October 28, 2009

गाऊँखाने कथा - ३१ (Nepali Gau Khane Katha)

अपडेट: गाउंखाने उत्तर मिलाउने, मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।
गाउं खाने कथा ३१ को सही उत्तर हो कसार। सब भन्दा पहिला उत्तर मिलाउने पोस्तक जी ले गाउं पाउनु भयो। ल पोस्तक जी मन पर्ने गाउं माग्नुहोला।
------------------------------------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।

चुलबुले टारमा बुरबुरे माटो, हातमा लुटुपुटु मुखमा गांठो, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला।
नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


14 Comments:

Postak said...

अनारस

Biplab said...

Guccha.

Luna said...

पोस्तक जि को पनि मिलेन ! बिप्लब जि को पनि मिलेन कत्ती पनि !
अझै कुर्छु , हेरु कोसैलाई पनि आएन भने अनी बल्ल भन्छु ।
त्यस्तो त्यस्तो चिज यता कता पाउनु !
अब त बिस्तारै नेपाल मै पनि नपौला जस्तो भईसक्यो !
हतार हुतुर को जमाना छ अब !
यस्तो यस्तो कुरा थोरैले मात्रै बनाउलान अब त !
गाउ घर तिर त अझै बनाउछन है ।
ऐले मेरो अगाडि भ ई दिए त्यो - - - -

Postak said...

कसार भन्न खोजेको अनारस पो भएछ .

पुष्प said...

कसार नै हो भने त यो त समावेशी प्रश्न भएन । बाहुन-क्षेत्रीबाहेक कसार भनेको अरु कहाँ थाहा हुनु ?

Biplab said...

kasar, anaras kasari bhayo? ma ta ajhai bhanchu guchha nai ho.

नेपालियन said...

अनारस,गुच्चा या कसार? अथवा अरु कुनै? गेस गर्दै गरम है यो सप्ताहअन्तमा।

गाउं चाही उत्तर मिलाउनेले पाउनु हुनेछ।

Prabesh said...

गेस गर्न पनि आएन हौ, कस्तो गाह्रो !! मलाई त ढिँडोजस्तो लाग्यो !! जे पायो त्यहि गेस है मेरो !!

बिप्लब said...

हुन त हो ढिंडो पनि मुखमा गांठो पर्छ। लौ यही हो कि?

Unknown said...

पिडाँलु हो की ?

Anonymous said...

Sel Roti ho ki...........!!

Anonymous-1 said...

Malai ta pidalu ho jasto lagyo.

arjun .p.khanal(gulmelikanchho ) said...

sabaiko manma j jasto bhayapani mero man ma chai aarkai utapati bhayako chha hunasakchha sayad surti madera kahayko hola / ho nai

Anonymous said...

Google wave

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !