October 29, 2009

देवताका बाद

तिथिमिति ठ्याक्कै याद भएन, २,३ वर्ष अघिको हिमाल खबरपत्रिकामा ख्याति प्राप्त व्यंग्यकार चट्याङमाष्टरले चट्याङगीता मार्फत चोटिला झटाराहरू हान्ने गर्नु हुन्थ्यो । मलाई असाध्यै मन परेको प्रस्तुत कविता पाठकहरूलाई एउटा छुट्टै स्वाद पस्कन सफल होला भनेर यहाँ प्रस्तुत गरेको छु । कविसंग कुनै अनुमति नलिई यहाँ टास्ने धृष्टता गरे पनि, यो चोरी भने हैन किनभने यसका सिर्जनाकार चट्याङमाष्टर नै हुनुहुन्छ भन्ने कुरा म चिच्चाएरै भन्न चाहन्छु । यो केवल पाठकीय स्वादका लागि यहाँ पुन: पोष्ट गरिएको मात्र हो । लौ पढौँ त हाम्रा देउताहरू कस्ता कस्ता विचार बोकेका '-वादी' हरू थिए:

- चट्याङ् मास्टर

बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए
निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए
जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि
साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि

पानी मरुवा थिए पाण्डव लुके वनमा लडेपनि
पुँजीबादी धृतराष्ट,अन्धो पापी अनि धनी
आतंकबादी दुर्योधन हार्नैलाई लडी रह्यो
भएकोमा थपौं भन्दा ,भएको नै पनि गयो

सामन्तबादी सबै देउता , आफुमाथी अरु तल
साम्यबादी ति राक्षसलाई , देब दानब बराबर
अधिनायकबादी ति इन्द्र, अरुलाई दबाउने
सक्षम कोही अघि आए, जालमा पारी लडाउने

प्रातिकृयाबादी हो राहु , अरुमा खोट लगाउने
उग्रबादी भइ सुर्य सबैलाई तताउनेर्
माक्सबादी हेर चन्द्र रुप फेर्छन् हरेक दिन
पुणिर्मा भए पर्ण औशीमा नै खत्तम हुन

संसदबादी थिए नारद, जता फाइदा उत्तै मिले
सत्यबादी भइ कृष्ण गोपिनिबिच सधैं झुले
यथास्थितिबादी थिए ब्रम्हा, एउटै फुलमा सधैं बसी
एउटा श्रृष्टि गरे उहिले, हेर्छन्, बस्छन् त्यही अझै

तेतिसकोटी त देवतै थिए, अरु प्राणी कति कति
त्यत्रो बिभिन्नताबाद, अटाउने धर्म सँस्कृति
खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
अटाएनन् र उठेकाछन्, महाभारत गरौं भनी ।।



5 Comments:

राजेश बुढाथोकी 'नताम्स' said...

चट्याङ्ग मास्टरको देवताहरुलाई झटारो राम्रो लाग्यो अनि वास्तविकता पनि । एकलव्य जीलाई धेरै–धेरै धन्यवाद । हाम्रा लागि सिला खोजेर फरक स्वाद चखाउनु भयो ।

नेपालियन said...

एकलव्य जी धेरै लामो समय पछी झुल्किनु भयो नि?

टांसो निकै चोटीलो लाग्यो। झन त्यो अन्तिमका २ पंक्ती एक्दमै मार्मिक लागे। पुन दोर्रहाए मैले -

खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
अटाएनन् र उठेकाछन्, महाभारत गरौं भनी ।।

Anonymous said...

नेपालीयनजी,

वास्तवमा जाँगर नचलेर देखा नपरेको मात्र हो , तर म दौँतरी भित्रै छु हेर्दै पढ्दै । आज यसो पुरानो थम ड्राइभ टक्टकाउँदा माथिको कविता फेला पर्यो र विचारै नगरी टासेँ । हो , मलाई पनि सबैभन्दा बढी मन परेका पंक्ति तपाईँले उद्धरण गर्नु भएको नै हो :

खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
अटाएनन् र उठेकाछन्, महाभारत गरौं भनी ।

राजेशजी,

हो, एकोहोरोपन बाट अलिक अलग लागेर राखेको हुँ । अनि, यो मैले पहिलोपटक हिमालमा प्रकाशित भएफछि कतै देखेको पनि थिइन जस्तो कि हिजोआजका वेब कविले आफ्ना कविता छरपष्ट टाँसेका हुन्छन नि !

-एकलव्य

पुष्प said...

राम्रो । चट्याङ माष्टरको चट्याङले देवतालाई पनी छोडेन । अन्तिम हरफ साँच्चिकै मननयोग्य छ, सारा विश्वका लागि ।

नेपालियन said...

ल ल एकलव्य जी जांगर निकाल्नु पर्यो। म त कता हराउनुभएछ भनेर सोच्दै थिएं।

जे भए पनि लामो समय पछि आउदा निकै चोटीलो संकल्न लिएर आउनुभएछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !