August 12, 2009

आज श्रीकृष्णजन्माष्टमी:


यदायदाहि धर्मस्य ग्लानिर्भवति भारत:
अभ्युत्थानं Sधर्मस्य तदात्मानां सृजम्म्हम्
। - भगवद्गीता

आज २०६६ साल श्रावण २९ गते ( तदनुसार १३ अगष्ट २००९ ) विश्वभरका , अझ विशेष रूपमा नेपाल र भारतका, हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण धार्मिक पर्व कृष्णाष्टमी हो । यो पर्वलाई ‘गोकुलाष्टमी’ , ‘जन्माष्टमी’ वा ‘ श्रीकृष्णाष्टमी’ पनि भन्ने चलन छ । द्वापर युगमा, श्रावण कृष्ण पक्षको अष्टमी तीथिको मध्य रातमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास छ ।

कंस , शिसुपाल , जरासन्ध, पुतना , वकासुर आदि जस्ता मायावी दैत्यहरूको दवदवा बढेर , संसार संत्रस्त हुन थालेपछि देवताहरूको अनुरोधमा सज्जनहरूको संरक्षण र दुर्जनहरूको विनाश गर्न भनी भगवान विष्णुले वासुदेव र देवकीको ८ औँ गर्भबाट कंसको आफ्नै भाञ्जाको रूपमा जन्म अवतार लिनुभएको हिन्दू विश्वास रहिआएको छ । कठिन परिस्थितिमा जेलभित्र जन्मिएर , आफ्ना सानिमा र आफन्तहरूको रेखदेखमा राक्षसी कुदृष्टिबाट जोगिँदै जोगाउँदै हुर्काइएका भगवान कृष्णका वाल्यकालका अद्भूत सौर्य र पराक्रमहरू बिभिन्न पुराणहरू , महाभारत र कृष्ण चरित्र जस्ता ग्रन्थहरूमा महत्वका साथ वर्णित छन् । पछि , दानवहरूको संहार गरिसकेपछि, महाभारतको युद्धमा समेत आफ्ना प्रिय सखा पाण्डव र विशेषत: अर्जुनको साथ लडेर अत्याचारी कौरवलाई हराउन मद्दत गरी , श्रीकृष्ण गीता जस्तो अमृत सन्देशले भरिएको भगवद्वचनको संग्रह समेत हामीलाई भगवान श्रीकृष्णले दिएर जानुभएको विश्वास छ ।

यिनै विश्वासका आधारमा असत्य र पापाचार माथि विजय पाउन भगवान कृष्णले जन्म लिनुभएको पवित्र सन्दर्भलाई व्रत, उपवास र उल्लासका साथ मनाउन दिनभर भक्तजनहरूले व्रत वा उपवास बसेर मठ-मन्दीर वा घरमा पूजापाठ गरी मध्यरातमा , श्रीकृष्णको जन्मसंगै यो पर्वको कार्यक्रम विसर्जन गर्ने चलन रहिआएको छ । कतिपय स्थानका पूजाविधिहरूमा पूजामा नाटक वा रूपकलाई पनि साथसाथ अगाडि बढाएर मध्यरातको पूजाबीच ‘झूला’ वा ‘कोर्को’ मा भगवान श्रीकृष्णलाई जन्माइसकेपछि मात्र विधिवत् रूपमा पूजाको विसर्जन गरी यो व्रतको विधिलाई समापन गर्ने चलन छ ।

हाम्रो नेपालमा पनि आजको दिन पाटनको श्रीकृष्ण मन्दीरमा भव्य पूजाको आयोजना गर्ने चलन छ भने , नेपालका लगभग सबैजसो भगवान विष्णु, कृष्ण, नारायणका मन्दीरहरूमा तथा व्रतालु घरघरमा दिनभर भक्तजनहरूले व्रत पारायणमा रही भगवद्भक्ति र पूजापाठमा दिन अर्पण गर्ने चलन छ । नेपाल र भारतभरि व्रत, पूजा , रथयात्रा र झाँकीहरूको आयोजना गरी धूमधाम रूपमा मनाइने यो एउटा महत्वपूर्ण पर्व हो र मथुरा, वृन्दावन र द्वारका यस उद्देस्यका लागि पवित्र तीर्थ धामहरू हुन । उपलक्ष्यमा विश्वभरका र विशेषत: नेपाली हिन्दू धर्मावलम्बीहरूमा श्रीकृष्णजन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !

परिशिष्ट ( कमेण्टबाट):

श्रीकृष्णको अन्त्यको कथा केही विस्तारमा जाँदा यस्तो छ:

त्रेता युगमा रामले आफ्ना मीत सुग्रीबलाई सहयोग गर्न सुग्रीबको दाजू बालिलाई मारे । बालीका छोरा अंगद ,आजीवन आफ्ना पिताका हत्यारा रामका सेवक रहेर लंकाको लडाईँमा समेत सहयोगी मात्र बनेनन् बरू जीवन नै रामको सेवामा समर्पित रहे । सेवाबाट खुशी भएका रामले अंगदलाई आशीर्वाद माग्न भने र अंगदले आफ्नो पिताको हत्यारा स्वयं 'राम' लाई मार्न पाऊँ भनेर मागे । रामले अंगदको यो इच्छा पूरा गरिदिँदै भने ' द्वापर युगमा म कृष्ण भएर जन्मिनेछु र तिमी व्यधा भएर मलाई मारेर पितृ हत्याको बदला लिन सक्नेछौ'। यही वचन पूरा गर्न द्वापर युगको अन्त्यतिर समग्र कौरव पाण्डव र यदुवंशीय आफन्तको विनासपछि उदास बनेका कृष्ण, एउटा चौतारीमा विश्राम लिँदै आफ्नो वैकुण्ठ फिर्ताको कुरा सोच्दै थिए । उनको खुट्टाको हल्लिरहेको बुढी औँलालाई चरिरहेको मृगको कान ठानेर , धनुष चलाएर उक्त व्यधाले घाइते बनाए । पछि व्यधा आएपछि कृष्णले आफ्नो र व्यधाको कथा व्यधालाई स्मरण गराउँदै देह त्याग गरे । तर , त्यो तीर जसको टुप्पोमा विष भरिएको थियो , त्यसले खुट्टाको बुढी औँलामा लागेर कृष्णको देह त्याग हुनुपर्ने कारणको कथा भने अलग छ ।

कृष्ण रोमाण्टिक मात्र थिए त ?

वास्तवमा अज्ञानतावश पनि कृष्णलाई रोमाण्टिक हिरोको रूपमा बुझ्ने गरिएको कुरा साँचो हो । पौराणिक एवं हिन्दू विश्वास अनुसार कृष्णका १६१०८ श्रीमति थिए भन्ने पाइन्छ । राधा, रुक्मीणी, सत्यभामा र जाम्बवती लगायतका ८ वटा कृष्णका पटरानीहरू मध्येका धेरै जसो सुन्दरीहरू श्रीकृष्णको सौन्दर्य र पराक्रमबाट मोहनी नै लागे झैँ गरी उनलाई नै पति पाउने इच्छाले आशक्त थिए र ती मध्ये राधासंग स्वयं श्रीकृष्णको प्रेम प्रसंग रहेको कुरा ग्रन्थहरूमा उल्लेख छ । रूक्मीणीलाई उनको इच्छा बिरुद्ध उनको दाजु रुक्मीले जबर्जस्ति शाल्वसंग बिहे गराइदिन खोज्दा , उद्दार गरिएको थियो र उनले आँफूले जहिले पनि कृष्णलाई मात्र पतिको रूपमा सोचेको भनी कृष्णलाई अपनाइन । आफ्ना पटरानी मध्ये केहीलाई तिनका आफन्तहरूले जबर्जस्ति अरू दानवसंग बिहे गराइ दिन खोज्दा , उद्दार गर्ने क्रममा ती कन्याहरू लाई आँफैले स्वीकार गर्नु परेको स्थिति पनि कृष्णको जीवनमा रहेको देखिन्छ ।

त्यति बेलाको भारतीय उपमहाद्विपको समाज व्यवस्था अनुसार , सम्भवत: सबैभन्दा पराक्रमी ठानिएका राजकुमार वा वीरहरूले ,कुनै राजदरवारमा राजकन्याहरूको स्वयम्वर घोषणा गरिएपछि आँफूलाई धनुर्विद्या र शस्त्रास्त्र परिचालन कौशलमा सबैभन्दा विशिष्ट साबित गरी प्रमाणित गर्नु पर्थ्यो र यसो नगर्नु कायरता ठहर्थ्यो । जहाँसम्म १६१०० पत्निको प्रसंग छ, यो विषयमा धेरै मान्छेहरू कुरा नबुझी बोल्ने गरेको मैले पाएको छु ।

यो कथा यस्तो छ:

जरासन्ध नामको डरलाग्दो अत्याचारी दानव थियो। उसको कैदमा संसारभरबाट उसले राम्री ठानेका केटीहरूलाई जबर्जस्ति अपहरण गरेर वा गर्न लगाएर थुनेको थियो । यो डरलाग्दो दानवसंग कृष्णको २ पटक युद्ध भएर पनि उसको अन्त्य हुन सकिरहेको थिएन किनभने ,जरासन्धको मृत्यू कृष्णको नभएर भीमसेनको हातबाट हुनु उसको कालगतिमा थियो। अन्तमा, एक दिन भीमसेन, अर्जुन र कृष्ण गएर जरासन्धलाई भीमसेनसंग युद्ध लड्न ललकार दिए । २७ दिन घमासान युद्धमा नतिजा नआए पछि २८ औँ दिनमा भीमसेन थाक्दै गए । तर जरासन्धको जाँघमा ( लोइन) उसको कमजोडी छ भन्ने थाहा पाएका कृष्णले , एउटा घाँसको त्यान्द्रो टिपेर त्यसलाई बीचबाट चिरेर देखाए । यसको संकेत बुझेका भीमले , जरासन्धलाई उसका दुइटा खुट्टा फट्टाएर च्यातेर मार्न सके ।

यसरी जरासन्धको अन्त्य त भयो , तर जरासन्धको कैदबाट मुक्त गरिएका १६१०० महिलाहरूले कृष्णलाई समस्या खडा गरे । उनीहरूले भने “ हामी जरासन्धको कैदमा थुनिएर उसको नियन्त्रणमा थियौँ र हाम्रो पालन पोषणको जिम्मा उसको थियो । तर अब, हामीलाई स्वतन्त्र भयौ भन्दैमा ,हाम्रो समाजले हामीलाई अपनाउने छैन र हाम्रो जाने ठाऊँ कहाँ छ ? कृष्ण, कि त हामीलाई अपनाउनुस् र हाम्रो जिम्मेवारी उठाउनुस् हैनभने हामीलाई जरासन्धको कैदबाट मुक्त गरेर तपाईँले अझै ठूलो विपत्तिमा उभ्याइदिनुभएको छ” । यस्तो परिस्थितिमा , ती सबै १६१०० कैदी महिलाहरूलाई श्रीकृष्णले स्वीकार गरी उनीहरूको पालनपोषण, ऐश आराम र आवश्यकताको जिम्मेवारी स्वीकार गरेको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ । त्यो मात्र हैन , सामाजिक अवगाल र अपहेलनाबाट जोगाउन , कृष्णले यी सबै महिलाहरूलाई आफ्नो पत्निको मान्यता दिए ता कि अपहरित भएका र आफ्ना परिवारले समेत राक्षसी डरका कारण आफ्नो भनी स्वीकार गर्न नसकेका यी असहाय महिलाले एउटा विश्वविजयी पुरुषको संरक्षण पाउन सके । तत्कालीन समाजको चरित्र अनुसार एउटा प्रभावशाली पुरुषको पत्नि बनेका उनीहरूलाई समाजले हेप्न पनि पाएन वा सकेन होला ।

तर पनि गोपलावंशी कृष्णका प्रेम प्रसंगहरू र गोकुलका गोप एवं गोपिनीहरूसंग का आत्मीय प्रेम र शृङ्गारिक रास लिलाका प्रसंगहरू चर्चित छन् यिनको वर्णन पनि विस्तारमा गरिएको पाइन्छ ग्रन्थहरूमा । कृष्णको जीवनको यो पाटो अत्यन्त विशाल र विषद छ र पनि यो नै सबै भने हैन । एउटा कठीन जीवनका विविधता र जटिलता बीचमा, कृष्ण अनुयायीहरूले पनि उनका समग्र वा पृथक पृथक रूपहरू मध्ये एउटा वा सबै पक्षलाई पूजा गरेका हुन्छन् । यस्ता प्रेम, संलाप, बाँसुरी वादन, क्रिडाहरू र रोमाञ्चको प्रदर्शन कृष्णको जीवनको वाल्यकाल र युवा अवस्थामा नै भएका छन् भने युवा अवस्था पछिका कृष्ण बढी कुटनीति, राजनीति, शान्ति र युद्धका प्रसंगमा संलग्न फेला पर्छन्। कृष्णका व्यक्तित्वमा रहेका अनेकौँ पक्षहरू मध्ये 'भक्तियोग' का अनुयायीहरू ( जस्तै मीरा, सूरदास ) आदिहरूले यही प्रेममय कृष्णको आराधना गर्ने गर्छन भने , कर्मयोग र गीताका अनुयायीहरूले 'कर्मण्यैवधिकारेस्तु मा फलेषू कदाचन:' ( Action is your duty, reward is not your concern' भन्ने गीताको सार वाक्यांसलाई आदर्शको रूपमा अवलम्बन गर्छन् ।

हाम्रो अहिलेको समाजशास्त्रीय र राजनीतिक व्यख्याले यो मिथकीय कुराको सत्यलाई निरूपण गरेर तर लाग्ने कुरा हैन , तर पौराणिक आख्यान र किंवदन्तीमा जीवीत वर्णनहरूलाई पनि तिनको पूर्णतामा हेर्यो भने क्रमवद्दता र क्रमसंगति नपाइने हैन । धर्म, पुराण वा मिथक विज्ञान हैनन यहाँ वर्णित कुरालाई कहिले कथा, कहिले विम्व वा प्रतीकको रूपमा बुझ्दै त्यहाँ निहित दर्शन, लक्षणा र व्यञ्जनालाई बुझ्यो भने केही न केही काम लाग्ने कुरा फेला पर्न सक्छ । धर्म र आस्थालाई empirical truth को कसीले सत्य साबित गर्न सकिन्न , यो त केवल मान्छेको विश्वासमा जीवित वा नीर्जीव बनेको हुन्छ । राजनीतिक विचार वा अन्य दर्शनको औचित्यता पनि तिनका विश्वासीहरूलाई मात्र रहने आग्रही सत्य हुन्, सापेक्ष सत्य जस्तो । निरपेक्ष वा पूर्ण सत्य स्वयं पनि सायद एउटा मिथ नै होला । अहिलेलाई यत्ति ।


12 Comments:

हावा De Wind said...

ठीक छ पर्खि बसे बस्त्स म छिट्टै आउँदैछु

nepalean said...

धन्य्बाद एकलव्य जि । तपालाई र dautari साथीहरुलाई श्रीकृष्णजन्माष्टमीको हार्दिक मंगलमय शुभकामना पनि ।
श्रीकृष्ण लीला को नाटक धेरै पटक हेरियो । मेरो गाउ पर
काफल घारि भन्ने गाउ छ । ति गाउलेहरुले केही बर्ष पहिले श्रीकृष्ण बालन निकालेका थिए । पोखरामा पनि निकै देखाए श्रीकृष्ण उक्त बालन।
श्रीकृष्ण को जन्म्, बध आदी सबै देखैन्छ । तर श्रीकृष्णको मृत्यु कसरी भयो त्यो कतै भनेको पाएको छैन । कसैलाई जानकारी होला ?

ठरकि दादा said...

जय श्रिकृष्ण !!

ब्लगमा राजनीति, साहित्य वा अनौपचारिक गफ मात्रै हैन धर्म र संस्कृति पनि यसरी प्रवाह हुनु मलाई पनि निक्कै खुशी लाग्यो । जे होस छोटो चर्चामा कृष्णको जीवन दर्शन र आजको दिनको महत्व राम्ररी झल्केको छ । मेरो पनि हार्दिक धन्यावाद ।

अब थोरे कुरा श्रिकृष्णको मृत्युको बारेमा :
कृष्णको जीवनकालको अंतिम घटनाको बारेमा मैले सुनेको आख्यान भने यस्तो छ:

एक दिन साँझमा भगवान एउटा वृक्षको मुनि आराम गरी रहेका थिए । शरिर रूखले छेकिएको र खुट्टाको औंला मात्रै परबाट देख्‍दा कुनै “जरा” नाम भएको व्याधाले हरीणको आखाँ जस्तो लागेर बाँड चलाउँछ र सोही चोटको बहानामा उनले भौतिक शरिर छोडछन ।

सो स्थान हालको भारतको गुजरातमा पर्छ भन्ने कतै पढेको सम्झना छ, जुन स्थानमा श्रीकृष्णलाइ बाँड हानीएको थियो सो स्थानलाई हाल `भालुका तीर्थ' पनि भनिन्छ र सोहि स्थानमा अहिले श्रीकृष्णको मन्दिर पनि बनेको छ ।

अरु साथिहरुबाट पनि यसबारेमा अरु बिस्तृत जानकारी मिल्छ भन्ने आशा गरेको छु ।

एकलव्य ( Eklavya) said...

हो ठरकिसर वास्तवमा म पुराण र मिथकको त फ्यान नै हुँ । म धार्मिकता र मिथकीय कथाको बीचको अनुरागबाट यो कुरा भन्दैछु । सानोमा महाभारत, रामायण र कृ्ष्ण चरित्र र श्रीमद्बागवतका नेपाली अनुवाद हरूलाई गाउँमा रहेको घरको पिँढिमा बसी धेरै हजरूरबा हरूलाई आनन्दित तुल्याउँदै सुनाउने गर्थेँ । मलाई हिन्दू, ग्रीक , रोमन र ओल्ड टेष्टामेण्टका मिथकमा साह्रै रूची छ ।

तपाइँले थालेको त्यो कथा साँचो हो, तर श्रीकृष्णको अन्त्यको कथा केही विस्तारमा जाँदा यस्तो छ:

त्रेता युगमा रामले आफ्ना मीत सुग्रीबलाई सहयोग गर्न सुग्रीबको दाजू बालिलाई मारे । बालीका छोरा अंगद ,आजीवन आफ्ना पिताका हत्यारा रामका सेवक रहेर लंकाको लडाईँमा समेत सहयोगी मात्र बनेनन् बरू जीवन नै रामको सेवामा समर्पित रहे । सेवाबाट खुशी भएका रामले अंगदलाई आशीर्वाद माग्न भने र अंगदले आफ्नो पिताको हत्यारा स्वयं 'राम' लाई मार्न पाऊँ भनेर मागे । रामले अंगदको यो इच्छा पूरा गरिदिँदै भने ' द्वापर युगमा म कृष्ण भएर जन्मिनेछु र तिमी व्यधा भएर मलाई मारेर पितृ हत्याको बदला लिन सक्नेछौ'। यही वचन पूरा गर्न द्वापर युगको अन्त्यतिर समग्र कौरव पाण्डव र यदुवंशीय आफन्तको विनासपछि उदास बनेका कृष्ण, एउटा चौतारीमा विश्राम लिँदै आफ्नो वैकुण्ठ फिर्ताको कुरा सोच्दै थिए । उनको खुट्टाको हल्लिरहेको बुढी औँलालाई चरिरहेको मृगको कान ठानेर , धनुष चलाएर उक्त व्यधाले घाइते बनाए । पछि व्यधा आएपछि कृष्णले आफ्नो र व्यधाको कथा व्यधालाई स्मरण गराउँदै देह त्याग गरे । तर , त्यो तीर जसको टुप्पोमा विष भरिएको थियो , त्यसले खुट्टाको बुढी औँलामा लागेर कृष्णको देह त्याग हुनुपर्ने कारणको कथा भने अलग छ ।

Madhu Madhurya said...

Hi Eklabyajee!
Thanks for excellent explanation.
Pls. tell us how he could be equally POPULAR for 16000 Gopiniz in the same time.

एकलव्य ( Eklavya) said...

मधुमाधुर्यजी,
वास्तवमा अज्ञानतावश पनि कृष्णलाई रोमाण्टिक हिरोको रूपमा बुझ्ने गरिएको कुरा साँचो हो । पौराणिक एवं हिन्दू विश्वास अनुसार कृष्णका १६१०८ श्रीमति थिए भन्ने पाइन्छ । राधा, रुक्मीणी, सत्यभामा र जाम्बवती लगायतका ८ वटा कृष्णका पटरानीहरू मध्येका धेरै जसो सुन्दरीहरू श्रीकृष्णको सौन्दर्य र पराक्रमबाट मोहनी नै लागे झैँ गरी उनलाई नै पति पाउने इच्छाले आशक्त थिए र ती मध्ये राधासंग स्वयं श्रीकृष्णको प्रेम प्रसंग रहेको कुरा ग्रन्थहरूमा उल्लेख छ । रूक्मीणीलाई उनको इच्छा बिरुद्ध उनको दाजु रुक्मीले जबर्जस्ति शाल्वसंग बिहे गराइदिन खोज्दा , उद्दार गरिएको थियो र उनले आँफूले जहिले पनि कृष्णलाई मात्र पतिको रूपमा सोचेको भनी कृष्णलाई अपनाइन । आफ्ना पटरानी मध्ये केहीलाई तिनका आफन्तहरूले जबर्जस्ति अरू दानवसंग बिहे गराइ दिन खोज्दा , उद्दार गर्ने क्रममा ती कन्याहरू लाई आँफैले स्वीकार गर्नु परेको स्थिति पनि कृष्णको जीवनमा रहेको देखिन्छ ।

एकलव्य ( Eklavya) said...

त्यति बेलाको भारतीय उपमहाद्विपको समाज व्यवस्था अनुसार , सम्भवत: सबैभन्दा पराक्रमी ठानिएका राजकुमार वा वीरहरूले , कुनै राजदरवारमा राजकन्याहरूको स्वयम्वर घोषणा गरिएपछि आँफूलाई धनुर्विद्या र शस्त्रास्त्र परिचालन कौशलमा सबैभन्दा विशिष्ट साबित गरी
प्रमाणित गर्नु पर्थ्यो र यसो नगर्नु कायरता ठहर्थ्यो । जहाँसम्म १६१०० पत्निको प्रसंग छ, यो विषयमा धेरै मान्छेहरू कुरा नबुझी बोल्ने गरेको मैले पाएको छु ।
यो कथा यस्तो छ:

जरासन्ध नामको डरलाग्दो अत्याचारी दानव थियो। उसको कैदमा संसारभरबाट उसले राम्री ठानेका केटीहरूलाई जबर्जस्ति अपहरण गरेर वा गर्न लगाएर थुनेको थियो । यो डरलाग्दो दानवसंग कृष्णको २ पटक युद्ध भएर पनि उसको अन्त्य हुन सकिरहेको थिएन किनभने ,
जरासन्धको मृत्यू कृष्णको नभएर भीमसेनको हातबाट हुनु उसको कालगतिमा थियो। अन्तमा, एक दिन भीमसेन, अर्जुन र कृष्ण गएर जरासन्धलाई भीमसेनसंग युद्ध लड्न ललकार दिए । २७ दिन घमासान युद्धमा नतिजा नआए पछि २८ औँ दिनमा भीमसेन थाक्दै गए । तर जरासन्धको जाँघमा ( लोइन) उसको कमजोडी छ भन्ने थाहा पाएका कृष्णले , एउटा घाँसको त्यान्द्रो टिपेर त्यसलाई बीचबाट चिरेर देखाए । यसको संकेत बुझेका भीमले , जरासन्धलाई उसका दुइटा खुट्टा फट्टाएर च्यातेर मार्न सके ।

एकलव्य ( Eklavya) said...

यसरी जरासन्धको अन्त्य त भयो , तर जरासन्धको कैदबाट मुक्त गरिएका १६१०० महिलाहरूले कृष्णलाई समस्या खडा गरे । उनीहरूले भने “ हामी जरासन्धको कैदमा थुनिएर उसको नियन्त्रणमा थियौँ र हाम्रो पालन पोषणको जिम्मा उसको थियो । तर अब, हामीलाई स्वतन्त्र भयौ भन्दैमा ,हाम्रो समाजले हामीलाई अपनाउने छैन र हाम्रो जाने ठाऊँ कहाँ छ ? कृष्ण, कि त हामीलाई अपनाउनुस् र हाम्रो जिम्मेवारी उठाउनुस् हैनभने हामीलाई जरासन्धको कैदबाट मुक्त गरेर
तपाईँले अझै ठूलो विपत्तिमा उभ्याइदिनुभएको छ” । यस्तो परिस्थितिमा , ती सबै १६१०० कैदी महिलाहरूलाई श्रीकृष्णले स्वीकार गरी उनीहरूको पालनपोषण, ऐश आराम र आवश्यकताको जिम्मेवारी स्वीकार गरेको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ । त्यो मात्र हैन , सामाजिक अवगाल र अपहेलनाबाट जोगाउन , कृष्णले यी सबै महिलाहरूलाई आफ्नो पत्निको मान्यता दिए ता कि अपहरित भएका र आफ्ना परिवारले समेत राक्षसी डरका कारण आफ्नो भनी स्वीकार गर्न नसकेका यी असहाय महिलाले एउटा विश्वविजयी पुरुषको संरक्षण पाउन सके । तत्कालीन
समाजको चरित्र अनुसार एउटा प्रभावशाली पुरुषको पत्नि बनेका उनीहरूलाई समाजले हेप्न पनि पाएन वा सकेन होला ।

एकलव्य ( Eklavya) said...

हाम्रो अहिलेको समाजशास्त्रीय र राजनीतिक व्यख्याले यो मिथकीय कुराको सत्यलाई निरूपण गरेर तर लाग्ने कुरा हैन , तर पौराणिक आख्यान र किंवदन्तीमा जीवीत वर्णनहरूलाई पनि तिनको पूर्णतामा हेर्यो भने क्रमवद्दता र क्रमसंगति नपाइने हैन । धर्म, पुराण वा मिथक
विज्ञान हैनन यहाँ वर्णित कुरालाई कहिले कथा, कहिले विम्व वा प्रतीकको रूपमा बुझ्दै त्यहाँ निहित दर्शन, लक्षणा र व्यञ्जनालाई बुझ्यो भने केही न केही काम लाग्ने कुरा फेला पर्न सक्छ । धर्म र आस्थालाई empirical truth को कसीले सत्य साबित गर्न सकिन्न , यो त केवल मान्छेको विश्वासमा जीवित वा नीर्जीव बनेको हुन्छ । राजनीतिक विचार वा अन्य दर्शनको औचित्यता पनि तिनका विश्वासीहरूलाई मात्र रहने आग्रही सत्य हुन्, सापेक्ष सत्य जस्तो । निरपेक्ष वा पूर्ण सत्य स्वयं पनि सायद एउटा मिथ नै होला । अहिलेलाई यत्ति ।

धन्यवाद समय र जिज्ञाषा दुवैको लागि ।

Biplab said...

Nice article. Nice Comment.
Great job.
Happy weekend.

एकलव्य ( Eklavya) said...

तर पनि गोपलावंशी कृष्णका प्रेम प्रसंगहरू र गोकुलका गोप एवं गोपिनीहरूसंग का आत्मीय प्रेम र शृङ्गारिक रास लिलाका प्रसंगहरू चर्चित छन् यिनको वर्णन पनि विस्तारमा गरिएको पाइन्छ ग्रन्थहरूमा । कृष्णको जीवनको यो पाटो अत्यन्त विशाल र विषद छ र पनि यो नै सबै भने हैन । एउटा कठीन जीवनका विविधता र जटिलता बीचमा, कृष्ण अनुयायीहरूले पनि उनका समग्र वा पृथक पृथक रूपहरू मध्ये एउटा वा सबै पक्षलाई पूजा गरेका हुन्छन् । यस्ता प्रेम, संलाप, बाँसुरी वादन, क्रिडाहरू र रोमाञ्चको प्रदर्शन कृष्णको जीवनको वाल्यकाल र युवा अवस्थामा नै भएका छन् भने युवा अवस्था पछिका कृष्ण बढी कुटनीति, राजनीति, शान्ति र युद्धका प्रसंगमा संलग्न फेला पर्छन्। कृष्णका व्यक्तित्वमा रहेका अनेकौँ पक्षहरू मध्ये 'भक्तियोग' का अनुयायीहरू ( जस्तै मीरा, सूरदास ) आदिहरूले यही प्रेममय कृष्णको आराधना गर्ने गर्छन भने , कर्मयोग र गीताका अनुयायीहरूले 'कर्मण्यैवधिकारेस्तु मा फलेषू कदाचन:' ( Action is your duty, reward is not your concern' भन्ने गीताको सार वाक्यांसलाई आदर्शको रूपमा अवलम्बन गर्छन् ।

Suman Dahal said...

अहिलेको समयमा थोरै धेरै भए पनि धार्मिक कुरा जान्ने मौका पाए...यसका लागि एकलब्य ज्यु लाई धन्यवाद !!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !