April 3, 2009
जिंदगी यात्रा गर्दा
जिंदगी यात्रा गर्दा गर्दै थकित भई सकदा पनि
जिन्दगीको यात्राको टुंगो अझै भई सकेको छैन अनि.
लड़खडाउदै भय पनि टुंगोमा त पुग्नै पर्यो नि
उकाली,ओरली,भंझ्यागं,चौतारीमा बस्दै थकै त मार्नै पर्यो नि.
थकै मारी सुशेली पार्दै आनंदको सागरमा डूबी बस्दा अनि
बतासले काउकुती लगाई ब्ययूझाई दिए पनि.
म कुन संसारमा हराई रहेको हुदो रहेछु
झल्यास बिउझी आफैलाई हेर्दा चौतारीमा नै पाउछु .
फेरी पाईला बढ़ाई अघि बढदै यात्रा सुरुवात गर्दैछू
यात्री भई यात्रा गर्दै बिंदु भित्र पुग्न्ने अठोट गर्दैछू
April 2, 2009
एक मित्रले सोधे नेपालमा अहिले कस्तो छ? के उत्तर दिनु खै??
समय मिल्दा दौतरीको फेसबुकमा छिरीहाल्छु। फेसबुकमा छिरेपछी प्राय हेर्ने भनेको What's on your mind? नै हो। सबैले आफ्नो दिमागको कुरा लेखेका रहेछन। अब आफ्नो दिमागमा बाड्ने कुरो केही पनि थिएन के लेख्नु? एक छिन यसो दिमाग घुमाए, अनि सम्झिए एक जना भारती मित्रले सोधेको कुरा याद आयो "जापानमा अहिले कस्तो छ?" मैले भने मेरो घर कांहा जापान हो त, नेपाल पो। ए! ए!, नेपालमा अहिले कस्तो छ भन्न खोजेको के, उनले आफुलाइ तुरुन्तै सुधारे। मलाइ के भन्ने के भन्ने भयो। उसंग फुत्कन ठिकै छ भनेर हिड्न लागेको अहिले आंतक त छैन नेपालमा, प्रश्न थपिहाले। शान्त छ भनौं त मान्छे मरेका मरै छन, बन्द हडताल उत्तीकै छ। शान्त छैन भनौ सबै पार्टी मिलेर संबिधान बनाउन कस्सिएका छन। ठिकै छ तर त्यस्तो शान्त त छैन भने।
किनहो शान्ती नभएको ती मित्रले प्रश्न पून थपिहाले। कस्तो गार्हो प्रश्न सोधे। सारा राजनितीक दिग्गज देखी नागरीक समाज, बिध्वान देखी बिदेशका नेपालीले भेट्टाउन नसकेको कुरो मैले कसरी फ्याट्टै भनुं। उनलाइ उत्तर दिएर भाग्नु त थिदै थियो। कानुन कमजोर छ के सोमालियामा जस्तै। आफुलाइ तुरुन्तै सुधारें, सोमालिया जस्तै त नभनौं, २०-३०% सोमालिया जस्तो होला। त्यसो भए त अधिनायकबाद होला है त्याहां, उनले ढुक्कै भने। क्या फसाद, उनलाइ कसरी सम्झाउ दिक्क लाग्यो। संबिधान बनाउदै छन क्या नेपालमा। जनताले नै भोट दिएका मान्छे हुन संबिधान बनाउने। त्यो त राम्रो हो,पहिलाको संबिधान राजाले बनाएको होला नि हैन? दिक्कै लगाए मेरो मित्र ले। २०४७ सालको संबिधान बनाउने पनि यिनै कांग्रेस र एमाले त हुन नि। अहिले माओबादी थपिएको त हो। उनलाइ उत्तर त दिनु नै थयो। अनि भने पहिला पनि यिनैले बनाएका हुन, अलि राम्रो भएन के। पहिला को अप्रजातान्तरीक होला नि, उस्ले आफै प्रष्टायो। खै के भन्नु उनलाइ, पहिलाको प्रजातान्त्रीक, अहिलेको लोकतान्त्रीक। प्रजातन्त्रलाइ डेमोक्रेसी भन्छन, लोकतन्त्र देशमा आएको पनि २ बर्ष हुन लाग्यो यसलाइ अंग्रेजीमा के भन्छन थाहा छैन। अहिलेको अलि "मोर डेमोक्रेटीक" भनेर हाम्रो संबिधान सभाको इज्जत बचाउन प्रयास गरें।
उनले फेरी थपे राजाको पावर त गयो होला। अब त सेरोमोनियल भयो होला। हैन राजा हाम्रोमा छैनन। अहिले गणतन्त्र भइसक्यो। किना फालेका त राजा, उ निकै बदमाश थियो कि ट्याक्स मनी सबै खान्थ्यो। सोचे उनलाइ सहि नै भनौं। पहिला का राजा त राम्रै थिए यो चाही अली बदमास निक्ल्यो। ट्याकस् मनी त सरकारमा जान्थ्यो सरकारले नै उस्लाइ छुट्टाएर दिन्थे। त्यसो भए किन निकालेको त? प्रश्न तेर्साइहाले। हैत्तेरी के भन्नु अब। भारतमा गणतन्त्र आएको कती बर्ष भइसक्यो तर उनिहरु नेपालमा अझै राजा रहुन भन्ने सोच्छन। उनिहरुको सोच छ नेपालमा राजा भए सबै हिन्दुहरुको आत्मबिश्वास रहिरहने छ। अब भारतका नेताले नेपालका नेतालाइ जांतो घुमाए जस्तै गर्छन यि भारती मित्रहरु भने राजा हटाएको मा दुखी छन। उनले अझ थपे नेपाल र भारत त एक्दम मिल्ने देश बन्नुपर्छ। बिस्वका हिन्दु देश यि दुइ मात्र त हुन। यता हेर्यो बंगलादेश,उता पाकिस्तान। चिनको त के कुरा गर्ने, मिल्ने भनेको नेपाल र भारत नै हो, उनले मेरो काननेर आएर भने। उनको भनाइले मलाइ एक किसीमको भवुक बनायो। कसौटी देखी इन्डियन आइडल सबै भ्याउंछौ। मौका मिले भारती जस्तै देखिने तराइका नेपालीलाइ पनि पिटपाट पार्न बेरलगाउदैनौं। आर्थिक बिकासमा नं १ हुन लागेकको भारतसंग जोरी खोजेर हैन जोडी बनेर नै हामी उंहो लाउन सक्छौ, यो धुर्व सत्य नै हो। मैल भने उसलाइ हो हो हामी एकदम मिलेर नै अघीबड्नुपर्छ। कती छ नेपालको र भारतको पैसाको फरक? उनले फेरी सोधे। भारती १०० रुपयांको नेपाली १६० रुपया हुन्छ मैले उत्तर दिए। ए तिमीहरुको पनि रुपया नै हो, उनी नेपाली र भारती दाजुभाइ नै भए जस्तै गरी दंग परे। साच्चै हामी भारतीहरु संग दब्बिएको महशुस नगरी कुममा कुम मिलाएर अघी बढे दाजुभाइ जस्तै भइने रहेछ भन्ने जस्तो लाग्यो मलाइ। समय मिल्यो भने पशुपती नाथ त पुग्नेछु, उनी नेपाल जाने आफ्नो धोको पोखे। मन मनै सोचे आफ्नो गाउं त नपुगेको कती भयो होला अब के जालान यि नेपाल? मलाइ एक जना भारतीले सामिप्य देखाएकोमा खुशसीहुन भन्दा पनि नेपालमा राम्रो भइराखेको छ भन्न नपाउदा मन खिन्न भयो। खिन्नै मनमा भने उनलाइ, अरू कुरा पछी गरौंला, आहिले घर तिर लागौं।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
तिम्रो ढंगमा भूल्दा
नंखेल ६ भक्तपुर
छडके पर्दै चिहाउँदै मन्द मन्द हांसी दियौ
कता कता यो मनभित्र माया राखी दियौ
चिनेको नि थिइनँ मैले देखेको नि थिइनँ मैले
यस्तो पनि हुँदोरैछ अन्जानामै कहिले कहिले
मेरै सामु लजाएर सुस्त सुस्त हिंडी गयौ
हिंडाइको चालसंगै यो मन पनि साथै लग्यौ
कुन जादुको रंग थियो ढँग न्यानो नौलो लाग्यो
हेराइमा मिल्दाखेरी संसार आफ्नै जस्तो लाग्यो
दुनियाँको माझैबाट इशाराको झल्को लाग्यो
होकि होइन थाहा छैन मलाइ त्यस्तै लाग्यो
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
औँलाहरू चुमेर
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ ? फूलमा गालेँ
सीमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीद लागेन रे ।
(यो कबिता अशोक नेपालले पठाउनु भएको हो)
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
गाउँखाने कथा - ९ (Nepali Gau Khane Katha)
-------
सानी-सानी सुकुमाइ घ्याम्पा जत्रो पेट
काहा. बसेर मोटाइन? भिर,पहरा,लेक। के होला सानी सुकुमाइ?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 1, 2009
कोशीस
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 31, 2009
ओखलढुंगाको विकासका लागि केही गरौं
अमेरिका - गुरु केदार बराल
आफ्नो जीवनका भोगाई, अरुबाट प्राप्त धोकाको कारण व्यक्तिगत जीवनलाई समाजसेवा वा जिल्लालाई विकासको गतिमा डोहोर्याउने सोचमा म पुगें । कहिले काहीं त्यस्तो सोच अचानक पलाउँदो रहेछ, आफैलाई थाह हुन सारो । प्रेम यो दुई अक्षरको शब्दले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याइदिदो रहेछ। जुन परिवर्तन अन्त्यमा गएर सकारात्मक, वा नकरात्मक, आशावादी वा निराशावादी दुवै हुन सक्ने रहेछ । आजसम्म संसारमा जति व्यक्ति महान, प्रतिभाशाली र पूर्ण रुपमा सफल भएका छन् । तिनीहरुको जीवन नयाँ पुस्ताको लागि एक अमूल्य आदर्श बन्न पुगेको हुन्छ।
त्यस्को पछाडी कतै न कतै अमुल्य भुमिकाको रुपमा नारीको हात रहेकै हुन्छ । अहिंसाका जनक गौतम बुद्ध, द्वन्द्ववादी भौतिकवादका प्रणेता कार्ल मार्क्स आ आफ्नै कारणले आज दुनियाँमा जीवित रहेका भन्छन् । उनीहरुको पछाडी राम्रो या नराम्रो जे भएपनि नारिको हात रहेकै छ। यो मैले प्रसंग मात्र जोडेको हुँ । मैले जीवनमा गल्ति गरेको हुँला । आफुले गरेका गल्ति आफैं देखिदैन् भन्छन् । गल्ति देखाइदिने काम त तपाईहरुको हो। म मेरो जन्मस्थान, बाल्यकालमा खेलेका पाखा पखेराहरु, ती प्रकृतिका मनोरम दृश्य सम्झन्छु र सुन्दर झर्ना पोकली, मलाई यो युवा अवस्थामा आइसकेर पनि त्यहाँ केहि दिन नसकेको जस्तो आत्मग्लानि भएर आउँछ । त्यसैले केहि गर्न सकिएलाकी भनेर यो सानो लेख लेखेको हु । प्रसस्त पैसा कमाएर मात्र मानिस सफल बन्न सक्दैन । सफलता नाप्ने माध्यम पैसा होइन। सफल त्यो मान्छे मात्र हुनसक्छ जस्ले समाजबाट इज्जत पाउन सक्छ । उसले समाजलाई केहि दिएको हुन्छ। धनाढ्य तर घृणित भएर बाँच्नुको सार्थकता छैन। तपाईहरु आफैं बिचार गर्नुस त एउटा स्वस्थ आमा भएर पनि आफ्नो बच्चालाई दुध चुसाउन पर सर्छिन भने उनले आमाको कर्तब्य निर्वाह गरेको ठर्हछ र ? मानिसको जीन्दगी एक नदी हो । समुन्द्रको कोखमा बिलिन नभएसम्म धेरै अप्ठयारा ठाउँहरुबाट बग्दै जानुपर्छ । कहिले हिमाली चिसो खोच् कहिले भत्भती पोल्ने तराई त कहिले निर्जन पहाड भित्रबाट यो मेरो घर परिवार भित्र नैा घटेको घटनाबाट सिजृत वास्तविकताको संगालो हो । जब मेरी आमालाई क्यान्सर भएर जिल्ला बाहिर अर्थात राजधानी लैजानु पर्ने अवस्था आयो गाउको बिकटता, विकासमा पछि परेको अवस्थाले नराम्ररी मनमा चिसो पस्यो । फेरी अस्पतालमा बिरामी आमालाई डाक्टर र नर्सहरुले देखाएको आत्मियताले मेरो मनलाई समाज सेवामा लाग्न प्रेरित गर्यो फलस्वरुप सामाजिक कार्यको लागि सामुहिक प्रयास नै अपरिहार्य देखें, मैले बुझेको ओखलढुंगा र त्यहाँ हामीले गर्न सकिने विकास निर्माणका संभावनाहरुलाई यहाँ उतार्न कोशिस गरेको छु ।
भौगोलिक परिचय
पूर्वाञ्चल विकास क्षत्र अर्न्तगत पर्ने ओखलढुङ्गां विश्व विख्यात सगरमाथा अञ्चलमा पर्छ । पूर्वदेखि पश्चिमतर्फ फूक्दै गएको यो जिल्ला विकासको दृष्टिकोणले धैरै पछाडि परेको छ। उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर र सिन्धुलीसँग ओखलढुगां जिल्ला जोडिएको छ। पूर्वमा खोटांग जिल्लासँग दुधकोशीले र पश्चिममा रामेछापसँग लिखु नदिले छुट्टाएको छ। यो जिल्लाको भू–बनौट नै नेपालका अन्य जिल्लाहरुभन्दा बेग्लै छ । आखलढुङ्गांलाई तीनतिरबाट नदिले घेरेको छ। नेपालका ७५ जिल्ला मध्येबाट क्षेत्रफलको हिसाबले ६८ औं स्थानमा र जनसंख्याको हिसाबले ५९ औं नम्बरमा पर्छ । ओखलढुंगा जिल्ला पृथ्वीनारायणको एकीकरण पछि भीमसेन थापाको प्रशासनिक विभाजन अर्न्तगत नेपाल अधिराज्यलाई ३९ जिल्लामा बाडिएको थियो, जस अर्न्तगत आजका सोलुखुम्बु र खोटाङ जिल्लाका पूर्व ३ नं. ओखलङ्ढुगा जिल्ला अर्न्तगत नै पर्दथिए। यो २०१८ साल अघिसम्म कायम थियो, आज ओखलढुङ्गा जिल्ला भित्र ५६ गाउँ विकास समिति पर्दछन् । ओखलढुङ्गा जिल्लाको कुल क्षेत्रफल १०७४ वर्गकिलोमिटर अर्थात १०५,८६४ हेक्टर छ । यसको भौगोलिक धरातल अक्षांस २७ दशमलदेखि २७ बाइस दशमलवसम्म उत्तरसम्म पर्दछ र, देशान्तर ८६ बत्तीस पूर्वसम्म पर्छ ।
भौगोलिक विभाजन
डाडा काडा भीर पाखा, खोल्साखोल्सि, वनजंगल, टारबेंसी, पाखापखेरा आदी जस्ता धरातलीय स्वरुप भएको यस जिल्लालाई विभिन्न भागमा वर्गिकरण गर्न सकिन्छ। ती यसप्रकार छन ओखलङ्ढुगां समुन्द्रि सतहदेखि ३९० देखि ३६७२ मिटरसम्म पर्ने हुनाले तल्लो क्षेत्रलाई वेशी मानिन्छ। जिल्लाको ठूलो क्षेत्रफलको १६१ वर्ग कि मि अर्थात छ प्रतिशत भूभाग यो क्षेत्रले ओगटेकोछ। खोलाछेउका नदी क्षेत्र र उच्चाइ कमका ठाउहरु यो क्षेत्रमा पर्छन। यो क्षेत्रमा बसोवास गर्ने जन्ताको मुख्य पेशा कृषि हो। फलफुल्र तरकारी, पशुपालन र माछापालन स्थानीय वासिन्दाका नगद रकम खैचने भरपर्दा उपायहरु हुन् ।
मध्य पहाडी क्षेत्र यस क्षेत्रले जिल्लाको ६९८ वर्ग कि । मी । भूभाग अर्थात ६५ प्रतिशत भूभाग क्षेत्रफल ओगेटेकोछ । रुम्जाटार यसै क्षेत्रमा पर्छ । धान, मैदा, गहुँ, कोदो, फापर, तोरी तरकारी र पशुपालन यस क्षेत्रका वसिन्दाले गर्छन् ।
लेकाली क्षेत्रका कुल क्षेत्रफलको २० प्रतिशत अर्थात २१५ वर्ग कि । मी । ओगटछ लेकाली क्षत्रले। यहा पातलो वस्ती छ । जनताले मकै, उवा, आलु, जौ, गहुँ, स्याउ खेती र भेडा च्याग्रा तथा चौरी पालन गर्छन् ।
भौगोलिक विभाजनको सही सदुपयोग स्थानीय नागरिकहरुलाई राजनीतिक दलहरुले सही ज्ञान र सिप दिन सकेको खण्डमा ओखलढुङ्गांको विकासमा कायापलट फेरिन लामो समय लाग्दैन। औल अर्थात, समुन्द्र सतहदेखि कम उच्चाइ क्षत्रमा गर्न सकिने कामहरु धेरै छन् । यस क्षत्रका गाविसले विपन्न परिवारको उपभोक्ता समिति बनाई उन्नत जातका माछापालन, खसी-बोका पालन,, पशुपंछी पालन आदी गराउन सकिन्छ । त्यस्तै मध्य पहाडी क्षेत्रमा अहिले गरिएको अतिरिक्त पशुपंछी पालन गराउन गारो छैन किनभने जिल्लाभरीमा २३० सामुदायिक वन १४ वटा कवुलियत वन र एउटा निजि वन छन् । यस हिसावमा चरन क्षेत्रको समस्या जिल्लामा छैन्। यस्ता वन क्षेत्रमा अनेकौं प्रकारका जडिबुटीहरुको खेति गर्न सकिन्छ । यो जनताको निम्ति लगानी विनाको आम्दानी र स्थानीय सरकारको निम्ति शुद्द आम्दानी बन्न सक्ने पक्का छ । लेकाली क्षेत्रको सम्भाव्यता त कति हुन्छ कति । अहिले स्याउ खेती भए पनि वजार छैन भनेर चिन्ता लिनु पर्ने देखिदैन । स्याउलाई भट्टीमा सेकाएर सुकुटी बनाउन सकिन्छ, चौरीको दुधबाट छुर्पी बनाउन सकिन्छ । सम्बन्धित क्षेत्रबाट अध्यान गराएर लेकाली वनमन अलैाची खेति गर्न सकिन्छ। यस कामको लागि भने गाविस र जिल्ला विकास समितिको सहयोग अनिर्वाय चाहिन्छ।
क्रमश:
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest