March 8, 2011

Indian Bloggers - How are they doing?(भारतीय ब्लगरको चियो चर्चो)

नेपाल,दुई ढुंगाको तरुल। छेउ छाउका बडेमानका ढुंगा खै कस्ता छन तर हाम्रो तरुल आफैंमा नमुना छ। एउटै सामग्री अनेक ठाउँमा किन नआउन,नेपाली ब्लग मौलाउन छोडेका छैनन। तर हरेक ब्लगका सामग्री करिब करिब उस्तै हुनाले एक किसिमको खल्लो लाग्छ। मौका पाए हाम्रा ब्लगर तथा लेखक कपि पेष्ट या एउटै लेख आधा दर्जन बेब साइटमा छाप्न बेर लगाउँदैन। नेपाली मनोरञ्जन क्षेत्र भारतीय स्वादमा भिजेको र नेपाली राजनीति भारतीय राजनीतिमा घुलेको अबस्थामा भारती ब्लगर के गर्दै रहेछन् जान्न मन लाग्यो।
संसारको दोस्रो ठूलो जन संख्या भएको देशमा ब्लगर पनि उति नै फरक होलान् भन्ने ठानेर म भारतीय ब्लगमा सयर गर्न थाले। करिब १० लाख ब्लगर पुगेको भारतमा १०० जना मध्य १ जना ब्लगर रहेछन्।
भारती ब्लगरको खोज गर्ने बितीकै भारतीय ब्लगरको आम्दानी बारे लेखिएको एउटा लेख भेटियो। ब्लगकै विज्ञापनबाट मासिक ४० हजार अमेरिकी डलेर सम्म आमदानी गर्दा रहेछन। अमित अग्रवाल सबै भन्दा अगाडि रहेछन्। उनको ब्लग
 www.Labnol.org मा कम्प्युटर,सफ्टवेयर आदी बारेमा केन्द्रित छ। ब्लगबाट आम्दानी बनाउने धेरै ब्लगर इन्जिनियर रहेछन्। उनीहरू टेक्नोलोजी,स्वस्थ,वित्तीय बजार,मनोरञ्जन आदिमा लेख लेख्दा रहेछन्।
भारतीय ब्लगहरु सामग्रीमा मात्र हैन भाषामा पनि बिबिध रहेछन्। अङ्ग्रेजी र हिन्दीका साथै  तामील,बंगाली,मराठी,मलायआलम,गूजराती आदी भाषामा प्रसस्तै ब्लग रहेछन्। यसरी बिभीन्न भाषामा लेख्ने ब्लगरको बखान पनि भारतीयहरुले खुलेर गर्दा रहेछन। प्रख्यात ब्लगरलाई भारतका Bill Gates,Larry Page आदि भनेर दाँज्दा रहेछन्। केही ले त भारतीय ब्लगहरु भारतीय पत्रकार भन्दा धेरै अगाडी रहेको भनेर टिप्पणी पनि गरेको पाएं। तर बेला बेलामा भारतीय ब्लगहरू भारतीय मिडीयाबाट थर्कमान हुनु पर्दोरहेछ। एक्लै ब्लगीगं गरेको या नियम कानुनको कमीले भारतीय ब्लगर मुख्य मिडीया जाइलाग्दा चुपचाप बस्दा रहेछन। बेला बेलामा भारतीय ब्लगरहरू पनि आफ्नो सामग्री मुख्य मिडीयाले चोरेको भनेर मिडीया माथि खनिदां रहेछन्। आफ्नो ब्लगमा राखिएका कमेन्टको जिम्मेबारी ब्लगर स्वयंले लिनूपर्छ भनेर भारतीय अदालतले भनेको रहेछ। यस मानेमा यो ब्लगमा अरूलाई हानी हुने कमेन्ट न राख्नुहोला भनेर उम्कने स्थिति रहेनछ।
उपभोग्य सामग्रीका उत्पादकहरुले धेरै जन संख्या भएका देश चिन र भारतमा आँखा लगाएका छन। प्रबिधीको उत्पादकहरुले पनि भारतीय ब्लगहरूलाई चाख लगाएर हेरेका रहेछन। Nokia, Lenovo आदि उत्पादकहरु बेला बेलामा ब्लगरमाझ पुगेर आफ्ना सामग्री प्रस्तुत गर्दारहेछन। संख्यात्मक मात्रै होइन भारतीय ब्लगर गुणात्मक हिसाबले पनि अगाडी रहेछन। retireat21.com का Michael Dunlop २०१०मा उत्क्रिष्ठ ३० युवा ब्लगर लिष्ट तयार पारेका रहेछन। जसमध्य भारतबाट ६ जना परेका रहेछन।
भारतमा ब्लगरहरु बिभीन्न सङ्गठनमा आबद्ध भएका रहेछन्। भारतमा मात्र होइन भारतीय ब्लगरले  मलेसिया,सिङ्गापुर,अष्ट्रेलीया,बेलायत आदि ठाउँमा सङ्गठन समेत खडा गरेका रहेछन्।
भारतीय ब्लगर देशको बारेमा उतिकै चासो राख्दारहेछन। गुगलले भारतीय जग्गामा चाइनिज नाम राख्यो भनेर तहल्का मच्चाएका रहेछन्। केही समय पहिले गुगलले सगरमाथालाई चिनमा पार्यो भनेर दौँतरीमा पनि कुरा उठेको थियो। केही समयको भारतीय ब्लगरको अध्ययनले भारतीय ब्लगरहरुले निकै राम्रो गरेको पाएं। समग्र मा भारतीय ब्लग चिटिक्क परेका,छिटो लोड हुने र मुख्य कुरामा केन्द्रित रहेको पाए। तपाईँ पनि केही उत्कृष्ट भारतीय ब्लग हेर्न भए तलको लिस्टमा थिच्नुहोला।

1. Amit Agrawal : Digital Inspiration
2. Sandeep Dedhia: BlogsDNA
3. Keith Dsouza: Techie Buzz
4. Honey Singh: Honeytechblog
5. Pchere: Quick Online Tips
6. Harsh Agrawal : Shoutmeloud
7. Mani Karthik : DailySEOblog
8. Praval Singh : Praval’s Musings
9. Angsuman Chakraborty : Simple Thoughts
10. Abhijeet Mukherjee: JeetBlog

थप भारतीय ब्लग हेर्न भए http://tech18.com/top-64-indian-bloggers.html मा जानुहोला।


8 Comments:

Chaitanya said...

भारतीय ब्लगरहरु बारेको यो चर्चा निकै उपयुक्त लाग्यो | धन्यबाद ! हामी पनि मौलिक, उद्देश्यमूलक र सिर्जनात्मक ब्लगका ब्लगर बनेर राम्रो बन्न प्रयास गरौँ कि !

deepak said...

indian haru j ma pani agadi chhan aajkal. kapak katne dheki computer samma.

Sandip's Weblog said...

सुक्ष्म अध्ययन बाट गरिएको टिप्पणी र खोज मूलक प्रस्तुति ।

Rabindra said...

धन्यवाद राम्रो परिचयात्मक लेखको लागी । पृथकता र नियमितता का लागी प्रेरणा लिन सकिन्छ ।

Nepalean said...

भारतीय ब्लगरहरुको चैतन्यजीले भने जस्तो मौलिक,उद्देश्यमूलक र सिर्जनात्मक र रबिन्द्रजीले भने जस्तो पृथकता र नियमितता का लागी प्रेरणा लिन पक्कै पनि सकिन्छ। अथवा उनीहरु भन्दा एक पाइला अघी गएर अझ राम्रो पनि गर्न सकिन्छ।

Bishnu Marasini said...

उनिहरुको एक लगाव नै छ अनी ठुलो जनसंख्याको कारणले लोकप्रिय पनि छिट्टै नै हुनछन् र बिज्ञापनबाट पनि राम्रो फाईदा हुन्छ अनी ब्लग एक जिविकोपार्जन पनि हुन सक्छ । र, उनिहरुले software मा र चिनिंयाहरुले Hardware मा राम्रो प्रगती गरेका छन् । त्यसैले मैले एउटा लेखमा software र Hardwareको बिचमा नेपाल पर्छ भनेर लेखेको छु ।

paniphoto said...

ok it is very good to know about indian blogger. I have try to know their idea. it is better.

NKM said...

Very interesting post. Thanks for sharing. Labanol is one of my noted ones.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !