September 25, 2010

मेरो यात्रा कुण्डली

के हुन्छ यांहा
खै पत्तो भेटिएको हैन
जुगौं बिताए मैले
थाहा पाएको छैन
यो जकटिएको धागो
शुरु कुन हो
अन्त्य कुन हो
खोज्दा खोज्दै म त बिचमै हराएछु
झल्यास्स बिउझिएं
पून यात्राको मर्म जान्न खोजें
अनयासै यात्रामा सामेल नभएको भान भो
जे पनि यात्रा
जता पनि जात्रा
के श्वास प्रश्वास पनि यात्रा नै हो त?

घडी पला सबै यात्राका बिन्दू हुन त?
कती यात्रा गरें मैले
कती जूनी फेरें मैले
लौ भन
म त ज्युको त्युं छु
खै केही काचुली देख्दिन म
निश्चल कांच झैं उभिएको छु
अटल अमर निष्कपट
आकाशमा नपूगुलां म
तर म अजर छु
धमिलाउन नखोज मलाई

संग्लो म त्यसै तैरिरहेको छु
पूग्न त कतै छैन मलाई
तर नरोक मेरो यन्त्र
ठिकै छ मेरो संयन्त्र
फटाफट चल्दैछ आफ्नै गतीमा
नाफा घाटा भन्ने पनि शब्द रहेछन
मान्छे जन्मे मान्छे मरे
खै के भयो नाफा के भयो घाटा

हिसाब तिमी कसरी सकाउछौ
तिमी आफै मिलाउ हिसाब
मलाई तैरन देउ
यो जंगार
जता जता पूग्छ
उतै उतै पूग्छु म
उल्टो सुल्टो जता सुकै बगोस
उतै उतै उर्लनेछु म
जांहा यो जंगार अन्त्यहोला
उतै हराउने छु म।

1 Comments:

ramesh said...

तपैको यात्रा कुण्डली त धागोको गुजुल्टो जस्तै रहेछ। जाडो आउदै छ सुइटर बुनेर लगाउनुहोल। हा.हा.हा.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !