May 29, 2009

चर्चा गर्नु यस्ता नेता को

शेखर ढुङेल
अमेरिका

आफ्नो ६० बर्षे गणतान्त्रिक यात्रा सफलता पूर्वक पार गरेको छिमेकी राष्ट्र भारतमा पुन डा.मन मोहन सिंहको नेत्रित्वमा गठ बन्धन सरकार बनेको छ । आफ्नो भिम काय भौगोलिकता, बिबिध भाषा र संस्कृतिको बाबजुद एकता र राष्ट्रबादी नागरिकहरुको बिश्‍व कै लागि नमुना मात्रै होइन आफ्ना नागरिकलाई '' मेरा भारत महान '' भनाउन गौरवान्वित र प्रोत्साहित पार्ने त्यहाका महान त्यागी, बेदागी , सरल जीवन र उच्च बिचारका नेता अनी नेत्रित्व पनि उदाहरणिय छन । त्यस्ता निस्वार्थी र त्यागी नेत्रित्व कै कारण भारत आज अग्रगामी छलाङ मार्न सफल भएको छ ।

तिनै नेताहरु मध्य एक आधुनिक भारत लाई आर्थिक रुपले सक्षम बनाउन बिशेष योगदान गर्ने आदर्श पुरुष हुन ७० बर्षिय डा.मन मोहन सिंह, जो ससम्मान निर्बिबाद दोस्रो पटक भारतको प्रधान मन्त्री भएका छन । भारतमा आर्थिक सुधारको लागि इन्सपेकरी राजको सुरुवात, सरकारी नियन्त्रणका बित्तिय प्राधिकरण लाई निजी क्षेत्र मा प्रबाहित गराउने, बिदेशी निबेषको रोक लाई हटाउनु जस्ता आर्थिक सुधारका साथै '' परमाणु करार '' मा गठ बन्धन सदस्यका चर्को बिरोधको बाबजुद बुद्धिमानी पूर्वक अगाडि बढी सफलता पाउनु तत्कालिन भारत र बर्तमान पाकिस्तान को सानो गाउ ' गाह '' को सामान्य परिवार मा जन्मिएका बिलक्षण प्रतिभा, सिधा शान्त स्वभाबका धनी डा.मन मोहन सिंह को पछील्लो नेत्रित्व भारतको लागि ठुलो उपलब्धी हो । उनको कुशलता र अतुलनिय ब्यक्तित्वको अगाडि यस पटक पनि नेहरु परिवारले सरकारको नेत्रित्व गर्ने आत्मबल बटुल्न सकेन । ( पाकिस्तान छुट्टीए पछी उन्को परिवार अमृत्सर बसाइ सरेको थियो )

सन १९६२ मा अक्सफोर्ड बिस्व बिद्यालय बाट '' १९५१-१९६० सम्म भारत को निर्यात सम्भाबना र निती को कार्यन्वयन'' बिषय मा बिद्या पारीधी गरेका सिंहको नाममा सेन्ट जोन कालेजले छात्रबृती कोष नै खडा गरी उन्को सम्मन गरेको छ । आफ्नो उच्च शिक्षा पुरा गरी स्वदेश फर्केर पन्जाब बिश्‍व बिद्यालयमा बरिस्ठ प्राध्यापक भै दुई बर्ष काम गरे । डा.सिंह ले बिभिन्न बिश्‍व बिद्यालय, बित्तिय सस्थाका सम्मानित पद मा निस्ठा पूर्वक मिहिनेतका साथ काम गरे पछी तत्कालिन सरकारले बिदेश ब्यापार सल्लाहकार, अर्थ मन्त्रालयको मुख्य सल्लाहकार, भारतीय रिजर्भ बैन्क को निर्देशक, गर्वर्नर ( १९८२-१९८५ ) , अर्थ सचिब , भारतीय योजना बोर्ड को उपाध्यक्ष ( १९८५-१९८७) , प्रधान मन्त्रीको अर्थिक सल्लाहकार ( १९९०-१९९१) , हुँदै १९९१ देखी १९९६ सम्म भारतको अर्थ मन्त्रीको रुपमा काम गरे पछी एक सफल बित्तिय योजनाकार मात्र नभै राजनीतिज्ञ समेत बन्न पुगे । १९९८-२००४ सम्म राज्य सभाको प्रती पक्ष को नेता रहेका डा.सिंह २००४ को आम निर्वाचन पश्‍चात मिलिजुली सरकार को प्रधान मन्त्री बने , लेफ्ट विङ को बलियो प्रभाब रहेको सो सयुक्त सरकार अनेक बाधा अडचन को बाबजुद सफल भयो र भारतीय काङ्रेसको नेत्रित्वको गठ बन्धनले २६१ सिट प्राप्त गर्न सफल भयो ।

तीन मेधाबी छोरी का पिता डा.सिंह धेरै देश का रास्ट्राध्यक्ष हरु ले प्रशंसा गरेका ब्यक्तित्व हुन । अमेरिकाका पूर्व राष्ट्र पती बूश र बर्तमान राष्ट्र पती ओबामा , बेलायति प्रधान मन्त्री गोर्डन , अफगानी राष्ट्रपती हामीद लगायत चिनिया राष्ट्रपती जिन्ताओ पनि छन । उन्का प्रखर बिरोधि भारतीय बामपन्थी नेता हरु समेत प्रशंसा गर्न वाध्य छौ भन्दछन । भारतको ईतिहास मै डा.सिंह को आर्थिक नीतिले लेराएको परिवर्तन ले गर्दा बामपन्थी बाहुल्य रहेको पश्चिम बंगालले यस पटक को निर्वाचन मा बामपन्थी हरु लाई पछाडि धकेली दियो । लग भग तीन दशक भन्दा बढी देशको बिभिन्न बित्तिय सस्था मा काम गरेका प्रधान मन्त्री डा.सिंह ल आज सम्म कुनै सम्पत्ति जोडेका छैनन र आफ्नो सिख सस्कार को मर्यादामा समेत कटिबद्ध रही आएका छन । आफ्नो २००२ मा बनेको ८०० सि सि को मारुति कार को नबिकरण गर्न आँफै ड्राइभ गरी यातायात बिभाग जान्छन भन्दा धेरैले जिब्रो टोक्न सक्तछन । हाम्रा क्रान्तिकारी नेता ले त झनै पत्याउदैनन होला ।



6 Comments:

पोस्तक श्रेष्ठ said...

राम्रो ले्ख्नु भयो शेखर दादा। मनमोहन सिंह निश्चित रुपमा नेता भन्न लायक मान्छे हुन्। इमान्दारिता, निष्ठा र केही गरूँ भन्ने दृढ ईच्छाशक्ति भएका अर्का नेता सायद ओवामा हुन्।

बिप्लब said...

शेखर जी मैले पनि जिब्रो टोक्ए उनले आफ्नो २००२ मा बनेको ८०० सि सि को मारुति कार को नबिकरण गर्न आँफै ड्राइभ गरी यातायात बिभाग जान्छन भन्दा । छिमेकमा यस्तो भए हाम्रोमा नि होला नि यस्तो कुनै दिन त।

प्रबिण थापा said...

शेखर जि राम्रो लेखको लागि धन्यवाद!
खोइ नेपाली जनताले कहिले पाउने हुन यि मनमोहना सिंह जस्ता नेता?
नेपालमा त जनता र राष्ट्र भन्दा कार्यकर्ता र पार्टिलाइ ठुलो ठान्छन यि नेता भनाउदा डाकाहँरु ।

google said...

शेखरजी,
राम्रो बक्तित्व लाई प्रस्तुत गर्नु भएको मा धन्यवाद //
काश हाम्रो देशमा पनि निस्वर्थी, नेपाली माटो लाई हिर्दय बाट सिच्न
मन भित्र बाट आफुलाई " नेपाली" भनेर गर्व गर्न रुचौने पवित्र
बिचार को नेता चहिये को छ /

जुन गोरु आए पनि कान चिरेका ले साह्रै दिक्क लागेको छ /
कतै आफुलाई नेपाली हू भनेर गर्व न गर्न पाउने होला कि
भनेर चिन्ता लागि रहेछ /

हामीसबैमिली केही गर्नु पर्‍यो हाम्रो सर्भौम्सता जोगाउन /

nepalean said...

शेखरजीले दर्साए जस्तै भिम काय भौगोलिकता, बिबिध भाषा र संस्कृतिको बाबजुद मिलीजुली सरकार टिकाउन सक्नु चानचुने कुरा होइन। यत्ती सिके पनि हुन्थ्यो नेपाली नेताहरुले।

सरकार छ मिलीजुली, निर्णय छ आफ्नो मात्र। अनि टिक्छ त सरकार। फेरि काम पनि मनपरी। यस्तो काम गरुन कि जनताले पनि साथ दिउन। कुनै जिल्लामा पुल बनाएको भए कसैले बिरोध गर्थे? उनिहरुला त बिगार्न भत्काउन मात्र आउंछ। खासमा भन्नु पर्दा माओबादी सरकार कर्माचारी राजनितीमा मात्र सिमीत रहेर पञ्चायत भन्दा पनि गनाएर गयो।

Luna said...

Nice article .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !