March 4, 2008

आशा

- हस्त गौतम मृदुल

गीत
आशा

एकक्षिण् बिछोड हुँदैमा माया मारयो भन्ने नठान।
धुँवा उडेको नदेख्दैमा आगो मरयो भन्ने नमान।

जीवनको यो गोरेटोमा उकालो ओरालो आउछ।
मेटाइ यी बन्धननहरु एक दिन खुशीले छाउछ।
ठेस लागेर लडयो भन्दैमा हिन्नै सकेन भन्ने नठान।
केहीक्षेण बिश्राम लिदैमा हरेस खायो भन्ने नमान।

अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।


अनिकाल

खडेरी परयो बिस्वासमा मायाकै अनिकाल छ।
कतै पनि छैन सुख सान्ती जताततै बेहाल छ।

हिन्नलाइ यहाँ बाटो छैन अन्योलमा गुजि्रदै छु।
मुन मुन बिपत्ति थपियो अध्यारोमा जाकिदै छु।
डर त्रास त छदैछ अमुै जताततै बेहाल छ।
निरंकुस्ता पनि हटेन बिधिकै अनिकाल छ।

गुमाएर सवै अधिकार लाचार भै बाँचेको छु
अभावको भुमरीमा परी बाँदर मुै नाचेको छु।
प्राण धान्न गारयो भयो जताततै बेहाल छ।
अराजक स्थिति हटेन सान्तीकै अनिकाल छ।

३ कबिता
जनबाद

जंगली कानुन यहाँ जनबाद भयो।
स्थिापित सान्ती आज कता गयो।
लोकतन्त्र बहुलायो बाकी के रहयो।
सर्वभौकिता नै आज लिलाम भयो।

क्षेणिक सपना बाँडी संकटमा जाके।
लक्ष्यमै नपुगीकन नेता जति थाके।
तँछाड गर्दैछन अग्रगामी बन्दै छन।
लाजै पचाइ हाम्रै बिजोग हेर्दैछन।

डुंगामुडाको संस्कृति बिकसित गरे।
थांन्नामा सुताइ आफनो पोल्टो भरे।
दण्डहिनताको बिधि यहाँ लागु गरे।
युद्ध अनि अभावले कति जनता मरे।

देशलाइ बिला लगाइ खान पो थाले।
आपसमा लडी क्रोधको आगो बाले।
उधारो बुद्धिमा बिबेक लिलाम गरे।
जनता सुखी होलान नेताजति मरे।



3 Comments:

Anonymous said...

nice poem..............

R S said...

I like this poem too. It is a good one. Desire never gonna fulfill.

Anonymous said...

अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।
यसले त अहिलेको नेपालको कुरा गरेको हो कि? राम्रो छ। फेरी पनि पढ्न पाइयोस।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !