September 27, 2010

ब्लगर बेदनाथका आफ्नै कुरा

ब्लगरका कुराकानी प्रस्तुत गर्ने क्रममा यस पटक ब्लगर बेदनाथ पूलामीलाई दौंतरीमा निम्ताएका छौं। "आफ्नै कुरा "नामक ब्लग लेख्नुहुने बेदनाथ जीको इमेलद्वारा तयार पारिएको कुराकानी प्रस्तुत गर्दैछौं।:

१) ब्लग यात्रा कसरी शुरू गर्नु भयो ?
नमस्कार मेरा सबै ब्लगर मित्रहरु, पाठक र सुभचिन्तकहरुमा !
रहरै रहरमा नजानिँदो तरिकाले ब्लगको शुरुवात गरिन पुगिएछ ! जति वेला धनकुटाको मित्र टिका जी ले वेब बनाउनु न, मलाइ त अलिक पारा आएन भनेर Blogger.com को लिंक दिनु भो, उति वेला hi5.comfacebook जस्तो एउटा सामाजिक संजाल मात्र होला भन्ने लागेको थियो र रजिष्टर मात्र गरे ! उहालाई पनि त्यो लिंक उहाको साथीले दिनु भएको रहेछ व्यक्तिगत वेब बनाउनु भनेर ! जब
  मैले ब्लग एउटा फ्री वेब पेज हो भन्ने थाहा पाएपछी र ब्लगमित्रहरुको हौसला पाए पछी भने यसको नशा नै लाग्यो ! अनि नजानिदो रुपमै भए’नी मेरो ब्लगको यात्रा शुरु भो ........"पाइलटको बाटोमा धुलो उडाउदै’’ !


२) ब्लगको शिर्षकनै आफ्नै कुरा भन्नुभएको रहेछ,अरुका कुरा उठाउनु हुदैन त ?
मेरो ब्लगको नाम पहिला अर्कै थियो ! मलाई लाग्थ्यो bednath.blogspot.com नै ब्लगको नाम हो अनि त्यसको टाइटल “स्वागत छ तपाईलाई मेरो संसारमा” राखेको थिए ! किन भने मलाइ थाहा थिएन टाइटल नै ब्लगको न्वारन थलो हो भनेर ! अनि पछी ‘बेदनाथ ब्लग’ पनि राखी हेरे तर अलिक निको (ठिक) लागेन ! यहाँ जति पनि कुराहरु पोस्ट गरिएका छन ति सबै आफु संगै सम्बन्धित र आफ्नै भएकाले गर्दा, यसको नाम “आफ्नै कुरा” जुराए, जहाँ आफ्नै सोचाइ, विचार र रहरको कुराहरु हुन्छन !जहाँ सम्म ‘अरुका कुरा उठाउनु हुदैन त ?’ भन्ने प्रश्न छ, म मेरो कुरा, म सँग सम्बन्धित र मेरो सेरोफेरोको कुराहरु राख्ने गर्छु अनि के ति प्रसंगहरु अरुसंग सम्बन्धित हुदैन भन्ने छ र ?

‍३) ब्लगको मौलिकताका नाममा कपी पेस्ट गर्ने ब्लगरप्रती तपाईको के धारणा छ ?
समय खेर फाल्नको लागि ब्लगीइंग गरिने होइन, यो त एउटा स्वतन्त्र सिर्जनाको लागि हो ! जहाँ तपाइँ आफ्नै तरिकाले विचरण गर्न सक्नु हुन्छ ! आफ्नो परिचय आफै दिन सक्नु हुन्न भने, नेपाली ब्लगरको नाम नबिगार्नुस ! यदि कपि एण्ड पेस्ट गर्नु नै छ भने स्रोत खुलाउन नभुल्नुहोला ! त्यो भनेको कसैको सृजनाको थोरै भए पनि इज्जत गर्नु हो !त्यहि ‘कपि एण्ड पेस्ट’ लाइ निरुत्साहि गर्ने उद्देश्यले केहि समय अघि देखि मैले आफ्नो ब्लगको साइडमा यस्तो लेखेर राखेको छु –“ब्लग एउटा सृजना शेयर गर्ने राम्रो माध्याम हो ! अनि आफ्नो परिचय अरुको सृजनाबाट होइन आफ्नोपनबाट दिने गरौ ! त्यसैले, ब्लगमा आफ्नो मौलिकतालाइ प्रसय दिउ कपि पेस्टलाइ होइन !”

४) हिजो आज समाज र संससारलाई के दिंदै हुनुहुन्छ ?
त्यस्तो खासै केहि दिन सके जस्तो त लागेको छैन ! तर दु:ख बाड्दा घट्छ र सुख बाड्दा बढ्छ भन्ने मानेर आफ्नो दु;ख, सुखका कुरा बाड्ने गरेको छु “आफ्नै कुरा” मार्फत ! बस त्यति हो !

५) बिदेशमा रहंदा देशको मायाले कत्तीको सताउंछ ? त्यसलाई कसरी पूरा गर्नुहुन्छ ?
नेपालमै हुदा सम्म त, आफ्नो ठाउ र देशको माया भन्ने कुरा किताबि भावनाका कुरा हुन् जस्तो लाग्थ्यो तर देश छाडे पछी भने निकै सताउदो रहेछ ! गाउ घर र आफ्नो मान्छेको निकै याद आउने – साविक भन्दा ! त्यस्तो अबस्थामा केहि नेपाल सम्बन्धी समाचारहरु हेर्छु अनि ब्लग र फेस बुक चलाएर आफुलाई भुल्याउने काम गर्छु ! त्यो नै अहिलेको उतम साहारा भएको छ – हामी परदेशमा बस्ने नेपालीहरुको जस्तो लाग्छ !

६) देशमा कस्तो संबिधान बनिदिए जस्तो लाग्छ?
यो मेरो बसको कुरा भएन ! मेरो बसको कुरा भए भन्ने थिए ! यहाँ नियम राम्रा भएनन भन्दा पनि मान्छे नराम्रा भए भन्ने कुराको पिर छ !

७) गाउं र मरूभूमीका मिठा नमिठा अनुभव छोटकरी भनिदिनुस न ?
A for Apple, B for Ball भनेर रमाउने उवेला- गाउ मिठो सम्झाना भएर बसेको छ ! संगैका साथि हाबाइजाहज माथि भने झै ‘ए’ फर ‘अमेरिका’ , ‘बि’ फर ‘बेलाएत’ पुगे आफूत A 2 Z पढेर A to Z पास गरेर पासपोट भिजा हुदै सिधा दोहा आइपुगे, विदेशमा बहादुर भैयो (नयाँ नाम पाएको ) ! लाहुरे नी हुन् सकिएन अनि मरुभूमिमा तोरीलाहुरे भए ! छुट्टीमा गाउ गएको साथि भाइ कोहि छैनन् , सुखा छ .... सबै यतै आएछन ! मरुभूमि (कतार) अहिले गाउ भएको छ गाउ मरुभूमि भा’छ ....विकाशको खडेरी पर्या'छ !!!

८) तपाईको घुमघाम संसार कस्तो चल्दैछ ? अहिले सम्म घुमेको ठाउं मध्ये भूल्नै नसकिने ठाउं र घटना छ की ?
सन् २००७ देखि यो मरुभूमिको तातो बगरमा म मेरो भविष्य खोज्दै छु ! घर परिवार र साथि भाइ सँगको विछोडको पिडा संगै सदै भरिको कामको चटारो .... यी आदि लाई भुलाउन शारीरिक र मानसिक थकानको लागि म थोर बहुत घुमघाम गर्ने गर्छु ! मान्छेहरु जीवनमा थोरै खुसीको लागि सधै लडिरहेका हुन्छन अनि त्यहि थोरै खुसीको लागि हप्ता दिनमा एक दिन (छुट्टीका दिन) म पनि घुमघाम र साथि भाइ सँग भेटघाट गर्ने गर्छु ! सामान्यत यो संसार यसरि नै चलिरहेको छ !भुल्नै नसकिने घुमघाम चाही – नेपालको भोजपुरको हो, जहाँ जादा म बढी हिडेको निहुमा ३/४ दिन बिरामी भएर सुत्नु परेको थियो अनि फर्कदा गाडी नभेटेर ट्याक्टरमा लेगुवाघाट सम्म आउदाको विजोग कल्पना नै गरिनसक्नु भएको थियो ! मान्छे त मुसो भा धुलोले पुरेर ! कतारमा चाही बोटिंग जादा – समुन्द्रको विचमा मटरबोट पल्टिएको थियो ! धन्न पौडिन आउने भएको ले मात्र बाचेको !

९) तपाईले अबसरलाई कसरी परिभाषा गर्नुहुन्छ ?
एउटा प्रतिभालाई निखार्ने र सफलता सम्म पुर्याउने वे हो !

१०) तपाईलाई साहित्य कस्तो समयमा फुर्ने गर्छ ?
शान्त पर्यावरण र लेख्न बसेको बेला अरुले डिसट्रब नगरिदिए !

‍११) नेपाली ब्लगर समूह बारेमा तपाईको कस्तो सल्लाह सुझाब छ ?
नेपाली ब्लगरहरु सामुहिक रुपमा अघि बढ्ने जुन प्रयास छ , त्यो निकै सहरानीय रहेको छ ! ब्लगर समुहमा हामी सबैले ब्लग संचालन गर्दा भोगेका कठिनाईहरु, रमाइला क्षणहरु अनि सुझाव तथा सल्लाहहरु आदान प्रदान गर्न सकिने जुन उपाय छ निकै प्रभाबकारी रहेको छ ! जस्तो Nepali Bloggers, Nepalibloglist, Nepali Blogger Group र Hamro Circle जस्ता ब्लगको छलफल र रेकड राख्दा एक अर्काको लिस्टहरु चेक गरेर यथार्त नेपाली ब्लगरहरुको संगालो राख्न सक्नु भए अझ राम्रो हुने थियो !

१२) नेपाली ब्लगहरुले तपाईको ३ बर्षे ब्लगिगं अनुभवबाट के सिक्न सक्दछन ?
हाहा ... बर्षले मात्र ३ लागेको हो ! अनि यो लामो समय पनि होइन ! हुन् त म सफल र उत्कृष्ट ब्लगर पनि होइन – म आफुलाई सामान्य ब्लगर मान्दछु ! अनि म भखर बामे सर्न मात्र खोज्दै छु यो ब्लगको दुनियामा ! ब्लोगिंगले आफुमा केहि सकारात्मक परिवर्तन ल्याउछ, अनि कुनै पनि विषय बस्तु प्रति गम्भीर हुन् सिकाउदो रहेछ ! ब्लग लेख्नलाई कुनै पत्रकार , साहित्यकार नै हुनु जरुरि छैन (यहाँ अन्य अर्थ नलागोस) म जस्तो अलपत्रकार (ति कुरासंग सम्बन्धित नभएको व्यक्ति ) ले पनि ब्लगिंग गर्न सकिन्छ ! बरु निरन्तरता र आफ्नो मौलिकता यसको ठुलो कुरा हो ! त्यो पनि सितैमा !

१३) तपाईको ब्लग आजको ३ बर्षपछी कस्तो होला जस्तो लाग्छ ?
आफु भुत वक्ता परिएन (भविष्यवाणी गर्ने व्यक्ति ) त्यसैले यसै हुन्छ भन्न सकिन तर आफ्नो तर्फ बाट भने राम्रै र उन्नत बनाउने कोसिस गरिरहने’छु ! तर मेरो ब्लगको अहिलेको देशको अन्योलग्रस्त अवस्था जस्तो चाही पक्कै नहोस भन्ने कामना गर्छु ! सपना नेताको जस्तो होइन सपना आफ्नै जस्तो देख्नु उचित होला, कि ?

१४) दौंतरी ब्लग कस्तो लाग्छ,यो ब्लग कस्तो भइदिएहोस जस्तो लाग्छ ?
ब्लगको दुनियामा दौतरी ब्लगको उदय हुनु एउटा सुनौलो प्रभातले नेपाली ब्लगरको आगन टेक्नु जस्तो हो ! नेपाली ब्लगको दुनियामा नौलो आयाम हो दौतरी ब्लग ! तर नी यसले अझै धेरै गर्नु छ अनि धेरै कुराहरुलाई समेट्नु बाकी छ !ब्लगको ढाचा र लोगो चिटिक रहेको छ ! लेबल लाइ चाही हेड मै मिलाएर राख्न सके राम्रो हुने थियो कि ? ‘ब्लग भित्र ब्लग’ जस्तै केहि उत्कृष्ठ र समय सान्दर्भिक रहेका ब्लग पोस्टहरु अरु ब्लगरको ब्लग बाट यसमा राख्न मिल्थ्यो कि ! जसले नया पुराना सबै ब्लगरहरुलाई अलिक नजिक ल्याउने थियो ! यो मेरो एउटा राय मात्र हो – विचार तपाइँहरुले गर्नु होला !

१५) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?
देशमा जुनसुकै राजनैतिक दलले सरकार बनाए पनि दिगो शान्ति सुरक्षालाइ ध्यानमा राखेर नेपाल अधिराज्यभरि सडक र विजुली पुर्याउने काम नेपाल सरकारले गरोस ! बाकी विकाश र परिवर्तनलाई निरंकुश शासक त के प्रकृतिले नी रोक्न सक्दैन !

दौतरी ब्लगमा “आफ्नो कुरा” राख्ने मौका दिनु भएकोमा मुरी मुरी धन्यबाद ! आउदा दिनहरुमा धेरै भन्दा धेरै नेपाली ब्लगरहरुलाई समेट्न सक्नुहोस ! दौतरीको सदा प्रगतिको कामना गर्दछु ! सबै ब्लग मित्रहरुमा .... Happy Blogging ..... Happy Blogging .... Happy Blogging...


15 Comments:

Aakar said...

वेदनाथ जी को आफ्नो कुरा थाहापाउँदा रमाइलो नै लाग्यो ! अनि तपाईले माथि भन्नु भएजस्तै, आफ्नो सपना देख्नैपर्छ, अनि परदेश भनेर पनि चित्त नदुखाउनुहोस्, यहाँ स्वदेश मा बसेर, हामीजस्ता धेरै साथिहरु तपाई को प्रत्यक्ष सम्पर्क मा नै छौँ । ब्लग ले हामी विच को दुरी कम गरिदिएको छ ।
happy blogging...

Dilip Acharya said...

वहाँको ब्लगको नियमित पाठक भएपनि यो अनौपचारिक कुराकानीको भिन्दै स्वाद छ । रमाइलो लाग्यो यो कुराकानी। बेदनाथ जी को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Prajwol said...

यसो चस्स-चुस्स विभिन्न नेपाली ब्लगर साथीहरु ब्लगमा बेला बेला पसिनै रहन्छु, तर ब्यक्तिगत रुपमा भने धेरैको बारे थाहा हुंदैन । बेदनाथ जि को बारे आज दौंतरिमा चस्स पसेको बेला पढ्न पाइयो :)

आफ्नो समय र परस्थिती बावजुत पनि ब्लगलाई निरन्तरता दिने सबै साथीहरुलाई सलाम छ । अनि बेदनाथ जि लाई थप प्रगतिको शुभकामना ।

Prabesh said...

वेदनाथ दाइको ब्लगको प्रगतिको शुभकामना मेरोतर्फबाट पनि !! हामी त छिमेकी पनि पर्यौँ नेपालमा...जति दाइको राम्रो उति हामी खुसी...

ramesh said...

Bednath ji ko blog ramro rayecha. ramro lagyo.
uha ko interview rakhne dautari lai pani thanks.

रमेश मोहन अधिकारी said...

वेदनाथजीको अन्तर्वार्ता लिएर दौँतरीले ब्लगरहरूलाई चिनाउन र अझ चिनाउन खोज्नु राम्रो हो । वेदनाथजीको अन्तर्वार्ताबाट उहाँलाई राम्ररी नचिनेकाले पनि चिन्न पाए । अन्तर्वार्तामा उहाँको शिष्टता चाख लाग्दो छ ।

गोकुल ढकाल said...

बेदनाथजीसंगको दौंतरीको भेट र कुराकानी पढ्न पाउंदा रमाइलो लाग्यो । ब्लगरहरु चिनाउने दौंतरीको यो निरन्तरताको लागि साधुबाद ! र, आफ्ना कुराहरु हाम्रासामु प्रस्तुत गर्नुहुने बेदजीलाई प्रगतिको शुभकामना र एक मुरी धन्यवाद ।

मनु ठाडा मगर (MANU) said...

बेद जीको आफ्नै कुराको नियमित पाठक नै भए पनि अझ यो सँवादले म पनि सामेल भए झै लाग्यो । यहाको वाक शैली रोचक लाग्यो, बेदजीको लेखाइले अझ उतरोतर प्रगती गरी रहुन अझ यो पड्ने मौका जुराउनु भएकोमा दौतारी परिवारलाई पनि धन्यबाद । दौतरीको पनि उतरोतर प्रगतीको कामना । जय होस हामी सबैको ।

वेदनाथ पुलामी said...

मेरो भलाकुसारी प्रस्तुत गरिदिनु हुने र मेरो आफ्नो कुरा राखेर मित्रहरुसंग नजिकिने मौका दिनु भएकोमा दौतरी टिमलाइ मुरी मुरी धन्यबाद !
साथै मलाइ माया गरि हौसला प्रदान गर्नु हुने Aakarजी ,Dilip Acharyaजी ,Prajwolजी ,Prabeshजी ,rameshजी,रमेश मोहन अधिकारी जी,गोकुल ढकाल जी र मनु ठाडा मगर जी लगायत सबै लाइ लाख धन्यबाद !!

Nepalean said...

बेदनाथ जी तपाईको समयको लागी धन्यबाद। सधै ब्लग पढिरहदा, यि कुराकानी निकै फरक र रमाइलो लाग्यो।

तपाइको ब्लगलाई धेरै धेरै शुभकामना।

N K M said...

Bednath G,
Nice to read your experiences.

Happy Blogging!!!

Yumesh Pulami said...

मेरो ब्लगको एड्रेस र नाम परिवर्तन गरिएको जानकारी सबै मा गराउदछु ! धन्यवाद !

Yumesh Pulami said...

www.yumeshpulami.blogspot.com

Nepalean said...

naya blog kholnu bhako ho yumesh ji?

Yumesh Pulami said...

होइन सर जी ! त्यसैको ब्लग एड्रेस मात्र चेन्ज गरेको सबै पोस्ट र कन्टेन्ट साथै कमेन्ट जस्ताका त्यस्तै छन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !