February 14, 2010

धिक्कार बाउराम !

नेपाली राजनीतिका केही बाउरामहरू देशलाई जातिय सीमांकन गरी न्याय गर्न तम्सिएका छन् । ई बबुरा बाउरामहरू कुनै बेला मान्छेको जात हुन्न , केवल धनी र गरीब वर्ग मात्र हुन्छ भनेर मान्छेको दिमाग भुटिरहेका हुन्थे । विश्व कम्युनिष्ट आन्दोलनका हजूर बाजे जसले वर्ग संघर्ष भन्ने सूत्र घोकाएर लड्न सुर्‍याए तिनै कार्ल मार्क्स नामधारी जर्मन बाजेको व्रम्हवाक्यबाट दिक्षित भएका कम्युनिष्टहरू अहिलेको नेपालामा जातिय राज्यको कमण्डलु बोकेर अलख नाद गर्दै जोगीको भेषमा राजनीति अपहरण गर्न अघि लागिपरेका छन् । यिनै बाउरामहरू कालान्तरमा कान्ला र भीरबाट पल्टिँदै, लड्दै, गोता खाँदै स्खलित बनेर जातीय राजनीतिको कमण्डलु लिएर गन्धे दलदलमा नराम्ररी लथ्पथिन आइ पुगेका छन् । हिजोको यिनको परिचय हराएर आज जातिवादी पार्टी भएको छ जसले कम्युनिष्ट नाम भने लाज नमानी बोकेकै छ । आज आँफू गन्धे भएर त्यो गन्ध नै फेशन बनाउने दिमागी भूत बोकेर सर्वत्र छाएको छ यो बाउरामवाद ।

कुनै बेला पुरेत्याइँ कर्म गरेर जीवन र परिवार धान्ने बाहुनका छोरा बाउरामहरू , निम्न माध्यामिक विद्यालयबाट कम्युनिष्टमा दिक्षित भएका थिए र यसो गर्दा आफ्ना रूढीवादी मानिएका मातापिताहरूलाई उनीहरूले वर्जित ठानेको कर्ममा लागेर सताउँदै दिक्षा ग्रहण गर्ने गर्थे । यसो गर्दा बाहुनले खान हुन्न भनी परम्पराले वर्जित गरेका कुखुराको अण्डा, मासु , सुंगुरको मासु भोजन र रक्सी सेवनबाट आफ्ना परम्परावादी मातापिताको हूर्मत लिएर शुरू भएको यिनको बिद्रोहको शुरुवात कालान्तरमा अन्तरजातिय विवाहको क्रान्तिमा पटाक्षेप हुँदै सगरमाथा चढेको हो । अत: कम्युनिष्ट विचारको खोल ओडेका यी पिलन्धरे बाउराम बाहुनहरू अन्तरजातीय स्वास्नीहरूका भित्री वस्त्रहरूद्वारा आफ्नो टाउकोसम्म यसरी ढाकिएका छन् कि यिनका लागि स्वास्नीकरण हुनु नै मात्र क्रान्तिकारिता भएको छ । किनभने यिनीहरू यही साँचोमा ढालिएर क्रान्तिकारी बनेका थिए। अधिकांश यी बाउरामहरूले पोटिला जनजातिय स्वास्नी अपनाएर खस-बाहुन बिरोधी क्रान्तिको दिक्षा ग्रहण गरेका हुन् ।

सुदुर पश्चिमका खाम मगर, थारू र दलितलाई उचालेर नेपाली भूमिमा रगतको खोलो बगाएपछि अझै रगतको तिर्खा नमेटिएर होला यस्ता बाउरामहरू नेपाल भूमिलाई जातिय द्वन्दको डर लाग्दो खाडलमा हुत्याएर रमिता हेर्दै ताली पिट्न उद्यत देखिन्छन् । १०५ जातिको बसोवास भएको नेपाल भूमिमा परस्परमा जाति समूहरूलाई भिडाएर मुलुक क्षत-विक्षत बनाइसकेपछि तिनैको पिठ्यूँमा चढेर निरंकूशता लाद्ने कुत्सित मनसाय बोकेर नेपाली बाउरामहरू चर्को श्वरमा लोकतन्त्र र गणतन्त्रको रट सहित राजनीतिलाई हाइज्याक गर्न लागिपरेका छन् । राप्ती र भेरीका जनजातिरूलाई मच्चाएर रक्त रंजित लडाईँमा भरपूर दुरूपयोग गर्दै मर्ने मार्ने करतूतको नेतृत्व गरी आँफू चाहिँ जीवित बन्न सफल यस्ता केही अवसरवादी बाउरामहरू अहिलेको नेपालमा भाइरस बनेर अन्तर कुन्तरमा छिरिसकेका छन् र यो मुलुकरूपी शरीरलाई भित्रैदेखि गलाउँदै क्रियाशिल बनिरहेका छन् । यिनीहरू न्वारनादेखिको बल लगाएर मुलुकलाई स्वस्थानी कथामा वर्णित सतिदेवीको कुहेको शरीर जस्तै कुहाउन , गलाउन र पतन गराउन लागिपरेका छन् ।

चुच्चो नाक र नाकमाथि एक बुच्को जूँगा, छ्वालीखुट्टे शरीर र सँधै रिसाएको खलपात्र जस्तो ख्याउटे अनुहार बोकेर परिचय दिनै नपर्ने गरी प्रष्ट चिनिने झुसे बाहुन बबुरा बाउरामहरू आज आफ्नो र आफ्नै जातको कन्तो खन्न क्रान्तिको बेल्चा र गैँची बोकेर लागिपरेका छन् । तर बबुराहरू त्यो बालुवाको पहाडलाई तलबाट खोक्रो पारेर आँफै पुरिने उपक्रममा लागेकोमा किञ्चित विस्मातमा भने छैनन् ।

लाग्छ बबुरा बाउरामहरूलाई बाहुन हुन परेकोमा क्षोभ छ । आफ्ना बाजे बराजू बाहुन भएको र त्यही बाहुन खलकमा तिनै नाक, खुट्टी र छुचुन्द्रे अनुहार लिएर जन्मनु परेकोमा यिनको मनमा यसको कारकप्रति नै अथाह घृणा छ र आफ्नो बाहुन कायालाई सदाको लागि विसर्जन गर्न आफ्ना सन्ततिलाई अन्तरजातिय गोबर माटोमा संश्लिष्ट गरीसकेर पनि नपुगेर , बाहुन जातको अस्तित्व सदा अन्त्य गर्न बाउरामहरू जातिय नेपालको वण्डापत्र गर्न नापीको अमिन बनेर आज अघि अघि निस्केका छन् र यसरी हुँदा हुँदा पिलन्धरे छुचुन्द्रोमुखे बाउरामहरूले , आफ्नो अस्तित्व र अनुहारमाथि पनि आघात गर्न कस्सिएका छन्, धावा बोलेका छन् । आफ्नो चुच्चे अनुहारलाई भित्तामा ठोकेर थेप्चो बनाउने ध्याउन्नमा लाग्नु यी बाउरामहरूको दशा र दिशा बनेको छ।

आँफूलाई अन्तरजातिय गर्भमा लीन गराएर हराइसकेका बाबुरामहरूको दलील छ , उसका बाउ र बराजूहरूले मुलुकलाई एकलौटी गरेर खाए अनि अरू जातको भाग पनि खोसेर खाए । यो भाग खोसेर खाएको हर्जना तिर्न बाउरामले अब पृथ्वी नारायणले शाहले एकीकरण गरेको नेपाललाई जातीय गरा र फोक्टाहरूमा टुक्राउनेछ र आफ्ना ससूराली पर्ने मुख्य मुख्य सबै जातलाई देश बाँड्नेछ मानौँ यो उसको बाउको कमाइले खरिदिएको मौजा हो । बाबुरामको दलील छ यो वैज्ञानिक कुरा हो किनभने ऊ स्वयं एउटा स्वघोषित वैज्ञानिक हो र उसले जे सोचेको छ त्यही नै विज्ञान हो । बाउराम सोच्छ , उसको सोचाइ अनुरूप नभएका सबै सोच र विचारहरू प्रतिगमन, पश्चगमन र पुरातन हुन् । अत: बाबुरामको सोच सबैभन्दा विशिष्ट विज्ञान हो भन्ने कुरामा एकाकार नहुनेहरू सबै बद्माश र दुष्ट हुन भन्ने बाउरामको भाष्यकारिता नै अहिलेको नेपालको हट केक हो । यही दलीलमा देशमा बाउराम राजनीतिको बजार लाग्ने गरेको छ ।

तर हिजो आज बाउराम झन खरो बन्न थालेको छ । यसको कारण हो , बाउरामले जति चर्का कुरा गरे पनि उसैको समूहका मगजबिहीन भुस्तिघ्रेहरू बाउरामको छुट्टै सोच्न सक्ने शैलिमाथि इर्ष्यालु हुन थालेका छन् र बाबुरामलाई अलग्याउने , होच्याउने र बिदेशीको भरौटे भएको आरोप लगाउने गरेका छन् । यसको कारण हो स्कूल पढ्दा टाठो बाबुरामहरू माथि , माष्टर पिट्ने , गयल हुने स्कूलबाट भाग्ने दादाहरूको डाह र इर्ष्या स्वभाविक रूपमा बढेको छ । केही वर्ष अघि यी दादाहरूले मुलुकभरि मान्छे मारेर, पिटेर , छाला काढेर आतंक नै मच्चाए । हुनत बाउराम हरूलाई पनि यिनले थुनेर मार्न नखोजेका हैनन् तर बाउरामका छिमेकी मित्रसंगको घनिष्टताले उसको ज्यान बचाउन मद्दत गर्‍यो र ऊ जोगियो । पिलन्धरे बाउरामहरूको राजनैतिक हैसियत आफ्नै पार्टीभित्र कुनै छिमेकी मुलुकको गद्दार जासूसको रूपमा बुझिने खालको भैसक्दा पनि , अन्तरजातिय विवाहजनित क्रान्तिकारिताको चास्नीमा आफ्नो राजनीतिलाई यिनले जलेबी बनाउन डुबाइरहेका छन् । नेपाली राजनीतिमा कम्युनिष्टहरूको यो पछिल्लो राजनीतिक स्खलनले , बाउराम बाहुनहरूलाई र उसको समग्र जातिलाई स्वयंको सोचले धोबीको कुकुर बनाएको छ घर न घाटको । अत: स्वास्नी पथगामी बाउरामवादको उदयले बाउरामको जात बाहुन-क्षेत्री- न स्वदेश न परदेशको हुन पुगेको छ ।



15 Comments:

Anonymous said...

excelent

Anonymous said...

Is there going to be a Civil war in Nepal? I dont understand.

Bipin Lamsal said...

यस्सरी त खेदो खन्न भएन नि माओबादीको? अरु नेताहरुले त के पो गरेका छन र? अरु नेता भन्दा माओबादी नेता नै जनताको पक्षमा कुरा गर्छन।
फेरी माओबादीको कुरा गर्यो भनेर यो कमेन्ट मेटाउनु नहोला है?

Basanta said...

यथार्थ कुरा खरा हुन्छन्। एकदम चित्त बुझ्यो!

apamanit said...

its a really true . there is big problem in nepal if leaders don't try to think about future immediatly.

R said...

sarai man paryo .. samyak ji salaam tapaiko kalam lai ...

Manu said...

yethartha kura ko chitran garnu bhayeko chha samyak ji le. sarai chitta bujhyo.
Bipin ji, tapai le kasari manche ko ragat piune rakta pipasulai sabai bhanda uchakoti ka byakti dheknu bhayo? kripaya uttar pau.

Dhruba Panthi said...

मनको तितो पोख्नका लागि नेपाली राजनीतिमा अलिकति भए पनि आसलाग्दा नेता बाबुरामलाई नै प्रहारको केन्द्र बनाइनुको औचित्य मैले बुझ्न सकिनँ। विचार आ-आफ्नो हो, तर बाबुराम वा अरु कुनै पनि नेताको अन्तर्जातीय विवाहलाई आधार बनाउँदै जातीयताको विरोधका नाममा जातीय अहम् नै झल्किने लेख लेखेर ब्लगको भित्ता रंग्याउनु कत्तिको बुद्धीमानी हो, सोँच्ने जिम्मा लेखकलाई नै।

Anonymous said...

very good .keep up toch
bidur

Manu said...

एउटा गज्जबको कुरा के छ भने ध्रुब पन्थी पथ एक से एक नेपालीमा छ। किन कुनै नेपाली यो नेताले यो ठिक भन्यो यो नेताले यो बेठिक भन्न्यो भन्नुको सट्टा यो नेताले सधैं ठिक भन्छ यो नेताली सधैं गलत भन्छ भनेर ठोकुवा गर्छन। यस्तै कार्यकर्ताहरु जुन नेताले भाषण गर्न पहिल्यै ताली पिट्छन, ले गर्दा थप अन्धो नेताहरु जनमन्छन जस्ले गर्दा नेपाललाइ भंडखालोतिर डोर्याउछन।
कुनै पनि आसलाग्दो नेताले बन्दुकको नाल जनता तिर तेर्दसाउनदैन यस्तो बुझ्न पनि कती गार्हो भाको?

Samyak said...

पन्थिजी र अन्य बाउराम सहानुभुतिशिल मित्रहरू,

बाउराम ( प्रवृति) भरोसा लाग्दा नेता हुन भन्ने कुरामा आफ्ना आग्रह आफ्ना ठाउँमा हुनसक्छन् । उनी भरोसा लाग्दा नेता भएको कुनै प्रमाण मसंग छैन , भएमा दिनु होला । यो तर्कमा बाउराम हैन बाबुराम भट्टराई नामका माओवादी नेता अर्थ मन्त्री हुँदा राजश्व बढी उठेको कुरालाई मान्छेले हगाडि ल्याउने गर्छन् जुन कुरा सही हैन । कर र राजश्व बढी उठेका कुरा कुनै बेला रामशरण र अहिलेका सुरेन्द्र पाण्डेले पनि गरेकै छन् । यसका लागि कुन नेता र मन्त्री पिदासीन छन् भन्ने भन्दा पनि कुन अवस्था विद्यमान छ भन्ने कुराको महत्व हुन्छ नेपालका सन्दर्भमा । नेपालमा प्रवृत्तिगत सुधार कहीँ देखापरेको छैन , अझ त्यो हतियारवादी गणतन्त्रको जगजगीमा त हुनै सक्दैन ।
बाबुराम पढेलेखेका मान्छे हुन् त्यो पढाइलेखाइ नरहत्याको इञ्जिनियरिङमा काम लागेको छ नेपाली इतिहासको पानामा । यो नरहत्याको कुण्डमा कुनै बेला स्वयं बाबुराम नै आफ्नै कामरेडको हातको शिकार धन्नै भएनन् , त्यो कुरा तपाईँहरूलाई अवगत पनि होला । नभए केलाउनु होला । अर्को तिर बाबुरामको मन्त्रीत्व कालमा , उनैकी श्रीमति सबैभन्दा गन्हाएकी मन्त्री हुन भन्नुमा अतिशयोक्ति छैन होला । किनभने , सारा टोलछिमेक र इष्टमित्र तथा आफ्ना ९ ओटी मध्ये नेपालमा रहेका सबै दिदी बहिनीलाई सरकारी जागिर र सल्लाहकारमा नियुक्त गर्ने उनै थिइन् । यो कुरा मातृका यादवले पनि बेलाबखत दर्शाइरहेकै छन् । हरेक शुभलाभका अवसरमा दुवै हात पसारेर ज्यूनार गर्ने हिसिलाका पति बाबुराम कसरी त्यति भरोसा लाग्दा भए त्यो पनि बुझ्न गाह्रो छ ।

बाबुरामलाई भारतीय गोटी भनेर मैले लगाएको आरोप हैन बरू उनकै पार्टीका मोहन वैद्य,नेत्र विक्रम चन्द ,र स्वयं प्रचण्डले कहिले घुमाइ फिराई र कहिले सिधै भनेकै हुन । यहाँ तिनैका शब्दलाई उद्धरण गरिएको मात्र हो । अब , अर्काका मुलुकका गोटीलाई हामीले भरोसा लाग्दा मान्यौँ भने , हाम्रो राष्ट्रवादको धज्जी नउड्ला र ? यो विषय र प्रष्ट हुनुपर्‍यो नि , हैन र ?फेरि तपाईँले भरोसा गरेाक नेतालाई माओवादी स्वयंले कत्तिको भरोसा गरेको छ वा निश्चित मात्रामा प्रयोग मात्र गर्न खोजेको छ त्यो पनि हेक्का राख्न पर्यो , हैन र ? नारायणकाजी, कामरेड किरण, बादल, विप्लव र प्रचण्डले नै भरोसा नमान्नेलाई तपाईँ जस्ता सुभेच्छकले मात्र भरोसा गरेर मात्र नि भएन ।

मेरो आलोचना , जातिय संघियता मेरो कलाकारिता हो भनेर दावा गर्ने बाबुराम र बाउरामवादी हतियारवादी गणतन्त्रका बिरुध्द मात्र हो । यो बिशुद्ध रूपमा एउटा नेपाली जनताले गरेको आलोचना हो।

Dhruba Panthi said...

मनुजी, मेरो नाम पछाडि पथ जोडेर मेरो पथ त छुट्ट्याइदिनुभएछ, तर यहाँको पथलाई के संज्ञा दिने होला? मैले बाबुरामलाई आसलाग्दो नेता भनेको झोँकमा मनगढन्ते तर्क जोडेर नेपाल भँड्खालोतिर जाकिनुको कारण पत्ता लगाउने तपाईंको अजीवको क्षमता देख्दा मलाई टीठ मात्र लागेको छ। कृपया मेरो प्रतिकृया एकबाजी फेरि पढ्ने कष्ट गर्नुभए जाती होला। बाबुरामलाई अलिकति आसलाग्दो भन्नुको मतलब बाबुरामले गरेको सबै ठीक भन्ने अर्थ दुनियाँको कुन चाहिँ भाषा र व्याकरणमा लाग्छ, त्यो पनि बुझ्न पाए हुन्थ्यो। तर यहाँलाई ज्ञात रहोस्, म गुण र दोषका आधारमा कुनै पनि नेता र राजनीतिक पार्टीको समर्थन वा आलोचना गर्ने मान्छे हुँ। मलाई न कसैको अन्ध समर्थक हुनु छ न त अन्ध आलोचक नै। र, यो कुरा पनि स्पष्ट होस् कि हाम्रा नेताहरु खराब छन् भन्दैमा सबैलाई एउटै डालोमा हालेर तथानाम गाली गर्दैमा केही हुनेवाला छैन। खराबहरुमा पनि कम खराब नेताहरु कोही छन् भने ती बाबुरामहरु, नरहरिहरु र गगनहरु नै हुन् भन्न मलाई कुनै संकोच छैन, तपाईंलाई जेसुकै लागोस्।

सम्यकजी, तपाईंले बँचेखुचेको भँडास पनि पोख्नुभएछ, मेरो भन्नु केही छैन। रामशरणहरु र बाबुरामलाई एकसमान देख्ने तपाईंका आँखा यति महान रहेछन् कि, तिनको तारिफ गरेर हजार जिब्रा भएका शेषनागले पनि सक्ने छैनन्। तपाईंले भनेजस्तो प्रवृत्तिगत सुधारको म पनि कट्टर पक्षपाती हुँ तर त्यस्तो सुधार एकैचोटि आकाशबाट टप्किँदैन होला न त बाबुराममा हजार दोष देख्नेहरुका लागि कुनै हजार गुण सम्पन्न नेता रातारात पैदा भैदिन्छ होला। हत्याहिंसादेखि जातीयताको राजनीति मैले कहिल्यै समर्थन गर्न सक्ने विषय होइनन्। तर विरोध गर्ने नाममा पृष्ठभूमिका सबै विषयलाई चटक्क बिर्सिएर एकोहोरो राग अलाप्दा आफ्नै धरो फुस्किने सम्भावनाको पनि हेक्का राख्ने हो कि? अति सर्वत्र वर्जयेत्।

पुष्प said...

राजतन्त्रको भूत अझै वैतरणी तरिसकेको रहनेछ । लेखेर राखे हुन्छ, नेपालमा जातीय विद्वेष कहिल्यै आउनेवाला छैन । यो कसैले चाहेरै हुनेवाला पनि छैन । त्यसैले यो जातीय विद्वेषको डरत्रास आफ्नो हालीमुहाली गुम्ने डरत्रासको उपजमात्र हो ।

Pakhe Nepali said...

यो देशबाट आफ्नो सुरी खुरी अब कहाँ जाला भनेर पहिले नै तर्सेको मृगको मनोदशा भए जस्तो लाग्यो यो ब्लग पड्दा । अझै ३०० बर्ससम्म बेफिक्री एकलौटि जातीय शासन चलाउन त्यो ३००० बर्षको पुरानो पुरेत् शास्त्रले काम दिन छाडे पछि सायद् यस्तै दर्दना निस्कनु स्वभाविक पनि हो कि,यो आधुनिक युगमा। अब बहु भुस्तिग्रे जातीय खटनमा सम्झौता गरी बस्नु पर्ने लाग्छ भने आफ्नै पुर्खेउली मरनच्यसे भुमीमा फर्कनु बुद्धिमानी होला कि, नत्र जातीय स्वास्तित्व र नेपाली अपन्त्वमा मज्जाले मिलेर बस्न किन यत्रा तर्कना?

Samyak said...

पाखे नेपाली,

यो देशबाट कसैको सिरिखुरी कहीँ जाने वाला छैन, लेखेर राख्नुस् । सात पुस्ता बिदेशीको भाडाको टट्टु हुनेहरू त यहाँ महान राष्ट्रवादी कहलाएकै छन् , आफ्नै परिश्रमले मुलुक भित्र आफ्नो भाग्य अजमाउन परिश्रम गर्ने संख्यामा पनि सबै भन्दा बढी नै रहेका तिनीहरूको सिरिखुरी अन्त्य गराउने कसैको आँट होला र ? अनि कसैले कसैको सिरिखुरी अन्त्य गराउँदा , त्यो समूहले पनि टुलुटुलु हेर्दै आत्मसमर्पण गरिरहला र ? तर, प्रश्न उठ्छ के यो कुराले निम्ताउने भयानक द्वन्दलाई हाम्रो मुलुकले धान्ला ? यदि यो सबै रमाईलो नै लागेको हो तपाईँलाई भने यो जात्राले भयानक मनोरञ्जन देओस्, मेरो कामना छ ।

पन्थीजी,

तपाईँ माथि उठाइएको विषय के हो भन्ने कुरामा जानिफकार हुनहुन्छ होला । तर , आलोचनाले वा गालि गलौजले कुनै पात्रका असल गुण थिए र छन् भने , ती कुरालाई यसले तगारो लगाउन्न । बाँकि कुरा बाबुरामका कर्कस कुरा र कुतर्क खड्ग ओलीका बोली भन्दा सुन्न घिन लाग्दा हुने गर्छन् । ऊ सँधै द्वन्द चर्काउने र अरूलाई हान्ने मार्ने कुरा गरिरहन्छन् तर आफ्नै हालत पार्टीभित्र टिठ लाग्दो देखिन्छ। अनि उनैको दावा छ कि अहिलेको माओवादी जातिय संघियताको नक्साको योजनाकार उनै हुन् । यसरी जातिय भागबण्डा लगाउने अधिकार माओवादी वा बाउरामलाई कतै पनि छैन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !