March 4, 2008

आशा

- हस्त गौतम मृदुल

गीत
आशा

एकक्षिण् बिछोड हुँदैमा माया मारयो भन्ने नठान।
धुँवा उडेको नदेख्दैमा आगो मरयो भन्ने नमान।

जीवनको यो गोरेटोमा उकालो ओरालो आउछ।
मेटाइ यी बन्धननहरु एक दिन खुशीले छाउछ।
ठेस लागेर लडयो भन्दैमा हिन्नै सकेन भन्ने नठान।
केहीक्षेण बिश्राम लिदैमा हरेस खायो भन्ने नमान।

अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।


अनिकाल

खडेरी परयो बिस्वासमा मायाकै अनिकाल छ।
कतै पनि छैन सुख सान्ती जताततै बेहाल छ।

हिन्नलाइ यहाँ बाटो छैन अन्योलमा गुजि्रदै छु।
मुन मुन बिपत्ति थपियो अध्यारोमा जाकिदै छु।
डर त्रास त छदैछ अमुै जताततै बेहाल छ।
निरंकुस्ता पनि हटेन बिधिकै अनिकाल छ।

गुमाएर सवै अधिकार लाचार भै बाँचेको छु
अभावको भुमरीमा परी बाँदर मुै नाचेको छु।
प्राण धान्न गारयो भयो जताततै बेहाल छ।
अराजक स्थिति हटेन सान्तीकै अनिकाल छ।

३ कबिता
जनबाद

जंगली कानुन यहाँ जनबाद भयो।
स्थिापित सान्ती आज कता गयो।
लोकतन्त्र बहुलायो बाकी के रहयो।
सर्वभौकिता नै आज लिलाम भयो।

क्षेणिक सपना बाँडी संकटमा जाके।
लक्ष्यमै नपुगीकन नेता जति थाके।
तँछाड गर्दैछन अग्रगामी बन्दै छन।
लाजै पचाइ हाम्रै बिजोग हेर्दैछन।

डुंगामुडाको संस्कृति बिकसित गरे।
थांन्नामा सुताइ आफनो पोल्टो भरे।
दण्डहिनताको बिधि यहाँ लागु गरे।
युद्ध अनि अभावले कति जनता मरे।

देशलाइ बिला लगाइ खान पो थाले।
आपसमा लडी क्रोधको आगो बाले।
उधारो बुद्धिमा बिबेक लिलाम गरे।
जनता सुखी होलान नेताजति मरे।



एक्लै एक्लै

- दौंतरी पाठक
एक्लै एक्लै हिड़्दै गर्दा, लामो लाग्ने यो बाटोमा,
साथी कुर्छू भनी पर्खे, कतै पछि परिन्छ की

एकानासे जिन्दगिमा, रंग भर्छू भनी लागे
बाटो बिर्सी पर अन्त कतै पुगीन्छ की

पुग्ने ठाऊं थाहा छैन, उकाली त चढेकै छु
फ़र्की आउने हो की हैन, मनमा माया भरेकै छु

सम्झिने लाइ साथ मेरो, बिर्सिनेलाइ माया छ है
टाढा कतै लैजाऊ बरु, हात समाई संग संगै



February 25, 2008

फागुनमा तिहार

खै परदेश आउने भनेर यहाँ सम्म आईयो -- खर्च बर्च नी निक्कै लाग्यो। अहिले सम्म उतै बस्या भए आफ्नै देश परदेश हुने रे छ। अन्त जानै नपर्ने।

अचेल मलाई तिहार तिहार जस्तो लागिराछ समाचारहरु पढ्दा। तिहाराँ कागलाई बोलाएर भात खान दिन्थे --कुकुरलाई बोलाएर माला लाईदिन्थे। तिहारको दिन सकिदा नसकिदा कागले ढुङगा भेट्थ्यो। कुकुरले लात। भारतिय दुताबासमा अचेल तिहार लागेको रे छ -- कागहरुलाई भात खुवाँउदै गर्या कुकुरहरुलाई माला लाई दिदै गर्या समाचार पढीरथें।


ह्याप्पी तिहार।

माओबादीले सुरु गरेको बिखण्डनबादी सोचाई, अनि आँखा चिम्लेर बाँडेका ति लाखौ नागरिकता अहिले रोजगारीमा लागेका छन। "यो सबै राजाको चलखेल हो निरमाया---" भन्ने लयको चक्का (सिडी) प्रचण्डको अध्यक्ष्यतामा बिमोचन गर्ने कि "ग्र्याण्डडिजायनले मार्यो नी बरीलै" भन्ने भाकामा गिरिजाले चक्का बिमोचन गर्ने भन्ने बारेमा बालुबाटार र बुद्धनगरमा गम्भिर बैठक बसीरहँदा बल्खुमा "दौरा सुरुवाला नी सिलाईयो मात्रै नी कामरेड--" बोलको गीतमा माधब सर रियाजमा मग्न रे भन्ने सुनियो। मधेसमा चैं "नईँ नागरिकताबाले देश ले जाएँगे " धुनले बजार पिटिरहेको छ अरे।

तर जे होस --- नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने निती भारतले सात आठ पटक कामरेड प्रचण्डलाई दुताबासमा बोलाएर होस वा दिल्लीमा सम्झौता हिन्दीमा लेखेर होस प्रस्ट पारेकै छ। अब यो यस्तो अन्योलको बेलामा पनि तिहार जस्तो रमाइलो महोत्सब आफ्नै खर्च पानीमा भारतिय दुताबासले आयोजना गरेर हामी सबैलाई ठुलो गुन लगाएको छ।


February 24, 2008

खबरदार!!! देशको अखण्डतामाथि सम्झौता नगरेस !!!

मधेश दुखेको आज होइन । शताब्दिऔ पहिलेदेखि हो । त्यहाँ रहेको सामन्ति संस्कार, अन्धविश्वासको जरा, अशिक्षा र गरीविको बिबिध पहलुहरु खोतल्न सजिलो छैन । त्यस्ता अनेक समस्याका ठेलिहरु छरपष्ट थाति राखेर त्यहाँ हिजोका दिनमा "निकम्मा नेता"का पहिचान बनाएकाहरु आज प्रायोजित आन्दोलनको घोडा चढेर सम्पूर्ण देशलाइ अनिर्णयको बन्दी बनाउन खोज्दैछन । यी शिखण्डी मदिसे नेताहरु मधेशको समस्या समाधानको सम्पुर्ण बाटो छेकेर देशलाइ बिखण्डनतिर लान खोज्दैछन र तीनका धोतिपछाडि भारतले खुल्लमखुल्ला धाप मारिरहेको छ भन्ने छर्लंङ्ग देखियो । अब यी फटाहा मधेशी नेताहरुले मधेशको समस्याको दुहाइ दिदा पनि मधेशका न्यायप्रेमी नेपालीको अवहेलना गरेको जस्तो लाग्न थालेको छ। यो अवसरमा सरकारमा रहेका दलहरुले दलाल मदिसे नेताहरुको नाजायज माग अस्वीकार गरेको सुन्दा थोरै भएपनि आशा जगाएर बसेको थिएँ । तर अहिले एकाएक कसको दवाव हो कुन्नि? रातारात हेलिकप्टरबाट नेताहरु बालुवाटार ओराल्दै सम्बिधानसभाको चुनावपछि छुट्टै मधेश राज्य बन्न सक्ने खालको एक मधेश एक प्रदेश नारामा रातारात सहमति कायम गर्न थालेको छ भन्ने गाइँगुइँ सुनिन थालेको छ । यस्तो सहमति कुनै हालतमा गरिनु हुन्न । जुनसुकै मुल्यमा पनि देश टुक्राउने खेलको समर्थन गर्न सकिन्न । कुनै नेताहरुले देशलाइ टुक्राउन यस्ता खालका षडयन्त्रात्मक क्रियाकलापमा साथ नदेओस । खवरदार !!!!

February 22, 2008

स्वस्थानी अध्याय:३०/३१

Swasthani  30_31 - Share on Ovi
अध्याय:३०/३१
http://www3.sendthisfile.com/d.jsp?t=0XErdPpxM2GhAslHswkQQo3I
आजबाट श्री स्वस्थानी कथा समाप्त भयो।
- सानदाई

कुकुर नेता, भेडा जनता, देश डामाडोल

"नेपाल त बेहाल छ", "ग्यास छैन, बत्ती छैन, डिजेल छैन, सडकमा गुडने गाडी छैन" समष्टिमा ईन्धन र बत्ती नभए पछी नेपालमा अहिले केहि पनि छैन। साच्चै कहालि लाग्दो अबस्थाबाट देश गुज्री रहेको छ ।

जिउदो रहदा सम्म त आम नागरीकले राज्यको तर्फबाट कुनै सामाजिक प्रत्याभूति र सम्मान पाएनन् पाएनन्, अब त सुन्दै छु मरे पछि पनि अन्तिम संस्कारको लागी दाउरा नभएकोले नेपाली जनताले ढुङ्गे युगमा पनि व्यहोर्न नपरेको लाचारी र लज्जास्पद पिडा भोग्नु पर्ने छ ।

.

नेपालको खबर फेरी एकचोटी विश्‍वभरिका मिडियामा आउन थालेका छन् अनी संसारका बिभिन्न भागमा छरिएर बसेका नेपालिले फेरी एकचोटी 'स्टल'मा राखीएका पत्रीका डराई डराई हेर्नु पर्ने र कसैले आफूलाई 'नेपाली' भनेर चिन्ला भनेर सकेसम्म आफ्नो परीचय समेत लुकाएर हिडनु पर्ने बाध्यता फैलिएको छ ।

पेट्रोल पम्पमा लाईन लागेका सबारी साधनका तस्विर, ईन्धन अभावले बन्द गरिएका होटेल रेस्टुरेन्ट र उद्योगका खबर अनी पानीकोलागी लाममा बसेका गृहीणी र काकाकूल बनेको नेपालको हालत, यहि छ आजकल संसारभरी कै खबरमा ।

मधेश आन्दोलनको १०औ दिनमा करिव करिव बार्ता भंग हुने निश्‍चित भईसकेको छ र अबका दिनहरुमा देशको हालत झनै जर्जर हुनेमा कुनै शंका छैन। विदेशबाट सापट गरेर ल्याएको 'लोकतन्त्र' पछिका दिनमा नेपालीहरुका दिन आशा बिपरित पहिला भन्दा झनै कष्टकर भएका छन।

आन्दोलनको क्रम यसरी जारी रहे केहि दिन पछि टेलीफोनमा समेत "लोड सेडिङ्ग" गर्नु पर्छ रे (कारण- विना पावर सप्लाई त्यो पनि कती बेर र कसरी चल्छ र), त्यसपछि हामि पूर्ण रुपमा ढुङ्गे युगमा प्रवेष गर्ने छौं । किनकी नेपालिहरुले अब पकाएर खानको लागी दाउरा, मट्टीतेल र ग्यास नभएकाले काँचो खाने बानी नबसाली सुखै छैन, अनी सञ्चारको लागी घर-घरमा परेवा पाल्नु पर्ने छ ।

जंगलि राजका नाईकेहरुलाई जुन दिन देखी ससम्मान देशको जिम्मादिने कार्य भयो त्यसै दिन देखी नेपालको ईतिहासमा हिंसाबाटै सत्ता प्राप्ती र सर्बकार्य सिद्द हुन्छ भन्ने बिचार पनि पूर्णरुपमा स्थापीत भयो । नालायक र हुत्तिहारा नेता भएका देशमा हिंसाले 'बहादुरी' र जंगलि राज ले 'जनबादी' नाम पायो। एकचोटी पून सत्ताको स्वाद पाउने लालचमा लागेका पानिमरुवा र सत्तालिप्सा नेताले एक चोटीको मुतको न्यानोकोलागी बिवेकको तिलान्जली दिएर 'ढुङ्गा-मुढा' बादलाई त्वं सरणं गरे अनि त्यसै पछि शुरु भयो नेपालमा दण्डहिनता र अराजक आन्दोलनको शुरुवात !

मागे पछि दिनै पर्ने, भने पछि मान्नै पर्ने अनी बोले पछि पुर्‍याउनै पर्ने ----नत्र बाटो बन्द, तोडफोड, जे पनि हुनसक्छ।

अहिलेको आन्दोलन बिषय र परिस्थिति अनुशार केहि फरक रहे पनि यसको गुणात्मकता भने फेरी माओबादीको जंगलीराज बाटै प्रभावित र अनौपचारीक रुपमा प्रोत्साहित छ । दण्डहिनता को नमूनै बनेको देशमा एउटा हिस्रक गुटलाई ससम्मान सत्तामा ल्याईन्छ भने त्यस्तो देशमा जुनसुकै जायज वा नाजायज माग पनि राख्न सकिन्छ र राख्ने मात्रै हैन त्यो पुरै पनि हुन्छ भन्ने मानसिकताले घेरेको छ हाम्रो देशलाई । त्यसैले यसको दोष पनि हाम्रा महान नेताहरुले नै लिनु पर्छ र उधारो बुद्धिले काम गरेसम्म यसको समाधान पनि निस्केला भन्ने मलाई लाग्दैन ।