आमा ! खुकुरीको चोट त अचानोलाई मात्र थाहा हुन्छ खुकुरीलाई के थाहा त्यो चोटको बारेमा तिम्रो त्यो न्यायो काखबाट विछोडिदाको पिडाले कति दुखेको छ भन्ने कुरा त त्यसलाई सोध्नु जसले आफुलाई नौ महिना सम्म गर्वमा राखेर जन्म दिने आमालाई आफु जन्मेको केहि समयकाल पछि आमाको त्यो न्यानो काख त्याग गर्नु परेको होस् । त्यसलाई सोध्नु जसले आजसम्म पनि आमाको त्यो न्यानो काखको अनुभव नगरेको होस् । विदेशमा बस्नुको पिडा स्वदेशमा बस्नेलाई के थाहा । आमा म यो मरुभुमि पानीको अभाव बमले बनाएका क्षत विक्षत ठाँऊहरु द्धन्द्धले विचल्ली भएका मानिसहरु बारुदका गन्दहरु अनि बमबारुदका आवाजहरु सुन्न थालेको पनि त आज ४ महिना पो भएछ । यो ४ महिना ४ दशक वितिसकेको जस्तो लाग्दैछ । कति गाह्ोले विताए होला तिमीबाट टाढा रहेर कसरी विताए होला तिम्रो त्यो न्यान्ााे कोखबाट टाढा रहेर ति वितेका दिनहरु अहिले त ति दिनहरु स_िम्´दा त काहाली लागेर आउँछ आमा । म यहाँ केवल एक्लो भएको छु आमा केवल एक्लो । कम्प्युटरमा बस्छु सबैभन्दा पहिले मेरी आमा आज कस्ती छिन् भन्दै विभिन्न पत्रपत्रिकाहरु हेर्छु । कतै आफ्ना दाजुभाइ भेटे भने पनि तिम्रो नै कुराहरु गर्दछु । तिम्रो कोखमा थरीथरिका सन्तानले जन्म लिएका छन् आमा । ति सन्तानहरु यसरी फिजिएर बसेका छन् कि संसारको यस्तो कुनै कुना न होला जहाँ तिम्रो सन्तानले पाईला नटेका होलान् । आमा तिम्रो माया त तिमीबाट जति जति टाढा भयो त्यति नै लाग्दो रहेछ अनि तिम्रा सन्तानहरुसँग भेट हुदा त खुशीले सगरमाथा चुमे जस्तो । अनि आफ्ना दाजुभाई भएर होला आफ्नै राष्ट्रभाषामा बोल्ल थाल्छु यो विरानेा ठाँऊमा आमा । तिम्रा स्ान्तान भेट भएको समय होस् वा घर परिवार छर छिमेकमा फोनमा कुरा हुदाँ होस् अनि साथी भाइसँग इन्टरनेटमा कुरा हुदाँ होस् ती क्षणहरुमा पहिला त तिम्रौ प्रसँगका कुराहरुबाट शुभारम्भ हुन्छ आमा ।
आमा आफ्नै देशमा शान्ति सुरक्षा र रोजगारीको अवसर पाउने भए कोहि तिम्रा सन्तान रहरले विदेशीदैनन् होला । आफ्नो देशको माटो सबैलाई प्यारो लाग्छ तर तिम्रा सन्तानहरु विदेशीनुका पछाडी अनेक वाध्यताहरु छन् त्यसैले होला अहिले त ग्रामिण भेगमा कुनै पनि युवावर्गहरु छैनन् अनि यति वेला त महिला पनि वैदेशीक रोजगारमा प्रशस्त लागेका देखिन थालेको छु खाडी राष्ट्रहरु त हाम्रा चोलीहरुले भरिसकेका छन् खै कहिले त पत्रपत्रिकाबाट तिनीहरुले पाएको दुःख सुन्दा त आफुलाई नै सम्हाल्न सक्दिन त्यसैले होला तिम्रा यिनै सन्तानहरु तिम्रो न्यानो काखबाट बिाचत हुन पुगेका छन् । आज भोलि त संविधान सभाको निर्वाचन पछि भएको परिर्वतनका समाचारहरु अनि उनै दाजुभाइहरुले ल्याएका खबरहरु सुन्दा पनि आनन्दीत हुन्छौ अनि अब देश विकास र उन्नतीको बाटोमा अगाडी लागेको देख्दा त हामी अ´ै उत्साहित भएका छौ शान्ति र विकासका लागि टाढा बसेर भएपनि यहि नै कामना अनि यसैबाट भएपनि शुभकामना दिन सके आमा अहिले २० लाख भन्दा बढी तिम्रा सन्तानहरु तिम्रो न्यानो काखबाट बिाचत हुनु पुगेका छन् । ति सबैलाई तिम्रो माया र चिन्ताले सताउने गरेको छ आमा चाहे त्यो उमेर नपुगेको बालक होस् वा चाहे त्यो बृद्ध भई सकेका तिम्रा ति सन्तान होस् अनि सबैले तिम्रो सम्मान गर्ने गर्दछन् । आर्थिक विपन्नताले गर्दा जन्मभूमि छाडेर बाहिर काम गर्न हामी बाध्य छौ । घर परिवार देखि टाढा यसरी विदेशीएर काम गर्दा आई पर्ने विभिन्न प्रकारका कठिनाई अनि बाधा व्यवधानहरु पनि सहेर इमान्दार कर्तव्यनिष्ठ भएर कार्यहरु गरिनै रहेका छौ हामीले तिम्रो सगरमाथा जस्तो उच्च शिरलाई आजसम्म ´ुगाउने प्रयास गरेका छैनै । हामी तिम्रा सन्तान हुनुमा गर्व गर्दछौ अनि तिम्रो शिरलाई सगरमाथा जस्तै उच्च राख्ने बाचा गर्दछु तिम्रा सन्तान वीर अनि कर्तव्य पालक छन् अनि बाटो विगारेका लागि सहिबाटोमा ल्याउने ति सन्तानहरुको हेरचाह गर्ने जिम्मेदारी भने आज तिमीलाई सुम्पिदैछु आमा …………………………
हालः- इराक बलाद