January 26, 2008

यतीको क्वालालम्पुर–काठमाडौ सीधा उडान हुने

रामचन्द्र गिरी /श्रीअस क्वालालम्पुर/
घर फर्कनलाई टिकट काट्न साहुलाई पैसा दिएको दुई हप्ता भैसक्यो, अहिले सम्म टिकटको अत्तोपत्तो छनै , चिनको मान्छे भनरे विश्वास गरे, अहिले धोका भो मलाई, फोन गर्दापनि कम्प्यूटर बोल्छ।' भिषा सकिने बेला भैसक्यो टिकट पाएका छैनन बिचरा लमजुङ्ग, भोटेओडारका कर्ण गुरुङ्ग। आफैले टिकट काट्नलाई पनि उनलाई त्यति मेसो छैन। टिकट काट्न कति पैसा लाग्छ? टिकट कहाँ पाईन्छ? भन्ने आफुलाई थाह नभएको बताउँछन् उनी। पेतालिङ्गजया स्थित एक कम्पनीमा कार्यरत गुरुङ्ग आफ्नो कार्यअवधी पुरागरी स्वदेश फकैदै छन्। मलेसियामा धेरैजसो श्रमीकहरुको यस्तै गुनासो रहेको पाईन्छ। नेपालमा थुप्रै बैङ्क खुले, देशमा रेिमटयान्स थप्ैर भित्राउन सफल रहको बङ्कैहरु र पछि पालो देश बाहिरका विभिन्न मुलुकहरुमा आयो। हाल मलेसियामा मात्रै १६ वटा नेपाली रेमिट्यान्सहरुले मलेसियन सरकारबाट सम्बन्धन प्राप्त गरिसकेका छन् । नेपाली श्रमीकहरुको निकै बाहुल्यता र हेको यहाँ विगत केही महिना देखि रेमिट्यान्स बजार निकै प्रतिस्पर्धात्मक छ।यतिखेर धेरैजसो निजी कम्पनीहरुको ध्यान देशबाहिर केन्द्रित रहेको छ चाहे त्यो बेङ्किङ क्षेत्रमा होस चाहे हवाई उडानकै क्षेत्रमा। अहिले मलेसियाको नेपाली रेमिट्यान्स कम्पनीहरु मध्येकै जेठो रेमिट्यान्स कम्पनी आई.एम.ई द्वारा संचालित एक्रस ट्राभल्स एण्ड टुर्सले हवाई उडानको क्षेत्रमा नयाँ आयाम थप्न सफल भएको छ। यति एयरलाईन्स निजी कम्पनीद्वारा संचालित वायुसेवाले मलेसिया लगायत दुवईमा पनि आफ्नो सेवा विस्तार गरीसकेको छ। नेपाली श्रमीकहरुले भोग्नुपरेको समस्यालाई ध्यानमा राखी यो एयरलाइन्सले देश बाहिर सेवा विस्तार गरेको हो। मलेसियामा यतिको उडान थप्न सफल एक्रस ट्राभल्स एण्ड टुर्सले आई.एम.ई. रेमिटबाट पैसा पठाउने ग्राहकहरुलाई विशेष छुट दिइने तथा मंगलबार, बिहिबार र शनिबार गरी हप्ताको तिन उडान हुने जनाएको छ। श्रमीकहरुको हितलाई ध्यानमा राखी सूचना विस्तार गर्न आई.एम.ई ले आफ्नो सम्पूर्ण शाखाबाट यस सम्बन्धि सुचना तथा जानकारी प्रदान गनर्को साथ सस्ता भाडादरमा क्वालालम्परु बाट अन्तराष्ट्रिय विमानस्थलसम्म जानको लागि यातायातको समेत व्यवस्था गरिने आई.एम.ई का अर्जुन शर्मा पौडेलले बताउनुभएको छ। यती एयरलाईन्सको मलेसिया सेवा विस्तारलाई यहाँ कार्यरत श्रमीकहरु स्वागतयोग्य बताउँछन्। भर्खरै नेपाल पुगी मलेसिया फकर्रे आएका विद्यार्थी शुसन अधिकारी भन्छन्–'यतीले थालेको सेवा धेरै आवश्यक तथा सान्दर्भिक छ।' तर अर्का एक नेपाली श्रमीक भने जुन एयरलाईन्सले बढी सुविधा र सहुलियत प्रदान गर्छ त्यहि एयरमा जाने बताउँछन्। उनी अझ थप्दै भन्छन–'नामलले मात्र हदँनै काम पनि हुनपर्‍यो, यतीको भने हेर्न बाँकी नै छ।' जेहोस मलेसियाबाट पैसा पठाउन मात्र होईन, मान्छे ल्याउन लैजान पनि निक्कै सजिलो हुने र टिकट तथा उडान सम्बन्धि समस्याहरुबाट श्रमीकहरुले केही मात्रामा भएपनि छुटकरा पाउने चौतर्फी आशा गरिएको छ। यती एयरलाइन्सको यो सेवा विस्तारले अन्य उडान क्षेत्रलाई थप प्रतिस्पर्धात्मक मात्र होईन चुनौतीसमेत दिएको छ।


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !