August 18, 2009

हजारिया पुरस्कार र दुई शब्द :


पानी पधेंरो, उकाली ओराली र भञ्ज्याङ पार गर्दै आएको अनि सबैको मनमा छाएको 'दौतरि'मा मैले लेखेको शिर्शक 'साझा, माइसन्सार र दौतरिं' १०००औं पोस्टको पुरस्कार स्वरुप नेपालीयनजीले यो सुन्दर टि-शर्ट उपहार पठाइदिनुभएको रहेछ । आज बिहान हुलाक बाकसमा क्वांइक्क चाबी घुमाएको त बाक्सां एउटा पोको रहेछ । हत्त न पत्त खोलेर हेरें, दगुर्दै कोठामा गएं, पोको खोल्दा त 'दौतरि'को सम्झनाको उपहार भनौं या पुरस्कार पो रहेछ । धन्यवाद दौतरीं । सोचें मैले, मेरो ज्यानमा मात्र त्यो उपहार पहिरिनु भन्दा किन प्रख्यात 'दौतरिं'मा नटांस्ने ?
नेपालीयनजीले पहिले नै अनुमती दिनुभएको थियो र आग्रह गर्नुभएको थियो, 'यो उपहार दौतरिंमा टांस्नुहोला ।' त्यसैले सर्टको चित्र मात्रै खिचेर टांस्नुभन्दा ज्यानमै लगाएर खिच्नु राम्रो होला भन्ने ठानेर यो भित्तामा टांसेको छु । भुल भए माफ चाहन्छु ।
साथमा क्यामेरा बोकेर माथि कोठामा उक्लिएं, साथीलाई किलिक्क पार्न लगाए, क्यामेरा । साथीले खिच्नुभयो । रमाइलो लाग्यो, फोटो हेर्दा आँफैलाई । दौतरिमा आफ्नो अनुहार टांसे वाहियातको प्रचार हुने जस्तो पनि लाग्यो, तर सफा नियतले सोच्दा आखिर ठिकै होला भन्ने ठानेर यो जमर्को गरेको छु । अतयब: यो तस्विर यही दौतरिंको भित्तामा टांसें । नमिठो लागे पनि ल है मैले त राखें । पून: धन्यवाद दौतरीं ।उत्तरोत्तर प्रगतिको लाखौं शुभकामना ।

(ल है यता उती गरेर मैले पो टिसर्टको अली ठुलो तस्विर फेला पारे। टिसर्टमा के लेखेकको छ भन्ने कौतहुलता मेटाउन यो फोटो राखे है गोकुल जि? - नेपालियन)



8 Comments:

ठरकि दादा said...

ल फेरि बधाई छ है !(बरु फोटो अलि ठूलो राख्‍नु पर्ने....त्यो टिशर्टको लोगो र र त्यहा लेखेको कुरा पढनै सकिएन)

यस्तो पुरस्कार आउने थाहा भएको भए त म आफैं लेख्थेँ नि एउटा लेख :) हे हे हे !

बरु यसपाला २ लाखौं भीजिटर भने म भएको थीएँ, त्यस बापत पनि केही पुरस्कारको व्यबस्था छ कि?

nepalean said...

मेरो पनि बधाइ छ है गोकुल जी।

साच्चै ठरकी जीले भने जस्तै त्यो टिसर्टमा लेखिएको कुरा अली ठूलो बनाएर राख्न मिल्दैन?

Sujan Sharma said...

ल पुन:एक पटक बधाई छ, खुलामञ्च जी लाई।
अनि नेपालियन जी , मैले पनि अस्तिन दौँतरीमा गाँउ खाने कथाको उत्तर मिलाएको थिएँ,मलाई पनि बरु गाउँको सट्टा टिसर्ट नै पाउँ है।:)
म प्रस्ट आउने गरी फोटो ब्लग राखिदिउँला नी।
हा हा हा

नेपालियन said...

सुजन जी गाउ खाने कथा पूरस्कार स्पेशल बेला बेला मा आउंछ। केही पहिले प्रज्वल जी ले गाउं खाने कथामा मा पुरस्कार पाउनु भएको थियो।

गाउं खाने कथाको सट्टा टिसर्ट पाउने कथा दौंतरीको २ बर्ष पूग्नेबेलामा आउदै छ, गाउं खाने कथा घोक्दैबस्नु होला है ;)

एकलव्य ( Eklavya) said...

ए, लौ त बधाइ छ टि-सर्ट पाउनु भएकोमा र यसको संस्मरण लेखको लागि, खुलामञ्चजी !

Zero Hour (शुन्य समय) said...

हाम्रा नेपालियनजीले आफ्नो गोजीबाट पुरस्कार स्पोन्सर गर्नुभएछ । ल महाकवि देवकोटाको चाल होला है !! ल जोक गरेको ।

खुल्लामञ्चजीलाई बधाई, फोटो अलि ठुलो राख्नुभाको भए हुन्थ्यो, अक्षरै चिनिएन ।

अनि अन्त्यमा तपाईको २ शब्दको लागि ताली ।

SK Pari said...

सान्चै नै यो ब्लग पोष्टको सुरुवातसंगै टाढा टाढाका साथीहरु देश बिदेशमा बस्ने मित्र तथा दाजु भाईहरु संग घेरै नजिकिएको छ। एक अर्काको मनका कुराहरु आफ्नो मनमा लुकाएर राखेका प्रतिँभाहरु ब्लग मार्फत सारा संन्सारमा फैलाउन सफल भैरहेको छ। त्यसमा पनि यसरी कुनै चिनो या उपहारको ब्यबस्थाले त झन सुनमा सुगंन्दकै काम गरेको छ। उपहार सानो या ठुलोको कुरा हैन समानले पाएको चिज धेरै महत्व हुन्छ भने मलाई लाग्छ।
अनी मेरो पनि बधाई छ, खुलामञ्च जी लाई यसरी नै निरंन्तर लेख्दै गर्नु हुन्छ भने आशा लिएको छु।
साथमा दौतरी परिवारलाई पनि धन्बाद दिनै पर्छ र यसको निरंन्तरता को कामना पनि गर्दछु। जय् ब्लगर

नेपालियन said...

खुलामन्च जी टिसर्टमा लेखेको कुरा चाही फेरी खिचेर राख्नुपर्ला जस्तो छ है।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !