October 7, 2010

विश्लेषण

आदरणिय दिदी बहिनीहरु!

'आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु।
तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।'
उ बोल्दै थियो। 'आजको युग भनेको सभ्यताको युग हो। सभ्यताको शुरुवात हो नारी ! ऊठ्नुस! जाग्नुस!धर्मको ढोगी बनेर होइन कर्मको हत्केलाहरु उठाउदै। अब नारी घर र चौघेरा, पर्खालको पहरेदार होइन सिंगो राष्ट्रको महान योद्दा बन्नु पर्छ.' तालीको गडगडाहटले ऊ भित्र झन उत्साह बढि रहेको थियो।
‘पुरुषको बोलवाला रहेको यो समाजलाई नारी शक्तिको गुन्जयमान ध्वनी चाहिएको छ ।हामी सबै मिलेर नारी ध्वनीलाई प्रतिध्वनीत गरौ। अब यहाँ, नारी पुरुष बिच भागबण्डा हुने छैन स्वामित्वको ,बरु ,शंखघोस् हुनेछ एकताको!

संपूर्ण आमाहरु,दिदीहरु बहिनीहरु, म, एक छोराको नाताले, दाजुको नाताले र भाइको नाताले यहाँहरुसंग एकताको हात फैलाउछु। आऔं हामी पाइला पाइला मिलाएर अहिल्यै देखि परंपराको सांघुरो घेरा तोडौ!'
सभाजनहरु मूघ्ध थिए उस्को आवाज संगै। मन्चमा फुलमालाको बर्षा भयो।दोसल्ला ओढाइए।
ऊ थुप्रो माला दोसल्ला लिएर सफल मन लिएर गर्व साथ घर फर्क्यो।
घर पुग्दा झमक्क साँझ परिसकेको थियो। दियो बाल्दै गरेकी सानीछोरीलाई आज्ञा दियो उस्का माला दोसल्ला सम्हाल्न। ऐकैछिन मा शीला पानी लिएर आइन- ‘ कस्तो रह्यो त आज हजुरको?’ मुखभरिको बाक्लो थुक प्याच्च थुक्दै बोल्यो ऊ ‘गज्जव’!
पतिदेवको हसिलो अनुहार देख्ने बितिकै शीलाले भनिन-‘ भोली महिलाको मिटिङ छ रे मलाई पनि बोलाएका छन’।
उस्ले अलि अलि झर्किदै भन्यो ‘के को? पर्दैन!'
उस्ले शीलालाई संझाउदै भन्यो 'तिमी यी आइमाईको कुरोमा नलाग है, हेरत धर्मले पनि नारी पुरुष बिच कार्य विभाजन गरेको छ । पुरुष बाहिर सम्हाल्ने र नारी भित्र संहाल्ने। हामी त्यस्लाई तोडेर समाजमा धर्म विरोधी हुन सक्दैनौ । सिद्दान्त र ब्याबहारमा धेरै फरक हुन्छ।तिमी पनि हिड्न थाल्यौ भने यो हाम्रो स्वर्ग जस्तो घर उधारिन्च।'' उस्ले शीलालाई माया गर्दै नारी पुरष कार्यविभाजन को विश्लेषण गर्दै थियो।

5 Comments:

Dilip Acharya said...

दामी कथा !

रमेश मोहन अधिकारी said...

आदर्श र व्यवहारको खाडल बिच तीक्ष्ण व्यङ्ग्य !

Anonymous said...

कथाको मान्छे बडो व्यवहारवादी लाग्यो । हो नि त , घर त भाँड्न भएन नि । नेपालमा त मैले देखेका अधिकांश नारीवादीहरू , घरभँडुवा र लोग्ने फेरूवा नै छन् । यो चेतना बिहीनता सस्तो अनुकरणले होला । नारी उत्थानका लागि नारा जुलुस र एनजीओ खेती भन्दा चेतना स्तर अभिवृद्धिमा जोड दिने र उनीहरूको स्वतन्त्र छनोटका लागि ठाउँ दिनुपर्छ । सच्चा नारीवादीहरूले बिहे गर्नु हुन्न , उती बेलाका अमेरिकी विमन्स लिब मुभमण्ट वालाहरू जस्तो । नत्र शिलाको कथा दोहोरिन्छ ।

आँकलक

आश्मा said...

धन्यवाद दिलिप दाई, रमेशजी! :)

अनि Anonymousजी हजुरको आवाज मा दम छ है मलाई मनपर्यो हजुरको प्रतिक्रिया, हो मैले यस्तै खाले पुरुष मानसिकता लाइ यसमा देखाउन खेजेकी हु तर सबैलाई उहीं ग्यांग मा मिसाउनु पर्छ भन्ने मान्यता राख्दिन म . पुरुष हुनुको मतलब नारीलाई घर भित्र मात्र सिमित गराउनु पर्छ भन्न होइन नि . अहिले नपालमै यस्ता थुप्रै उदाहरण भेटिन्छन जहाँ पुरुष हरु नारीहरुलाई परजीवीको रुपमा होइन आफ्नै सहयात्री र सहयोगीको रुपमा प्रतिस्थापित गर्न चाहन्छन. र हजुर जस्तै नारीले घर सुन्दर बनाउछन भन्ने कुरो मा विश्वास गर्छन तर उनीहरुले महिलाहरु घर को चौघेरा मात्र सिमित हुनु हुदैन है उगाडि बढ्नु पर्छ है भनेर हौसला दिन्छन। नेपाल मा मात्र होइन आज विश्व मै यस्ता खाले घटना भेटिन्छन त्यसो हुदैमा नारीले घर बिगारेको भन्न मिल्दैन . एउटा घर बिग्रनु र सप्रनु मा जति महिलाको हात हुन्छ त्यत्ति नै पुरुषको पनि. यस्ता सामाजिक घटनाहरुलाई आँकलकहरुले पारिवारिक दुर्घटनालाई नारी दोष मान्न छोड्दै नारी- पुरुष कार्य विभाजन र भिन्नता भन्दा पनि परांपरागत सोचमा परिवर्तन र सामाजिक चेतना तथा जागरण आवस्यक छ, न कि नारीको पाइलामा बल्छि हाल्नु भन्ने कुरोमा बहस गर्छन!
मैले हजुरको कुरो बुझिन के यो हजुरको नितान्त व्यक्तिगत सोच हो नारीवादी प्रतिको आक्रोश हो?!! कस्तो कुरा गर्नु भा हजुरले सबै नारीहरु नारीवादी नै हुन्छन। त्यसैले त आफ नारी भएकोमा गर्व गर्छन।
अनि समय अनुसार मुभमेन्ट को प्रकृति फेरिन्छ नि .संसार डाइनामिक छ यो कुरो त हजुरले पनि स्विकार्नु हुन्छ मलाई थाहा छ!
रमाइलो लाग्यो यसरी आफ्नो विचार ब्यक्त गर्न पाउदा -- अर्को पटक आँकलक भएर आउदा लुकेर होइन खुलेर आउनु होला सहि परिचय सहित मेरो अनुरोध हजुरलाई अनि पो सहि मानेमा बहस होला। यो अनाम आँकलकलाई प्रतिउत्तर दिम कि नदिम भन्दा भन्दै यत्ति लेखिएछ -- धन्यवाद है :)

Nepalean said...

आंकलक र आश्मा जी को दुबैमा अली अलि सहमत।
नारीलाई कांध चढाएर अग्रगामी बनाउने छोटो समयमा प्रभावसाली देखिएला तर त्यो उही डलर पचाउन या ताली पाउने
उपाय मात्र हो। नारीलाई सबल बनाउन शिक्षा,रोजगार जस्ता क्षेत्रमा शसक्त बनाउनु पर्छ। उनिहरू आंफै निर्भर हुन सकुन,त्यस पछी लिंगभेदमा निकै कमी आउनेछ।

बिभेद कै कुरा गर्ने हो भने यो निकै राम्रो राजनैतिक शब्दाबली छ तर यो कैले पनि निबारण हुनै छैन। लिंग या रंग,जात या आर्थीक हैसियत,यस्तै यस्तै रुपमा कतै न कतै रहिरहने छ। कहिले कुनै बढी या कहिले कुनै घटी होलान
तर बिभेद कुनै न कुनै रुपमा आउने छ।

अहिले अमेरिकामा नारी,पूरुष बिचको अन्तर निकै कम छ,सुन्ना त छैन है। रंगको बिभेद काफी देख्न पाइन्छ। झन अब त समलिंगीलाइ धेरै बिभेद भयो भनेर "नो हेट" मुभमेन्ट नै निकालेका छन। १० बर्ष पछी बिभेदको अर्को रुप आउने छ। तपाई हाम्रा केटा केटीले "तिम्रो प्यारेन्टस त क्या कनजरभेसिस्ट,आफ्नै सेक्स संग पनि म्यारिज गर्न नपानउने" भन्ने के बेर? यस्तै छ दुनिया....

आश्मा जी लेख्न नछोड्नु है,बिचमा निकै हराउनुभयो जस्तो लाग्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !