February 24, 2008

खबरदार!!! देशको अखण्डतामाथि सम्झौता नगरेस !!!

मधेश दुखेको आज होइन । शताब्दिऔ पहिलेदेखि हो । त्यहाँ रहेको सामन्ति संस्कार, अन्धविश्वासको जरा, अशिक्षा र गरीविको बिबिध पहलुहरु खोतल्न सजिलो छैन । त्यस्ता अनेक समस्याका ठेलिहरु छरपष्ट थाति राखेर त्यहाँ हिजोका दिनमा "निकम्मा नेता"का पहिचान बनाएकाहरु आज प्रायोजित आन्दोलनको घोडा चढेर सम्पूर्ण देशलाइ अनिर्णयको बन्दी बनाउन खोज्दैछन । यी शिखण्डी मदिसे नेताहरु मधेशको समस्या समाधानको सम्पुर्ण बाटो छेकेर देशलाइ बिखण्डनतिर लान खोज्दैछन र तीनका धोतिपछाडि भारतले खुल्लमखुल्ला धाप मारिरहेको छ भन्ने छर्लंङ्ग देखियो । अब यी फटाहा मधेशी नेताहरुले मधेशको समस्याको दुहाइ दिदा पनि मधेशका न्यायप्रेमी नेपालीको अवहेलना गरेको जस्तो लाग्न थालेको छ। यो अवसरमा सरकारमा रहेका दलहरुले दलाल मदिसे नेताहरुको नाजायज माग अस्वीकार गरेको सुन्दा थोरै भएपनि आशा जगाएर बसेको थिएँ । तर अहिले एकाएक कसको दवाव हो कुन्नि? रातारात हेलिकप्टरबाट नेताहरु बालुवाटार ओराल्दै सम्बिधानसभाको चुनावपछि छुट्टै मधेश राज्य बन्न सक्ने खालको एक मधेश एक प्रदेश नारामा रातारात सहमति कायम गर्न थालेको छ भन्ने गाइँगुइँ सुनिन थालेको छ । यस्तो सहमति कुनै हालतमा गरिनु हुन्न । जुनसुकै मुल्यमा पनि देश टुक्राउने खेलको समर्थन गर्न सकिन्न । कुनै नेताहरुले देशलाइ टुक्राउन यस्ता खालका षडयन्त्रात्मक क्रियाकलापमा साथ नदेओस । खवरदार !!!!

3 Comments:

ठरकी दादा said...

सात दलले सो माग अस्वीकार गर्दा केही आशा पक्कै जागेको छ तर यी सब एकचोटी देखाउनको लागी मात्रै गरीएका पनि हुन सक्छन। किन भने यसरी कुनै मागको पहिला नाटकिय रुपमा अस्वीकार गर्दै पछी यथार्थमा घुँडा टेक्दै त्वंशरणं गरीएका उदाहरणहरु खोज्न अन्त जानु पर्दैन यहि ब्लगको केहि पुराना अंकहरु पढे पनि पुग्छ ।

यी अर्काका ईशारामा चल्ने र लेण्डुप दोर्जेका परम भक्त नेताहरुलाई खबरदारी भने गरिरहनुनै पर्छ नत्र भने कुनै दिन बिहान उठ्दा "स्थानिय क्षेत्रमा बस्ने जनताको माग र नेताहरुहसंगको बृहत छलफल पछी आजका मिति देखी लागु हुने गरि ----क्षेत्रलाई ------घोषणा गरीएको छ " भनेको सुन्नुपर्ने हुनसक्छ ।

खवरदार !!!!
खवरदार !!!!
खवरदार !!!!

Nepal! said...

अहिले हतार हतार मधेश का नेता हरुलाई स्वतन्त्र राज्य चाहिएको छ । ठुले दादा को हात जो शिर पर छ ! नेपाली राजनीतिलाई आफ्नो पेवा ठान्ने भारतले कुनै बेलाको जल्दो बल्दो जङली राजको मुद्धा लाई सम्म यसरी किनारा लाग्ने गरी अर्को चाल चल्छ अनी आफ्नै "महबुबा" पनि "बेवफा" बन्छ भन्ने शायद हाम्रो देश चलाऊने रखैल नेता हरुले सोचेका थिएनन होला ।

सबै नेता ले भन्ने गरेको शहिद को सपना भनिने सत्ता माथि आड लगाएर बस्न प्रयोग हुने "दुहुनो गाई रुपी शब्द" मन्त्रण गर्दै राज गर्न पुगेका नेताहरुलाई विना प्रतिपक्षको "रावण राज" लाई "राम राज" भन्ने भ्रम भएर देशमा सती युगको शासन चले जस्तो भान हुँदा र सारा राष्ट्रको समस्याका जड् हरु आँफै भएको अन्तरात्माले जानेका बुझकी हरुले आफुहरु सत्तामा आफुले धुन्डक त्यागे पछी त सब ठीक हुन्छ भन्ने भ्रम पाले । अर्काले काम गर्दा तगारो पसार्ने नेता हरु आफुले तगारो हटाउने बित्तिकै देशमा फु मन्तर ले कया पलट गर्छ भन्ने भ्रम पालेर बसे । बिकास र उन्नतिलाई मुलधारमा नराखेर पहिले चुनाव अनी त्यस पछी आफुले राज गर्ने दिवा स्वप्नलाई राष्ट्रिय एजेन्डा बनाउने महाशय हरुले अनेकौ छोटा राजा र राज्यका सपना लाई नै मल जल गर्ने काम गरे।

अनी किन खोज्दैनन नव मधिशे हरुले राज्य ? ब्यक्तीको सम्पत्ति डांका मारी धन लुटे जस्तो गुण्डागर्दी गरे पछी देशै पाईन्छ भने ! एकातिर "महबुबा" को धम्की अर्को तिर आफ्नै पार्टीमा पहिरो जान लागे पछी कुन दिन नेताहरुले अब "महबुबा" को सपना साकार पार्ने हुन ।

"जन आन्दोलन भावना" अनी "शहिदको सपना" भनेर नथाक्ने नेताहरुले देश बिखन्डन तिर धकेलेर "जन आन्दोलनको भावना" र "शहिदको सपना" भन्ने शब्दलाई नै तुच्छ बनाइसके । अब त शहीदको आत्मा लाई पनि लाज लाग्छ होला देशले उनिहरुको मृत्युलाई बिखन्डन सँग साटेको देख्दा, यदी बोल्न सक्थे भने शहीदहरुले पनि भन्ने थिए होला आफ्नो परिवारलाई:

"भो फिर्ता देउ ति लाखका बिटाहरु,
अनी फिर्ता देउ ति शहीदका प्रमाणपत्र,
हाम्रो प्राणान्त्य गोलीले होइन फगत काल गतीले थियो "

त्यसैले मेरो अन्तर आत्माले नेपाली भएर भन्नु पर्दा
"भयो अती भयो, चाहिएन नेताहरु तिमीहरुको प्रजातन्त्र,
चाहिएन तिमीहरुले देशसँग साटेको संबिधान सभा,
सांचुला यि सपना हरु तबसम्मलाई जबसम्म मेरो देश बयस्क हुन्छ "

Rahulvai said...

यहाँ निर मलाई आश्चर्य लागेको कुरा के हो भने मधिशेलाई कुन क्षेत्रमा उपेक्षा गरिएको छ भन्ने कुरा। पहाड को तुलना गरौं भने मधेश त कता हो कता सुबिधा सम्पन्न छ। खालि बिहारीलाई मर्स्या , भैया भनी छुद्रवाचक संबोधनले सच्चा मधिशेको मुटु किन पोल्छ, कहिं उनको बन्धकी राखेको आत्म बोल्छ कि त्यसमा?
समबेशी को अर्थ बराबर् अबसर् हुन सक्छ, आरक्षण होइन। बिकासको समानुपातिक बितरण हुनु पर्छ। त्यो छंदै छ। स्वास्थ, शिक्षा यातायातमा मधेशको सुगमता जग जाहेर छ।
अब कुरा आउछ, प्रशासनमा मधिशे भएन, उच्चश्रेणीमा मधिशे भेन भन्ने कुरा मिथ्या हुन्। हुम्ला जुम्ला सम्मका बिज्ञान र गणितका मार्साबहरु किन यादब, सिंह र कर्ण मात्र हुन्छन्। नेपाली पढाउने प्राय ब्राम्हण भए जस्तै मात्र पनि होइन। जहाँ नगद त्यहाँ यादब् हो।
अमिन, सर्भेयर र ओभरसियर साहेबहरु किन मधिशे मात्र हुन्छन्। अरुले पढ्न नसकेर त पक्कै होइनन्। सिचाई बिभाग र सडक बिभागका आधा जति इन्जिनियर साहेबहरु किन तराई मूलका हुन्छन्।
यी यक्ष प्रश्नहरुको उत्तर खोज्नै पर्ने भएको छ। धन संग मात्र मन भए पछि प्रशासन् तिनको रोजाईको बिषय थिएन र छैन पनि। अनि जहाँ जहाँ मधिशे छैनन्, त्यता तिर्को तथ्यांक देखाएर बखेडा झिक्ने काम भएको छ। हेल्थ असिस्टेन्ट् अनि ल्याब टेक्निसियनमा अधिकांश मधिसे हुनु पनि संयोग मान्नु मिल्दैन होला।
अर्को मनन् योग्य कुरा, हामीले आई एस्सी पढ्ने ताका, पुल्चोक क्याम्पसमा पढ्ने ७० देखि ९० प्रतिशत सम्म तराई मूलका हुन्थे। पछि संभवत २०४४ पछि प्रबेश परिक्षा को थालनी भए पछि तराई मूलको संख्या सीमित भएर १०-२०% मात्र रहन गए। यस वास्तबिकताले पनि धेरै कुराको असली मनसाय छरलङ् हुने छ। अझै हामी समाबेशी र उपेक्षाको नाममा गलत सूचना र मनसायको शिकार भैराख्या छौ जस्तो छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !