January 26, 2008

यतीको क्वालालम्पुर–काठमाडौ सीधा उडान हुने

रामचन्द्र गिरी /श्रीअस क्वालालम्पुर/
घर फर्कनलाई टिकट काट्न साहुलाई पैसा दिएको दुई हप्ता भैसक्यो, अहिले सम्म टिकटको अत्तोपत्तो छनै , चिनको मान्छे भनरे विश्वास गरे, अहिले धोका भो मलाई, फोन गर्दापनि कम्प्यूटर बोल्छ।' भिषा सकिने बेला भैसक्यो टिकट पाएका छैनन बिचरा लमजुङ्ग, भोटेओडारका कर्ण गुरुङ्ग। आफैले टिकट काट्नलाई पनि उनलाई त्यति मेसो छैन। टिकट काट्न कति पैसा लाग्छ? टिकट कहाँ पाईन्छ? भन्ने आफुलाई थाह नभएको बताउँछन् उनी। पेतालिङ्गजया स्थित एक कम्पनीमा कार्यरत गुरुङ्ग आफ्नो कार्यअवधी पुरागरी स्वदेश फकैदै छन्। मलेसियामा धेरैजसो श्रमीकहरुको यस्तै गुनासो रहेको पाईन्छ। नेपालमा थुप्रै बैङ्क खुले, देशमा रेिमटयान्स थप्ैर भित्राउन सफल रहको बङ्कैहरु र पछि पालो देश बाहिरका विभिन्न मुलुकहरुमा आयो। हाल मलेसियामा मात्रै १६ वटा नेपाली रेमिट्यान्सहरुले मलेसियन सरकारबाट सम्बन्धन प्राप्त गरिसकेका छन् । नेपाली श्रमीकहरुको निकै बाहुल्यता र हेको यहाँ विगत केही महिना देखि रेमिट्यान्स बजार निकै प्रतिस्पर्धात्मक छ।यतिखेर धेरैजसो निजी कम्पनीहरुको ध्यान देशबाहिर केन्द्रित रहेको छ चाहे त्यो बेङ्किङ क्षेत्रमा होस चाहे हवाई उडानकै क्षेत्रमा। अहिले मलेसियाको नेपाली रेमिट्यान्स कम्पनीहरु मध्येकै जेठो रेमिट्यान्स कम्पनी आई.एम.ई द्वारा संचालित एक्रस ट्राभल्स एण्ड टुर्सले हवाई उडानको क्षेत्रमा नयाँ आयाम थप्न सफल भएको छ। यति एयरलाईन्स निजी कम्पनीद्वारा संचालित वायुसेवाले मलेसिया लगायत दुवईमा पनि आफ्नो सेवा विस्तार गरीसकेको छ। नेपाली श्रमीकहरुले भोग्नुपरेको समस्यालाई ध्यानमा राखी यो एयरलाइन्सले देश बाहिर सेवा विस्तार गरेको हो। मलेसियामा यतिको उडान थप्न सफल एक्रस ट्राभल्स एण्ड टुर्सले आई.एम.ई. रेमिटबाट पैसा पठाउने ग्राहकहरुलाई विशेष छुट दिइने तथा मंगलबार, बिहिबार र शनिबार गरी हप्ताको तिन उडान हुने जनाएको छ। श्रमीकहरुको हितलाई ध्यानमा राखी सूचना विस्तार गर्न आई.एम.ई ले आफ्नो सम्पूर्ण शाखाबाट यस सम्बन्धि सुचना तथा जानकारी प्रदान गनर्को साथ सस्ता भाडादरमा क्वालालम्परु बाट अन्तराष्ट्रिय विमानस्थलसम्म जानको लागि यातायातको समेत व्यवस्था गरिने आई.एम.ई का अर्जुन शर्मा पौडेलले बताउनुभएको छ। यती एयरलाईन्सको मलेसिया सेवा विस्तारलाई यहाँ कार्यरत श्रमीकहरु स्वागतयोग्य बताउँछन्। भर्खरै नेपाल पुगी मलेसिया फकर्रे आएका विद्यार्थी शुसन अधिकारी भन्छन्–'यतीले थालेको सेवा धेरै आवश्यक तथा सान्दर्भिक छ।' तर अर्का एक नेपाली श्रमीक भने जुन एयरलाईन्सले बढी सुविधा र सहुलियत प्रदान गर्छ त्यहि एयरमा जाने बताउँछन्। उनी अझ थप्दै भन्छन–'नामलले मात्र हदँनै काम पनि हुनपर्‍यो, यतीको भने हेर्न बाँकी नै छ।' जेहोस मलेसियाबाट पैसा पठाउन मात्र होईन, मान्छे ल्याउन लैजान पनि निक्कै सजिलो हुने र टिकट तथा उडान सम्बन्धि समस्याहरुबाट श्रमीकहरुले केही मात्रामा भएपनि छुटकरा पाउने चौतर्फी आशा गरिएको छ। यती एयरलाइन्सको यो सेवा विस्तारले अन्य उडान क्षेत्रलाई थप प्रतिस्पर्धात्मक मात्र होईन चुनौतीसमेत दिएको छ।


मलेसियामा नेपाली विद्यार्थीहरु संगठित

रामचन्द्र गिरी /श्रीअस क्वालालम्पुर/
नेपाली बिद्यार्थीहरुका लागि उच्च शिक्षा हासिल गर्ने गन्तब्य मध्येको एक मलेसियामा अध्ययनरत नेपाली विद्यार्थीहरुले अध्ययनकै क्रममा पर्ने विभिन्न समस्याको समाधानको निम्ति एकताबद्ध संगठनको खाँचो नवनियुत्तुत्तुक्त राजदुतुतुतलाई स्वागत गर्न विशेष्ेष कार्यर्त्रक्रमको तयारी रहको जिकिर गर्दै नेपाली विद्याथीर् सगं ठन, मलेसिया' गठन गरेका छन्। धिरेन्द्र कोईरालाको अध्यक्षतामा गठित सो संगठनको उपाध्यक्षमा सुनिल ढकाल, सह–सचिवमा कृष्ण कुमारी निरौला, सचिवमा प्रकाश भट्टराई, कोषाध्यक्षमा मछिन्द्र चापागाँई, सह– कोषध्यक्षमा अखिल सुवेदी, प्रकाशन तथा जनसम्पर्कमा रामचन्द्र गिरी, वेभ चेयरमा नेत्र पौडेल, र संयोजकमा राजेन्द्र श्रेष्ठ र हेका छन्। त्यसैगरी सदस्यहरुमा क्रमशः मोहित शाह, सोना थापा, जेनी, हाङ्ग लिम्बु, अभिनाष कोइराला र राधिका आलेमगर र हेका छन्, भने सल्लाहाकारहरुमा बिनोद पाण्डे र रञ्जित काउर रहेका छन्। गत बर्ष अक्टोबर २६ गते गठित सो संगठनलाई कार्यगतरुपमा थप प्रभावकारी बनाउन गत बुधबार संगठनद्धारा आयोजित छलफल कार्यक्रममा प्रस्तावित विधानउपर पुर्नअध्ययन गरी विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ। संगठनका आगामी कार्यक्रमहरुमा यहाँस्थित अध्ययनरत नेपाली विद्यार्थीहरु साथै उनीहरु अध्ययनरत कलेजहरुको नामावली संकलन, र उनीहरुको अध्ययनको क्रममा परेका समस्याहरुको खोजी गर्ने जस्ता कार्यक्रकमहरु रहकेका छन। साथै संगठनले नवनियुक्त राजदुतलाई स्वागत गर्न आगामी फबेवु्ररी १५ तारिख एक विशेष कायर्त्र कार्यक्रकम आयाजना गर्ने भएको छ। उक्त कार्यक्रमको लागि विशेष तयारी भैर हेको बताइएको छ। बुधबार भएको छलफलमा सो संगठनका संयोजक राजेन्द्र श्रेष्ठले यहाँस्थित सबै नेपाली विद्यार्थीहरुबीच एकता कायम गरी अध्ययनका क्रममा आइपर्ने विविध समस्याहरुको समाधानका निम्ति संगठनको आवश्यकता रहेकाले संगठन सधै यसका निम्ति लागिपर्ने बताएका छन । सगं ठनमा आबद्ध हुन यहाँस्थित सम्पूर्ण नेपाली बिद्यार्थीहरुलाई आवहानसमेत गरिएको छ।


January 25, 2008

स्वस्थानी अध्याए: ४

Swasthani 4 - Twango And here is the rest of it.
स्वस्थानी अध्याए: ४

फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www7.sendthisfile.com/d.jsp?t=qlhzQA8tHpFGcRm4LoxxPoZh
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई

चिया पान समय "Tea Time" - २

बिचार मन्थन अनी धर्म कर्म गर्दा गर्दै एकछिन ब्रेक लिने कि!
सन्ता र श्रीमती सन्तो

श्रीमती संतो श्रीमान सन्ताको दिमाग चाट्दै : हमारे इतने सुंदर हाथ मगर इनमें चूड़ियां नहीं , इतने सुंदर होंठ मगर उनपर लिपस्टिक नहीं , हाय हमारी किस्मत...
श्रीमान संताको जवाफ : हमारा भी यही हाल है , इतनी बड़ी जेब मगर उसमें पैसे नहीं...

ठुलो भएर के गर्छौ ?

श्रीमती संतो छोरीलाई सोध्दै : ठुलो भए पछी के गर्छौ छोरी!
छोरी: नोकरी गर्छु, बच्चा पाउंछु, पढ्छु, बिहे गर्छु
श्रीमती संतो : छोरी जे गर्नु छ गर तर क्रमै सित गर

सन्ताको बच्चा

बिहेको तीन महिन पछी नै सन्ताको बच्चा भएछ
संताले श्रीमती लाई सोध्छ : ये 3 महीने बाद बच्चा कैसे हुआ ?
पत्नी : तुम्हारी शादीको कितना अरसा हुआ ?
संता : 3 महीने
पत्नी : और मेरी शादीको ?
संता : 3 महीने
पत्नी : और बच्चा कितने महीने बाद हुआ ?
संता : 3 महीने
पत्नी : टोटल कितना हुआ ?
संता : ओए ! 9 महीने ! Good!
अनी संता … … बल्ले बल्ले खुशी हुँदै नाच्न थाल्छ ।


उफ !

स्कूलमा अमेरिकि बच्चा र नेपाली बच्चा बिच घर परिवारको बिषयमा कुरा हुँदै थियो ,

नेपाली बच्चा : मेरो नि घरमा एउटा दाई अनी एक बहिनी छिन् ।
अमेरिकन बच्चा : ओह आइ डोन्ट ह्याव एनी ब्रोदर्स एण्ड सिस्टर्स । बट् यू नो आइ ह्याव ३ फादरस एण्ड २ मोदरस !



सुधार सहितको पञ्चायत व्यबस्था र मूलधारमा आएका माओबादी

३५-३६ साल तिरको कुरा हो क्यार तत्कालीन राजा बिरेन्द्रको पालामा निर्दलीय शासनको बिरोधमा प्रजातन्त्रवादीहरुको देशव्यापी आन्दोलन चलेको थीयो । त्यसलाई राजा बिरेन्द्रले एक्कै घोषणाबाट मत्थर पारीदिए ।

तात्कालीन स्थितिमा राजाले "देशमा बहुदलीए व्यबस्था लागु गर्ने वा सुधार सहितको पञ्चायत" जनमत संग्रहबाट निर्णय लिने भनी जनमतको घोषणा गरे । हामी सानै थीयौं र राजनीतिको 'र' पनि थाहा थीएन । तर पछि बिस्तारै थाहा भयो त्यो सुज-बुझ सहित फ्याँकीएको यौटा पासा मात्रै वा राजाको बेजोड 'चाल' मात्रै थियो । जनमत भयो र 'पहेलो' अर्थात 'पञ्चायत' ले चुनाव जित्यो, तर न त कुनै संबैधानिक परिवर्तन भए न त पञ्चायत नै सुधारीयो ।

एक किसिमले 'जन-अनुमोदन' पाएको पञ्चायत, पहिला भन्दा झन 'खतरनाक' भएर निक्ल्यो ।

समयले कोल्टे फेर्‍यो र त्यसपछि हालसम्मको स्थितिमा आँउदा देशको शासन व्यबस्थामा बृहत परिवर्तन भई सकेको छ । अहिले पञ्चायत मात्रै हैन, माओबादि "मूल धारमा प्रवेश गर्ने" तय भएपछी प्रजातन्त्रवादी र माओबादिको सयुक्त आन्दोलन पश्‍चात राजतन्त्र नै धाराशायी भई सकेको छ, तर जसरी ३६ सालको जनमत पछाडी पनि पञ्चायत सुध्रीएन त्यसैगरी जन-आन्दोलन २ र संसद प्रवेस पछि पनि माओबादी सुध्रिएका छैनन् ।

मिडीयाको जानकारीमा नआईपुग्ने वा नआएका खवर त कती छन लेखा-जोखा गर्न सकिने स्थिति छैन, तर आम संचार माध्यममा आएका यिनका करतूतलाई हेर्दा पनि माओबादीमा कुनै सुधारको संकेत देखीन्न।

ढाँटने, छलने, तर्साउने र तेर्स्याउने (बन्दूक तेर्स्याउने) काम मात्रै होईन हत्या, हींसा, चन्दा, अपहरण केहि रोकीएका छैनन्। पत्रकार बिरेन्द्र साहको हत्या देखी लिएर भर्खरै समाचारमा आएको 'खोटाङ लूट' को प्रकरण हेर्नुहोस सबैमा माओबादीकै हात रहेको छ ।

पत्रकार बिरेन्द्र साहको हत्यामा पहिला ठाडो इन्कार गरे पनि आखिर कुनै 'ढाँट" ले पनि काम नगरे पछि त्यो दानवीय कार्य आफ्नै दलबाट भएको उनिहरुले स्विकारे । अनी जति ढाँटे पनि सत्य कुरा लुकाउन नसक्ने ज्ञान प्राप्त भएकोले यसपालाको प्रहरी चौकि लुटने आफ्नै पूर्व कार्यकर्ता रहेको कुरा माओबादीका नेता सिपी गजुरेलले बताईसकेका छन् । (अब यो 'पूर्व' कार्यकर्ता र 'पश्‍चिम' कार्यकर्ताको नाटक भने भन्नेलाई लाई भन्दा सुन्नेलाई लाज लाग्ने कुरा हुन त्यसैले यसबारेमा धेरै कलम खर्च नगरौं)

यी त नसुध्रीएका माओबादीका केहि प्रकाशमा आएका कूकर्मका प्रकरणहरु मात्रै हुन, ती बाहेक यो समाचार, यो समाचार, यो समाचार, र यस्ता कैंयन प्रकाशित र अप्रकाशित समाचारहरुले सुध्रीन नसक्ने माओबादीका सच्चा चरित्र उदाङ्‌ग पारीरहेका छन् ।

समष्टीमा माओबादीको मूलधार राजनीति प्रवेश केवल यौटा सुरक्षीत अवतरण र जनता झुक्याउने खेल मात्रै हो। न त माओबादीको कुनै कार्यले उनिहरु प्रजातन्त्र प्रति प्रतिवद्ध भएको देखाएको छ, न त उनिहरुको चरित्रमा सुधारको लक्षण नै। त्यसैले उनिहरुको संसद प्रवेश पनि केवल 'सुधार सहितको पञ्चायत" जस्तै हो। तर यौटा कुरा चाहि पक्कै छ, जसरी तात्कालीन पञ्चायत नसुध्रिए पछि विस्तारै अलोकप्रिय, अस्विकृत र तिरस्कृत हुदैं आर्यघाट नै पुग्यो त्यसै गरि आफूलाई सुधार्न नसके माओबादी पनि दिग्भ्रमित, विकृत र घृणित हुदैं ईतिहासको पान्नाबाट बिलाउने छन् ।




January 24, 2008

स्वस्थानी अध्याए: ३

Swasthani 3 - Twango
अध्याए: ३
http://media.twango.com/m1/original/0117/f3c271da1bdc4c3f99e3238b88d39125.wav

फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www4.sendthisfile.com/d.jsp?t=J8tU25ymeR351GJLKk1x0Yvy
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई