UAE
आजभोली माग्ने भन्दा लुट्नेहरु महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरु महान अरे
पाप धर्म हाम्रो कर्म आफैलाई थाह छैन
गल्ती गरि बिना दण्ड छुट्नेहरु महान अरे
दुःख पर्दा आँशु झार्दै मेरो राजा भन्नेहरु
फकाएर लुटिसकी चुट्नेहरु महान अरे
कर्म गरि खानेहरु गाउँघरका पाखेँ भए
कुकर्म र वासनामा जुट्नेहरु महान अरे
लोभीपापी घरभरी सुख सयल खोजी राछन्
आफ्नो घर भडाएर फुट्नेहरु महान अरे



2 Comments:
राम्रो प्रस्तुति
मित्र बसन्त मोहन अधिकारी ज्यु,
तपाइको कविता समय सपेक्ष र अहिलेका अहम स्वार्थी नेताको चरित्र सँग १००पर्सेन्त मिल्छ। राम्रो कविताको लागि धन्यवाद
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !