकैलाई यो सुबिधा उपलब्ध हुनेछ । कसैलाइ मोडलिङ गर्न मन छ भने त्यो रहर पनि झुम्का डट्कमले निशुल्क रुपमा पूरा गरिदिनेछ । साथै ठूला सञ्चार माध्यमहरुले समेट्न नसकेका, ध्यान नदिएका विषयहरु पनि यसले देश विदेशका नेपालीहरुलाई जोड्न पनि मद्धत पुर्‍याउन सक्नेछ । अमेरिकामा सन्चालित धेरैजसो वेवसाइटहरुले बढीजसो नेपालको राजनीति, गरिबी, बेरोजगारीका बारेमा नकारात्मक कुराहरु लेखेकाले सकारात्मक समाचार दिन आफुले नया वेव साइट सुरु गरेको यसका सञ्चालक राम अधिकारीले बताए । 'संसारभर नेपालका बारेमा सकारात्मक खबर फैलाउन र सूचना, मनोरञ्जन दिन खोजेका छौ । उनले भने ।

December 16, 2011

घनश्याम – रमा

- लुना
गोठको छानोमा ढुंगे खपेटा बिछ्याउने काम भर्खरै सिद्दियो । छानो छाउनेहरु बिस्तारै भर्यांगबाट तल झर्दै छन ।

खपेटा पुग्न दिने आईमाई केटाकेटीहरु आँगनमा लहरै गुन्द्री माथि बसिसकेका छन् । पानी नचल्ने जातका चै पराल गुटुमुटु पारेर आगनकै अर्को छेउमा छुट्टै बसेका छन् ।
काम सकिए पछी चिया खाजा खुवाएर पठाउने गाउँको परम्परा अनुसार उनीहरु चिया खाजाको पर्खाईमा छन् । गाउँमा हुनेखानेमा दरिन्छन् मुरली बाजे । घर संगै जोडिएको भान्साघरमा भित्र बाहिर गर्दै छिन् जहा बिहान भए देखि राति सम्म चुला निभेको हुदैन । काम सघाउनेहरु भए पनि मुरल्नी बज्यै आफै अघि सर्छिन् घरमा आएकालाई चिया खाजा खुबाउना । समयमै छानो छाएर सिद्दिएकोले मुरली बाजे हसिलो मुद्रा बनाउदै भान्सा नजिक पुगेर उर्दी गर्छन् ,’ मिठुकी आमा ! झट्टै गर है झट्टै ! छानो छाउनेहरु तल झरिसेक ‘ यसो भन्दै उनि


December 15, 2011

जीवन र् प्रश्न

-प्रयास
प्रश्नहरू को ताँती लागेको छ ,
एक पछि अर्को अर्को पछि अझै अर्को ,
निस्तब्ध सुन्यतामा बाँचेको छु ,
प्रश्नै प्रश्नहरू को बीचमा रूमल्लियर्,
सबै भन्दा पहिलो प्रश्न कुन थियो ?
बिर्से,
कुन प्रश्न मनमा पहिले ऊब्जेथ्यो ?
भुली सकेछु ,
कुन प्रश्न प्राथमिकतामा परेको थियो ?
कल्पना को पाण्डोरा भित्र
आफ्नै कैदी भएको छु ,
थुप्रै बेइमानी प्रश्नहरू पनि थिए
जसको उत्तर खोज्नै सकिन ,
मेरो प्रश्नको जवाफ तिमीबाट आएन
अलमल मा छु अचेल ,
तिम्रो प्रश्नको जवाफ दिन म वाध्य छु कि छैन ?
अनुत्तरित प्रश्नहरू यथास्थान मैछन अझै ...
तिमी र् मेरा बीच !!!!!!!!
अहिले जीवन हतार मा गुज्री रहेको छ
फुर्सद मा समयको पाना पल्टाएर् हेरौँला
शायद कुनै उत्तर थियो कि ?



December 10, 2011

गजल

एउटै मन कहिले आगो कहिले पानी हुन्छ ।
भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।

खुसी हुदाँ उफ्रिएर मनको हिमाल चढे पनि,
यही मन कहिले बद्मास् कहिले ज्ञानी हुन्छ ।

संसारको रीतसँग मिल्नु पर्ने बाध्यता छ
त्यसैले पो कहिलो चोर कहिले ध्यानी हुन्छ ।